Thursday, May 30, 2013

भारतले सहयोग गरेर गणतन्त्र आएको होइन

कपिलवस्तुदेखिकै कुरा गर्ने हो भने नेपालमा २५ सय वर्षदेखि राजतन्त्र थियो । एकीकृत केन्द्रीकृत सत्ता बनेदेखिको कुरा गर्ने हो भने करिब अढाइ सय वर्षदेखिको राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना नगरिकन नेपालमा वास्तविक लोकतन्त्र संस्थागत हुन सक्दैनथ्यो । यही कुरालाई मध्यनजर गरेर हामीले जनयुद्धको पूर्वसन्थ्यामा प्रस्तुत गरेको ४० सूत्रीय मागमा पनि गणतन्त्रात्मक संविधान बनाउने मुद्दालाई प्रमुख रुपमा उठायौं । जनयुद्ध शुरु भएपछि मूख्यरुपमा ०५७ सालपछि हामीले गणतन्त्रलाई कार्यनीतिक नाराका रुपमा अगाडि सार्यौं ।

प्रारम्भिक प्रयास

विसं. ०५८ साल जेठ १९ गते जुन दरबार हत्याकाण्ड भयो, त्यसपछि नेपालमा वस्तुतः गणतन्त्र आउने आधार तयार भयो भन्ने निश्कर्षमा हामी पुग्यौं । यसैलाई केन्द्रमा राखेर मैले लेखेको एउटा लेख कान्तिपुरमा निकै चर्चित पनि भयो । त्यसपछि हाम्रो पार्टीले नेपालमा वस्तुतः गणतन्त्रको उदय भैसक्यो, यसलाई संस्थागत गर्नुपर्छ भन्ने नारा अगाडि सार्यो । त्यसपछि गणतन्त्रलाई केन्द्रमा राखेर अरुपक्षसँग पनि छलफल गर्नुपर्छ भन्ने हामीले नीति तय गर्यौं र यही सिलसिलामा हामीले चर्चित सिलिगुडी वार्ता आयोजना गर्यौं । पहिलो वार्ताकालमा यही विषयलाई केन्द्रमा राखेर युद्धविराम गरी देउवा सरकारसँग वार्ता गर्न आयौं । तर, त्यतिबेला कांग्रेस र एमालेले गणतन्त्रमा जान मानेनन् र ०५८ सालको पहिलो वार्ता भंग हुन पुग्यो । त्यसपछि सेना परिचालन भएपछि देश अर्को ठाउँमा पुग्यो ।

ज्ञानेन्द्रलाई फकाउने असफल प्रयत्न

ज्ञानेन्द्रले ०५९ असोज १८ मा शेरबहादुर देउवालाई बर्खास्त गरेर शासन आफ्नो हातमा लिए । त्यसपछि पुरानो सत्ता राजा ज्ञानेन्द्रंका हातमा केन्दि्रत हुन पुग्यो । यो अवस्थामा हामीले अर्को एउटा प्रयत्न के गर्यौं भने नेपालको भूराजनीतिक अवस्तामा सकेसम्म संसदवादी शक्ति र राजा स्वयंलाई सहमतिमा ल्याएर गणतन्त्रमा जान पाए राष्टियताको संरक्षण एवं राष्ट्रिय एकताको प्रवर्द्धन हुन्थ्यो र कम क्षतिसहित उपलब्धी हासिल हुन सक्थ्यो भन्ने सोच बनायौं । किन एकचोटि सिधै राजासँग कुराकानी गरेर राजालाई नै स्वेच्छिक ढंगले गद्दी त्याग र गणतन्त्रमा आऊ, हामी तिमीलाई नै पहिलो राष्ट्रपति बनाउँछौं भन्ने प्रस्ताव किन नलाने भन्ने हामीले ठान्यौं । यसो गर्न सकियो भने कम क्षतिमा बाह्य हस्तक्षेपविना गणतन्त्र आउन सक्छ र नयाँ ढंगले राष्ट्रिय एकता कायम हुन सक्छ भन्ने सोच पनि हामीमा पलायो ।

मलाई एकदमै याद छ अध्यक्ष कामरेड प्रचण्ड र मैले पटक-पटक ०५९ सालद मंसिर/पुसमा लामो छलफल गरेर हामी एकचोटि प्रयत्न गरौं भन्ने निश्कर्षमा पुग्यौं । ०५९ साल माघमा युद्धाविराम गरेर राजासँग नै वार्ता गर्ने भनेर मेरै नेतृत्वमा दोस्रो वार्ताटोली गठन गरेर हामी नेपालमा आयौं । इतिहासमा कतिपय राजाहरुले बुझेर बेलैमा गद्दी छाडेको कयौं उदाहरणहरु पनि छन् । पछिल्लो उदाहरण क्याम्बोडियाका राजा सिंहानुकै थिए । त्यसैले नेपालका राजा पनि यदि सिंहानुक बन्न तयार हुन्छन् भने हामीले त्यो प्रयत्न गर्नुपर्छ भनेर हामी आयौं । यही म्यान्डेटसहित मेरो नेतृत्वमा वार्ता टोली आयो । तर, दुभाग्य के भैदियो भने त्यतिबेलाका ज्ञानेन्द्रका सल्लाहकारहरुले हाम्रो सन्देशलाई शायद ठीक ढंगले ज्ञानेन्द्रमा सम्प्रेषण गरेनन् । अथवा ज्ञानेन्द्रलाई यो कुरा मन परेन । उनले वार्ताटोलीको प्रमुख मसँग वार्ता गर्नै इन्कार गरे । वार्ता टोलीको प्रमुखसँगै वार्ता गर्न इन्कार गरेपछि यो कुरा सीधै उनीसँग राख्ने अवसरै हामीलाई प्राप्त भएन । त्यसपछि हामी के निश्कर्षमा पुग्यौं भने ज्ञानेन्द्र वार्ताबाट गद्दी छाडेर गणतन्त्रमा जान तयार छैनन् र अब क्याम्बोडियाको तरिकाले नेपालमा गणतन्त्र ल्याउने सम्भावना रहेन । त्यसपछि हामी फेरि अर्को युद्धको तयारीमा लाग्यौं ।

ज्ञानेन्द्रले नमानेपछि अर्को चक्कर

हामीले राजा र संसदवादीहरुको सहमतिले नै गणतन्त्र ल्याउने सोचेका थियौं । तर, त्यो असफल भयो र त्यसपछि अर्को चक्कर शुरु भयो । त्यसपछि हामीले संसदवादी शक्तिहरुसँग मिलेर, अन्तर्राष्ट्रिय शक्तिहरुलाई पनि सन्तुलनमा ल्याएर गणतन्त्र ल्याउनुपर्छ भन्ने नयाँ नीतिपटि्ट हामी लाग्यौं । त्यही साल माघ १९ मा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिइसकेपछि संसदवादी दलहरुसँग उनको दूरी झन् बढ्यो । त्यसपछि हाम्रो पार्टी संसदवादी शक्तिहरुलाई साथमा लिएर लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिमा अघि बढ्नुपर्छ भन्ने निश्कर्षमा पुग्यो । ०६२ सालको असोजमा चुनवाङ बैठकले औपचारिक ढंगले यो नीति पारित गर्यो । त्यसपछि हामीले संसदवादी शक्तिहरुसँग घनिभूत छलफल शुरु गर्यौं । त्यसभन्दा अघि ०६२ जेठमा नै हामीले गिरिजाप्रसाद कोइरालालाई भित्री रुपमा भेटेर हामी बहुदलीय प्रतिश्पर्धामा आउँछौं, तपाई गणतन्त्रमा आउनोस् भन्ने कुरा खुलस्त ढंगले राख्यौं । कोइरालाको थोरै बोल्ने बानी, उहाँले सीधै हुन्छ त भन्नुभएन, तर उहाँले मलाई अहिल्यै भन्न नलगाउनोस् भन्दै त्यतातिर जाने संकेत चाँहि गर्नुभयो । त्यसपछि कांग्रेसले आफ्नो विधानबाट संवैधानिक राजतन्त्र हटायो । त्यसको वरिपरि एमाले पनि त्यस्तै निर्णय गर्यो । त्यसपछि दिल्लीमा मंसिर ३ गते बाह्रबुँदे सहमति बन्यो र ७ गते काठमाडौंबाट घोषणा भयो । यसरी राजाबाटै गणतन्त्र ल्याउने हाम्रो प्रयत्न असफल भैसकेपछि यो नयाँ कोर्सबाट ०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा हुन पुगेको हो ।

भारतले सहयोग गरेर गणतन्त्र आएको होइन

गणतन्त्रमा ल्याउनमा भारतको भूमिका के रह्यो भन्ने कतिपय मान्छेले प्रश्न गर्छन् । भारतको त संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था भन्ने दुई खम्बे नीति नै थियो । र, माओवादी नेपालको मुख्य समस्या हो भन्ने भारतको बुझाइ थियो । त्यसैले राजा र संसदवादी दुईवटा शक्तिलाई साथमा लिएर माओवादीलाई निषेध गर्नुपर्छ भन्ने भारतीय सरकारको घोषित नीति नै थियो । यो स्थितिमा भारले हामीलाई सहयोग गर्ने र समर्थन गर्ने भन्ने कल्पनै गर्न सकिँदैन ।

तर, जब हामी संसदवादी शक्तिसँग मिलेर गणतन्त्रमा जानुपर्छ भन्ने स्थितिमा पुग्यौं, त्यो अवस्थामा भारत र संसदवादी शक्तिको निकट सम्बन्ध हुनुको नाताले भारतलाई पनि मुख्यतः कांग्रेसमार्फ्त सकारात्मक सन्देश पुगोस् भन्ने सोच थियो । हाम्रो विश्वास के थियो भने नेपाली कांग्रेससँग कुरा गरिसकेपछि अन्तरराष्ट्रिय शक्ति केन्द्रहरुमा पनि तत् तत् ठाउँमा यी कुराहरु पुग्छन् । हामीसँग त कसैको सम्बन्ध र सम्पर्क थिएन, तर बाह्रबुँदे समझदारीपछि नेपाली कांग्रेसमार्फत् भारत र पश्चिमाहरुसँग एकप्रकारको समझदारी बनेको हुनुपर्छ भन्ने हाम्रो अनुमान थियो । पछि भारतले पनि घोषितरुपमा आफ्नो दुईखम्बे नीतिलाई परिवर्तन गरेको संकेत बाहिर ल्यायो । त्यसैले भारत नेपाली जनमतलाई मानेर अगाडि बढेको हो, भारतको चाहनाले नेपालमा गणतन्त्र आएको होइन । भारत बाध्य भएर नेपालको गणतन्त्रलाई स्वीकार्ने अवस्थामा पुगेको हो ।

गणतन्त्र : ऐतिहासिक द्वार

हामीले यसरी बाह्रबुँदे समझदारी र संविधानसभा हुँदै ०६५ जेठ १५ गते नेपालमा गणतन्त्रको स्थापना गर्यौं । यो नेपालको इतिहासको एउटा कोसेढुंगा हो । यसबाट अग्रमनको एउटा ठूलो द्वार खुलेको छ । व्यक्तिगतरुपमा म पहिले कम्युानिष्ट भएर गणतन्त्रवादी भएको होइन, पहिले गणतन्त्रवादी भएर कम्युनिष्ट भएको हो । त्यसैले मैले यो दिनलाई आफ्नो जीवनको सबैभन्दा धेरै खुशीको क्षण ठानेको छु । किनभने पछौटे सामन्ती उत्पीडनमा जकडेर राख्ने संस्थालाई अन्त्य गरिसकेपछि नेपाली समाजको समग्र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै तरिकाले लोकतान्त्रिक मार्ग प्रशस्त बनेको छ ।

नेपालमा राजतन्त्र र्फकने आधार छैन

राजतन्त्र पुनस्थापना हुने सम्भापना म देख्दै देख्दिँन । यो त उल्टो गंगा बगाउने भनेजस्तो कुरा हुन्छ । इतिहासको प्रवाहलाई पछाडि फर्काएर देश र जनताको हित हुँदैन । २५ सय वर्षको राजतन्त्र अन्त्य हुँदा त्यो शक्तिले पुनस्थापनाको इच्छा गर्नु स्वाभाविक हो । तर उनीहरुको शक्ति यथि क्षीण र सानो छ कि यसले नेपालमा राजतन्त्रको पुनस्थापना गर्न सक्छ जस्तो मलाई लाग्दैन । फेरि नेपाली जनताको चेतना यति माथि उठेको छ कि यसले पनि पुनःस्थापना सम्भव छैन ।

संघीयता, जातीय, क्षेत्रीय, लैङ्गकि उत्पीडनको जुन मुद्दा छ, यसका निम्ति पनि राजतन्त्रको उन्मूलन जरुरी छ । सामन्तको नाइके राजतन्त्रले जुन एकात्मताको पक्षपोषण गर्यो, त्यो संघीयताको विरोधी थियो । संघीयता चाहनेले राजतन्त्र स्वीकार्न सक्दैनन् । महिला मुक्ति चाहनेले पनि पुरुष प्रधान राजतन्त्र स्वीकार्न सक्दैनन् । हिन्दू वर्ण व्यवस्थाको पक्षपोषण गर्ने राजतन्त्रलाई दलितहरुले स्वीकार्न सक्दैनन् । मधेस र कर्णालीका उत्पीडितले पनि काठमाडौं केन्दि्रत राजतन्त्रलाई स्वीकार्न सक्दैनन् । त्यसैले नेपालमा राजतन्त्र पुनस्थापनाको वस्तुगत आधार छैन ।

(पूर्वप्रधानमन्त्री भट्टराईसँग अनलाइनखबरका लागि धर्मराज भुसाल र अरुण बरालले गरेको कुराकानीमा आधारित)

Monday, May 27, 2013

ट्याक्सी भाडामा ठगिएँ जस्तो लाग्यो तपाइलाइ ?

ट्याक्सी भाडामा ठगिएँ जस्तो लाग्यो तपाइलाइ ? हो भने यसरी sms गर्नुहोला ।
 taxirate (space) (from)(space) to (space)(place name)send 4321

Tuesday, May 21, 2013

सुरुङमार्ग निर्माण कार्य एक महिनाभित्र सुरु गरिने


‘सुरुङमार्ग निर्माण कार्य एक महिनाभित्र सुरु गरिने’

हेटौंडा, ७ जेठ । हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्गको निमाणकार्य  एक महिनाभित्र सुरु हुने भएको छ । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष एवम् सुरुङमार्ग निर्माणका सञ्चालक जयराम लामिछानेले सो सुरुङमार्ग एक महिनाभित्र निर्माण प्रक्रियामा जाने बताए ।

नेपाल सरकारले वैशाख ३० गते निजीक्षेत्रको स्वमित्वमा रहेको नेपाल पूर्वाधार विकास कम्पनीलाई स्वीकृति दिएपछि सुरुङमार्ग निमार्णको बाधा फुकेको भन्दै सञ्चालक लामिछानेले सरकारले गत मङ्गलबार हेटौडा–कुलेखानी–काठमाडौ सुरुङमार्ग बनाउने अनुमति दिएको भएपनि अनुमतिपत्र भने मङ्गलबारसम्म दिने बताए ।

उनले भने, “आगामी हप्ता अनुमतिपत्र पाउनेबित्तिकै हामी कानुन विभागको कम्पनी ऐनअन्तर्गत सर्वसाधारणहरुमा सेयरको लागि आह्वान गछौं, त्यसबाट नपुग रकम हामी बैंकबाट ऋण लिन्छौं र जसरी भएपनि समयावधीमा नै निर्माणकार्य पूरा गरिछाड्छौं ।”

स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टले सरकारले जिविस मकवानपुरलाई संस्थागत सदस्यमा जान र आफैंले कमाएको रकमबाट सुरुङमार्गमा लगानी गर्न पाउने अनुमति दिएकाले यसअघिकै जिल्ला परिषद्बाट रु २० लाख छुटयाइएको बताए । सो सुरुङमार्ग निर्माणका लागि जिविस मकवानपुरसहित संस्थागतरुपमा एक सय उनन्साठी र २०० जना सर्वसाधारणले नेपाल पूर्वाधार विकास कम्पनीको सेयर खरिद गरिसकेको कम्पनीले जनाएको छ । रासस

Monday, May 20, 2013

फेसवुक या ट्वीटरवाट कमाउने हैन पैसा ?



तपाईलाई फेसवुक साथीले यो पेज लाईक गर्देन, भन्दै लिकं पठायो भने कती पैसा दिन्छस्, भनेर भनिदिए हुन्छ । सित्तैमा लाईक किन गरिरहनु, लाईक गरेपछि त पैसा नै पाईदोरैछ । सामाजिक सञ्जाल फेसवुक/ट्वीटर लगायतको मार्केटिङ गर्दै आएको Fan Slave ले फेसवुक पेज लाईक तथा ट्वीटरमा फलो गरेवापत पैसा उपलव्ध गराउदै आएको छ ।
कसरी ?
Fans Slave ले विश्वभरका कम्पनी तथा सघंसस्थाको फेसवुक फ्यान पेज तथा ट्वीटर फलो वढाउने काम गरिरहेको छ । Fans Slave मा दर्ता भएका सदस्यहरुलाई ती पेजमा लाईक गर्न तथा ट्वीटर ह्याण्ड फलो गर्नको लागी काम दिने गर्दछ ।
के हिसावले पैसा दिन्छ ?
२०० सय क्रेडिट वरावर एक युरो । एकाउण्ट वनाउना साथ ५० क्रेडिट वोनस पाउनुहुनेछ । एउटा पेज लाईक गरेवापत न्युनतम ४ देखी ८ क्रेडिट दिने गरेको बेवसाईटमा भनिएको छ । दिनमा वढीमा ३० वटा मात्रै पेज लाईक गर्ने दायरा रहेको छ । त्यस्तै आफ्ना साथीहरुमाझ मार्केटिङ गरेवापत पनी वोनश दिने गरेको वताएको छ । पैसा लिनको लागी भने Paypal एकाउण्ट जरुरी छ । न्युनतम १५ युरो भएपछि तपाईले PayPal एकाउण्टमा आफ्नो कमाई ट्रान्सफर गर्न सक्नुहुन्छ ।
विश्वासिलो होला त ?
फेसवुक पेजमा लाईक तथा ट्वीटरमा फलो गरेरै पैसा कमाउन भनेर ६ लाख भन्दा वढीले सदस्यता लिएका छन् । Alexa Ranking मा हेर्दापनी ६ हजार ८ सयको हाराहारीमा यसको स्थान छ । यसवाट पनी के वुझ्न सकिन्छ भने दैनिक लाखौ मानिसले भिजिट गरिरहेका छन् । अर्को विश्वास गर्नुपर्ने के पनी आधार छ भने यसको रेटिङ निकै राम्रो छ धेरैले यो साईट मन पराएका छन् ।
Fans Slave मा अव Account खोल्दैछु, डेमो हेरौ ।
सवैभन्दा पहिले Fans Slave

Friday, May 17, 2013

विमान बोल्ने भएको भए…..


 विमानले मान्छे जस्तै बोल्ने भएको भए आफ्नो मनको कुरा यसरी राख्थ्यो कि- साथीहरु, म अब ४० वर्षकी बूढी भइसकेँ। यो अवधिमा मैले धेरैलाई आफ्नो गन्तव्यमा पुग्न सहयोग गरेँ। मेरो उमेरलाई हेरेर पनि मलाई अब आरामको आवश्यकता छ भन्ने थाहा पाउनु पर्ने हो। मेरो स्वास्थ्यको राम्रो हेरविचार गर्नुपर्ने हो। दुर्गम ठाउँमा उड्नु पर्ने मेरो ड्युटी हो। उड्दिनँ पनि कसरी भनुँ। हामी त कारिन्दा। मालिकले भनेपछि मान्नै पर्‍यो। हुँदाहुँदा मलाई तारा (एअर) लाई भाडामा बेचेर उडाउने कामसम्म भयो। बेचिएकी मलाई सन् २०११ मा लुक्ला विमानस्थलमा भित्तामा ठोक्काइएको थियो। तर भगवान साक्षी छ, मैले कसैलाई केही हुन दिएको थिइनँ। हुँदाहुँदा मलाई चराले समेत हेपेको थियो। त्यही वर्ष त्रिभुवन विमानस्थलमा चराले हानेर मेरो शिशा फुटाइदिएको थियो। तर मैले कसैलाई केही हुन दिइनँ। पीडा जति आफै खपेँ। श्रवणजीले त्यतिबेलाको मेरो फोटो खिचेर आफ्नो ब्लगमा राख्नुभएको छ। हेर्नुस्
आज म टुक्रिएकी छु। भगवान मुक्तिनाथको कृपाले पवित्र कालिगण्डकीको तिरमा म आफ्नो अन्तिम श्वास फेरिरहेकी छु। भगवान साक्षी छ मैले आज पनि कसैलाई केही हुन दिएको छैन। आफै टुक्रिएकीले केही यात्रु घाइते हुनपुगे। उनीहरुलाई केही नहोस् भन्ने कामना गर्छु....

हाम्रो यथार्थबारे रामकृष्ण भुजेलको भित्ताबाट साभार:

बा मलाई डि भि परेछ

अब ,
खोरिया बन्धकी राख्नु पर्छ
टारी खेत बिक्री गर्नु पर्छ
आमाको-
नाकको फुली
कानको ढुङग्री
गलाको तिलहरी
गोठको भैंसी
आमाले पेवा पालेको खसी
हल गोरु
गहुतको लागि पालेको सानो बाच्छी
सबै सबै बेच्दै गर्नु बा
मलाई डि भि परेछ

यतिले मात्रै पुग्दैन बा
ओखतीमुलोको लागि साचेको पैसा
झिक्दै गर्नु
हजुरआमाले जम्मा गरेका पुराना सिक्का
साट्दै गर्नु
अनी गर्वका साथ सबैलाई भन्दै गर्नु बा
मेरो छोरो डि भि मा अम्रिका जादै छ
देश नफर्कने गरी
बा डि भि पर्नु भनेको
स्वर्ग जानु झै हो ।

र, त
बा को जिबनभरको कमाइ प्रसाद बनाएर
आमाका आशुको भेटी पोको पारेर
पुग्नु छ एम्बेसी नामको मन्दिर
दर्शन गर्नु छ खैरा देवताहरुलाई
दाम राखेर ढोग्नु छ तिनका पाउमा
र भन्नु छ
हे ! बिधाता मलाई तिम्रो स्वर्ग पठाइदेउ न

म अमेरिका पुगेर देश भुल्ने छैन बा
मैले किनीसकेको छु
भातगाउले कालो टोपी
खादीको दौरा सुरुवाल
सिरुपाते खुकुरी
राष्ट्रिय झन्डा

हो,
यही लगाएर खिच्नेछु एउटा फोटो
अनी दैला माथि नागको फोटो टासे झै
टासिदिनेछु फेसबुकको भित्तामा
अनी ,गज्जवको राष्ट्रबादी बनिरहने छु म...!!!

Wednesday, May 15, 2013

मुस्ताङस्थित जोमसोम बिमानस्थलमा नेपाल बायुसेवा निगमको जहाज दुर्घटना, केहि घाइते

 पोखराबाट जोमसोमका लागि उडेको ९ एन ए वि ओ विमान जोमसोममा रहेको पुथाङ्ग विमानस्थलमा बिहान ८ बजेर ४० मिनेट जादाँ अवतरण गर्ने क्रममा बारमा ठोक्किएर कालिगण्डकी नदीमा खसेको हो ।
विमानमा १८ जना यात्रुको उद्धारपछि, मुस्ताङ्ग जिल्ला अस्पतालमा उपचारका लागि लगिएको हो । विमान अवतरण गर्न लाग्दा धावनमार्गमा टायर पञ्चर भएपछि दुर्घटना भएको हो । दुर्घटनाबाट विमानको अगाडिको भागमा क्षति पुगेको छ । अली गम्भिर घाईतेहरुलाई तारा एयरको जहाजबाट पोखरा लगिएको छ। दुर्घटनाबाट विमानको अगाडीको भागमा क्षति पुगेको छ र बिमानको पखेटा भने भाँचिएको छ ।

स्थानीय प्रत्यक्षदर्शी चन्द्रमोहन गौचनले एभिन्यूज टेलिभिजनलाई दिएको जानकारी अनुसार बिमान रनवेमा ल्याण्ड नगरी बाहिर ल्याण्ड भएको र अनियन्त्रित भई कालीगण्डकीको किनारमा खसेको थियो ।

बिमानमा १८ जना सवार रहेको र एकजना बच्चा रहेको पनि गौचनले जानकारी दिनुभयो ।
विमानमा रहेका सबै १८ जना यात्रुको सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले यात्रुहरुको उद्दार गरेका थिए ।बिमानमा सवार कोही हताहत नभएको पनि उहाँले जानकारी गराउनु भयो। उनका अनुसार उक्त दुर्घटनाबाट हुन सक्ने ठूलो मानविय क्षती भने टरेको छ।

Sunday, May 12, 2013

भ्रष्टाचारी भेटिए हामीलाई सम्पर्क गर्नोस् : अख्तियार

कतै भ्रष्टाचारीहरु भेटिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलय टंगालमा पो.ब.नं. ९९९६ मा हुलाकबाट उजुरी पठाउन सकिने आयोगले अपील गरेको छ ।
त्यसैगरी शुल्क नलाग्ने टोल फ्री नम्बर १६६०-०१-२२२३३ मा पनि फोन गरेर भ्रष्टाचारीविरुद्ध उजुरी गर्न सकिने छ भने ४४४०१५१ मा फोन गरेर वा ४४४०१२८ मा फ्याक्स गरेर भ्रष्टाचारको उजुरी टिपाउने सकिने अख्तियारका प्रवक्ता कृष्णप्रसाद ढुंगानाद्वारा जारी वक्तव्यमा उल्लेख छ । त्यस्तै akhtiyr@ntc.net.np मा इमेल गरेर पनि भ्रष्टाचारीबारे उजुरी दिन सकिने जनाइएको छ ।