Wednesday, July 17, 2013

सुरुङ मार्ग



काठमाडौँबाट हेटौडा जान मुग्लिङ हुँदै जाँदा २२६ किलोमिटर यात्रा छिचोल्न सात-आठ घण्टा लाग्छ। त्रिभुवन राजपथको घुमाउरो बाटोमा जाने हो भने १३३ किलोमिटर लाग्छ। यो सुरुङ बाटो मात्र ५० किलोमिटरको हुनेछ। अझ द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै लाग्नेछ। धेरै समयदेखि त्यही भएर यो सुरुङ मार्ग चर्चामा छ।
नेपाल पूर्वाधार विकास कम्पनीले यो सुरुङ मार्ग बनाउने अनुमति सरकारबाट पाइसकेको छ। तर यसका लागि उसलाई आवश्यक झण्डै ३५ अर्ब रुपियाँको जोहो कसरी हुने हो ? 
रकम कै विषयलाई लिएर सरकारले सुरुमा कम्पनीलाई अनुमति दिन आनाकानी गरेको थियो। कम्पनीले विश्वास दिलाएपछि बल्ल सरकारले अनुमति दिएको थियो।
काठमाडौँ–कुलेखानी–हेटौंडा–सुरुङमार्ग परियोजना रु ३४ अर्ब ८७ करोडको लागतमा (अनुमानित) निर्माण हुनेछ। निर्माण प्रारम्भ गरिएको मितिले चार वर्षभित्र सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गर्ने जिम्मेवारी कम्पनीले पाएको छ। ३० वर्षसम्म त्यो बाटो प्रयोग गर्ने सवारी साधनबाट कम्पनीले निश्चित शुल्क उठाउन पाउनेछ। त्यसैबाट उसले लगानी उठाउनेछ।
तर त्यो ३५ अर्ब आउँछ कहाँबाट ? यो कम्पनीमा कम्पनीमा १७ गाविस, ८६ स्थानीय र ७६ उद्योगी व्यवसायीहरू संस्थापक शेयर सदस्य छन्। तर उनीहरुले मात्रै ३५ अर्ब जुटाउन संभव छैन।

एनआरएन भन्नुभएको ? हो, एनआरएनले पनि पैसा हाल्ने भएका छन्। तर झण्डै एक अर्बमात्र।
हालै कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जर्मनी, स्विट्जरल्यान्ड, बेलायत तथा बेल्जियममा रहेका एनआरएनका सदस्यसँग अन्तर्क्रिया गरेका थिए। त्यतिबेला चार देशका एनआरएनबाट रु ९६ करोडबराबरको लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको र सो रकम तत्कालै आउने प्रक्रियामा रहेको बताइएको छ।
अमेरिकाका एनआरएनहरुले नि ?
अमेरिकामा बसोवास गर्ने नेपालीको सङ्गठन एएनएको आयोजनामा हुने कार्यक्रममा विकास कम्पनीका तर्फबाट सहभागिता जनाएर लगानीका लागि आह्वान गर्ने रे। हेरौँ अम्रिकाने नेपालीहरुले कति लगानी गर्ने हुन्।
अझै अर्बौँ रकम जुटाउन बाँकी छ। कहाँबाट जुट्‌ला त यत्रो रकम ?
विभिन्न उपाय जारी छ। आज मात्रै विकास कम्पनी, प्रभु फाइनान्स कम्पनी तथा प्रभु ग्रुपबीच लगानी सम्झौता गरियो।
परियोजनामा प्रभु फाइनान्सले विकास कम्पनी लिमिटेडको संस्थापक सेयरमा लगानी गर्ने तथा कम्पनीको आर्थिक सङ्कलनमा समेत भूमिका निर्वाह गर्नेछ। फाइनान्सले परियोजनामा लगानी गर्न चाहने आफ्ना सम्पूर्ण ग्राहकलाई ऋणसमेत उपलब्ध गराउने जनाइएको छ।

प्राचीन कालमा विमान !



राइट ब्रदर्सले उडाएको ग्लाइडर। साभारः विकिपेडिया
राइट ब्रदर्सले उडाएको ग्लाइडर। साभारः विकिपेडिया
राइट ब्रदर्सले ११० वर्षअघि अमेरिकामा विमान उडाउनुभन्दा धेरैअघि पूर्वीय सभ्यताले विमान उडाइसकेको थियो। महर्षि भारद्वाजले आजभन्दा २४०० वर्ष अगाडि लेखेको ” वैमानिक शास्त्र ” भारतको एक मन्दिरमा फेला परेको रहेछ जसमा इन्धनको रुपमा आजका पेट्रोल डिजेल होइन – ताप र प्रकाश शोषण गर्नसक्ने पदार्थको चर्चा गरिएको छ। केही वर्षअगाडि तिब्बतको ल्हासामा भेटिएको संस्कृत भाषामा लेखिएका केही ग्रन्थमा प्रतिगुरुत्वाकर्षण शक्तिको बारेमा लेखिएको थियो। रावणले सीतालाई पु्ष्पक विमानमा राखेर लंका पुर्‍याएको उल्लेख छ। शास्त्रहरूमा पुष्पक विमान मात्र होइन, रुकमा विमान, गरुड विमानका साथै अन्य विमानहरूबारे उल्लेख गरिएको छ। प्राचीन कालको विमानबारे खोजीनीति गरेका छन् साक्षात सुशीलले। 

प्राचीन कालमा विमान !
-साक्षात सुशील-
केही दिनअघि मधुसुदन आचार्यले लेख्नुभएको “बुद्ध कसरी नवौ अवतार?” मा एक पाठकको कमेन्ट मनमा चसक्क बिझ्यो। “रामायणकालमा पुष्पक विमान थियो रे। ॠषिमुनिहरूले टेलिफोनको विकास गरेका थिए रे। यदि त्यो बेला पुष्पक विमान हुने भए अहिले भारतमा रकेट र हवाइजहाजफ्याक्ट्री किन छैन? ” भनेर प्रश्न उठाउनुभएको रहेछ। उहाँको लागि संसारको सबभन्दा ठुलो झुट नै त्यही पुष्पक विमान र ॠषिमुनिका टेलिफोन रहेको देखियो।
Pic_1
जब पूर्वीय सभ्यताको कुरा आउँछ, त्यो भारतको मात्र पेवा हुँदैन। त्यो सभ्यता हामी नेपालीको पनि हो। पूर्वीय सभ्यताप्रति ब्यङ्ग्य गर्दा हामी आफ्नै अस्तित्वलाई धरापमा पारिरहेका हुन्छौँ, यो कुरा बुझ्न जरुरी छ। दोष वहाँको मात्र होइन। संस्कृत श्लोक राखेर पौराणिक उदाहरण दिँदा पाखे र अनपढ बनाइने गरेको छ, यो पश्चिमामुखी संसारमा। बेलाबखत पूर्वीय सभ्यताको कुरा गर्दा पूर्वीय सभ्यताकै साथीहरू माझ आफू पङ्गु बन्न पुगेको प्रशस्त अनुभवहरू छन् मसँग।
कुरा अघि बढाऔँ हवाइजहाजबाट। के रावणले सीतालाई साँच्चै नै हवाइजहाजमा राखेर लंका पुर्‍याएका थिए ? रामायण, महाभारत तथा अन्य हिन्दू ग्रन्थहरूमा उल्लेख भए झैँ त्यो बेला साँच्चै हवाइजहाज थियो त? बेला-बेला यस विषयमा विभिन्न खोज अनुसन्धानहरू भएका छन्। शास्त्रहरूमा पुष्पक विमान मात्र होइन, रुकमा विमान, गरुड विमानका साथै अन्य विमानहरूबारे उल्लेख गरिएको छ। सन १८७५ मा महर्षि भारद्वाजले आजभन्दा २४०० वर्ष अगाडि लेखेको ” वैमानिक शास्त्र ” भारतको एक मन्दिरमा फेला परेको रहेछ। महर्षि भारद्वाजले पनि अझै पुरानो स्रोत उल्लेख गरेर सो किताब लेखेका थिए। यसको अर्थ विमानसम्बन्धी दस्तावेज अझै पुरानो हुने नै भयो। जम्मा आठ खण्डमा विभाजित वैमानिक शास्त्रले तीन किसिमको विमानको रेखाचित्रसहित व्याख्या गरेको छ। त्यसमध्ये एउटा आधुनिक रकेट कै प्रारुप देखिन्छ। यस पुस्तकले विमान आवश्यक ३१ भाग र विमान निर्माण गर्न आवश्यक १६ वटा पदार्थहरूको नाम समेत उल्लेख गरेको छ। इन्धनको रुपमा आजका पेट्रोल डिजेल होइन – ताप र प्रकाश शोषण गर्नसक्ने पदार्थको चर्चा गरिएको छ। भनेपछि त्यो बेला निर्माण भएका इन्जिन आजका जस्ता पक्कै थिएनन्।
वैमानिक शास्त्रको आधारमा तयार पारिएको रेखाचित्र:
pic_2
विमान उडाउनको निमित्त अत्ति आवश्यक भनी निम्न कुरा उल्लेख गरिएको रहेछ :
1. Vishwakriyaadarpana or mirror of outside views.
2. Shaktyaakarshana or energy attracting mirror.
3. Parivesha mechanism above the hood of the Vimana.
4. Angopasamhaara yantra or folding up yantra at the 7th bindukeelaka.
5. Vistritakriyaa or opening out yantra location in the middle of the 11th section.
6. Vyroopya darpana and
7. Padmachakramukha at the shirobhaaga or crest of the Vimana.
8. The Kuntinee-shakti mechanism is to be in the neck of the Vimana.
9. Pushpinee and Pinjulaa Mirrors are to be in the right side of the centre.
10. At the front of the left side are to be located the Naalapanchaka or 5 pipes.
11. Guhaagarbha mirror yantra is to be in the front part of the stomach of the plane.
12. Thamoyantra at the north western side.
13. Pancha-vaataskandha-naala on the western centre.
14. Rowdree mirror.
15. Vaataskandha keelaka at the bottom centre.
16. Shaktisthaana at the front and right sides.
17. Shabda-kendra-mukha at the left side.
18. Vidyuddwaadashaka at the north-east side.
19. Praanakundala at the moola of the Vimana.
20. Shaktyudgama at the navel of the Vimana.
21. Vakraprasaarana at the side of Vimanaadhaara.
22. Shaktipanjara in the central portion.
23. Shirahkeelaka at the head of the Vimana.
24. Shabdaakarshaka yantra at the shoulder.
25. Pata-prasaarana at the bottom centre.
26. Dishaampati yantra at the left front.
27. Pattikaabhraka at the centre of the hood of the Vimana.
28. Solar power attractor at the top of the Vimana.
29. Apasmaara or poison gas at the sandhi-naala mukha or junction tube front.
30. Sthambhana yantra at the bottom.
31. Vyshwaanara-naala at the navel centre.
साभार: वैमानिक शास्त्र
केही वर्षअगाडि तिब्बतको ल्हासामा संस्कृत भाषामा लेखिएका केही ग्रन्थ फेला परेपछि भारतको चन्ढीगढ युनिभर्सिटीका डा रुथ रैनासमक्ष अङ्ग्रेजीमा अनुवाद गर्न लगिएछ। त्यसपछि देखा पर्‍यो छक्क पार्ने प्रमाण। त्यसमा लेखिएको रहेछ – प्रतिगुरुत्वाकर्षण शक्तिको बारेमा। जबकि प्रतिगुरुत्वाकर्षण बलको खोज अनुसन्धान अल्बर्ट आइन्स्टाइनको ‘सापेक्षताको सामान्य सिद्दान्त’ को प्रकाशन मात्र भएको थियो। लख काट्न सकिन्छ, गुरुत्वआकर्षण विरुद्धको शक्ति सिर्जना गरेर उड्न सकिन्छ भनेर पौराणिक कालमा कसरी पत्ता लगाइयो होला ? करोडौ डलर खर्च गरेर हाइड्रोजन इन्धन भरेर अति वेगका साथ रकेट उडाइन्छ किन ? गुरुत्वाकर्षणबाट छल्न। त्यस दस्तावेजमा प्रतिगुरुत्वाकर्षण सम्बन्धी लेखिनुले पौराणिक कालमा उड्ययन सम्बन्धमा कुन किसिमको विकास भएको रहेछ, आफै अनुमान लगाउन सकिन्छ।
कतिपय पाठक सोच्दै हुनुहुन्छ होला- साथीले गफ ठोक्यो। कसैले प्रतिक्रिया लेख्न थालिसके होला – त्यसो भए देखा न त त्यो बेला बनेको हवाइजहाज। तर सकिन्न। जुन कुरा देख्न, छुन सकिन्छ, त्यसको विश्वास गरिन्छ र त्यसैको मात्र अस्तित्व स्वीकारिन्छ। तर यसैमा नपत्याउन तयार पाठकलाई भनिहालौँ। रामायणमा सीतालाई अपहरण गरेर रावणले लंका पुर्‍याएको भनेर सुन्न पाइन्छ। धेरैले त कपोलकल्पित पनि सोच्दा हुन्। रावणले सीतालाई अपहरण गरेर करिब ३० किलोमिटर समुन्द्र कसरी पार गरे ? या त कुनै हवाइजहाजमा अथवा कुनै पानीजहाजमा। रामायणमा उल्लेख छ उनले पुष्पक विमानमा राखेर लागेका थिए। पछि रामले आफू बसेको स्थानबाट लंकासम्म सेतु बाँधेर तरेका थिए। तर के गर्नु, महाभारत र रामायण यी सब कपोलकल्पित हुन् भन्नेहरू प्रशस्तै भेटिन्छन्। उनीहरुको कुरा मान्ने हो भने हाम्रो सभ्यता नै बेकार हो। बाल्मिकी र वेदव्यास सुपरग्राण्ड डिजाइनर हुन्, जसले जनकपुरकी सिता, अयोध्याका राम, कपिलवस्तुका गौतम बुद्ध, लंकाका रावण सबैको मिथ्या कल्पना गरेका थिए। तर पर्खनुस् बिस्तारै ठोस प्रमाण भेटिँदैछन। रामले लंका आक्रमण गर्न समुद्रमाथि बनाएको पुलको अंश अझै पनि भूउपग्रहबाट देख्न सकिन्छ।
नासाको स्याटेलाइटले खिचेको तस्बिर :
pic_3
pic_4
pic_5
रामले निर्माण गरेको पुलको भग्नावशेष अझै पनि हुनुले रामले बनाएको पुलको अस्तित्व प्रमाणित गर्दछ। रामले पुल निर्माण गर्नु अघि सीतालाई अपहरण गरेर समुद्र पारी लग्न रावणले विमान प्रयोग गरेको हुनुपर्छ कि पर्दैन, आफै विचार गरौँ।
‘वैमानिक शास्त्रका’ आधारमा निर्माण गरेका रेखाचित्र हेरेर केही उड्ड्यन विशेषज्ञले उड्न सक्छन् भने कसैले सक्दैनन् भने। यसको अझै पनि प्रारुप बनाएर परीक्षण भएको छैन। तर प्राचीन कालका विमानको बारेमा ‘राइट दाजुभाइ’ भन्दा धेरै अगाडि नै खोज अध्ययन भएको भने प्रष्ट छ।
मित्रले ‘ॠषिहरूले टेलिफोन बनाएका थिए रे’ अति नै अपत्यारिलो वाक्य झैँ गरेर व्यङ्ग्य गर्न खोज्नुभएको रहेछ। मित्र, प्राप्त प्रमाणहरू भन्छन् त्यो बेलाका ॠषिहरूले ग्राहम बेलको जस्तो टेलिफोन मात्र होइन, भर्खर दक्षिण कोरियाको सामसुङको टिमले खोज गरेको ५ जी प्रविधिभन्दा विकसित संचार प्रणालीको विकास गरेका थिए। यसबारे अर्को ब्लगमा सविस्तार उल्लेख गरौँला।
स्रोत:

Monday, July 15, 2013

…बन्दैछ नयाँ नेपाल



Nepal

नेपालमा केही हुँदैन। सब चोर छन्। सब भ्रष्ट छन्। फोहरको डुङ्गुरमा बसेर कसरी वासना आएको छ भन्ने ? नकारात्मकताको बीचमा बसेर कसरी सकारात्मक सोच्ने ? यहाँ केही हुनेवाला छैन। भत्किसक्यो, सिद्धिसक्यो….!!
अहिले नेपालमा अधिकांशको विचार यस्तै छ। तर सिकिस्त रोगले थला परेर आफू मर्छु भन्ने थाहाभइसकेको मान्छेलाई बाँच्ने आशा हुन्छ। डुबिरहेको मान्छेलाई एउटा सिन्काले पनि आफूलाई पार गर्ने भर हुन्छ। उज्यालो मन पराउनेले अँध्यारोलाई पनि मन पराउनै पर्छ। किनभने रातको अँध्यारो नभई बिहानको उज्यालो संभव छैन। चारैतिर निराशा छाएको बेला केही आशा गर्ने ठाउँ नेपालमा के-के छ त ?

काठमाडौँ-कुलेखानी-हेटौडा सुरुङ मार्ग – ४ वर्षभित्र

slide-1a
slide-2a
slide-3a
slide-4a
slide-5a
अनुमानित कार्य सम्पन्न मितिः चार वर्ष
काम थालिनेः यसै वर्ष
कार्य प्रगतिः ३५ अर्ब लगानी लाग्ने, सामान्यतया बैँक ३०-७० को मोडलमा (३० प्रतिशत लगानीको प्रत्याभूति भए ७० प्रतिशत लगानी गरिदिने) जाने भए पनि कुशकुमार जोशीको टिम यसमा ५०-५० को मोडलमा जान खोजिरहेका छन्। अर्थात् १८ अर्बको खोजी। युरोपका केही देशबाट त्यहाँ बस्ने नेपालीले एक अर्ब लगानीको प्रतिवद्धता जनाइसकेका छन्। अमेरिकामा बस्ने नेपालीहरुले पनि एएनएमार्फत् लगानी गर्ने भएका छन्। अहिले आइपिओ खुला नगरिसकेको भए पनि रुपियाँ एक लाख र रुपियाँ १० लाख लगानी गर्न सक्ने सेयरधनीको खोजीमा उनी देशविदेश धाइरहेका छन्‌। अमेरिकाबाट उनी जापान जाँदैछन्। कुशकुमारलाई भेट्दा लाग्छ, सुरुङ मार्ग पक्कै बन्छ। त्यति कन्फिडेन्ट छन् उनी।

रेलमार्ग

railway
के हुँदैछः पूर्व-पश्चिम रेलमार्ग आयोजना अन्तर्गत १०८ किलोमिटर लामो बर्दिवास-सिमरा खण्डको रेल्वे लाइन निर्माण कार्य यही आर्थिक वर्षमा सुरु गरिनेछ।

सिमराबाट बुटवलसम्मको खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ यही वर्ष। यसका लागि यो वर्षको बजेटमा १ अर्ब ४० करोड छुट्याइएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलहरु


निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण र बस्ती पुनःस्थापना कार्य भइरहेको छ। यो विमानस्थल बनाउन पनि सरकारी-निजी-साझेदारीमा निर्माण-सञ्चालन-हस्तान्तरण पद्धति लागू गरिनेछ। अर्थात् निजी कम्पनीले यसलाई बनाउनेछ। निश्चित अवधिसम्म सञ्चालन गर्नेछ। त्यसअवधिमा उड्ने जहाज, यात्रुहरुबाट शुल्क उठाउनेछ र निश्चित अवधि सकिएपछि सरकारलाई हस्तान्तरण गर्नेछ। यसका लागि इच्छुक कम्पनीहरुले तयारी गरिरहेका छन्।

सडक

slide-7a
• काठमाडौँ-तराई-मधेश फास्ट ट्र्याक आयोजनाको ट्रयाक खोल्ने काम करिब करिब सकियो। यो बनाउन सरकारी-निजी-साझेदारीमा निर्माण-सञ्चालन-हस्तान्तरण पद्धति लागू गरिनेछ। अर्थात् निजी कम्पनीले यसलाई बनाउनेछ। निश्चित अवधिसम्म सञ्चालन गर्नेछ। त्यसअवधिमा गुड्ने गाडीहरुबाट शुल्क उठाउनेछ र निश्चित अवधि सकिएपछि सरकारलाई हस्तान्तरण गर्नेछ।
• मध्यपहाडी लोकमार्गको कूल १७७६ किलोमिटर ट्रयाक खोल्ने काम सकिएको छ। यो वर्ष बाग्लुङ-बुर्तिवाङ, जोरसाल-मझिमटार, घुर्मी-खुर्कोट, हलेसी-दिक्तेल, हिले-लेगुवाघाट-भोजपुर र गणेशचोक-चियोभञ्ज्याङ खण्ड कालोपत्रे हुनेछन्।
• गत वर्ष मनाङ केन्द्रीय सडक सञ्जालसँग जोडिएपछि अब सदरमुकाम जोडिन बाँकी डोल्पा र हुम्ला जिल्ला मात्र रहेका छन्। ती जिल्लामा यही वर्ष मोटरबाटो पुर्‍याउने लक्ष्य राखिएको छ।
• काठमाडौँको लाइफलाइन मानिएको त्रिभुवन राजपथको नागढुंगा नौबिसे खण्डमा सुरुङ मार्ग बनाएर सीतापाइलाबाट बाटो निकाल्ने बारे सम्भाव्यता अध्ययन यो वर्ष गरिनेछ।
• रानी-इटहरी-धरान, वीरगञ्ज-पथलैया र बेलहिया-बुटवल सडक खण्ड छ लेनमा विस्तार हुँदैछ।
• काठमाडौँको चक्रपथमा कलंकी-कोटेश्वर खण्ड ८ लेनको बनाउने काम अर्को महिना सुरु हुँदैछ। यहाँ बल्खुबाट स्वयम्भूतिर जाने छोटो बाटो जमिनमुनिबाट बनाउने तयारी छ।

जलविद्युत

• देशभित्रैको स्रोतबाट बनाउन थालिएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना निर्माण कार्य भइरहेको छ। यो वर्ष थप २ अर्ब बजेट पाएको छ यो आयोजनाले।
• नेपालको दोस्रो ठूलो जलाशययुक्त जलविद्युत आयोजना तनहुँ जलविद्युत आयोजना (१४० मेगावाट) को निर्माण यो वर्ष सुरु हुनेछ। एक अर्ब ५ करोड बजेट छुट्याइएको छ यसका लागि।
• ६० मेगावाटको त्रिशुली तेस्रो ए, ४२ मेगावाटको माथिल्लो मोदी, ३२ मेगावाटको राहुघाट, ३० मेगावाटको चमेलियागाड, १४ मेगावाटको कुलेखानी तेस्रो अहिले बन्ने क्रममा छ। ८७ मेगावाटको तामाकोशी पाँचौँ र २० मेगावाटको अछामको बूढीगंगा जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार हुँदैछ। यही वर्ष निर्माण कार्य सुरु गर्ने भनिएको छ।
• ६०० मेगावाटको बूढीगण्डकी, ५३० मेगावाटको तमोर, ४०० मेगावाटको नलसिंगाड, ३०० मेगावाटको दूधकोशी र ३०० मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत डिजाइन र वातावरणीय अध्ययन यो वर्ष हुनेछ।
• ३३५ मेगावाटको माथिल्लो अरुण र ४० मेगावाटको त्रिशुली बी जलविद्युत आयोजनाहरुबो सम्भाव्यता अध्ययन यो वर्ष सुरु हुनेछ।

विविध

• व्यवस्थित, योजनावद्ध सहर नै भएनन् नेपालमा। त्यसैले मध्य पहाडी लोकमार्गमा पर्ने फिदिम, वसन्तपुर, खुर्कोट, गल्छी बैरेनी, डु्म्रे भन्सार, बुर्तिवाङ, चौरजहारी, राकम कर्णाली, साँफेवगर, वैतडी पाटन गरी दस स्थानमा नमूना सहर विकास कार्यक्रम अहिले सञ्चालन भइरहेको छ। यो वर्ष आठ सहरी कोरिडोर विकासका लागि बजेट छुट्याइएको छ।
• दोलखामा अन्तर्राष्ट्रिय स्तरको फिल्मसिटी बन्दैछ।
आर्थिक अध्यादेशले यस्तो व्यवस्था गरेको छ -
Untitled-1
• सडक, पुल, विमानस्थल, सुरुङ मार्ग
निर्माण र सञ्चालन गरेमा वा ट्राम, ट्रलीबसमा लगानी
गरी सञ्चालन गरेमा सोबाट प्राप्त आयमा लाग्ने करको
दरमा चालीस प्रतिशतले छूट हुनेछ।
• राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा
सहुलियत : राष्ट्रिय महत्वका जलविद्युत आयोजना,
अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा
सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास
आयोजना तथा तीन सयजनाभन्दा बढी स्वदेशी
कामदारलाई रोजगारी दिने र पचास प्रतिशतभन्दा
बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने
उत्पादनशील उद्योग (चुरोट, मदिरा र वियर
उद्योग बाहेक) मा सम्वत् २०७५ साल चैत
मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने
छैन।

Saturday, July 6, 2013

Password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही tipsको प्रयोग गरेर Password लाई हटाउन सक्नु हुन्छ ।


१) जब तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छ F8
कि press गर्नुहोस् ।
त्यती बेला
२) तपाईंले boot menu option देख्न सक्नु
हुनेछ र त्यहा तपाईंले “Safe Mode” लाई
छान्नुहोस् ।
३) जब “Safe Mode” मा जानु हुन्छ
तपाईंलाई password सोधिने छैन र
तपाईंको कम्प्युटर खुल्नेछ ।
४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र
त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र
Enter गर्नुहोस् ।
५) windows user account पेज खुल्नेछ ।
त्यहा तपाईंले password protect गर्नु
भएको account खोल्नुहोस् र password
लाई delete गरिदिनुहोस् ।
६) अब कम्प्युटरलाई restart गर्नुहोस् ,
तपाईंको password हटिसकेको हुनेछ ।
७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई
नयाँ password ले protect गर्न सक्नु
हुनेछ :

पुलवाट बस खस्दा १२ यात्रुको मृत्यु




पोखरावाट मुग्लिनतर्फ आउँदै गरेको यात्रुवाहक वस शनिबार मादी नदीमाथिको पुलवाट तल खस्दा ५ महिलासहित १२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा १० जना घाइते भएका छन् ।

ना ३ ख ४६८४ नम्वरको उक्त वस दुर्घटनालगत्तै करिव ३ सय मिटर टाढा रहेको केवलजंग गुल्मका नेपाली सेना, प्रहरी र स्थानियले उद्धार गरेका थिए । दुर्घटनाग्रस्त वस मादी नदीको विच भागमा खसेकाले उद्धार कार्यमा कठिनाई भई रहेको प्रहरी उपरिक्षक देववहादुर वोहराले वताए । उनले सेना, प्रहरी र स्थानियको पहलमा उद्धार भएको जानकारी दिए । उद्धार राति अबेरसम्म पनि जारी छ ।

दुर्घटनामा परेका यात्रुको उद्धारका लागि प्रहरी उपरिक्षक देववहादुर वोहरा र केवलजंग गुल्मका गुल्मपति राजाराम वस्नेत सहितका नेपाली सेना र प्रहरी गरी करिव १ सय जना र दमौलीवासी खटिएका थिए । चालक र सहचालक समेत घाइते भएका छन् ।

वस दुर्घटना भएको स्थानमा पुग्न करिव ७० मिटर मादी नदीको वहाव तर्नु पर्ने भएकाले डोरीको सहयोगले घाइतेको उद्धार गरिएको प्रहरी उपरीक्षक वोहराले वताए । दुर्घटनाग्रस्त वस मादी नदीको विच भागमा करिव आधाभन्दा वढी डुवेको अवस्थामा छ ।

मादी नदी माथि ३ सय ७० मिटर लामो पुलको करिव विचभागवाट वस तल खसेको हो । वस र नदीको दुरी करिव २५ मिटर रहेको प्रहरीले जनाएको छ ।

पुल छेउमा घर भएकी १५ वर्षीया सुमित्रा अच्छामीले पुलको विच भागमा हिडिँरहेको वालकलाई वचाउने क्रममा वस खसेको प्रत्यक्ष देखेको वताइन् । उनले मानिसहरु चिच्याउँदै नदीमा वजारिएको वताइन् ।

'पुल नजिकै वसी हरेकी थिएँ,' उनले भनिन्, 'गुड्दै गरेको वसका यात्रुहरु चिच्याउँदै गरेका थिए । एकै चोटी वस नदीको विच भागमा खस्यो ।'

उनले वस खस्नु लगत्तै सेना, प्रहरी र स्थानिय वासीले उद्धार कार्यमा जुटेको वताईन् । दुर्घटनास्थल दमौली वजारवाट करिव ५ सय मिटर पश्चिममा पर्छ । दुर्घटनाका कारण अनुसन्धान पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।