Sunday, May 11, 2014

सिन्धुलीमा पर्यटकीय विकासको सम्भावना


लीलानाथ घिमिरे
मैले सिन्धुलीमा पत्रकारिता सुरु गरेदेखि संभवत सबैभन्दा बढी रिपोर्टिङ सिन्धुलीगढीको गरें । सिन्धुलीगढीसग हाम्रो मुलुकको इतिहास जोडिएको छ, बीरताको गाथा जोडिएको छ । त्यसैले समाचारमा त्यो स्थल प्राथमिकतामा प¥यो । त्यसमा पनि समाचारमा धेरै जोडिएर त्यहा निर्मित दरबार आयो । लोकगायक कृष्णविक्रम थापाले ‘सिन्धुली गढी घुमेर हेर्दा...’ गीतमा दरबारकै गुणगान गाएकाले सबैले सिन्धुलीगढी भन्नासाथ त्यही राणाकालीन दरबारलाई सम्झे । दरबार संरक्षणको अभावमा जिर्ण बन्दै मेटिदै गएपछि सिन्धुलीगढीसमेत नेपालीहरुको मानसपट्टलमा धुमिल चित्र बनेर रह्यो । सिन्धुली गढीको इतिहासलाई हरेक नेपालीसामु हामीले बुझाउन सकेनौ । अथवा हामीले त्यसका लागि प्रयासै गरेनौं ।
सिन्धुलीगढीको इतिहास दरबारसग हैन । दरबार भत्केर गएपनि हाम्रो इतिहास भत्कदैन । सिन्धुलीगढीको इतिहास नेपालको एकिकरणसग जोडिएको छ । वरपरका मुलुकसामु हामीले गौरव गर्ने एउटा विषय के पनि हो भने हामीले कहिल्यै अरुको साम्राज्य सहनु परेन । हामी सधै स्वतन्त्र रह्यौं । ठूलो लोकतान्त्रिक मुलुक भनिने भारत लामो समय बेलायतीहरुको अधिनमा रह्यो । त्यहा सासन गरेका बेला अग्रेजले नेपालमाथि कब्जा जमाउने प्रयास नगरेका हैनन् । कप्तान किनलकको नेतृत्वको फौज नेपालका तत्कालीन शासकलाई सहयोग गर्ने नाममा जसरी भित्रिएको थियो, त्यो बेला गोर्खाली फौजले बीरता देखाएर उनीहरुलाई नलखेटेको भए हामी पनि दास बनेर बस्नु पर्ने अवस्था आउन सक्थ्यो ।
त्यो बीरता हाम्रो पुर्खाले देखाएका थिए । त्यो साहस, त्यो इतिहास लिएर पूर्वपश्चिम फैलिएको महाभारतमा पर्ने गढीडाडा ठिंग उभिएको छ । चिसो हावापानी भएको, उत्तरमा रामेछाप जिल्लासहित हिमश्रृङ्खला, दक्षिणमा चुरेपर्वतसहितको तराइको समथर भुभाग देख्न सकिने यस स्थलमा लडाइका बेला बनाइएका किल्ला, गढ र गढीहरु सुरक्षित छन् ।
विश्वका विभिन्न मुलुकमा इतिहासलाई संरक्षण गरेर घुमघामको स्थल बनाइन्छ । कुनै नेताको सासन ढले पनि उसलाई सधै सम्झाइरहने स्मारक बनाइन्छ । त्यहा त्यो देशका नागरिकहरु घुम्न जान्छन् । भावी पुस्तालाई इतिहास देखाउछन् । हाम्रो सिन्धुलीगढीको इतिहास त गौरवको इतिहास हो । हामीलाई पराधिन हुनबाट बचाउने पुर्खाको बीरताको झल्को दिने स्मारक हो । त्यसैले धार्मिक स्थलमा तीर्थ गर्न गएजस्तै हरेक नेपालीले तीर्थ गर्न पुग्नु पर्ने स्थल हो सिन्धुलीगढी ।
हामीले इतिहासलाई बुझाउन नसक्दा सिन्धुलीगढी बेवारिसे बन्ने पुग्यो । ढिलै भए पनि गढीको पुननिर्माणमा केही प्रयास भएको छ । सिन्धुलीगढीको आडबाटै सिन्धुली–बनेपा–काठमाडौ सडक बनेको छ । यसले सबैको पहुचमा यो एतिहासिक स्थल पुगेको छ । कुनै पनि मुलुकबासीले यहा पुग्न कष्टपूर्ण यात्रा गर्नु पर्दैन ।
सिन्धुलीगढी इतिहास हेर्न मात्र हैन, प्राकृतिक सौन्दयपानका लागिसमेत उत्तिकै रमणीय स्थल हो । पूर्वको भेडेटारमा कुनै समय बेलायतका राजकुमार चाल्र्स पुगेका थिए । अहिले चाल्र्स प्वाइन्ट नामले चिनिन थालेको यस स्थलमा तराइदेखि भारतसम्मका हजारौं जना चिसो अनुभूति गर्न, धरानको रमणीय दृष्य हेर्न र मुख फेर्न आउने गर्छन् । न यस स्थलसग कुनै इतिहास जोडिएको छ, न कुनै पर्यटकीय स्थल नै छ । चाल्र्सको नाम भजाउनासाथ यो स्थल मुलुकभर प्रख्यात भयो ।
त्यसभन्दा धेरै कुरा छन् सिन्धुलीगढीमा । महाभारतमा चैतबैशाखतिर लालिगुरास फुलेर डाडै रात्तै हुन्छन् । हिउदमा हिउ थुप्रिएका हिमश्रृङ्खला आखाकै अगाडी देखिन्छ । महाभारत डाडामा भएकाले गर्मीमा समेत यहाको हावापानी चिसो हुन्छ । डाडाबाट तराइका फाटसमेत देख्न सकिन्छ । यहाबाट नजिकै पर्ने रनचुरा, जलकन्या, बासेश्वरलगायतका गाविसका बारीमा हिउदभर लटरम्म जुनारसुन्तला फल्छन् । पहेलपुर भएका बोटमै पुगेर जुनारको स्वाद लिन सकिन्छ । अग्र्यानिक खानाको वास्तविक स्वाद यहा पाउन सकिन्छ । यसलाई कृषि–पर्यटनसग पनि जोड्न सकिन्छ । अर्को एतिहासिक स्थल हरिहरपुर गढीमा समेत यत्तिकै सम्भावनाहरु छन् । कमलामाईकै रानीचुरीमा कुनै समय लखेटिएका राणा माधवशमशेरले दरबार बनाएका थिए । उनले पाएसम्म सबै प्रकारका फलफुल आफ्नो बगैचामा लगाएका थिए भनिन्छ । अहिले उनको बगैचाको अवस्था के छ भन्ने जानकारी मलाइ छैन । सदरमुकाम नजिकै भएकाले यहासम्म ट्रेकिङको रुट बनाउन सकिन्छ ।
सिन्धुलीको उत्तरी भेग भएर सुनकोसी नदि बग्छ । यस नदिमा ¥याफ्टिङको सम्भावना प्रबल छ । दुम्जाबाट डुंगा खियाउदै सिन्धुलीको पूर्वीभेगसम्म यात्रा गर्न सकिन्छ । यात्राका क्रममा किनारामा पर्ने माझी बस्ती, अरु ससाना बजारहरुमा पर्यटकलाई बास राखेर रात्रीको रमाइलो देखाउन सकिन्छ । सुनकोसीको माछा खादै गर्न सकिने यात्रा अन्यत्र कतै पाउन सकिएला ?
सिन्धुलीको सबैभन्दा अग्लो फिक्कल डाडा, नेत्रकालीको लांखांग गुम्बा, डाडी गुरासेको पञ्चकन्या पोखरीमा समेत पर्यटकीय सम्भावना मैले देखेको छु ।
धार्मिक, जैविक र विविध जनजातिको संगमस्थल पनि हो सिन्धुली । धर्मप्रति आस्थाहुने पर्यटकलाई यहाका मठमन्दिर र गुम्बामा आकर्षित गर्न सकिन्छ । सिन्धुलीमाढी बजारमै रहेको कालिमाई, माइस्थानको कमलामाई, सिद्धबाबालगायतका एतिहासिक मन्दिरको आफ्नै महतो छ । मनोकामना पूर्ण हुने विश्वासमा गोरखाको मनकामना मन्दिरमा दिनहु त्यतिधेरै श्रद्धालुको भिडलाग्छ । तिनै तीर्थालुका कारण केबुलकारले राम्रो ब्यापार गरेको छ । त्यस्तै मनोकामना पूरा गर्ने विश्वास गरिएकी कमलामाई मन्दिरमा हामीले भक्तजनलाई आकर्षित गर्न किन सकेनौ ? माघे सक्रन्तिमा लाग्ने मेलामा हुने भिड किन घट्दै गएको छ ? धर्मप्रति आस्था राख्नेहरुले त्यसको उत्तर खोज्नु पर्छ । बाबाधाम, खुर्कोटस्थित भीमसेन मन्दीर, इच्छेश्वर महादेव गुफा, बालाजोरको सर्वसिद्धेश्वर महादेव गुफालाई अझ प्रचारप्रसार गरेर भक्तजनको संख्या बढाउने प्रचुर सम्भावना छ ।
धेरै जिल्लाले पर्यटकलाई भित्रयाएर आफ्नो जिल्लाको विकास गरेका छन् । पर्यटकीय स्थल आफै बन्ने होइन रहेछ । त्यसलाई बनाइने रहेछ । चितवनका धेरै सामुदायिक बनले आफ्नो ठाउमा पर्यटकलाई आकर्षित गर्न त्यस्ता पूर्वाधारको विकास गरेका छन् । सिन्धुलीका बासिन्दाले भने पर्यटकको आगमनलाई विकाससग जोड्न सकेनौं । सिन्धुली बसेर रिपोर्टिङ गरुन्जेल मैले पर्यटक बनेर आएका गोरो छाला हुनेहरु देखिन । जति आउथे, उनीहरु विकासे कार्यकर्ता, दातृ निकायका ब्यक्तिहरु मात्र थिए । त्यसैले मैले १० बर्ष सिन्धुलीमा बसेर पत्रकारिता गर्दा पर्यटन उद्योगको समाचार लेख्न पाइन । पर्यटक नआएकैले होला त्यतिखेर सिन्धुलीमा बास बस्न सुविधायुक्त होटल बनेका थिएनन् ।
विस्तारै समय फेरिदैछ । सिन्धुली पुग्न राजधानीबाट तराइ हुदै र पहाडै पहाड दुइटा बाटा खुलेका छन् । गाउगाउ पुग्ने बाटा बनेका छन् । स्तरीय होटलहरु निर्माण भएका छन् । सिन्धुलीगढीको प्रचार गर्ने प्रयास पनि नथालिएका होइनन् । यति मात्र सिन्धुलीको पर्यटन विकासका लागि पर्याप्त छैन ।
सिन्धुलीलाई पर्यटनसग जोड्ने छुट्टै प्रयास थालिनु आवश्यक छ । यसकालागि पर्यटन मन्त्रालय÷बोर्डसग स्थानीय निकायले सहकार्य गर्नु आवश्यक छ । तिनले प्रकाशन गर्ने प्रचार सामग्रीमा सिन्धुलीका पर्यटकीय सम्भावना बोकेका स्थलहरुलाई समेट्न लगाउनु पर्छ । पूर्वाधार भए मात्र पर्यटक जाने हुन् । त्यसका लागि स्थानीय निकायले पूर्वाधार निर्माण गर्दा पर्यटकीय स्थलहरुलाई प्राथमिकता दिनु आवश्यक छ । राज्यका निकायहरुमा पहुच भएकाहरुले सिन्धुलीका धरोहरलाई कमाइ खाने भाडो नबनाइ वास्तविक विकासका लागि प्रयास गर्नु पर्छ । देशभित्र/बाहिर रहेका सिन्धुलीबासीले सिन्धुलीको एतिहासिक/पर्यटकीय स्थलहरुबारे जानकारी गराउदै आफ्ना साथीहरुलाई एक पटक भ्रमण गर्न निम्त्याउनु आवश्यक छ । हरेक नागरिकले आफ्नो जिल्लामा पर्यटकीय विकासका लागि भूमिका खेल्नु आवश्यक छ ।