Thursday, May 30, 2013
Monday, May 27, 2013
ट्याक्सी भाडामा ठगिएँ जस्तो लाग्यो तपाइलाइ ?
ट्याक्सी भाडामा ठगिएँ जस्तो लाग्यो तपाइलाइ ? हो भने यसरी sms गर्नुहोला ।
taxirate (space) (from)(space) to (space)(place name)send 4321
Tuesday, May 21, 2013
सुरुङमार्ग निर्माण कार्य एक महिनाभित्र सुरु गरिने
हेटौंडा, ७ जेठ । हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्गको निमाणकार्य एक महिनाभित्र सुरु हुने भएको छ । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष एवम् सुरुङमार्ग निर्माणका सञ्चालक जयराम लामिछानेले सो सुरुङमार्ग एक महिनाभित्र निर्माण प्रक्रियामा जाने बताए ।
नेपाल सरकारले वैशाख ३० गते निजीक्षेत्रको स्वमित्वमा रहेको नेपाल पूर्वाधार विकास कम्पनीलाई स्वीकृति दिएपछि सुरुङमार्ग निमार्णको बाधा फुकेको भन्दै सञ्चालक लामिछानेले सरकारले गत मङ्गलबार हेटौडा–कुलेखानी–काठमाडौ सुरुङमार्ग बनाउने अनुमति दिएको भएपनि अनुमतिपत्र भने मङ्गलबारसम्म दिने बताए ।
उनले भने, “आगामी हप्ता अनुमतिपत्र पाउनेबित्तिकै हामी कानुन विभागको कम्पनी ऐनअन्तर्गत सर्वसाधारणहरुमा सेयरको लागि आह्वान गछौं, त्यसबाट नपुग रकम हामी बैंकबाट ऋण लिन्छौं र जसरी भएपनि समयावधीमा नै निर्माणकार्य पूरा गरिछाड्छौं ।”
स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टले सरकारले जिविस मकवानपुरलाई संस्थागत सदस्यमा जान र आफैंले कमाएको रकमबाट सुरुङमार्गमा लगानी गर्न पाउने अनुमति दिएकाले यसअघिकै जिल्ला परिषद्बाट रु २० लाख छुटयाइएको बताए । सो सुरुङमार्ग निर्माणका लागि जिविस मकवानपुरसहित संस्थागतरुपमा एक सय उनन्साठी र २०० जना सर्वसाधारणले नेपाल पूर्वाधार विकास कम्पनीको सेयर खरिद गरिसकेको कम्पनीले जनाएको छ । रासस
नेपाल सरकारले वैशाख ३० गते निजीक्षेत्रको स्वमित्वमा रहेको नेपाल पूर्वाधार विकास कम्पनीलाई स्वीकृति दिएपछि सुरुङमार्ग निमार्णको बाधा फुकेको भन्दै सञ्चालक लामिछानेले सरकारले गत मङ्गलबार हेटौडा–कुलेखानी–काठमाडौ सुरुङमार्ग बनाउने अनुमति दिएको भएपनि अनुमतिपत्र भने मङ्गलबारसम्म दिने बताए ।
उनले भने, “आगामी हप्ता अनुमतिपत्र पाउनेबित्तिकै हामी कानुन विभागको कम्पनी ऐनअन्तर्गत सर्वसाधारणहरुमा सेयरको लागि आह्वान गछौं, त्यसबाट नपुग रकम हामी बैंकबाट ऋण लिन्छौं र जसरी भएपनि समयावधीमा नै निर्माणकार्य पूरा गरिछाड्छौं ।”
स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टले सरकारले जिविस मकवानपुरलाई संस्थागत सदस्यमा जान र आफैंले कमाएको रकमबाट सुरुङमार्गमा लगानी गर्न पाउने अनुमति दिएकाले यसअघिकै जिल्ला परिषद्बाट रु २० लाख छुटयाइएको बताए । सो सुरुङमार्ग निर्माणका लागि जिविस मकवानपुरसहित संस्थागतरुपमा एक सय उनन्साठी र २०० जना सर्वसाधारणले नेपाल पूर्वाधार विकास कम्पनीको सेयर खरिद गरिसकेको कम्पनीले जनाएको छ । रासस
Monday, May 20, 2013
फेसवुक या ट्वीटरवाट कमाउने हैन पैसा ?
तपाईलाई फेसवुक साथीले यो पेज लाईक गर्देन, भन्दै लिकं पठायो भने कती पैसा दिन्छस्, भनेर भनिदिए हुन्छ । सित्तैमा लाईक किन गरिरहनु, लाईक गरेपछि त पैसा नै पाईदोरैछ । सामाजिक सञ्जाल फेसवुक/ट्वीटर लगायतको मार्केटिङ गर्दै आएको Fan Slave ले फेसवुक पेज लाईक तथा ट्वीटरमा फलो गरेवापत पैसा उपलव्ध गराउदै आएको छ ।
कसरी ?Fans Slave ले विश्वभरका कम्पनी तथा सघंसस्थाको फेसवुक फ्यान पेज तथा ट्वीटर फलो वढाउने काम गरिरहेको छ । Fans Slave मा दर्ता भएका सदस्यहरुलाई ती पेजमा लाईक गर्न तथा ट्वीटर ह्याण्ड फलो गर्नको लागी काम दिने गर्दछ ।
के हिसावले पैसा दिन्छ ?२०० सय क्रेडिट वरावर एक युरो । एकाउण्ट वनाउना साथ ५० क्रेडिट वोनस पाउनुहुनेछ । एउटा पेज लाईक गरेवापत न्युनतम ४ देखी ८ क्रेडिट दिने गरेको बेवसाईटमा भनिएको छ । दिनमा वढीमा ३० वटा मात्रै पेज लाईक गर्ने दायरा रहेको छ । त्यस्तै आफ्ना साथीहरुमाझ मार्केटिङ गरेवापत पनी वोनश दिने गरेको वताएको छ । पैसा लिनको लागी भने Paypal एकाउण्ट जरुरी छ । न्युनतम १५ युरो भएपछि तपाईले PayPal एकाउण्टमा आफ्नो कमाई ट्रान्सफर गर्न सक्नुहुन्छ ।
विश्वासिलो होला त ?
फेसवुक पेजमा लाईक तथा ट्वीटरमा फलो गरेरै पैसा कमाउन भनेर ६ लाख भन्दा वढीले सदस्यता लिएका छन् । Alexa Ranking मा हेर्दापनी ६ हजार ८ सयको हाराहारीमा यसको स्थान छ । यसवाट पनी के वुझ्न सकिन्छ भने दैनिक लाखौ मानिसले भिजिट गरिरहेका छन् । अर्को विश्वास गर्नुपर्ने के पनी आधार छ भने यसको रेटिङ निकै राम्रो छ धेरैले यो साईट मन पराएका छन् ।
Fans Slave मा अव Account खोल्दैछु, डेमो हेरौ ।
सवैभन्दा पहिले Fans Slave
Friday, May 17, 2013
विमान बोल्ने भएको भए…..
विमानले मान्छे जस्तै बोल्ने भएको भए आफ्नो मनको कुरा यसरी राख्थ्यो कि- साथीहरु, म अब ४० वर्षकी बूढी भइसकेँ। यो अवधिमा मैले धेरैलाई आफ्नो गन्तव्यमा पुग्न सहयोग गरेँ। मेरो उमेरलाई हेरेर पनि मलाई अब आरामको आवश्यकता छ भन्ने थाहा पाउनु पर्ने हो। मेरो स्वास्थ्यको राम्रो हेरविचार गर्नुपर्ने हो। दुर्गम ठाउँमा उड्नु पर्ने मेरो ड्युटी हो। उड्दिनँ पनि कसरी भनुँ। हामी त कारिन्दा। मालिकले भनेपछि मान्नै पर्यो। हुँदाहुँदा मलाई तारा (एअर) लाई भाडामा बेचेर उडाउने कामसम्म भयो। बेचिएकी मलाई सन् २०११ मा लुक्ला विमानस्थलमा भित्तामा ठोक्काइएको थियो। तर भगवान साक्षी छ, मैले कसैलाई केही हुन दिएको थिइनँ। हुँदाहुँदा मलाई चराले समेत हेपेको थियो। त्यही वर्ष त्रिभुवन विमानस्थलमा चराले हानेर मेरो शिशा फुटाइदिएको थियो। तर मैले कसैलाई केही हुन दिइनँ। पीडा जति आफै खपेँ। श्रवणजीले त्यतिबेलाको मेरो फोटो खिचेर आफ्नो ब्लगमा राख्नुभएको छ। हेर्नुस्
आज म टुक्रिएकी छु। भगवान मुक्तिनाथको कृपाले पवित्र कालिगण्डकीको तिरमा म आफ्नो अन्तिम श्वास फेरिरहेकी छु। भगवान साक्षी छ मैले आज पनि कसैलाई केही हुन दिएको छैन। आफै टुक्रिएकीले केही यात्रु घाइते हुनपुगे। उनीहरुलाई केही नहोस् भन्ने कामना गर्छु....
आज म टुक्रिएकी छु। भगवान मुक्तिनाथको कृपाले पवित्र कालिगण्डकीको तिरमा म आफ्नो अन्तिम श्वास फेरिरहेकी छु। भगवान साक्षी छ मैले आज पनि कसैलाई केही हुन दिएको छैन। आफै टुक्रिएकीले केही यात्रु घाइते हुनपुगे। उनीहरुलाई केही नहोस् भन्ने कामना गर्छु....
हाम्रो यथार्थबारे रामकृष्ण भुजेलको भित्ताबाट साभार:
बा मलाई डि भि परेछ
अब ,
खोरिया बन्धकी राख्नु पर्छ
टारी खेत बिक्री गर्नु पर्छ
आमाको-
नाकको फुली
कानको ढुङग्री
गलाको तिलहरी
गोठको भैंसी
आमाले पेवा पालेको खसी
हल गोरु
गहुतको लागि पालेको सानो बाच्छी
सबै सबै बेच्दै गर्नु बा
मलाई डि भि परेछ
यतिले मात्रै पुग्दैन बा
ओखतीमुलोको लागि साचेको पैसा
झिक्दै गर्नु
हजुरआमाले जम्मा गरेका पुराना सिक्का
साट्दै गर्नु
अनी गर्वका साथ सबैलाई भन्दै गर्नु बा
मेरो छोरो डि भि मा अम्रिका जादै छ
देश नफर्कने गरी
बा डि भि पर्नु भनेको
स्वर्ग जानु झै हो ।
र, त
बा को जिबनभरको कमाइ प्रसाद बनाएर
आमाका आशुको भेटी पोको पारेर
पुग्नु छ एम्बेसी नामको मन्दिर
दर्शन गर्नु छ खैरा देवताहरुलाई
दाम राखेर ढोग्नु छ तिनका पाउमा
र भन्नु छ
हे ! बिधाता मलाई तिम्रो स्वर्ग पठाइदेउ न
म अमेरिका पुगेर देश भुल्ने छैन बा
मैले किनीसकेको छु
भातगाउले कालो टोपी
खादीको दौरा सुरुवाल
सिरुपाते खुकुरी
राष्ट्रिय झन्डा
हो,
यही लगाएर खिच्नेछु एउटा फोटो
अनी दैला माथि नागको फोटो टासे झै
टासिदिनेछु फेसबुकको भित्तामा
अनी ,गज्जवको राष्ट्रबादी बनिरहने छु म...!!!
खोरिया बन्धकी राख्नु पर्छ
टारी खेत बिक्री गर्नु पर्छ
आमाको-
नाकको फुली
कानको ढुङग्री
गलाको तिलहरी
गोठको भैंसी
आमाले पेवा पालेको खसी
हल गोरु
गहुतको लागि पालेको सानो बाच्छी
सबै सबै बेच्दै गर्नु बा
मलाई डि भि परेछ
यतिले मात्रै पुग्दैन बा
ओखतीमुलोको लागि साचेको पैसा
झिक्दै गर्नु
हजुरआमाले जम्मा गरेका पुराना सिक्का
साट्दै गर्नु
अनी गर्वका साथ सबैलाई भन्दै गर्नु बा
मेरो छोरो डि भि मा अम्रिका जादै छ
देश नफर्कने गरी
बा डि भि पर्नु भनेको
स्वर्ग जानु झै हो ।
र, त
बा को जिबनभरको कमाइ प्रसाद बनाएर
आमाका आशुको भेटी पोको पारेर
पुग्नु छ एम्बेसी नामको मन्दिर
दर्शन गर्नु छ खैरा देवताहरुलाई
दाम राखेर ढोग्नु छ तिनका पाउमा
र भन्नु छ
हे ! बिधाता मलाई तिम्रो स्वर्ग पठाइदेउ न
म अमेरिका पुगेर देश भुल्ने छैन बा
मैले किनीसकेको छु
भातगाउले कालो टोपी
खादीको दौरा सुरुवाल
सिरुपाते खुकुरी
राष्ट्रिय झन्डा
हो,
यही लगाएर खिच्नेछु एउटा फोटो
अनी दैला माथि नागको फोटो टासे झै
टासिदिनेछु फेसबुकको भित्तामा
अनी ,गज्जवको राष्ट्रबादी बनिरहने छु म...!!!
Wednesday, May 15, 2013
मुस्ताङस्थित जोमसोम बिमानस्थलमा नेपाल बायुसेवा निगमको जहाज दुर्घटना, केहि घाइते
पोखराबाट जोमसोमका लागि उडेको ९ एन ए वि ओ विमान जोमसोममा रहेको पुथाङ्ग विमानस्थलमा बिहान ८ बजेर ४० मिनेट जादाँ अवतरण गर्ने क्रममा बारमा ठोक्किएर कालिगण्डकी नदीमा खसेको हो ।
विमानमा १८ जना यात्रुको
उद्धारपछि, मुस्ताङ्ग जिल्ला अस्पतालमा उपचारका लागि लगिएको हो । विमान अवतरण गर्न लाग्दा धावनमार्गमा टायर पञ्चर भएपछि दुर्घटना भएको हो । दुर्घटनाबाट विमानको अगाडिको भागमा क्षति पुगेको छ । अली
गम्भिर घाईतेहरुलाई तारा एयरको जहाजबाट पोखरा लगिएको छ। दुर्घटनाबाट
विमानको अगाडीको भागमा क्षति पुगेको छ र बिमानको पखेटा भने भाँचिएको छ ।
स्थानीय प्रत्यक्षदर्शी चन्द्रमोहन गौचनले एभिन्यूज टेलिभिजनलाई दिएको
जानकारी अनुसार बिमान रनवेमा ल्याण्ड नगरी बाहिर ल्याण्ड भएको र
अनियन्त्रित भई कालीगण्डकीको किनारमा खसेको थियो ।
बिमानमा १८ जना
सवार रहेको र एकजना बच्चा रहेको पनि गौचनले जानकारी दिनुभयो । विमानमा रहेका सबै १८ जना यात्रुको सकुशल
उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय
वासिन्दाले यात्रुहरुको उद्दार गरेका थिए ।बिमानमा
सवार कोही हताहत नभएको पनि उहाँले जानकारी गराउनु भयो। उनका अनुसार उक्त
दुर्घटनाबाट हुन सक्ने ठूलो मानविय क्षती भने टरेको छ।
Sunday, May 12, 2013
भ्रष्टाचारी भेटिए हामीलाई सम्पर्क गर्नोस् : अख्तियार
कतै भ्रष्टाचारीहरु भेटिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय
कार्यलय टंगालमा पो.ब.नं. ९९९६ मा हुलाकबाट उजुरी पठाउन सकिने आयोगले अपील
गरेको छ ।
त्यसैगरी शुल्क नलाग्ने टोल फ्री नम्बर १६६०-०१-२२२३३ मा पनि
फोन गरेर भ्रष्टाचारीविरुद्ध उजुरी गर्न सकिने छ भने ४४४०१५१ मा फोन गरेर
वा ४४४०१२८ मा फ्याक्स गरेर भ्रष्टाचारको उजुरी टिपाउने सकिने अख्तियारका
प्रवक्ता कृष्णप्रसाद ढुंगानाद्वारा जारी वक्तव्यमा उल्लेख छ । त्यस्तै
akhtiyr@ntc.net.np मा इमेल गरेर पनि भ्रष्टाचारीबारे उजुरी दिन सकिने
जनाइएको छ ।
Subscribe to:
Posts (Atom)