Saturday, June 29, 2013
Wednesday, June 26, 2013
ईन्जिनियरिङ विद्यार्थीले बनाए विद्युतीय रिक्सा
यहाँका एक ईन्जिनियरिङ विद्यार्थीले वातावरणमैत्री विद्युतीय रिक्सा बनाएका छन् । मेकानिकल ईन्जिनियरिङ अध्ययनरत बेल्वा ७ का २८ वर्षीय रवि न्यौपानेले यस्तो रिक्सा बनाएर यस क्षेत्रमै नाम कमाएका छन् ।
तीन पांग्रे यो रिक्सा वीरगन्ज क्षेत्रमा लोकप्रिय भएको छ । धरानस्थित तीनकुने इन्जिनियरिङ कलेजमा डिप्लोमा गरी रहेका न्यौपानेले ६ महिना यता वीरगञ्जमा ग्रीन इनर्जी नेपाल नामक पसल चलाएर धमाधम रिक्सा बनाइरहेका छन् । मुलुकमै पहिलो पटक यस्तो खाले रिक्सा तयार पारिएको उनको दाबी छ ।
व्याट्री, मोटर, तीन चक्का, कन्ट्रोलर, फलाम लगायतका वस्तु प्रयोग गरी तयार पारिएको रिक्साले धूँवा नदिने र चालकले खुट्टा चलाएर मेहनत समेत गर्नु पर्दैन । प्रति घण्टा २५ देखि ३० किलोमिटर सम्म गुड्न सक्ने तीन चक्के रिक्सामा एक पटकमा आधा दर्जन सम्म यात्रु बस्न सक्छन् । ६ फिट लामो र करीब पाँच फिट अग्लो यो रिक्सा ब्याट्री बाहेक करिव एक क्विन्टल भारी छ । सामान्य रिक्सा चालकले पनि यो चलाउन सक्छन् ।
न्यौपानेले अर्डर दिए बमोजिम स्थानीय अधिकारी एग्रो इन्जिनियरिङ वर्क शपले रिक्सा बनाइरहेको छ । हाल सम्म यात्रु बोक्ने र मालबाहक समेत गरी आधा दर्जन रिक्सा उनले बिक्री गरी सकेका छन् । 'पहिले साधारण रिक्सामा परीक्षण गरी हेरेँ, सफल भएपछि आफैँले रिक्सा तयार पारेको हुँ,' न्यौपाने भन्छन्', रिक्सा चलाउन ६५ एम्पियर ४८ भोल्टको चार वटा व्याट्री रिक्साको सिट मुनी राखिएको छ, जसले यो रिक्सालाई एक दिनमा एक सय २० किलोमिटर सम्म तान्न सक्छ ।' हलुका र जोखिमरहित यो रिक्सा हालसम्म दुर्घट्नामा नपरेकाले सुरक्षित समेत रहेको उनी दाबी गर्छन् ।
यात्रुबाहक रिक्साको मूल्य १ लाख ५० हजार र मालबाहक रिक्साको मूल्य १ लाख १० हजार निर्धारण गरेका छन् । दिन भरी रिक्सा चलाएर राति व्याट्रीलाई चार्ज गर्न सकिने र यसमा तीन देखि चार युनिट बिजुली अर्थात अधिकतम ४० रुपैयाँ खर्च हुन्छ । तर एउटा रिक्साले एक दिनमा यात्रु बोकेर हाल एक हजार रुपैयाँ सम्म कमाइरहेको छ ।
आफूले बनाएका मध्ये एउटा रिक्सा न्यौपानेले परीक्षण र यसमा थप विकासका लागि स्थानीय रिक्सा चालक प्रेम लामालाई ठेक्कामा चलाउन दिएका छन् । लामाले न्यौपानेलाई दैनिक दुई सय रुपैया दिने गरेको र बाकी आफ्नो आम्दानी हुने गरेको बताए । यो रिक्सा हलुका र चलाउन पनि सहज रहेको लामा बताउछन् ।
परम्परागत शैलीको रिक्सा भन्दा यो रिक्सा चलाउन सहज, बढि कमाई र परिश्रम समेत नपर्ने भएकाले नेपालका सडकहरुमा यो अत्यन्त उपयोगी रहेको उनले बताए ।
वैज्ञानिक न्यौपानेको अर्डरमा रिक्सा बनाई रहेका अधिकारी एग्रो इन्जिनियरिङका व्यवस्थापक दिवाकर शर्मा रिक्सामा सबै चिनियाँ सामान प्रयोग गरिएको बताउँछन् । एउटा रिक्सा बनाउन चार मजदुरले पाँचदेखि छ दिन लगाउने र करीब आठ हजार रुपैयाँ मजदुर खर्च लाग्ने उनले बताए ।
आफूलाई न्यौपानेको परिकल्पना र आविष्कार अत्यन्त मौलिक लागेको र यसलाई अझ विकसित र परिष्कृत गर्न सके बहुउपयोगी हुन सक्ने उनले बताए ।
यता न्यौपाने भविष्यमा अपांगले चढने यस्तै खाले हि्वल चियर बनाउने आफ्नो लक्ष्य रहेको बताउँछन् ।
प्रकाशित मिति: २०७० असार १२ ०८:४२
source: ekantipur
Sunday, June 23, 2013
Friday, June 21, 2013
रेग्मीको निरीक्षणका क्रममा देखिएको बाढी प्रभावित क्षेत्रका दृश्यहरु यस्ता थिए
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले पश्चिम नेपालका बाढीग्रस्त क्षेत्रहरुको निरीक्षण गर्नुभएको छ । बर्दियाको राजापुर क्षेत्रमा भने उहाँले हवाइ निरीक्षण गर्नुभयो ।
निरीक्षणका क्रममा सुदुरपश्चिमका क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई उधृत गर्दै मन्त्रि परिषद सचिवालयले जनाएअनुसार बाढीको चपेटामा परी १२ को मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी अधिकारीले दिएको जानकारी अनुसार १ सय १८ घर जोखिममा परेका छन् । १५ हजार व्यक्तिलाई खाद्यान्न संकट परेको छ भने १० किलोमिटर बाटोमा थ्ति पुगेको छ ।
त्यसैगरी अध्यक्ष रेग्मीको टोलीले कञ्चनपुरको पनि गर्नुभएको थियो । त्यस्तै कञ्चनपुरको झोलुँगेपुल, चाँदनी र दोधारा गा.वि.स.र ब्रहृमदेव, शुक्लाफाँट र पुनर्वास क्षेत्रको रेग्मीले निरीक्षण गर्नुभएको थियो । त्यस्तै कैलालीको टीकापुर क्षेत्रको पनि निरीक्षण तथा जनजागृति मा.वि.मा विभिन्न राजनीतिक दलका प्रतिनिधी, स्थानीयबासी, प्रशासक, सुरक्षा निकायका पदाधिकारी एवं पत्रकारहरूसँग भेटघाट तथा छलफल गर्नुभएको थियो । बर्दियाको राजापुर क्षेत्रको हवाइ निरीक्षण गर्नुभएको मन्त्रिी परिषद सचिवालयले जनाएको छ ।
Thursday, June 20, 2013
काठमाडौंमा बन्ने २५ तले 'काठमाडौं टावर
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा सुविधा सम्पन्न र प्रविधियुक्त 'काठमाडौं टावर' निर्माण गर्ने प्रक्रिया फेरि अगाडि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो खोलेपछि निर्माण प्रक्रिया पुनः सुचारु हुने भएको छ ।
साढे २३ रोपनी क्षेत्रफल रहेको पुरानो बसपार्कको करिब १० रोपनीमा भवन निर्माण गरिने छ । भुइँतलामा बसपार्क, अन्य माथिल्ला दुई तलामा हलुका सवारी साधनको पार्किङस्थल बनाइने छ ।
बाँकी जग्गामा सवारी साधन भित्रिने र बाहिरिने ढोकालगायत विभिन्न आधुनिक प्रकारका मनोरञ्जन स्थल बनाइनेछ ।
भोटाहिटी, न्युरोड क्षेत्र लगायतसम्मका गाडीको पार्किङ टावरमै हुनेछ । टावर काठमाडौं उपत्यका देखिने गरी बनाइनेछ । भवनमा मनोरञ्जन हल, पार्क, रेस्टुरेन्ट, क्याफे, बैंक, सना-ठूला सभाहल, पौडी पोखरीसमेत निर्माण गरिने छ
Wednesday, June 19, 2013
Tuesday, June 11, 2013
एसएलसीको नतिजा कहाँ हेर्ने ? पत्रिका हैन अब डिजिटल सुविधा
२८ जेठ, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी
परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरे लगत्तै परीक्षार्थी, अभिभावक र
शिक्षकको ध्यान कम्प्युटर र मोबाइलमा केन्दि्रत भएको छ । केही वर्षअघिसम्म
परीक्षाफल थाहा पाउन गोरखापत्रको भर पर्नुपर्ने बाध्यता थियो । गोरखापत्र
बाहेक अन्यत्रबाट परीक्षाफल थाहा पाउन नसकिने भएकाले कतिपय ठाउँमा त नतिजा
सार्वजनिक भएको दुई तीन दिनपछि मात्र परिणाम थाहा हुन्थ्यो । नतिजा
सार्वजनिक भएको रात र भोलिपल्ट दिनभर गोरखापत्र संस्थापनमा पत्रिका
किन्नेको भीड लाग्थ्यो । भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज नै
गर्नुपथ्र्यो ।
तर नयाँ प्रविधिसँगै
यो बाध्यता हटेको छ । केही वर्षदेखि नै एसएलसीको नतिजा इन्टरनेट र
एसएमएसबाट थाहा पाउन सकिने व्यवस्था शुरु भैसकेको छ । यसपाली त झन् परीक्षा
नियन्त्रण कार्यालयले पत्रिकामा समेत नतिजा प्रकाशित नगर्ने भएको छ ।
कसैले सित्तैंमा छापेमा दिने, तर शुल्क तिरेर पत्रिकामा नतिजा नछाप्ने
परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
नतिजा यहाँबाट थाहा हुन्छ
परीक्षाको नतिजा अनलाइनखबर डटकममा हेर्न सक्नुहुनेछ भने परीक्षा
नियन्त्रणा कार्यालयले पनि तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले
अघिल्ला वर्षहरुजस्तै यसपाली पनि आफ्नो, नेपाल टेलिकमको र अरु बिभिन्न निजी
संघसंस्थाको वेवसाइट मार्फत एसएलसीको नतिजा थाहा पाउन सकिने व्यवस्था
मिलाएको छ । नतिजा सार्वजनिक भए लगत्तै शिक्षा मन्त्रालयको www.moe.gov.np
, शिक्षा विभागको www.doe.gov.np
, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np
, नेपाल टेलिकमको slc.ntc.net.np बाट हेर्न सकिनेछ ।
यस्तै नेपाल टेलिकमको १४००, बिभिन्न संघसंस्थाको ५००१, २७२२, ५५६६, २३३३,
४९४९ र ५२२५ मा एसएमस गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण
कार्यालयले जनाएको छ ।
नतिजा सजिलै थाहा पाउन सकिने वेवसाइट र एसएमस
सेवा भएपनि विगतका वर्षहरुमा समयमै साइटमा नराख्ने र हृयांग हुने समस्या
थियो ।
परीक्षाफल प्रकाशित
परीक्षाफल प्रकाशित
****************
काठमाडौ, जेष्ठ २८ - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय,
बल्खुद्वारा २०६९ सालमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ
तीन वर्षे स्नातक तह प्रथम वर्ष नियमित परीक्षाको
परीक्षाफल आज प्रकाशन गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल वेबसाइट
www.educationsansar.com मा हेर्न सकिने छ भने
Nepal Telecom को १६०२ मा डायल गरी प्राप्त
निर्देशानुसार थाहा पाउन सकिने छ ।
रासस
The Office of Controller of Examinations (OCE) is established under the Government
of Nepal/Ministry of Education. Its main functions are to manage and
conduct the School Leaving Certificate (SLC) Examinations. The first SLC
examinations were held in 1934(1990BS). Since then several improvements
hav...
Monday, June 10, 2013
SLC Result
Welcome to SLC Result Page!
SLC result 2069 has been published on मंगलबार, २०७० जेष्ठ २८ !
Visit :- http://tinyurl.com/slc2069
Saturday, June 8, 2013
Peru's cable cars to promote tourism and integration, says Humala
Lima, May 27 (ANDINA).
Peru’s President Ollanta Humala launched Monday the Cable Car Program,
which is aimed at promoting tourism and integration in Peruvian regions.
The program seeks to build a cable car in each region in order to integrate communities and promote trade.
"The
idea is to work two concepts: integration and tourism,” Humala said.
“Many communities have that problem of getting their produce off the
field.”
The President said that it is necessary
to "face the challenge imposed on us by nature," and cable cars are one
of the most viable means to this end.
"The
goal is to have a cable in each region, so we intend to work with
regional governments and mayors to see where (cable cars) are needed and
we’ll do it.”
(END) JCC/MVF/LOG/MOC
Monday, June 3, 2013
नेपालीमा लेख्न इच्छुक मित्रहरूको लागि
१. http://www.supremecourt.gov.np/ मा जाने,
२. पानाको तल, पुछारमा पुग्ने । त्यहाँ Download Nepali Unicode को मुन्तिर [Nepali Unicode Romanised] [Nepali Unicode Tradtional] लेखिएको छ । पहिलोबाट, Romanised पारामा, अर्थात् k =क , K = ख , g = ग , G = घ आदि टाइप गरिन्छ। पछिल्लोबाट, 'कान्तिपुर', 'प्रिति' आदिको पारामा टाइप गरिन्छ । यी २ मध्ये आफूलाई मन पर्ने Download and Install गर्ने ।
३. Install भएपछि, Taskbar मा, (मनिटरमा तल दाहिने) Eng लेखेको देखिन्छ । अंग्रेजीमा लेख्न सोझै टाइप गर्न थाल्ने ।
सो Eng मा माउस क्लिक गर्दा नेपालीमा लेख्न रोज्ने विकल्प (Windows 8 मा 'नेपा') आउछ । त्यही रोजेर नेपालीमा टाइप गर्नथाल्ने ।
४ [Nepali Unicode Romanised] र [Nepali Unicode Tradtional] दुवैबाट, नेट नहुदा पनि नेपालीमा टाइप हुन्छ । यसबाट Word र Open Office मा पनि नेपालीमा लेख्न सकिन्छ ।
५. माथिका कुरा Windows 7 र 8 का लागि हुन् ।
६. नेपालीमा लेख्न शुरूमा केही असहज होला । Word मा एउटा पानामा की बोर्डका सबै कीहरू पहिले Lower Case मा र त्यसपछि Upper Case हानेर त्यसलाई Print गरेर राख्दा शंका लागेको बेलामा हेर्न सकिन्छ । गर्दैजादा, पछि त सबै सम्झना भैहाल्छ ।
७.. Android Mobile र Tab को लागि छुट्टै व्यवस्था छ ।
२. पानाको तल, पुछारमा पुग्ने । त्यहाँ Download Nepali Unicode को मुन्तिर [Nepali Unicode Romanised] [Nepali Unicode Tradtional] लेखिएको छ । पहिलोबाट, Romanised पारामा, अर्थात् k =क , K = ख , g = ग , G = घ आदि टाइप गरिन्छ। पछिल्लोबाट, 'कान्तिपुर', 'प्रिति' आदिको पारामा टाइप गरिन्छ । यी २ मध्ये आफूलाई मन पर्ने Download and Install गर्ने ।
३. Install भएपछि, Taskbar मा, (मनिटरमा तल दाहिने) Eng लेखेको देखिन्छ । अंग्रेजीमा लेख्न सोझै टाइप गर्न थाल्ने ।
सो Eng मा माउस क्लिक गर्दा नेपालीमा लेख्न रोज्ने विकल्प (Windows 8 मा 'नेपा') आउछ । त्यही रोजेर नेपालीमा टाइप गर्नथाल्ने ।
४ [Nepali Unicode Romanised] र [Nepali Unicode Tradtional] दुवैबाट, नेट नहुदा पनि नेपालीमा टाइप हुन्छ । यसबाट Word र Open Office मा पनि नेपालीमा लेख्न सकिन्छ ।
५. माथिका कुरा Windows 7 र 8 का लागि हुन् ।
६. नेपालीमा लेख्न शुरूमा केही असहज होला । Word मा एउटा पानामा की बोर्डका सबै कीहरू पहिले Lower Case मा र त्यसपछि Upper Case हानेर त्यसलाई Print गरेर राख्दा शंका लागेको बेलामा हेर्न सकिन्छ । गर्दैजादा, पछि त सबै सम्झना भैहाल्छ ।
७.. Android Mobile र Tab को लागि छुट्टै व्यवस्था छ ।
Subscribe to:
Posts (Atom)