Wednesday, June 26, 2013

ईन्जिनियरिङ विद्यार्थीले बनाए विद्युतीय रिक्सा



यहाँका एक  ईन्जिनियरिङ विद्यार्थीले वातावरणमैत्री विद्युतीय रिक्सा बनाएका छन् । मेकानिकल ईन्जिनियरिङ अध्ययनरत बेल्वा ७ का २८ वर्षीय रवि न्यौपानेले यस्तो रिक्सा बनाएर यस क्षेत्रमै नाम कमाएका छन् ।
तीन पांग्रे यो रिक्सा वीरगन्ज क्षेत्रमा लोकप्रिय भएको छ । धरानस्थित तीनकुने इन्जिनियरिङ कलेजमा डिप्लोमा गरी रहेका न्यौपानेले ६ महिना यता वीरगञ्जमा ग्रीन इनर्जी नेपाल नामक पसल चलाएर धमाधम रिक्सा बनाइरहेका छन् । मुलुकमै पहिलो पटक यस्तो खाले रिक्सा तयार पारिएको उनको दाबी छ ।
व्याट्री, मोटर, तीन चक्का, कन्ट्रोलर, फलाम लगायतका वस्तु प्रयोग गरी तयार पारिएको रिक्साले धूँवा नदिने र चालकले खुट्टा चलाएर मेहनत समेत गर्नु पर्दैन । प्रति घण्टा २५ देखि ३० किलोमिटर सम्म गुड्न सक्ने तीन चक्के रिक्सामा एक पटकमा आधा दर्जन सम्म यात्रु बस्न सक्छन् । ६ फिट लामो र करीब पाँच फिट अग्लो यो रिक्सा ब्याट्री बाहेक करिव एक क्विन्टल भारी छ । सामान्य रिक्सा चालकले पनि यो चलाउन सक्छन् ।
न्यौपानेले अर्डर दिए बमोजिम स्थानीय अधिकारी एग्रो इन्जिनियरिङ वर्क शपले रिक्सा बनाइरहेको छ । हाल सम्म यात्रु बोक्ने र मालबाहक समेत गरी आधा दर्जन रिक्सा उनले बिक्री गरी सकेका छन् । 'पहिले साधारण रिक्सामा परीक्षण गरी हेरेँ, सफल भएपछि आफैँले रिक्सा तयार पारेको हुँ,' न्यौपाने भन्छन्', रिक्सा चलाउन ६५ एम्पियर ४८ भोल्टको चार वटा व्याट्री रिक्साको सिट मुनी राखिएको छ, जसले यो रिक्सालाई एक दिनमा एक सय २० किलोमिटर सम्म तान्न सक्छ ।' हलुका र जोखिमरहित यो रिक्सा हालसम्म दुर्घट्नामा नपरेकाले सुरक्षित समेत रहेको उनी दाबी गर्छन् ।
यात्रुबाहक रिक्साको मूल्य १ लाख ५० हजार र मालबाहक रिक्साको मूल्य १ लाख १० हजार निर्धारण गरेका छन् । दिन भरी रिक्सा चलाएर राति व्याट्रीलाई चार्ज गर्न सकिने र यसमा तीन देखि चार युनिट बिजुली अर्थात अधिकतम ४० रुपैयाँ खर्च हुन्छ । तर एउटा रिक्साले एक दिनमा यात्रु बोकेर हाल एक हजार रुपैयाँ सम्म कमाइरहेको छ ।
आफूले बनाएका मध्ये एउटा रिक्सा न्यौपानेले परीक्षण र यसमा थप विकासका लागि स्थानीय रिक्सा चालक प्रेम लामालाई ठेक्कामा चलाउन दिएका छन् । लामाले न्यौपानेलाई दैनिक दुई सय रुपैया दिने गरेको र बाकी आफ्नो आम्दानी हुने गरेको बताए । यो रिक्सा हलुका र चलाउन पनि सहज रहेको लामा बताउछन् ।
परम्परागत शैलीको रिक्सा भन्दा यो रिक्सा चलाउन सहज, बढि कमाई र परिश्रम समेत नपर्ने भएकाले नेपालका सडकहरुमा यो अत्यन्त उपयोगी रहेको उनले बताए ।
वैज्ञानिक न्यौपानेको अर्डरमा रिक्सा बनाई रहेका अधिकारी एग्रो इन्जिनियरिङका व्यवस्थापक दिवाकर शर्मा रिक्सामा सबै चिनियाँ सामान प्रयोग गरिएको बताउँछन् । एउटा रिक्सा बनाउन चार मजदुरले पाँचदेखि छ दिन लगाउने र करीब आठ हजार रुपैयाँ मजदुर खर्च लाग्ने उनले बताए ।
आफूलाई न्यौपानेको परिकल्पना र आविष्कार अत्यन्त मौलिक लागेको र यसलाई अझ विकसित र परिष्कृत गर्न सके बहुउपयोगी हुन सक्ने उनले बताए ।
यता न्यौपाने भविष्यमा अपांगले चढने यस्तै खाले हि्वल चियर बनाउने आफ्नो लक्ष्य रहेको बताउँछन् ।

प्रकाशित मिति: २०७० असार १२ ०८:४२
source: ekantipur

Friday, June 21, 2013

तेल पेल्ने ग्रामीण प्रविधि 'कोल'

सर्वसाधारणको सहजताका लागि रोल्पाको जौलीपोखरीमा स्थानीयवासीले बनाएको परम्परागत मिल । यसबाट ग्रामीण भेगमा तोरी, चिउरी, तिल आदिबाट तेल निकालिन्छ ।

रेग्मीको निरीक्षणका क्रममा देखिएको बाढी प्रभावित क्षेत्रका दृश्यहरु यस्ता थिए


मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले पश्चिम नेपालका बाढीग्रस्त क्षेत्रहरुको निरीक्षण गर्नुभएको छ । बर्दियाको राजापुर क्षेत्रमा भने उहाँले हवाइ निरीक्षण गर्नुभयो ।

निरीक्षणका क्रममा सुदुरपश्चिमका क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई उधृत गर्दै मन्त्रि परिषद सचिवालयले जनाएअनुसार बाढीको चपेटामा परी १२ को मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी अधिकारीले दिएको जानकारी अनुसार १ सय १८ घर जोखिममा परेका छन् । १५ हजार व्यक्तिलाई खाद्यान्न संकट परेको छ भने १० किलोमिटर बाटोमा थ्ति पुगेको छ ।
त्यसैगरी अध्यक्ष रेग्मीको टोलीले कञ्चनपुरको पनि गर्नुभएको थियो । त्यस्तै कञ्चनपुरको झोलुँगेपुल, चाँदनी र दोधारा गा.वि.स.र ब्रहृमदेव, शुक्लाफाँट र पुनर्वास क्षेत्रको रेग्मीले निरीक्षण गर्नुभएको थियो । त्यस्तै कैलालीको टीकापुर क्षेत्रको पनि निरीक्षण तथा जनजागृति मा.वि.मा विभिन्न राजनीतिक दलका प्रतिनिधी, स्थानीयबासी, प्रशासक, सुरक्षा निकायका पदाधिकारी एवं पत्रकारहरूसँग भेटघाट तथा छलफल गर्नुभएको थियो । बर्दियाको राजापुर क्षेत्रको हवाइ निरीक्षण गर्नुभएको मन्त्रिी परिषद सचिवालयले जनाएको छ ।
1
कञ्चनपुर
__________-_______,-_______
सञ्चारकर्मी तथा राजनीतिक दलसँग खिलराज रेग्मी
__________-______-_________
स्थलगत निरीक्षण
_________1
दार्चुला
2
दोधारा-चाँदनीपुल
3
बर्दिया राजापुर
4
5
दार्चुला
6
कैलालीको टीकापुर
7
9
10
11
स्थलगत निरीक्षण
12
स्थलगत निरीक्षण
13
स्थलगत निरीक्षण

Thursday, June 20, 2013

सक्नेले स्वदेशमै विदेशभन्दा बढी आम्दानी गरेका छन् (विदेश जानु पर्दैन) | ...

काठमाडौंमा बन्ने २५ तले 'काठमाडौं टावर


काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा सुविधा सम्पन्न र प्रविधियुक्त 'काठमाडौं टावर' निर्माण गर्ने प्रक्रिया फेरि अगाडि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो खोलेपछि निर्माण प्रक्रिया पुनः सुचारु हुने भएको छ ।
साढे २३ रोपनी क्षेत्रफल रहेको पुरानो बसपार्कको करिब १० रोपनीमा भवन निर्माण गरिने छ । भुइँतलामा बसपार्क, अन्य माथिल्ला दुई तलामा हलुका सवारी साधनको पार्किङस्थल बनाइने छ ।
बाँकी जग्गामा सवारी साधन भित्रिने र बाहिरिने ढोकालगायत विभिन्न आधुनिक प्रकारका मनोरञ्जन स्थल बनाइनेछ ।
भोटाहिटी, न्युरोड क्षेत्र लगायतसम्मका गाडीको पार्किङ टावरमै हुनेछ । टावर काठमाडौं उपत्यका देखिने गरी बनाइनेछ । भवनमा मनोरञ्जन हल, पार्क, रेस्टुरेन्ट, क्याफे, बैंक, सना-ठूला सभाहल, पौडी पोखरीसमेत निर्माण गरिने छ