Friday, March 29, 2013

कथा- दोस्रो अध्याय

 
मेरो सिरानीसँगै राखेको सामसुङ्गको एस ३ मोवाइलमा छोटो भाइब्रेशन आयो । छोटो भाइब्रेशनको मतलब म्यासेज थियो । मलाई अड्कल गर्न गाह्रो भएन । लोडसेडिङ्गले आक्रान्त पारेको काठमाण्डौँमा बत्ति आउने र नआउने सेडयुल नै हेर्न छाडिसकेको थिएँ । काठमाण्डौँका ४० ‌औं लाख मानिसलाई अँध्यारो अनि सानो बत्तिको बानी परेझै मलाई पनि सानो इन्भर्टरले बानी परिसकेको थियो । त्यो मसिनो उज्यालोमा मैले मोवाइलको स्कि्रनमा आँखा दौडाएँ । म्यासेज हैन रहेछ, फेसबुकमा नोटीफिकेशन आएको रहेछ । नोटीफिकेशन हेरेँ । ‘खुशी वान्टस् टु बि योर फ्रेन्ड’ भन्ने नोटीफिकेशन देखेँ ।

प्रायः यसरी फ्रेन्डशिप रिक्वेस्ट आउँदा म कमैमात्र एसेप्ट गर्दथेँ तर “खुशी” भन्ने नाम मन पर्‍यो या म साह्रै खुशी मुडमा थिएँ, मैले तुरुन्तै खुशीको रिक्वेस्ट एसेप्ट गरेँ । म कौतुहलमा भएँ । खुशीको बारेमा जान्न मन लाग्यो मलाई । उनको वालमा गएर हेरेँ । उनले आफू जन्मेको साल अपडेट गरेकी रहिछिन् । जन्मेको साल देखि औला भाँचेर उनको उमेर गनेँ । दुइचोटी औंला भाँच्दा पनि उनी १९ वर्षकी मात्र निक्लिन् । मैले आफनो उमेर सम्झेँ । उनी म भन्दा २५ वर्ष कान्छी थिइन् । उनको फोटो हेर्ने इच्छा भयो मलाई । मनमनै आफैलाई प्रश्न गरेँ । यदी १९ वर्षको तन्नेरी केटाले फ्रेन्डशिप रिक्वेस्ट गरेको भए मैले यति चाख दिन्थेँ होला ? यहाँ छेउ मलाई आफु ४४ वर्षको अधवैँसे भइसके पनि २४ वर्षको तन्नेरी झै लाग्यो अनि ति १९ वर्षे खुशीका फोटोहरु एक पछि अर्को गर्दै हेरेँ । उनका हरेक फोटाहरु सुन्दर थिए ।मैले यतिन्जेल मोवाइल थन्काएर ल्यापटप चलाउन थालिसकेको थिएँ । म उनले अपडेट गरेका स्टाटसका कमेन्टहरु हेर्दै थिएँ , स्कि्रनको दाहिने साइडबाट म्यासेज आयो ।आश्चर्य म्यासेज उनीलेनै गरेकी थिइन् । म्यासेज रोमनमा लेखिएको थियो ।

मेरो मित्रता स्विकार गर्नु भएकोमा धन्यवाद !

मैले हत्तपत्त रोमनमानै लेखेँ । ‘ठिकै छ, तर के म तपाईलाइ चिन्दछु ? ”

मैले उनको म्यासेजको लागि केहि बेर कुर्नु पर्‍यो । प्रतिक्षा सकियो, म्यासेज आयो, लेखिएको थियो ‘तपाइँ मलाई चिन्नु हुन्न तर म भने तपाइँलाई चिन्दछु’ ।

मेरो भाई उमेरमा ३२-३३ वर्षको विवाहित भए पनि उसका धेरै केटी साथीहरु छन् । एकमन लाग्यो उसैको साथी होली । मैले लेखिहालेँ ‘तपाई मेरो भाइको साथी हो ?’

उनको तुरुन्तै जवाफ आयो ” हैन त , म तपाईलाई मात्र चिन्दछु , तपाईको परिवारलाई चिन्दिन । ” उनको म्यासेजले मलाई झन कौतुहल बनायो । कोहि उट्फटयाङ्ग साथीले नक्कली आइडी बनाएर मलाई झुक्याउन खोजेको पो हो कि भन्ने शंकाले शशंकित हुँदै फेरी म्यासेज बक्समा लेखेँ “मलाई कसरी चिन्नु भयो तपाईले?”

उनले लेखिन् ‘कसैको जीवनका कथाहरुबाट ।’

मैले केहि लेख्नु अगाडी उता बाट अर्को म्यासेज आयो ‘अबेर भइसक्यो’ अब म सुत्छु तपाईसँग भोली कुरा गर्छु ।’मैले “हस्” भनेर लेखेँ । उनले ‘बाइ’ लेखिन् र कम्प्युटरको स्कि्रनबाट फुत्तै हराइन् ।

म पनि मनभरी कुरा खेलाउँदै निदाउने प्रयास गरेँ । उनी को हुन् ? अनि किन म संग नजिकिन खोजीन् भन्ने प्रश्न बारम्बार मनमा आइरह्यो । उनले मलाई कसैको जीवनका कथाहरु बाट चिनिन् रे , कसको जीवनको कथाबाट चिनिन् ? के उनले मलाई ढाँटेकी हुन् ?आफ्नो उमेर ढाँटेकी हुन् ? तर फोटोहरु त उनकै हुन् । मनमा थुप्रै प्रश्नहरु आइरहे पनि हरेक प्रश्नको उत्तर आफनो बुद्धिमता र तर्कशिलतामा खोज्दै गएँ ।

उनी संग अघिल्लो दिन कुरा भएकै समय भइसकेको थियो । उनलाई पर्खेर बसिरहेको थिएँ । म त्यति धेरै फेसबुक चलाउँदिनथेँ । मेरो फेसबुक एकाउण्ट पनि भाईले खोलिदिएको थियो । बारम्बार मेरो आँखा स्कि्रनको दाहिने कुनामा पुगिरहेको थियो । म ब्यग्रताका साथ उनको प्रतिक्षा गरिहेको थिएँ । ल्यापटपको दाहिने कुना बाट फ्याट्ट एउटा सानो म्यासेज बक्स बाहिर आयो । त्यसमा लेखिएको थियो । ‘नमस्कार खाना खानु भयो ?’

मैले छिट्टै गरेर लेखेँ ‘ अँ खाएँ, अनि तपाईले खानु भयो ?’

हामीले औपचारिक कुराकानी त्यसरी शुरु गर्‍यौं । अघिल्लो दिन सुल्झन नसकेको प्रश्न मेरो दिमागमा फ्याट्ट आयो त्यसैले मैले लेखेँ ‘तपाई को हो र म संग किन साथी बन्न खोज्नु भयो ?’

उनले जवाफ दिइन्, “हिजै चिनाइसकेँ त, म खुशी हुँ, तँपाइको पहिलो प्रश्नको उत्तर दिईहालेँ । दोस्रो प्रश्नको उत्तरको लागी तपाईले केहि समय प्रतिक्षा गर्नुपर्छ ।”

म अलि बढी फरासिलो हुन खोजेँ र लेखेँ ‘तपाईलाइ थाहा छ मेरो उमेर तपाईको भन्दा दोब्बर छ , फेरी म तपाईको साथी कसरी हुन सक्छु र ?” उनले छोटो उत्तर दिईन् ‘उमेर मिल्ने लाई मात्र साथी भन्दैनन् त । अनि मलाई तपाईको उमेर मात्र होईन तपाईको बारेमा पनि राम्रै थाहा छ ।’

मैले उनको उत्तरले उत्साहित हुँदै लेखेँ ‘तपाईको परिभाषामा साथी भनेको के हो ?’

उनले लेखिन्, ‘जो संग खुशी र दुःख बाड्न सकियोस्, कुनै पनि कुरा खुलेर गर्न सकियोस् , कुराहरु शेयर गर्दा सेकेण्ड थट नआओस् । कसैको साथले आफु एक्लो नभएको अनि कोहि अरु आफुसंगै भैरहेको महशुस होस् ।’



उनको परिभाषा भित्रै रहेर मैले लेखेँ ‘हामीमा यि सबै कुरा लागु हुन्छन् त ? ‘उनले लेखिन् ‘ हामी शुरुवात मै छौँ, सबै कुराको लागि समय लाग्छ ।’उनका हरेक उत्तर सटिक र सान्दर्भिक थिए । यसो भनौं उनका उत्तरका अगाडी आफ्ना प्रश्नहरु हल्का र फिक्का लाग्न थाल्यो । उनलाई सुहाउँदो केहि प्रश्ननै भएन , एकछिन टोलाएर बसिरहेँ । उताबाट म्यासेज आयो ‘अब तँपाईको पालो’ ।

मैले लेखेँ ‘के मेरो पालो ?

उनले लेखिन्, ‘तपाईले विवाह किन नगर्नु भएको ?’

उनको प्रश्नले मलाई रिस उठ्यो । यति ब्यक्तिगत प्रश्न सोध्ने आँट कसरी गरी यसले भन्ने लाग्यो । रिसको झोकमा ‘तिमी जस्ती सुन्दरी नभेट्टाएर नगरेको’ भनेर लेख्न मन लाग्यो । तर आफनो उमेर याद गरेँ । म त कहाँ उमेर ढल्किसकेको पुरुष, मेरो त जवानी पनि ओइलायो, कति खेर कोपिला भयो, कतिखेर फुल्यो अनि कतिखेर पत्र पत्र भएर झरयो ति सबै यादै छैन मलाई तर उनी भर्खर जवान हुँदै छिन्, आधा फूलेको कोपिला जस्तै सुन्दर उनको जवानी, के फूल्दै नफूली ओइलाउँदैन र मेरो लखाईले? सम्हालिएर आवेगहरु नियन्त्रण गर्दै सुस्तरी लेखेँ । ‘खै विवाह गर्न मन नै लागेन, अझ भनौं विवाह गर्ने उमेरमा मेरो लायक कोही पाउन सकिन या कसैको लायक हुनै सकिन ।’उनले धेरै बेर लेखिनन् । म उनको शब्दहरुको प्रतिक्षामा थिएँ । धेरैबेर कुरेपछि अब उनी हराइन भन्ने लाग्यो र मैले आफैले लेखेँ “तपाइ कहाँ?”

उनले लेखिन्,’एकछिन ल फोन.. ‘

मैले बुझेँ उनी फोनमा रहिछिन् । मलाई पनि उनको फोन नम्बर माग्न मन लाग्यो उनका शब्दहरुमात्रै ले पनि रमाईरहेको मन उनको आवाजको मिठासमा खुशीले पुलकित हुन्थ्यो होला तर झट्टै नम्बर मागिनँ । एकछिन पछि उनले लेखिन् ,’सरी, मेरो ममीको फोन थियो । तपाईलाई धेरै बेर कुराएँ ।’मैले केहि लेख्नु अगाडी नै उनले थपिन् ‘मलाई तपाईको बारेमा धेरै कुरा थाहा छ ।” लगातार आश्चर्य भैरहेको म उनको यो कुराले झनै आश्चर्य चकित भएँ र प्रश्न गरेँ ‘कसरी?’

उनले लेखिन्, ‘तपाईसंग म टाढा भएपनि नजिक छु, तपाईको जीवनका लगभग सबै कुराहरु मलाई थाहा छ । मलाई तँपाइको माया लाग्छ, तँपाईको एक्लो जीवन र निरस जीवनको माया लाग्छ । त्यो मायामा श्रद्धा मिसिएको छ । अझ भनौँ तपाई आदर्श ब्यक्तित्व हुनुहुन्छ । यसकारण म त भाग्यमानी भएँ तँपाइले म संग कुरा गर्नु भयो । यो बिद्युतिय उपकरणहरु बाटै भए पनि मैले तँपाईलाई नजिक भएको महशुस गर्न पाएँ ।’ उनले यति लामो बाक्यको अन्त्यमा थ्याङ्कयु लेखिन् ।

उनका लेखाईहरुले म झस्किएँ । मुटुको धड्कन बढेर बाहिर सम्म सुनिए झै लाग्यो । हातहरु कमजोर भएर काँपे झै लाग्यो । म आफुत माया गर्नै नजान्ने मान्छे , मैले केटीहरुलाई जवानीमा त प्रभाव पार्न सकिनँ, नजिककालाई चिन्न सकिनँ, नचिनेकालाई नजिक्याउन सकिनँ । तर यो आधा उमेर भोगिसकेको मान्छेलाई कोही आफु भन्दा आधा उमेर कान्छी केटीले “मलाई तपाईको माया लाग्छ” भन्नु अस्वभाविक र बनावटी लाग्ने नै भयो ।



म ४४ बर्षको पाको मान्छे , उनी १९ बर्षकी सानी केटी, तर उनका लेखाईहरु कति परिपक्व छन् । उनका शब्दहरु बनावटी जस्तो लाग्दैनन् । उनले मनका कुराहरुलाई प्रष्ट रुपमा लिपिबद्ध गरे जस्तो लाग्छ । उनका शब्दहरुका अर्थ के हुन् ? के उनी मेरो एक्लो र निरस जीवनलाई माया गर्छिन् भन्नुले उनी म संग मेरो बाँकि आधा जीवन सँगै बिताउन चाहन्छिन् भन्नु हो र ? कदापी हैन । म त यस्तो सोच्न पनि सक्दिनँ । एउटा कुरा भने सत्य हो उनी २ दिनको साथी भएपनि मलाई साह्रै नजिकको लाग्न थालेको थियो ।

‘कता हराउनु भयो सर?’ उनले लेखिन् ।

मलाई उनको सरको सम्बोधन मन परेन, म उनको नजिकको मान्छे पो हो त । सर को सम्बोधन ले किन टाढा बनाएको भन्ने लाग्यो । मैले लेखेँ ‘प्लिज मलाई सर नभन्नु’ ।

उनले लेखिन् । ‘के भनौँ त?’

मैले लेखें ‘जे भने पनि हुन्छ ।”

उनले लेखिन् ‘हा ! हा ! हा ! अब देखि ‘जे’ भन्छु , मिष्टर ‘जे’अब सुतौं । भोलि कुरा गरौँला ।”

मलाई उनी संग कुरा गरिरहन मन लाग्यो । अनगिन्ती प्रश्नहरु छन् उनलाई सोध्नु पर्ने, कसरी उनलाई सुत्ने स्विकृती दिउँ ? मैले सुत्ने कुरालाई पन्छाउँदै लेखेँ । “ममीले किन फोन गर्नुभएको र ममी कहाँ हुनुहुन्छ ?” प्रश्न लेखि सक्दा लाग्यो म संग केहि प्रश्न नै छैन खाली उनी संग कुरा गर्नुछ । उनले धेरै समय लेखिनन् । मैले अर्को प्रश्न लेखिहालेँ । ‘निदाउनु भयो की क्या हो ?’

उनले लेखिन् ‘जे पायो त्यहि (जे.पि.टि.) ,बाइ नभनी त कोही निदाउँदैन । म त नयाँ फोटोहरु अपलोड गदैथिएँ ।’

मैले लेखेँ ‘सुन्दर छन् तँपाइका फोटोहरु, तपाई राम्री हुनुहुन्छू लेखिसक्दा आफैलाई लाज लाग्यो । मुख थोरै बङ्गयाएर माथिल्लो दाँतले तल्लो ओठ दुख्ने गरी टोकेँ ।

उनले फेरी लेखिन् ‘जे पायो त्यहि, सुन्दरता त आँखामा हुन्छ , हेर्नेको आँखामा । म भन्दा मेरी ममी धेरै राम्री हुनुहुन्छ ।”

मैले जिस्कने अभिप्रायले लेखेँ ‘डयाडी पनि पक्कै राम्रो हुनुहुन्छ होला । नत्र तपाई कसरी यती राम्री हुनुहुन्थ्यो ।’

उनले लेखिन् ‘मेरो बुवा हुनुहुन्न सर, म र ममी मात्रै छौँ । हाम्रो परिवार दुई जनाको मात्र हो ।” उनको लेखाईले मेरो एकैछिन अगाडीको जिस्कने मुडमा ठुलै परिबर्तन आयो । मैले उनलाई ठेस नपुगोस् भन्ने सोच्दै बिस्तारै हातका औँला ल्यापटपको किबोर्डमा दौडाएँ र लेखेँ । “सरी ! तर उमेर त धेरै भएको थिएन होला त ?”

उनले लेखिन ‘वहाँ जीवितै हुनुहुन्छ । हामी संग हुनुहुन्न । मैले त वहाँलाई देख्ननै पाइन ।’उनले थपिन् ‘आज सुतौँ है, भोली कुरा गरौंला । ओहो भोली त बत्तीनै आउदैन, राती १० बजे मात्रै आउँछ । बत्ती नआए मेरो इन्टरनेटनै चल्दैन ।”

मैले तुरन्तै लेखेँ । ‘१० बजे नै कुरा गरौंला नि त’

उनले लेखिन् ‘म त चाँडै सुत्छु । निदाईन भने कुरा गरौंला, हैन भने अर्को दिन हुन्न ?’

उनले मेरो उत्तरको प्रतिक्षा गरिनन् बरु आफै ‘बाइ’ लेखिन् र फुत्तै हराईन् । मैले पनि ‘बाइ’ लेखेँ । र मेरो बाई उनी संग पुग्नु अगाडी नै उनी अफलाइन भइसकेकी थिइन् ।

उनी संगको दुई दिन मेरो जीवनका दुई रमाइला दिनहरु थिए । उनी संग अनलाइन कुरा गर्दा आफु ४४ बर्षको पाको मान्छे, बुढयौली लागिसकेको मान्छे भन्ने नै भुल्न थालीसकेको थिएँ । उनी म भन्दा आधा उमेर कान्छी केटी तर उनका शब्दहरुले मलाई काउकुती लगाउँथ्यो । मलाई २० साल अगाडी फर्काउँथ्यो अनि म २४ बर्षको अल्लारे ठिटो भइदिन्थेँ । आफनो उमेर भुसुक्कै बिर्सेर म उनलाई लगातार ल्यापटपको स्कि्रनमा खोज्दथेँ । फेसबुकका पन्नाहरुमा खोज्दथेँ । अझ प्रष्ट नै भनौँ ।आफनो आँखा अगाडी खोज्दथेँ । कोठाका भित्ताहरुमा खोज्दथेँ । मनको सिंहाशनमा बसाएछु क्या हो । त्यहि सिंहाशनमा खोज्दथेँ । उनीसंग कुरा गर्दा मुटुको धड्कन बढ्न थाल्थ्यो । देब्रे छाती गह्रुँगो भएर दुखे जस्तो, आँखाका नानीहरु छिटो छिटो दाँया बाँया, दाँया बाँया गर्दै उनलाई खोजेजस्तै, अधैर्य, अझ भनौँ बेचैन, मैले यस्तो अनुभव त २० बर्ष अगाडी मात्र गरेको थिएँ । म खुशी संग यसरी दिन दिनै नजिक हुनु योजनाबद्घ तरिका थिएनन्, संयोग मात्र थियो । अनि त्यो संयोग एउटा रमाइलो, रहरलाग्दो संयोग भैरहेको थियो ।

भोली पल्ट साबिककै समयमा नै खुशी अनलाइन देखिईनन् । म भने फेसबुक खोलेर खुशीको प्रतिक्षामा छट्पटाइरहेको थिएँ । उनी अनलाइन देखिन्छिन् र कुरा गर्नुपर्छ भन्ने सोच्दै अनि म चलमलाउनुले उनी अनलाइन आउँदिनन् कि भनेझै म सास पुरै रोकेर जोडले धड्किरहेको मुटुलाई सान्त्वना दिँदै प्रतिक्षा गरिरहेको थिएँ ।

“यु देयेररु”भन्ने म्यासेजले मेरो मुहार उज्यालो भयो । मैले “एस वेटिङ्ग यु वन्ली” भनेर लेखिदिएँ । अनि संगै अर्को प्रश्न जोडीहालेँ । “आज त धेरै समय कुराउनु भयो नीरु” ।

उनले लेखिन् ‘ममीले खाना बनाउन नहुने , खाना आफै बनाउन थाल्दा ढिला भयो” ।

मैले लेखेँ, “ठिकै छ म तपाईसंग कुरा नगरी नसुत्ने मनस्थीतिमानै थिएँ ।” वास्तवमा मेरो परिस्थीति पनि त्यस्तै भएको थियो तर परिस्थीति को कुरा भने खुलाइनँ । लगातार ३ दिन देखि मनभरी पालेर हुर्काईराखेको कौतुहलता चिर्ने अठोट गरिसकेको थिएँ । खुशीका शब्दहरुमा रमाएर किस्ताबन्दिमा कौतु हलता मेट्दै गएको म आज भने सम्पूर्ण कुरा जान्न चाहन्थेँ तसर्थ अति प्रष्ट बनेँ र लेखेँ ।

“तपाईले मलाई कसरी चिन्नु भयो रु कसको जीवनका कथाबाट चिन्नुभयो रु तँपाइले यी सब कुरा खुलस्त पारिदिई मलाइ सजिलो बनाइदिनु पर्छ खुशी आज ।”

धेरै बेर सम्म कुनै प्रतिकि्रया आएन, मलाइ अरु केहि लेख्ने जाँगर पनि चलेन, एकछिनपछि उनले लेखिन् ‘त्यसको लागी मैले तपाईलाइ भेट्नुपर्छ ।”

पानी परेर रोकीए पछिको उज्यालो प्रकृति झै भएँ म उनको लेखाईले । मैले झट्ट लेखेँ ँहुन्छ त बरु कहिले भेट्नेरु” तर लेख्दा लेख्दै धैर्यता गुमाएझै लाग्यो, आफ्नो उमेरलाई ख्याल गरेँ र संयमित भएर अघिका शब्दलाई डिलेट गर्दै वाक्य परिवर्तन गरेँ र लेखेँ ‘के च्याटबाटै बताए हुन्न?’

उताबाट रिप्लाइ आयो ‘तपाई भोली मलाइ भेट्न सक्नु हुन्छ?’

रमाएको मेरो मनले मस्तिष्कलाई औँला चलाउन लगायो ‘हुन्छ, तर कहाँ भेट्ने ?”

हामी मेरो अफिससंगैको क्याफेमा भेट्ने भयौँ । भोलीपल्ट दिनको १ बजे, मैले फेरी औँला भाँचे , ठयाक्कै १५ घण्टा बाँकी थियो उनलाइ भेट्न । त्यो दिन हामीले अरु लामो कुरा नै गरेनौँ । उनले आफु खुशी भएको जनाउने सिम्बोल टाइप गरिन् र बाइ भनेर बिदा भइन् ।

त्यसपछिका १५ घण्टा मेरो लागि १५ वर्ष जस्ता भए । राती निन्द्रा राम्रोसंग नपरेरै होला धेरै चोटी ब्युझिएँ । हरेक चोटी ब्यूँझिदा बिहानी भइसकेको भए पनि हुन्थ्यो भन्ने कामना गर्थेँ तर मेरो लागि समयले आˆनो रˆतार किन बढाउँथ्यो र ? तर कछुवा गतिमै भएपनि समय अगाडि बढ्यो । १ कहिले बज्छ भन्दै छट्पटिएको मन, आँखा र हातमा बाँधेको हाते घडी सबै १ बजेको जानकारीले खुशी भए । मेरो खुशी पनि आइपुगिन् । खुशीलाइ चिन्न मलाई गाह्रो भएन किनकी उनका फेसबुकका तस्विरहरु मैले सबै हेरिसकेको थिएँ र ति सब मेरा आँखाका नानीमा नाचिरहेका थिए । मैले मुख वङ्गाएर लजालु हाँसो हाँस्दै उनलाइ बस्नको लागि अनुरोध गरेँ अनि हाम्रो अगाडी उभिरहेको वेटरसंग ब्लाक कफी मगाएँ र उनको लागि उनकै इच्छा अनुसार मिल्क कफि मगाइदिएँ ।

मेरो मनभरिका कैतुहलतालाई पानी पोखे जस्तै गरी छताछुल्ल पारिदिएँ मैले मेरा पुरानै प्रश्नहरुले । कफिको स्वाद नमिठो भएझै मुख नमिठो बनाउँदै उनले बताउँदै गइन् । “हजुरलाई थाहा छ मान्छेले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ । यो जन्ममा गरेको कर्मको फल यही जन्ममा नै पाइन्छ अर्को जन्म पर्खनु पर्दैन भन्ने भनाइ साह्रै नै सार्थक रहयो् म र मेरो ममीको लागि” उनले बडो अप्ठयारोसंग कुरा खोतलिन् । म उनलाई आँखा नझिम्काई हेरिरहेको थिएँ । मेरो एकाग्रताले उनलाई प्रेरित गराए झैँ उनी भन्दै गइन् – ‘सर मेरो ममी एण्टी डिप्रेसेन्ट औषधी खानु हुन्छ । उहाँलाइ डिप्रेसेनबाट बचाउन मलाइ हजुरको सहयोग चाहिएको छ । मेरो यो संसारमा ममी बाहेक कोहि पनि छैन । अनि ममीको पनि म बाहेक कोहि पनि छैन । यदि ममीलाइ केहि भइहाल्यो भने म टुहुरी हुन्छु, एक्ली हुन्छु र बाँकी जीवन निरर्थक भएको महशुस गर्नेछु । मेरा आँखाहरुमा सपना छ सर । उद्देश्य छ । तर त्यसको प्राप्तीको लागि मलाइ मेरो ममीको साथ चाहिन्छ । ममीको अनुपस्थितिमा प्राप्त हुने कुनै पनि सफलताले पुर्णता पाउन सक्दैन सर ।” उनले एकै सासमा बोलिसकिन् । उनी बोल्दा उनका आँखा रसाएका थिए । उनको कुराले म झनै अन्योलमा परेँ । उनी किन यि सबै कुरा मलाई बताउँदैछिन् । म आफै करिब करिब डिप्रेशनमा गइसकेको मान्छे । बाँच्ने चाहानाहरु नभएर भौतिक शरीरलाई समाप्त गर्न प्रयास गरिसकेको मान्छे ।म आफै जीवनदेखि थाकेर लुलो भइसकेको मान्छे । मैले कसरी उसको सहयोग गर्न सक्छु र ? मेरो मुखाकृतिमा अन्योल झल्क्यो कि क्या हो उसले हामी बिचको संवादलाइ सजिलो बनाउँदै भनी “सर हजुरले मेरो ममीलाइ चिन्नुहुन्छ, साह्रै नजिकबाट, याद गर्नुहोस् त सर २० वर्ष अगाडीको सदिक्षा लाई?” उसले बोली सकि । मैले बोल्नै सकिन । ठुलै सन्नाटा छायो हामी बिच । उ मौन, म मौन । हामी दुवै मौन ।

सदिक्षा…, तिमी सदिक्षाको छोरी…. म भक्भकाएँ । मेरो आँखा अगाडी अँध्यारो छायो । “हो सर म त्यहि सदिक्षाको छोरी जसले हजुरलाई बुझ्न सक्नुभएन, हजुरको प्रेमलाई चिन्न सक्नुभएन ,अनि भौतिक सुख र आˆनो उच्चमहत्वाकांक्षाको लागि तपाईको आत्मिक प्रेमलाई लत्याइदिनुभयो ।”

उसका आवाजहरु टाढा कतैबाट आएजस्तै मधुरो हुँदै गइरहेका थिए अनि म २० वर्ष अगाडी पुगिसकेको थिएँ । सदिक्षा र मेरो विवाह तय भएको थियो ।४ वर्षको प्रेमलाइ विवाहको रुप दिन पाउँदा हामी दुवै अत्यन्त खुशी थियौँ । उनी अलि चञ्चले स्वभाव कि थिईन् अनि म थोरै गम्भीर । हामीलाई एक अर्काको घरमा आवत जावत गर्न कसैको रोकतोक थिएन । उनी मेरो अनुपस्थितिमा पनि मेरो घरमा जान्थिन् । ममीलाई भान्छाको काममा सहयोग गर्थिन् । बुवाको साह्रै प्यारी भएकी थिइन् । विवाहनै नभइ मेरो घरकी बुहारी जस्ती भइसकेकी थिइन् । घरका हरेक सदस्यको मन उनले जितिसकेकी थिइन् । हाम्रो विवाहको कार्ड छपाउन हामी दुवै संगै गएका थियौँ । उनले मेरो घरको तर्फबाट बाड्ने कार्ड छानेकी थिइन् अनि मैले उनको घरको तर्फबाट बाड्ने कार्ड छानेको थिएँ । विवाहमा मेरो घरबाट उनलाई दिइने सम्पुर्ण गहना र कपडाहरुको फर्माइस उनकै थियो त्यति मात्र होइन मेरो ममी र दिदी बहिनीको लागि पनि उनले नै कपडा छानेकी थिइन् । मेरो बुवाले उनलाई माया गरेर दिक्षा मात्र भन्नुहुन्थ्यो । म पनि बुवाले जस्तै दिक्षा मात्र भन्ने गर्थेँ ।

विवाहको अघिल्लो दिन म पूजाको लागि तयारी गर्दै थिएँ । सदिक्षाको बुवा, काका र दाईलाई हाम्रो घरतिर आइरहेको देखेँ । विवाहको तयारी नगरेर किन आउनु भएको रहेछ भन्ने सोच्दै परैवाट नमस्कार गरेँ । बुवाले अप्ठयारो संग नमस्कार फर्काउनु भयो अनि मेरो बुवाको अगाडी आएर रुन थाल्नु भयो । काका र दाई पनि बुवाको पंक्तिमा उभिनुभएको थियो । बुवाले रुँदै सदिक्षा अघिल्लो रात नै अर्कै कोही केटा संग भागिसकेकोले माफ गरिदिन र विवाहको तयारी रोक्नलाई भन्दै हुनुहुन्थ्यो । संगसंगै सदिक्षाले उहाँहरुको र हाम्रो इज्जत फयालेकोले कहिले माफ गर्न नसक्ने भन्दै हुनुहुन्थ्यो । मैले घर घुमेको देखँ ,म नजिकको धर्ती घुमेको देखेँ अनि पृथ्वी घुमेको देखेँ । ४ वर्ष देखिको प्रेम प्राप्तीमा बदल्न नसकेर विक्षिप्त हुनुभन्दा पनि आफ्नै प्रेमिकाले छाडेर अरु संग भागेको सुन्दा मेरो आत्मस्वाभिमानमा ठूलै ठेस पुगेको थियो । जव प्रेम टुट्छ ,सपना टुट्छन् । जव सपना टुट्छन, वाँच्नुको अर्थहरु खोज्न थालिन्छ ।

मैले त्यस क्षणमा आफुलाइ सम्हाल्न गरेको प्रयास सम्झँदा मेरा आँखाहरु रसाए । म संगै क्याफेमा बसेकी खुशीले पनि म रोएको देखी , २० वर्ष पछी फेरि म एक चोटी सदिक्षाको कारणले रोएँ । आँशुको पातलो जालोले ढाकिएको आखाँले मैले खुशीलाई हेरेँ अनि सदिक्षाले भनेको सम्झेँ “हाम्रो छोरी भयो भने उसको नाम खुशी राख्ने हैरु” मैले जिस्किँदै भनेको पनि सम्झिएँ “अनि छोरो भयो भने, उसको नाम खुश राख्ने हो ?” फेरि क्याफेमा सन्नाटा छायो । खुशीले मौनतालाई चिरी र भन्दै गई “सर ,ममीले हजुरलाई छाडेर मेरो बुवा संग विवाह गरेपछि उहाँहरु वेलायत जानुभएछ । बुवा व्रिटिस आर्मीको माथिल्लै दर्जामा हुनुहुन्थ्यो रे, वेलायतमा राम्रो संग सेटल भइसक्नु भएको थियो रे । विवाह पछिको २ वर्ष जिनतिन वहाँहरु मिलेरै बस्नु भएछ अनि जब म ममीको गर्भमा आएँ त्यस पछि वहाँहरु बिच झगडा शुरु भएछ र अन्तमा मेरो ममी मलाई गर्भमानै बोकेर बुवासंग डिभोर्स गरि नेपाल र्फकनु भएछ । मेरो ममी नेपाल फर्केपछि संघर्षका दिनहरु शुरु भएछन् । गर्भमा रहेको वालकलाई श्रीमान्को अनुपस्थितिमा जन्म दिनु , एक्लै हुर्काउनु, पढाउनु र यो अवस्थामा ल्याईपुरयाउन मेरो ममीले गरेको संघर्षका कथाहरुले जो कोहिको पनि मन छुन्छ सर ।

अब त म पनि हुर्किएँ ममीका दुःख र संघर्षका दिनहरु पनि करिब सकिए । तर ममीलाई मैले पछिल्ला दिनहरुमा कहिल्यै खुशी देखिन सर । मेरा स्कुल र कलेजका साथीहरुले मेरो बुवाको बारेमा सोध्दा पनि मैले कहिले ममीलाइ बुवाको बारेमा सोधिनँ । यसरी सोध्दा ममीलाई आघात पुग्न सक्छ भन्ने कुराले म जहिले पनि संयमित भईरहेँ । तर ममीको एण्टी डिप्रेसेन्ट मेडिसिन को डोज बढ्दै गएकोले मैले एकदिन ममीलाई उहाँको जीवन कथाको बारेमा सोधेँ । उहाँकै शब्दहरुमा मैले उहाँको जीवन कथा सुनेँ जहाँ तपाई मुख्य पात्र हुनुहुन्थ्यो । तपाई जस्तो आदर्श प्रेमीलाई लत्याएर भौतिक सुख र आफ्नो स्वार्थको लागि मात्र गरिएको कोही अरु केटासंगको विवाहको निर्णयले मेरो ममी जलिरहनु भएको छ सर । उहाँलाइ ठुलो पाप गरेको महशुस भईरहेको छ । वहाँको सोचाइमा वहाँले पाउनुभएको दुख र कष्टहरु हजुर माथीको अन्यायको कारण हुन् । वहाँ हजुरसंग माफी माग्न चाहनुहुन्छ सर तर माफी माग्ने हिम्मत गर्न सक्नुहुन्न शायद वहाँ हजुरको माफीको लायक पनि हुनुहुन्न । मैले वहाँको छोरी हुनुको कर्तब्य निभाउन खोजेकी हुँ सर । मेरो ममीलाई माफ गरिदिनुस । हजुरले माफ गरिदिनु भए मेरो ममीको बोझ हलुका हुनेछ । वहाँ त्यो पापको बोझ बोकेर जीवन जीउन सक्नु हुन्न सर ।

उ रुँदै थिई ।उसको आँशुले पोल्यो मलाई अनि त्यो पोलाई तेजावको जस्तै असहृय पिडा दिने खालको थियो । उ आफ्नो आमाको तर्फबाट माफी मागिरहेकी थिई । सदिक्षा को दुःखका कथाहरुले मलाई जति दुःखी बनायो त्यो भन्दा दुःखी म खुशीको रुवाईले भएँ । आमाको तर्फबाट क्षमाको याचना गरिरहेकी खुशीका निश्चल आँखाहरुमा मैले आफ्नोपन मात्रै देखेँ । म त मायानै गर्न नजान्ने मान्छे, निरस अनि निस्सार तर खुशीसंगको परिचयमा मैले जीवनको सार अथ्र्याउन खोजेँकी सायद मलाई खुशीको अत्यन्त माया लागेर आयो । मैले सदिक्षालाई माफ गर्न सके या सकिनँ तर खुशीलाई चाँहि भनेँ, “खुशी म तिमिलाई भरे बेलुका अनलाइनमा भेटछु ल ! सदिक्षालाई पनि तिमी संगै राखेर म संग कुरा गर्नु है” भन्दै मैले कफीको अन्तिम चुस्की लिएँ । खुशीले मेरो यो भनाईप्रति आभार व्यक्त गर्न खोजेको उसको मुहारबाट प्रष्ट हुन्थ्यो ।
 by (सन्तोष खतिवडा)

Saturday, March 16, 2013

सुरुङ निर्माणमा टिबिएमको प्रयोग: बहुप्रतिक्षित मेलम्ची र असंख्य हाइड्रोपावर परियोजनामा क्रान्तिकारी सावित हुनसक्ने


यो लेखमा सुरुङ खन्ने प्रविधिको चर्चा गर्दै तुलनात्मक रुपमा नौलो र अत्यन्तै प्रभावकारी एक प्रविधि टनेल बोरिङ मेशीन (टिबिएम) को नेपालमा संभावना र आवश्यकताबारे चर्चा गरिन्छ।


सुरुङको प्रयोग बाटो, रेलमार्ग, जलबिद्युत्, खानेपानी, ढलनिकास आदि संरचनाहरुमा गरिन्छ। नेपालमा जलबिद्युत्, सडक र खानेपानीको क्षेत्रमा सुरुङको प्रचुर संभावना छ र यसबारे प्रशस्त चर्चा पनि हुदैं आएको छ। तर नेपालमा सुरुङ निर्माणले भने खासै गति लिन सकेको छैन। हाल विद्यमान सुरुङहरुमा करिब १३ किलोमिटरको खिम्ती जलविद्युत्को सुरुङ सबैभन्दा लामो सुरुङ हो। अन्य सुरुङहरुमा करिब ५-७ किलोमिटर लामा कालीगण्डकी र मर्स्याङ्दी परियोजनाका सुरुङ र २-४ किलोमिटर लामा अन्य जलबिद्युत् परियोजनाका सुरुङहरु हुन्।

सुरुङ निर्माण एक जटिल प्रक्रिया हो। हालसम्म नेपालमा प्रयोगमा आएको तरीकालाई ड्रिल एण्ड ब्लास्ट तरीका भनिन्छ जसमा पहिले चट्टानमा ड्रिलिङ गरेर प्वाल पारिन्छ, अनि प्वालमा डाइनामाइट वा त्यस्तै किसिमको विष्फोटक पदार्थ भरेर बिष्फोट गराइन्छ। बिष्फोट गर्ने बेलामा सुरुङभित्र साह्रै खतरा हुने हुदाँ कामदारहरू बाहिरै अथवा लुक्ने कक्षमा निस्कनु पर्छ। विष्फोट भइसकेपछि सुरुङ केही समयसम्म धूवाँ र धूलोमय हुने हुदाँ काम गर्न निकै कठिन हुन्छ। बाहिरबाट हावा पम्प गरी भित्र पठाएर काम गर्न मिल्ने वातावरण बनाउनु पर्छ। त्यसपछि सानो आकारको सुरुङ हो भने हाते गाडा र ठूलो हो भने ट्रकको माध्यमबाट भित्र थुप्रिएको माटो, ढुङ्गाहरूलाई बाहिर निकालिन्छ। अनि भौगर्भिक अवस्था, चट्टानको क्षमता, पानीको चुहावट, फुटाइको अवस्था तथा सुरुङको प्रयोजनसमेतलाई विचार गर्दै आवश्यकता अनुरुप चट्टाने-कीला (रक बोल्ट), कंक्रिट, डण्डी तथा स्टिल संरचनाहरू राखी खनेको सतह सुरक्षित र मजबुत पारिन्छ। त्यसपछि पुरानै ड्रिलिङ, विष्फोटन र माटो, ढुङ्गा हटाउने प्रक्रियाको चक्र दोहोर्‌याइन्छ। यस्तो एक चक्रलाई करिब ८ घण्टाको समय लाग्दछ र भौगर्भिक अवस्था राम्रो भएको खण्डमा एक चक्रमा करिब १।५ देखि २ मिटरसम्म मात्र अगाडि बढ्न सम्भव हुन्छ। चौबिसै घण्टा काम गर्ने हो भने दिनमा यस्तो चक्र तीनपटक गर्न सकिन्छ। यसरी सुरुङ खन्ने दर औसतमा प्रतिदिन करिब ३-५ मिटर, प्रतिमहिना करिब १००-१५० मिटर भई १ किलोमिटरला‌‌ई करिब ७ देखि १० महिना लाग्ने हुन्छ, त्यो पनि भौगर्भिक अवस्थाले पुरापुर साथ दिएमा। त्यति मात्र होइन। सुरुङको बिष्फोटन, ढुङ्गा खस्ने खतरा, अक्सिजनको अभाव, अकल्पनीय परिस्थितिसितको जम्काभेट आदिले गर्दा सुरुङ खन्ने काम अत्यन्त जोखिमपूर्ण र चुनौतीले भरिएको छ। भित्र आउने अनपेक्षित अवस्थाले गर्दा कहिलेकाहीँ इष्टिमेट गरेको भन्दा वास्तविक लागत १० गुणासम्म पनि बढ्न सक्छ। अझ, बिष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकोले सुरुङको काम सुरक्षाका दृष्टिले संवेदनशील काम हो र नेपाली सेनाको प्रत्यक्ष निगरानीमा मात्रै बिष्फोटन गर्नुपर्ने प्रचनन छ। यी र यस्तै समस्या एवम् चुनौतीहरूले गर्दा सुरुङको काम जलविद्युत्, खानेपानीजस्ता सुरुङयुक्त परियोजनाहरूमा अत्यन्तै गाह्रो पाटो मानिन्छ। त्यसमाथि मेलम्ची खानेपानी आयोजनाको जस्तो करिब २७ किलोमिटर लामो सुरुङ निर्माण गर्नु अवश्यै पनि ठूलो चुनौती, खर्च र समयको कुरा हो। यसको निर्माणको लागि कुशल योजना र व्यवस्थापनको पनि उत्तिकै जरुरत पर्छ।

माथि उल्लिखित सुरुङ खन्ने प्रविधिको प्रयोग ब्यापक रूपमा भएपनि विकसित र विकासोन्मुख देशहरूको द्रुत विकासको चाहनालाई सम्बोधन गर्न यो प्रविधि पर्याप्त हुन सकेन। फळत: सुरुङ खन्ने नयाँ प्रविधिको रुपमा टनेल बोरिङ मेशीन, टिबिएम, को आविष्कार भयो। यो मेशीनको प्रयोग पश्चात् सुरुङ निर्माणमा क्रान्ति नै आयो भन्दा अतिशयोक्ति हुनेछैन। टिबिएमको प्रयोगले सुरुङ खन्ने दरमा चमत्कारिक प्रगति ल्यायो। प्रतिमहिना ५०० मिटरको दरमा सुरुङ खन्नु सामान्य कुरो हुन गयो।साथै यो मेशीनलाई बिष्फोटनको पनि आवश्यकता नपर्ने र चट्टान चर्केर झर्ने संभावना पनि कम हुनेहुदाँ सुरक्षाका दृष्टिले पनि यो तरिका सुरुङ निर्माणको उत्तम विकल्प हो। विष्फोट गर्नु नपर्ने हुदाँ हल्ला हुने, कम्पन हुने जस्ता समस्याबाट पनि मुक्ति मिल्ने हुन्छ।

यो तरीकाका केही बेफाइदा र चुनौतीहरू पनि छन्। पहिलो कुरा त टिबिएम एक विशाल मेशीन हो। यसको मतलब यो मेशीनलाई शुरुमै धेरै लगानी चाहिन्छ। अनि यसको लम्बाई र तौल यति धेरै हुन्छ कि नेपालका पहाडी बाटोहरू यसको ढुवानीका हिसाबले साँघुरा हुने र पुलहरूको क्षमताले नभ्याउने हुन सक्छ। यसको अर्को समस्या भनेको कथंकदाचित् अनपेक्षित भौगर्भिक अवस्थाले गर्दा मेशीन नै भित्र अड्क्यो भने ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ। स्मरणीय छ, नेपालको भौगर्भिक अवस्थालाई भुगर्भविद्हरू अपेक्षाकृत जटिल भनी वर्गीकरण गर्दछन्। अर्को समस्या भनेको यो मेशीन एउटा आकारको सुरुङलाई डिजाइन गरिने हुदाँ एउटै मेशीनले मन लागेजत्रो आकारका विभिन्न सुरुङहरू खन्न अनुकुल हुँदैन।

माथि भनिएझैं चुनौतीहरू भएतापनि नेपालमा टिबिएमको संभावना प्रशस्तै छ र यसको प्रयोगले सुरुङ निर्माणमा क्रान्ति नै ल्याउन सक्ने देखिन्छ। शुरूको धेरै लगानी चुनौती हो तर व्यवधान कदापि होइन। यो एउटा मेशीन धेरै सुरुङ खन्न प्रयोग गर्ने सकिने हुँदा पुनर्प्रयोगको प्रशस्त संभावना हुन्छ। विश्व बजारमा थुप्रै सेकेण्ड हेण्ड टिबिएम हरू नयाँको अपेक्षा अति न्यून मूल्यमा किन्न पाइन्छ। फेरि एकपटक किनेपछि धेरै सुरुङमा हिसाब बाँड्ने हो भने मेशीन त्यति महँगो प्रतीत नहुने हुन्छ। जलविद्युत्‌को विकासलाई उच्च प्राथमिकतामा राखेको सरकारले यो मेशीनको खरीदमा आवश्यक पूँजी तथा सहुलियत उपलब्ध गराउने गरी यसको प्रवर्धन गर्नु पनि एक उपयुक्त तरीका हुनसक्छ। सार्वजनिक-निजी साझेदारी गरेर पनि यो मेशीनको आयात गर्ने संभावना हुनसक्छ। १००-१५० मेगावाटका परियोजनाहरूको कुल लागतलाई हेर्ने हो भने यो मेशीनको अंश न्यून मात्रै हुन जान्छ। पंक्तिकारहरूले हालै गरेको एक प्रारम्भिक तुलनात्मक अध्ययनले के देखाउँछ भने करिव १० किलोमिटर लामो सुरुङ खन्नलाई नेपालका थुप्रै जलविद्युत् परियोजनाहरूलाई टिबिएमको प्रयोग परम्परागत तरीकाभन्दा सस्तो पर्न जान सक्छ। अझ द्रूत गतिमा सुरुङ खन्नुपर्ने र द्रूत गतिमा विकास गर्ने हो भने टिबिएमको प्रयोग वान्छनीय हुन जान सक्छ।
मेलम्ची परियोजनामा मुख्य सुरुङ मात्रै २६-२७ किलोमिटर हाराहारी छ र प्रवेश सुरुङहरू मात्रै १ किलोमिटर हाराहारी छन्। हाल निर्माणाधीन यो सुरुङमा पङ्क्तिकारको जानकारीमा भएअनुसार सुरुङ खन्ने चर्चा धेरै भएतापनि हालसम्म १ किलोमिटर पनि खनीसकिएको छैन। यही गतिमा त्यति लामो सुरुङ खन्नु पक्कै दिक्क लाग्दो लामो प्रतीक्षाको विषय हो।

जानकारीमा भएअनुसार मेलम्चीको सुरुङक्षेत्रको भौगर्भिक अवस्था तुलनात्मक हिसाबले अत्यन्तै राम्रो छ जुन टिबिएमको अनुकुल हुन्छ। यो लेखको आशय हुँदै गरेको काममा बीचमा बखेडा हालौं भन्न खोजिएको भने कदापि होइन। तर राष्ट्रिय महत्त्व बोक्ने यो परियोजनामा यदि सुरुङ खन्ने कार्यमै कठिनाई तथा विवाद भई आयोजना निर्माणमै अन्योलको अवस्था सिर्जना आउन लाग्यो भने विकल्पहरू खुला छन् भन्ने आभाष दिन भने अवश्य खोजिएको हो।

हालैमात्र हेटौंडा-काठमाडौं सुरुङमार्गको चर्चा पुन: उठेको छ र निजी क्षेत्रले खन्ने तदारुकता देखाएको खबर मिडियामा छाएको छ। त्यो मार्गको सुरुङ पनि लामो छ जुन परम्परागत ड्रिल ब्लाष्ट तरीकाबाट खनियो भने धेरै समय लाग्ने अनुमान गर्न सकिन्छ। यो सुरुङको लागि टिबिएम उपयुक्त छनोट हुनसक्ने भएकोले टिबिएमको प्रयोगबारे सम्बन्धित पक्षले मनन र अध्ययन गर्नु लाभदायक हुन सक्छ। द्रूतमार्ग निर्माण, रेलमार्ग निर्माण, बहुप्रतिक्षित जलविद्युत् निर्माण आदिमा टिबिएमको प्रयोग वरदान सावित हुनसक्छ। टिबिएमको नेपालमा प्रवेश गराउनेबारे बेलैमा यथेष्ट बहस, अध्ययन र चिन्तन हुनु जरुरी छ। पङ्क्तिकारलाई लाग्दछ कि नेपालमा टिबिएम भित्र्याउन सरकार, ब्यापारी, ठेकेदार र हामी सबै अग्रसर हुनुपर्छ।

(थुप्रै नेपाली पत्रिकामा प्रकाशनको असफल प्रयासपछि न्यून पाठक हुने यो ब्लगमा भएपनि प्रकाशन गरेको हो। लेख नै तुकविहीन हो भने त केही छैन, नत्र यो हाम्रो दुरावस्था हो।)

विद्युत् संकट र काबेली-ए जलविद्युत् परियोजना


लोडसेडिङको बत्ती निभाइसगैं जनताका मुहार पनि निभेका छन्। सिङ्गो देश पिडाको भुमरीमा हेलिएको छ। अस्पताल, विद्यालय, क्याम्पस, संचारगृह, उद्योगधन्दा, कलकारखाना, सरकारी र निजी कार्यालय, पसलहरूमा मात्रै होइन, सडक, समाज र संस्कृतिमाथि पनि लोडसेडिङको आक्रमण साह्रै कहालीलाग्दो बनेर चढ्दो छ। दिनचर्यामा यसले पारेका प्रभावको कुरा गर्ने हो भने अब बिस्तारै अस्पतालजस्ता अति संवेदनशील अंगहरू संचालन बन्द गर्ने अवस्थामा पुगिसके; निजी टेलिभिजनहरूले प्रसारण कटौतीको घोषणा गरिसके। अरूको त कुरै छोडौं, अब त खानेपानीको वितरण समेत हुन नपाएर मान्छे पानी समेत पिउन नपाई छट्पटीले मर्ने स्थिति दृष्टिगोचर हुन थालिसक्यो। आर्थिक क्षेत्रको कुरा गर्दा यो क्षेत्र आफू मात्रै धराशायी होइन, अर्थतन्त्रका मेरुदण्ड स्वयं लगानीकर्ता, मानव संशाधन र दिमागहरू नै धराशायी हुन लागिसके। बिडम्बनाको कुरा, अर्थतन्त्र बरू धराशायी भयो भने केही मूल्य चुकाएर मर्मत गर्न सकिएला तर धराशायी दिमागहरूको मर्मत गर्नु सयौं गुणा दुरुह हुन्छ। 

तर आजको यो कहालीलाग्दो अवस्था एकाएक आएको दैवी विपत्ति भने होइन। यो संकट त जानकारहरूले पटक पटक सचेत पार्दा-पार्दै पनि जन्मजात् विकासविरोधी जस्ता लाग्ने शासक, प्रशासकहरूको निकृष्ट सोच र घृणित खेलले निम्त्याइएको हो देशमा। यसमा कसको कति दोष भनेर तौलने बेला यो होइन किनभने अरूमाथि दोष थोपर्ने र आफूले सकभर जिम्मेवारी नलिने हाम्रो मौलिक संस्कार नै मुख्य दोषी हो यो विकराल स्थितिको। विकास गर्नलाई भूत सोचेर दोषारोपण गरेर मात्र हुंदैन, भूतबाट पाठ सिकेर भविष्यतिर पाइला चाल्न सक्नुपर्छ। हाम्रो सबैभन्दा टड्कारो आवश्यकता के हो भने जो सुकैले पनि विगतका गल्तीलाई ढाकछोप र प्रतिवाद गर्नुसट्टा सहजै स्विकार्ने र प्रायश्चित् गर्ने बानी विकास गर्नुपर्छ। त्यसरी नै अरूले पनि गल्ती स्विकार्नेलाई तिरस्कार होइन सम्मान गर्ने संस्कार बसाल्नुपर्छ। भने हिजो ४ वर्षमा निर्माण सकिने मध्य-मर्स्याङ्दीलाई ८ वर्ष लाग्ने स्थिति नबनाएको भए आज स्थिति यति जटिल हुने थिएन। तर अतीत त फर्कदैंन, अबको अत्यत्तम उपाय भनेको त्यस्ता गल्तीहरू मनन गरेर पश्चाताप गर्दै आइन्दा त्यस्ता गल्ती नगर्ने प्रण गर्नु हो। अब ४ वर्ष लाग्ने परियोजनालाई २ वर्षमा गरेर देखाउनु सच्चा प्रायश्चित् हुनेछ।
दोष मात्रै कोट्याउनु पनि विकासको विरोधी हुनु हो। सच्चा विकासप्रेमीले त नयाँ निर्माणतिर ध्यान र अठोट पुर्‌याउनु जरूरी छ। हिजो अरुण तेस्रो बन्नबाट बन्चित भयो। विश्व बैंकले हात झिक्यो। हिजो जसले जे सुतर्क, तर्क र कुतर्क राखेका भएपनि आज लगभग सबैलाई त्यो परियोजना गुम्ने गरी हुन पुगेको निर्णयको पछुताउ छ। हिजोका कति “कुतर्क” आज “सुतर्क” र कति “सुतर्क” आज “कुतर्क” पनि भइसके। तर पछुतोले मन कुहाएर वा आपसमा झगडा गरेर बस्नु विकासवादी सोच राख्नेलाई अशोभनीय कुरा हो। सबैले बुझ्नैपर्ने कुरा के हो भने संरचना विकास गर्न लगानीको ठूलो महत्व हुन्छ र दीर्घकालीन सोचको पनि त्यत्तिकै आवश्यकता पर्छ। साह्रै नै छोटो दृष्टिकोण राख्नेहरूको जीन्दगानी गलफत्तिमै बित्छ र केही विकास गर्न सकिन्न। लगानीको अर्को अवसरको रुपमा पछि फेरि विश्व बैंकले निजी क्षेत्रतिरबाट साना जलविद्युत् क्षेत्रमा लगानी गर्ने “ऊर्जा विकास कोष” को मोडल ल्यायो। त्यही कार्यक्रम अनुसार ३० मेगावाटको काबेली-ए परियोजना छानियो र निर्माणकर्ता छान्नलाई अन्तरराष्ट्रिय प्रतिष्पर्धा गराइयो। छानबीन भयो र बुटवल पावर कम्पनी (बिपिसी) र यसको संयुक्त टोलीले निर्माण गर्न पाउने भनी छानियो। जनता र जानकारहरूको व्यग्र प्रतीक्षा भयो अब कहिले बन्ला भनेर। यो पङ्क्तिकार परियोजना स्थल पाँचथर पुग्दा थाहा पायो जनताहरू कति अधैर्य भएर प्रतीक्षा गरिरहेका छन्। स्थानीय जनताको आवाज सुनियो- ‘काबेलीको समाचार आउला भनी रेडियो सुन्छौं’, ‘नयाँ सरकार बनेपाछि हाम्रो एउटै आशा काबेली बन्छ कि भन्ने छ’, ‘खै काबेली आउला कि भनेर विदेश नगई कुरेको हो, काम पाइन्छ कि भनेर, अब त खै आश पनि मरिसक्यो, परदेशी नै हुनुपर्ला जस्तो छ’ इत्यादि। देश र जनताको ठूलो आशा र अपेक्षा बोकेको यो परियोजना बेलैमा सम्पन्न नगरेर गम्भीर भूल हुदैं गएको प्रतीत हुन्छ।
यता बिपिसीको स्थिति बुझ्दा यो कम्पनी ‘कहिले सरकारले परियोजना विकास सम्झौता (पिडिए) गर्ला र काम शुरू गरौंला’ भनी कुरिराखेको स्थिति छ। करिब २ बर्ष अघि नै प्रारम्भिक तह, र माथिल्ला विभिन्न चरणका छानबीन पश्चात् छानिएको यो कम्पनीले त्यो सम्झौता पत्र पाउन गर्नुपर्ने कुनै प्रक्रिया बाँकी छैनन्। बाँकी छ त केवल सरकारबाट त्यो सम्झौता प्राप्त गर्नू। वास्तवमा यो सम्झौताले नै सर्वे र उत्पादन लाइसेन्स प्राप्तिको ढोका खोल्दछ। स्मरणीय छ, यस्ता लाइसेन्स कुनै पनि यो खालका परियोजनाहरूको निर्माण गर्ने कम्पनीले निर्माण प्रक्रियामा जानु अगाडि प्राप्त गरिसकेको हुनुपर्छ। कहिले मन्त्री भएन, कहिले सचिव भएन, कहिले सरकार फेरियो, कहिले चुनाव आउन लाग्यो, अनि कहिले चुनाव आयो, कहिले सरकार फेरिदैं छ, फेरि कहिले सरकार फेरियो इत्यादिको चंगुलमा करिब २ वर्ष अघिदेखि निरिह झैं बनेर ‘आज देला कि भोलि देला’ भन्दै सम्झौता कुरेको अवस्था छ। ‘नयाँ सरकार आयो, अब त पक्कै होला’ भन्ने आशा पनि त्यत्तिकै तुहिन आँटे झैं हुन लागिसक्यो। सबै कुरा र प्रक्रिया टुङ्गिएर पनि आश्चर्य लाग्दो हिसाबले फगत एउटा चिट्ठी दिन अड्केको अड्क्यै छ सरकार। त्यो भन्दा पनि उदेक लाग्दो कुरो त यो छ कि अझै पनि निर्दोष जनताका आँखामा छारो हाल्दै गफ दिन छोड्दैन सरकार ऊर्जा संकट समाधान गर्न र विद्युत् विकास गर्नमा लागिपरेको छु भनेर। आखिर के छ त्यस्तो जसले रोकेको छ यो सम्झौता गर्नलाई? न त अरू परियोजनामा जस्तो लगानी पुगेन वा दाताले पत्याएनन् भन्ने सजिलो निँहू छ यसमा। वास्त्वमा यो परियोजना विश्व बैंकको ऊर्जा विकास कोष मोडेलको पहिलो नेपाली परियोजना हो र यो परियोजनालाई परीक्षणको रूपमा लागू गर्न खोजेको हो। यसको मतलब के भने यो परियोजना सफल पार्नु भनेको दाताको मन जित्नु हो; असफल पार्नु भनेको दाताले नपत्याउने बन्नु र दाताको अगाडि विश्वास गुमाउनु हो। तसर्थ यदि साँच्चै सरकार विद्युत् विकास गर्नमा गम्भीर छ भने यो परियोजनाको सम्झौता तुरुन्त गर्नुपर्ने देखिन्छ। साँच्चै भन्ने हो भने सरकार त त्यस्तो निकाय हो जसले यो सम्झौता पश्चात् आवश्यक लाइसेन्सहरू तुरुन्त जारी गरी निर्माणकर्तालाई ‘छिटोभन्दा छिटो निर्माण गर’ भनी दवाव दिनुपर्ने र गरेन भने कारबाही पो गर्नुपर्ने हो। अब पनि केही पहल गरेको पाइएन भने सरकारको गाम्भीर्यतामा प्रश्नचिन्ह लाग्ने अनुमान सहजै गर्न सकिन्छ।

-विष्णुप्रसाद गौतम
(Published in Mero Sansar Blog on 2065 Falgun)

ट्रली बस


लामो समय राजधानीवासीलाई सेवा दिएको ट्रली बसलाई २०६६ सालको अन्त्यदेखि इतिहास बनाइएको छ। काठमाडौँबाट मध्यपुरठिमी र भक्तपुरको सूर्य विनायकसम्मको १३ किलोमिटर सडकमा गुडेका ३२ वटा ट्रली बसलाई कवाडीका रूपमा थन्क्याइएको छ। ३६ वर्षअघि २२ ट्रली बससहित चीन सरकारले स्थापना गरिदिएको ट्रली बस सेवामा २०५२ सालमा दाताले १० बस थपिदिएको थियो। बन्द हुने बेलासम्म ९ वटा मात्र चालु अवस्थामा थिए।
१५ पैसाबाट शुरु भएको भाडादर २०६६ मङ्सिरबाट बन्द हुनुभन्दा अघि रु.५ कायम भएको थियो। भक्तपुर र ठिमी नगरपालिकाले सञ्चालनबाट हात झिकेपछि त्रिपुरेश्वर-कोटेश्वरसम्म सीमित भएका तीन वटा ट्रली बस गुड्न छाडेपछि सडकबाट पोलहरू समेत उखेल्न थालियो। धुवाँरहित भएकाले पर्यावरणका लागि समेत उत्तम ट्रली बसलाई समयअनुसार व्यवस्थित नगरेर अन्ततः नामेट पारियो।
रु.२ करोड लगानीमा शुरु भएको ट्रली बसको त्रिपुरेश्वर, सूर्य विनायक र मीनभवनको ३२ रोपनी जग्गाको दुरुपयोग गरिएको छ। मीनभवनस्थित ट्रली बसको मुख्य कार्यालय लामो समयसम्म माओवादीको वाईसिएल कार्यकर्ताको गुँड बनेको थियो। शुरुमा यातायात मन्त्रालय अन्तर्गत स्वायत्त संस्थाको रूपमा सञ्चालन भए पनि राजनीतिक कार्यकर्ता भर्ती र भ्रष्टाचारले बर्बाद पारेको ट्रली बस बन्द हुने बेलामा काठमाडौँ महानगरपालिकाको मातहतमा आएको थियो। महानगरपालिकाले पाँच वर्षपछि सम्झौता पुनरावलोकन गर्ने गरी जिम्मा लिए पनि चलाउन नसकेर एक वर्षमै फिर्ता गर्न ताकेता थालेको थियो।

ब्रोइलर लोकल संवाद


नजिकैको धानखेतमा हावाले मन्द गतिमा वयली खेल्दै छ, घाम पश्चिमतिर ओर्लने क्रममा छन्। फूलहरू दृष्टिगोचर नभएपनि हावामा आएको एक किसिमको शरदीय गन्धले नजिकै लटरम्म फूलहरू फुलेको सहज अनुमान गर्न सकिन्छ।

उत्तर-दक्षिण तन्किएको तथा पूर्व र पश्चिमपट्टि तारजाली, सिसा तथा द्वारहरू समेत भएको भवन। टिनको छाना सूर्यको प्रकाशमा टलक्क टल्किरहने हुदाँ वरपर सबैतिरबाट कुखुरा फार्म सहजै देख्न सकिन्छ। अझ फार्म गाउँको पश्चिम भएर बग्ने खोलाको किनार छेउ अलि उठेको भुभागमा अवस्थित भएकोले त्यसको ठ्याक्कै पूर्वपट्टि रहेको बस्तीमा त यस्तो भ्रम पर्न जान्छ कि मानौं घाम नै त्यो खोलाको किनारतिरबाट उदाइरहेछन्। त्यसैले त गाउँमा बूढापाकादेखि केटाकेटीसम्म जो कसैले बताउन सक्छ कुखुरा फार्म कहाँ पर्छ भनेर।
हुनत गाउँमा भाले बासेमा प्रष्टै सुनिने दुरीमा भएको फार्म घामले मात्रै चिनिनु भन्ने पनि भएन। गाउँबाट खेतीपाती, मेलापात, गाईवस्तु चराउने, घाँसदाउरा गर्नेहरू दिनकै आउजाउ गरिरहन्छन्। कतिले त खेतीको समयमा गोठ सारेरै फाँटमा लग्ने गर्छन्। लाग्दछ, कतिपय गाउँलेका गाईवस्तु, भेंडाबाख्रा र कुखुराहरू पनि अभ्यस्त भइसकेका छन् यी प्रक्रियाहरूसित। त्यसैले कुखुराहरु कीरा-फट्याङ्ग्रा, धानका गेडाहरू र झारपातको खोजीमा गोठबाट परपरसम्म पनि पुगेका भेटिन्छन्।
यस्तैमा एउटा कुखुरा चर्दा-चर्दै फार्मछेउ पुग्छ। धन्य शरद् ऋतु, फार्ममा पनि प्राकृतिक तापक्रम नै कायम भएको हुनुपर्छ आजकाल। त्यसैले त भित्रका ब्रोइलर कुखुरो र बाहिरको लोकल कुखुरोबीच तारजालीको आमनेसामने भई कुरा गर्ने साइत जुरेको छ।
लोकु: हेल्लो बोकु, सञ्चै?
बोकु: सञ्चै। अनि तिमीलाई नि?
लोकु: ठिकै छ। यस्तो रमाइलो मौसम छ। मलाई त यो शरद् ऋतु अति नै मनमोहक लाग्छ। न जाडो, न गर्मी, फेरि हिलो मैलो पनि हटेर औधि रमणीय हुने। मान्छेहरूले पनि सायद यही मौकाको फाइदा उठाएर होला, यसै बेला पारेर दशैं मनाउँछन्। आफन्त, नलनाता भेटघाट हुने, देश-परदेश पुगेकाहरू पनि फर्की आउने, दुखम-सुखम गर्ने, घुमघाम, नाँचगान गर्ने, मिठो खाने, राम्रो लाउने गर्छन्। दशैंको चहकको त के कुरा गर्नु र? हाम्रो लागि पनि दशैं नै आउँछ यो बेला - कीरा-फट्याङ्ग्राको कमी नहुने, झारपात पनि रोजी-रोजी खान पाइने र वर्षामासाजस्तो स्यालहरूको डर पनि नभएकोले उन्मुक्त भएर घुम्न पाइने।
अनि तिम्रो खानपिन भयो त?
बोकु: एकछिन अघि लन्च भएको हो। टन्न छु। हाम्रो त तिमीजस्तो चर्न जानु पर्दैन क्यारे। माछा, मासु, अन्न, सागसब्जी मिलाएर तयार पारेको सन्तुलित आहार घडीको तालमा आइरहन्छ। टन्न खायो, पियो, मस्ती गर्‌यो। तिम्रोजस्तो टन्न खान दशैं कुर्नु पनि पर्दैन। फेरि तिमीले जस्तो काँचोकचिलो र माटैसितको खानु पनि पर्दैन। हामीले त मेशीनबाट प्रशोधन भएको दाना खान्छौं।
"ए! हामी त बाहिरै बस्छौं, यता उता चर्न गयो। मौसम पनि कहिले शरद्, कहिले शिशीर अनि वसन्त। त्यहाँभित्र कस्तो छ नि बस्नलाई?"
"बसाइ त स्वर्गै छ नि। त्यही तारजालीभित्रको जीवन भन्ने मात्र हो। नत्र तापक्रम पनि मिलाइदिन्छन्। शिशीर लागेपनि जाडोको अनुभूति गर्नुपर्दैन, बाहिर हिउँ नै परेपनि हामीलाई प्रवाह हुन्न। चिसो-तातो मिलेको। पानी पनि तापक्रम मिलाएर खान पाइन्छ।"
"ए, त्यस्तो सुविधा हुन्छ है।"
"त्यति मात्र हो र? तिमीहरू झैं छरपष्ट शौच गर्न जानुपनि पर्दैन। हामी बस्ने तला सफा हुन्छ। शौच गर्‌यो, तल झरिहाल्छ। सरसफाईको राम्रो प्रवन्ध हुन्छ।"
"अनि अरू दिनचर्या कस्तो हुन्छ नि?"
बोकु: हामीले सुनेको, तिमीहरू त राति अँध्यारोमा बस्छौ रे। उज्यालोको लागि सूर्यको भर हो रे। कतिबेला बिहान होला भनेर खटपटी हुन्छ रे। बिहान हुने बेलामा खुसीको सीमै हुन्न रे तिमीहरूको। टाठो-टाठो गरी बास्ने त्यही भएर हो रे त साथी, यहाँ हामीलाई समेत जगाउने गरी।
लोकु: हो त। के वयान गर्नू र उषाकालको? सूर्यका सुनौला कीरणहरूको प्रतिक्षाको पल कम्ता मिठो हुदैंन। साँझ परेपछि सबै परिवार भेला भयो, दिनभरका क्रियाकलापको बेलीबेस्तार बाँडिचुँडी गर्‌यो, रातभर एकअर्काको तातो बाँडेर मज्जाले सुत्यो, अनि बिहान भएपछि सबै परिवारलाई "अब जाग, सूर्यदेवको स्वागत गर, रमाइलो बिहानीको आगमन हुनै लाग्यो" भनी जगाउनु त हाम्रो एक किसिमको उत्सव नै हो। बाजे बराजुदेखि चलेको यो उत्सव हाम्रो अभिन्न परम्परा बनी आएको छ। हाम्रो कुखुरा जातिको पहिचानको रूपमा स्थापित यो परम्परालाई निरन्तरता दिन पाउँदा गर्व लाग्छ। सुनिन्छ, मान्छेहरूले समेत हाम्रो भालेबासाइलाई बिहानीको संकेतको रुपमा उपयोग गर्छन् रे।
बोकु: कसले सम्झोस् सुर्योदय कतिबेला हुन्छ भनेर। हामी त त्यस्ता कुराको बोझ दिमागमा राख्दैनौं। घडीको भरमा चल्छौं। उठ्न परेपनि घडीले संकेत दिइहाल्छ। फेरि तिमीजस्तो अँध्यारोमा बस्नु पर्दैन। मालिकले चौबिसै घण्टा झलझली पारिदिन्छन्। त्यसैले होला, हामीलाई के रात के दिन, आकाशमा घाम हुन् वा जून खासै चाख हुन्न। उज्यालोमै सुत्न पुग्छ हामीलाई त। त्यसैले सूर्यप्रति पनि त्यस्तो विधि श्रद्धा छैन हामीलाई त।
"स्वास्थ्यको अवस्था कस्तो छ नि? त्यस्तो वातानुकुलित अवस्थामा त बिरामी पर्ने संभावना पनि हुन्न होला।"
"हाम्रो स्वास्थ्य उपचार गजबको र भरपर्दो छ। प्रथम रोगै लाग्दैन। लागिहाले पनि, तिमीहरूले जस्तो रोग दबाएर बस्नु पर्दैन। तिमीहरूको त कतिपय बेला रोगको सुइँको पनि हुन्न रे। हामीलाई त बेलैमा सबै खोपहरू दिइन्छ। नियमित स्वास्थ्य जाँच गरिन्छ। सानातिना रुघाखोकीलाई त खोपले पहिल्यै रोकथाम गरिएको हुन्छ। फेरि हाम्रा मालिक त कस्ता भने कम्प्युटर चलाउँछन् रे, फोनले पनि नपुगेर स्मार्टफोनबाट कुरा गर्छन् रे। कम्प्युटर प्रयोग गरी हाम्रो स्वस्थ्य र सुविधाबारे नयाँ-नयाँ कुरा पत्ता लगाउँछन् रे। अहोरात्र हाम्रो भलाइको लागि खट्छन् रे। रोग फैलिहाले पनि त्यसको तुरुन्ता-तुरुन्ती जाँच पड्ताल गर्छन्। मालिकलाई नजिकबाट देख्न त पाइएको होइन, तर मालिकले त हाम्रो साह्रै हेरविचार पो गर्छन् त।"
"त्यही त।
हाम्रा मालिक त घाँस काट्ने, गोबर फाल्ने गर्छन्। त्यति पढालेखा पनि होइनन् रे। खोप-सोप त परैको कुरा, बिरामी भए पनि औषधी खान पाइने ठेगान हुन्न। बरू हामीले नै विभिन्न जडीबुटीहरू चिनेका छौं, बिमार पर्दा परिवार अनि छिमेकका सदस्यहरूले सहयोग गर्छन्। जडीबुटी खोज्छन् र खुवाएर निको पार्छन्।"
बोकु: के तिमीलाई थाहा छ? हाम्रा मालिक त अति दयावान् छन् रे। तिमीहरूको ब्यथा देखेर हाम्रा मालिकले तिमीहरूलाई पनि हामीजस्तै बनाउने पद्धतिको विकाससमेत गरिसके रे, तिमीहरूको उद्वार गर्नलाई। दुईचार जना नयाँ साथीहरू हाम्रो फार्ममा आएका छन् हालसालै। भन्दै थिए, तिमीहरूकै समूहबाट प्रशोधन भएर हाम्रो रुपमा विकसित भएका रे। तरह-तरहका कुरा गर्छन्। तिमीहरूको बारेमा धेरै कुरा जान्न पाइएको छ। कुरा सुन्दा दया लाग्छ तिमीहरूको। बरू तिमीहरू पनि कसरी हुन्छ, तिनीहरूकै बाटो अनुशरण गर। त्यस्ता निरिह साहुजीसित के बस्छौ? यहाँ धेरै कुराको सुविधा छ। अर्काले तयार पारेको खायो, मज्जाले सुत्यो, शोक न सुर्ता, भोक न भकारी। देशविदेशका उत्पादन आउँछन् यहाँ। थाइलेण्डका फलफूलदेखि मेक्सिकोका तरकारी अनि चीन, भारततिरका अन्नहरू मिसाइएका हुन्छन् हाम्रो दानामा।  छानी-छानी मीठा-मीठा परिकार खान पाइन्छ। तिमीले कहिल्यै खाएका छौ त्यस्ता खाना?
 लोकु: कहाँ पाएर खानु? हामी त खेतबारीमा जे पाइन्छ, त्यही खाने हो। जति खोस्रन, पौरख गर्न सक्यो, त्यति बढी खान पाइने हो। सके खायो, नसके चित्त बुझायो।
 बोकु: त्यही त। खाएको भए त्यस्तो हुन्थ्यो र ज्यान? खानाको बेठेगान, फेरि चारो खोज्न नङ्ग्रा खियाउनु पर्ने, माटो-ढुङ्गो खोस्रनुपर्ने, उकाली र ओराली गर्नुपर्ने, कम सास्ती होला त है। तिम्रा त मांशपेशी पनि अति चाम्रो भएको हुन्छ रे धेरै परिश्रमले गर्दा। ज्यान पनि सारङ्गीजस्तो।
बिचरा तिम्रो हालत देखेर टीठ लाग्छ। तर के गर्नू? तारभित्र छु, मैले केही गर्न सक्ने पनि होइन। हाम्रा मालिकको नजर परे त हुन्थ्यो। ए बरू, त्यतातिर तोएफल भन्ने एउटा बुटी पाइन्छ रे। हाम्रा नवआगन्तुकहरूले भनेका, त्यो खायो भने बास्ने बानी छुटाउँछ रे। बास्न बन्द भएका कुखुरालाई ब्रोइलरमा बदल्न धेरै सजिलो हुन्छ रे। सके संगत र अभ्यासले केही समयमा आफै बदलिन्छन् रे, होइन भने पनि जिरे, पिरे भन्ने सुई लगाएर सहजै बदली गर्न मिल्छ रे।
 लोकु: दु:खजिलो गर्नुपरे पनि मलाई त यही नै जीवन हो भन्ने लागेको छ। चरेरै भएपनि एकपेट खान पुगेकै छ। आकलझुकल अन्न पनि टिप्न पाइन्छ। फेरि, मेरा मालिक गरिब नै भएपनि निर्दयी त छैनन्। चर्न नपाएको बेला, ओथारो पर्दा वा त्यस्तै बेलाबखत चारो खान दिन्छन्।
आमाले भन्नुभएको, भएको बेला त मनकरी थिए रे हाम्रा मालिक। राम्रो चारो दिन्थे रे। तर पाल्नु पालेर 'अब प्रतिफल देलान्' भन्ने बेला हुलका हुल कुखुरा हराउन थाले रे। आमा सम्झनुहुन्छ- जस-जसले बाहुबलले होस् कि लोभी भएर होस्, धेरै चारो खाइ छिटोछिटो बढ्थे, उनीहरू नै छानिई-छानिई गायब हुन थाले। आमाहरूलाई त अलिअलि नालीबेली पनि थाहा छ रे, तर 'मनको बह कसैलाई नकह, हामी निर्धाको बोली कसले सुन्छ र?' भन्नुहुन्छ। 'सबै आफ्नै भाइसाथी, छोराछोरी समान, अब बोलेर के फाइदा?' भन्दै भक्कानिनुहुन्छ।
भन्नुहुन्छ - 'तिनीहरूले नहसुरेको भए हाम्रा छोरानातिले भरीपेट चारो भेट्टाउँथे होला। ती भगुवाहरूले अरू प्रतिफल त दिएनन् नै, खाएको चारोको मूल्यमात्रै खेर नगएको भए पनि हाम्रा मालिकको हालत उहिल्यै माथि उठ्थ्यो। बिचरा मालिकले थोरधेर गरेका छन् । छोरा, दु:खजिलो नै गरेर भएपनि जीवन जीउनू, तिमीले बेइमान नगर्नू। हाम्रो पालाभन्दा तिमीहरूले धेरै राम्रो सुविधा पाएका छौ। तिमीहरूले भर नकाटेमा अहिल्यै नभएपनि आउने पिंढीले पक्कै राम्रो जीवन पाउलान्। म बूढी आमालाई छोडेर जता गएपनि तिमीलाई मनमा शान्ति हुने छैन। बहिनीले दाइको कति माया गर्छे। सुनपङ्खीले तिमी चर्न गएको बेला खालि तिम्रै गुणगान गाउँछे। आखिर बा-अमा, दाजुभाइ, दिदीबहिनी, माया गर्ने पत्नी, परिआए ज्यान दिने साथी, यिनै होइनन् र सम्पत्ति, जीवन जिउन चाहिने प्राप्तिहरू?'
घुम्यो, बस्यो। परिवारमै रमायो। प्रकृतिको नजिक बस्यो। घामपानी जिन्दगानी। घाम लागे घामै रमाइलो, पानी परे झरी नै रमाइलो लाग्छ। खोइ किन हो कुन्नि? एउटालाई गर्मी हुदाँ अर्काले पसीना काढ्नेसम्मको आत्मीयता छ हाम्रोमा। परिवार छोडेर कतै जान पनि मन लाग्दैन। चर्न निस्कने पाखोभरि आफ्नोपनको गन्ध आउँछ। चर्न अलि पर पुग्दा पनि कस्तो-कस्तो भइहाल्छ। पल्तिर जाऊँ, सिउरे साथी छ, तल्तिरकी सप्तरङ्गी, माथ्लाघरे लोर्के दाइ, पाल्तिरको वायुपङ्खे, सबैतिर मनमिल्ने दौंतरीहरू छन्। फेरि बा-आमाले कुन दु:खले हुर्काएहुनन्, अब उनीहरूलाई छोडी हिंड्दा आत्माले श्राप पनि त देला। हामीले खुवाउनु पर्ने होइन; बरा आफैं चर्छन्। उल्टै गोब्रेकीरा, गँड्यौला भेटे भने छोरो भनी सम्झिहाल्छन्। बाहिर हिंड्दा तन्नेरी नै भन्ठानिन्छ, तर बा-आमाले सानै सम्झी दिने अर्ती, ज्ञानगुनका कुरा, स्याल गिद्दबाट बँच्ने कला, शिलोक र शास्त्र सुन्दा त असीम आनन्द लाग्दो रहेछ। हामीले दिन त के पो सकिन्छ र, सँगै बसेर मनको सन्तोष मात्रै भए पनि त दिन सकिएला। मलाई त यहीं हुर्कें, बढें, अब मरे पनि यहीं मरम् जस्तो लाग्छ।
 बोकु: हेर साथी, तिनी कुरा त्यत्कै राख। त्यस्ता कुराले खान दिने होइनन्। यताको संसारको सुखको चमक नै बेग्लै छ। टन्न खान पिउन पाइन्छ। मालिकले हेरचाहको जिम्मा लिने भएपछि परिवार र साथीभाइ त्यस्तो विधि किन चाहिए र? मालिकले हाम्रो सुरक्षाको पनि उत्तिकै व्यवस्था गरेका छन्। बन्दुक र गोलीका चाङ राखेका छन्। अस्ति साथीहरूले तिम्रो गाउँतिर देखाएर भन्दै थिए, गाउँतिरबाट केही खतरा आयो भने सिङ्गो गाउँ नै खरानी बनाइदिने बन्दुक पनि छन् रे। गाउँ नै उजाड भए त हामी पो कसरी बाँचम्ला र? खै र, त्यो हामीलाई के चाँसो? हाम्रो अन्नपानीको राम्रो प्रवन्ध गरिहालेका छन्, मालिकले गर्ने गहन कुरामा हामीले के टाउको दुखाउनु पर्‌यो र।
अनि परिवार, बा-आमा सम्झेर खान पुग्ने होइन। इतिहासका किताब र पुर्खाका गाथाले दाना दिंदैनन्। बा-आमाले हुर्काउनु हुर्काइहाले। बूढा भएका बा-आमाले अब के पो दिन सक्छन् र? फेरि, जति नै दिएपनि त्यसले पुग्ने होइन। उनीहरूले हुर्काउनु हुर्काइहाले। बरू, सन्तानले सुख पाएको खबरले उनीहरू खुसी हुन्छन्। 'छोराछोरी ब्रोइलर भए भनी सुन्न पाए खान लाउन पनि चाहिन्न' भन्छन् रे त धेरैका बा-आमाले त! यहाँ हामी मस्ती गर्छौं, भोलि हाम्रो अर्को पुस्ता आउँछ, उसले यस्तै मस्ती गर्छ। थोडा हामीलाई सम्झन्छ र? उनीहरूलाई हाम्रा बारे कुरा गर्ने, सम्झनुपर्ने जरुरत नै किन परोस् र? यस्तै हो दुनियाँ, बेलैमा बुझ। हेर साथी, अर्को पुस्तालाई हामीले शुभेच्छा राख्ने हो, भोलि अझै अत्याधुनिक खोरमा जिउन पाऊन्, बस् त्यत्ति हो।

ए, यता हाम्रो चारो आएछ साथी, दगुर्नु पर्ने भयो, अहिलेलाई यत्ति। यही पेटका लागि के-के गरियो, अब तिमीसित कुरा गर्नलाई चारो छुटाउने कुरो पनि भएन। ल भेटे पछि कुरा गरम्ला।।

Source:http://rohinishukra.blogspot.ca/

कथा: चक्रव्युह


मिसकल बज्यो उसको मोबाइलमा। उसले जागर नलागी नलागी खल्तिमा हात हालेर मोबाइल निकाल्यो। कान्छो भाइले मिसकल गरेको रहेछ फेरि के भयो यसलाई। रिप्लाई गर्ने मन त थियो, तर मोबाइलमा ब्यालेन्स नै थिएन चुपचाप मेट्रो स्टेसनको लिफ्ट चढ्न थाल्यो।

माथिबाट एक्जोडी मस्किदै झर्दै थिए उसले पिलिक्क आँखा लगायो। के गर्नु आफ्नो त भाग्य नै छैन यसरी बुढीसँग मस्किदै हिंड्ने। कहिले कहाँ पुग्नु परेको छ् कहिले कहाँ , लाग्छ कुनै जुनिमा गरेको पापको फल अहिले भोग्नु परेको छ। मैले यसरी बिदेस आएर काम नगरेको भए मेरो घरको चुलोमा आगो बल्ने थिएन न त भाइबहिनीले पढ्न पाउथे आखिर आफ्नो रहर अधुरै राखेर भए पनि परिवार लाई खुशी राखेकोमा गर्ब गर्छ उसले तर मनमा भने खै किन हो एक किसिमको सुस्वाट सुस्ताइरहेको थियो।

यती बेला ऊ लिफ्ट चढेर मेट्रो चढ्ने प्लेट्फर्ममा पुगिसकेको थियो। आज पब्लिक होलिडे दुबइको मेट्रो निकै भरिभराउ छ् सबै तछाड मछाड आफ्नो आफ्नो गन्तब्य तताइरहेका छन।कोहीकोही आफ्ना जोडीसँग मस्किदै हिंडेका छनकोही आफ्नो समुह लिएर गफ छाट्दै हिंडेका छन, उ भने यत्रो भिडमा पनी आफुलाई एक्लो महसुस गर्छ सबै भएर पनि उस्को लागिकोही छैनन या त ऊ कसैको आबस्यकतामा पर्दैन। मेट्रो आईपुग्छ सबै ठेलमेल भित्र पस्छन निस्कने निस्किन्छन। अती ब्यबस्थित छ् दुबइको मेट्रो, धेरै कुर्नु पनि पर्दैन हरेक ५ मिनिटमा ठ्याक्कै ओराल्ने र चढाउने गर्छमान्छेहरुलाई। वा यस्तो पो देस आखिर कुन जुनिमा होला मेरो देस यस्तो ? भाषाण गर्नेले त १० बर्षमा स्विजरल्याण्ड बनाउछौ भन्थे तर ६ बर्ष सम्मा ढुकुटी रित्याउदा पनि संबिधानसम्मा पनि लेखेनन अब त झन कुर्चिको खेलमा फस्दै छ् मेरो देस अनी यस्तो देसका म जस्ता नागरिकले बिदेसमा दु:ख नपाए कस्ले पाउछ त ? उस्को मनमा निरासमात्रै भरिन्छ आफ्नो प्यारो देस सम्झिदा। मनमा यस्तै कुरा हरु खेलिरहेका थिए ऊ झर्ने स्टेसन पनि आएछ।

ऊ सरासर एउटा दोकानमा पसेर रेचार्ज कार्ड किन्छ। अनि मिसकल हानेको भाइलाई कल गर्छ। उताबाट भाइले १२ क्लास पास गरेको खबर सुनाउँछ। उस्का हल्का चाउरिएका गालामा एक पल मुस्कान छरिन्छ। अनि फिस्स हाँस्दै भाइलाई बधाई दिन्छ तर भाइले उर्दी लगाएको बीए भर्नाको लागि फिको मागले एकैछिनमा झसँग हुन्छ। हैन बिदेसमा त पैसाको बोटै फल्छ भन्ठान्छन् कि के हो यिनीहरु- फोन राखेसी एक्लै थन्थनाउँछ ऊ। सम्झिन्छ जिन्दगीलाई फर्केर दुबइ छिरेको पनि ठ्याक्कै ८ बर्ष लागिसकेछ अझै नेपाल नगएको त अब अर्को महिनामा ५ बर्षा लाग्छ। सबैले दुबइको रामझममा भुलेर घर जादैना भन्छन तर कस्लाई के थाहा उस्को ब्यथा।

पाँच बर्ष अघिसम्म उस्मा जोस थियो जिन्दगी जित्ने रहर थियो सधैं साथी भाइ लाई भन्थ्यो शायद अब म धेरै बिदेस बस्दिन होला। उस्की प्रियासी शोभाले भनेकी थिइ- तिम्रो बाटो कुरेर बसेकी हुनेछु। सधैं हाम्रो जिन्दगीको मधुमासको लागि तिमी छिट्टै फर्केर आऊ प्रदिप। उस्लाई त्यतिबेला आँफैले बोकेको १० किलोको झोला पनि पृथ्वी जत्रो ठुलो र गर्हौ लाग्यो तर पनि गर्नु के, मानिसको सबै भन्दा ठुलो सत्रु भनेकै गरिबी रहेछ। पाइताला भरी काँडा बिझेको आभास भएथ्यो उस्लाई त्रिभुबन बिमान्स्थलमा बिमान चढ्दा अनी सिन्दुर हालेर सात फेरो घुमेर आफ्नी बनाएकी जिबन सङिनी सोभालाई हात हल्लाउदै बिदाइ गर्दा। आखिर के थाहा उस्लाई त्यो हल्लाएको हात नै अन्तिम थियो भनेर।
दुबइ आएसी एकदमै खल्लो महसुस गरेको थियो उसले। सधैं गर्ने काम पनि नयाँ लाग्थ्यो, सधैं हास्ने बोल्ने साथीहरु पनि नौला लाग्थेमात्रा ऊ हरपल सोभाको बारेमा सोचिरहन्थ्यो। सकेसम्मा दिनको एक्पटक त फोन गर्थ्यो तर सधैं पैसाले साथ नदिदा हप्तामा एक्फेरी त फोन गर्थ्यो अनी छिट्टै गाउमै फर्केर केही गरी सँगै बस्ने कुरा हरु गरिरहन्थ्यो सोभासँग ऊ। परिवारको जेष्ठ छोरा कर्तब्य अनी परिवारको भबिस्य पनि उसैको काँधमा थियो।

महिनै भरी खटिएर दु:ख गरेर काम गर्थ्यो अनी तलब आएसी भाग लगाउथ्यो। यसरी उस्का दिन बित्दै गए उता उस्की प्रियासी शोभा पनि सधैं उस्लाई मिस गरिरहन्थी। दुबै जना सधैं मिस कल हानेर कुरा भएको आनन्द लिन्थे आखिर पैसा नै रहेछ सबैथोक। बेला बेलामा सोभाले उस्लाई सुनाउथी पल्लाघरेमास्टरकी श्वासनिले कत्रो सुनको सिक्री लगाएर हामीलाई देखाउदै हिन्ड्छे। हेर्नु न त्योमाथिकी मन्जुले बिहे गरेको ८ महिनामै छोरो पाइछे आफ्नो त के हो के तपाईंलाई सधैं पैसाकै चिन्ता छ् घरपरिवार कै चिन्ता छ् आफ्नो बारेमा सोच्ने हैन ?? उसले मुसुक्क हासेर भन्थ्यो शोभा पर्ख न केही महिना अरु हाम्रा पनि दिन आउछन क्या !! मन भने अमिलो हुने गर्दथ्यो ति सबै कुरा सुनेर।

बाबुलाई क्यान्सर छ् औषधी गर्ने पैसा छैन, भाइहरुको कलेज् फि तिर्नु छ् फेरी आमालाई ब्लोड प्रेसरले सताएको छ् उता भर्खरै बिहे गरेकी श्रीमतीका रहर हरु खाली छन सोच्थ्यो मेरो जस्तो जिबन त कसैले पनि जिउन नपरोस। तै पनि आफ्नो कर्तब्यबाट बिचलित भएन ऊ। सधैं काम मेहनतले गर्दथ्यो अनी उस्को कामले कम्पनिमा तलब र पोजिसन पनि बढ्दै गएको थियो। सोच्थ्यो अझै राम्रो गर्नु छ् अनी पैसा कमाएर आफ्नो घर परिवार अनी शोभा लाई खुशी पार्नु छ्। दिनमा १८ घण्टा सम्मा काम गर्दथ्यो उसले। पसिना का धारा तरर निस्केर पाइताला सम्मा पुग्थे गर्मी का दिनमा तैपनी भोली आउने खुशी सम्झेर ऊ कुनै दिन काममा पछी हटेन गर्दै गयो। आजकल सोभाले पनि निकै गुनासो गर्न थालेकि थिइन ऊसँग तेरो आमाले यस्तो भनिन, तेरा भाइहरु यस्ता, मलाई यस्तो दु:ख दिने भए किन बिहे गरेको आदी इत्यादी तैपनी ऊ चुप्चाप काममै ब्यस्त रहने गर्थ्यो समय सँगै सबै कुरा ठीक हुनेछ भन्ने विश्वाश बोकेर आफ्नो कर्मा भुमिमा रात दिन पसिना बगाइरहेको थियो।

समय आफ्नै रफ्तारमा थियो भने ऊ आफ्नै परिस्थितिमा रुमल्लिरहेको थियो। भन्छन नि समय सँगै बहेको हावाले सिठ्ठी फुकेर ल्याउदैन बिपत। उस्को जिबनमा पनि एका एक यस्तो हुरी लाग्यो कि जस्ले बर्सौ सम्मा सङालेर राखेका सपना हरु उडाइदियो। एकाएक आगो लाग्यो उस्को रहरहरुमा अनी हेर्दा हेर्दै खरानी बने ति सारा उसले चाहेका खुशी हरु। शोभाले बाटो तताइछिनमाथिल्लो गाउँको दिनेससँग। थाहा भएन या त उसलेमाया दिन जानेन या त शोभाले चाहेको खुसी उस्को आँगनमा थिएन। ऊ बेहोस् भएको थियो त्यो दिन जुन दिन उस्को भाइले फोन गरेर भाउजु पोइला गएको जानकारी दिएको थियो। उस्लाई बाँच्न मन त पटक्कै लागेको थिएन त्यो दिन तर पनि मजबुरी नैमाहत्मा गान्धिको अर्को नाम भने जस्तै बिरामी बाबु आमाको अनुहार अनी ति चिचिला भाइ बहिनीको अनुहार सम्झेर आफ्नो मनमा उर्जा थपेर परान धानेको थियो उसले।

त्यसपछि ऊ नेपाल गएको छैन झन्डै पाँचै बर्ष पुग्नै लाग्यो। बिहान उठ्यो हतार हतार मेट्रो चढेर काममा पुग्यो फेरी राती ८ / १० बजेतिर लखतरान परेर फर्कियो यसरी नै उस्का दैनीकी चलिरहेको छ्। घरबाट आमाले हजार चोटि घर आउने बिन्ती गरिन तर पनि उसले सधैं छुट्टी मिलेन भनेर ढाटिदिन्छ। गाउँतिर त उतै दुबइमा बिहे गरेर बसेको छ् रे भन्ने सम्मको हल्ला पनि नचलेको हैन बेला बेलामा आमाले गुनासो सुनाउछिन उस्लाई। उस्को अरु सपना छैनमात्रा घरको रिन तिर्ने अनी भाइहरुलाई राम्रो बाटो देखाउने तर यो सपना उसले रातदिन खटेर काम गर्दा पनि सम्भब भाइरहेको थिएन। एक किसिमले जिबन देखी नै हारेको महसुस गर्थ्यो ऊ , न त खोजेको भेट्थ्यो न त सोचेको पुग्थ्यो उस्को जिन्दगी आँफैलाई बोझ लागेको ठान्दथ्यो ऊ।

उस्को मानसपटलमा बिगत घुमिरहन्छ धमिलो छाँया बनेर। पल्लघरे नबिनले कती राम्री श्वासनी बिहे गरेको छ् रे ,माथिल्लो गाउको भरतले पनि बिहे गरेर छोरो पाइसकेछ् तल साइला बा कि छोरी सिताले पनि बिहे गरेर उतै अमेरिका तिर गै रे बुढासँग यस्तै यस्तै खबरहरु सुन्दा उस्को मन झन भक्कानिएर आउछ। के गल्ती गरेको रहेछु र मैले आज पल पल पिडा हरु बोकेर बाँच्नु परिरहेछ् मलाई। फेसबुकमा साथीहरुले अप्लोड गरेका फोटा हरु हेर्दा पनि डाह लागेर आउछ। ति फोटाहरुले जिस्काइरहेको भान पनि हुन्छ। आखिर जिबन न हो भोग्नै पर्ने रहेछ जे जस्तो परेपनी म दुखी छु त के भो दुनियाँ सारा खुशी छ् म तिनै खुशी हरु हेरेर हाँस्न सिक्नु पर्छ प्रदिप आँफैले आफ्नो मनलाई सम्झाउछ।

टिविट टिविट फेरी उस्को मोबाइलमा मिस कल बज्छ। फोन त कस्ले गर्छन् र मलाई उही मिसैकल त हुन नि। यसपाली भने उसले मोबाइल निकाल्दैन। यतिबेला ऊ डेरा बिचको कीनारमा बसेर पानीको छाल हरु नियाल्छ। जसरी छाल्हरु संगै पानीका फोकाहरु तरंगिरहेका छन उसै गरी उसको दिमाखमा बिगत देखी बर्तामान तरंगीरहन्छ। उसको नजिकै एक हुल ठिट्टा हरु गफिएका छन कान तेतै पुराउछ उनिहरु आफ्ना गाउका, तरुनि तन्नेरिका गफ गरिरहेका हुन्छन। उस्का मनमा पनि रहर भरिन्छन यसरी साथीभाइसँग गफिने तर पनिकोही छैन यहाँ उस्को लाई वा ऊ कसैको हैन। अली पर एक जोडी चौरमा बसेर मस्किरहेका छन, बिस्तारै साँझले आफ्नो पाइला बढाइरहेको छ्। या जाडो पो बढ्न थालेछ् यार आँफैलाई भन्छ। जुरुक्क उठेर चिया खानु परो भन्दै पसल तिर लाग्छ।
मोबाइलमा फेरी घन्टी बज्छ यसपाली भने कलै रहेछ। झिकेर हेर्छ आफ्नो रुम मेटको रहेछ। हैन ! प्रदिप तिमी कता हराएको यार म आइसके एक बोटल पनि ल्याको छु बरु तिमीले आउँदा चिकेन फ्राइ लिएर आउ है अब चिरिप्प पार्नुपर्छ। उसले हुन्छ भनेरमात्रै फोन राखिदियो। प्लस्टिकको कपमा आधामात्रै पिएको चिया छोडेर ऊ निस्कियो त्यहाबाट। हाबा सिर्र सिर्र लागेको थियो सडकमा गाडीहरु तेज कुदिरहेका रहेका थिए। साँझ झिसमिस हुँदैथियो गगन्चुम्बी महलहरु बिजुलिका झिल्का बिभिन्न रंगमा छाडेर मस्किदै थिए। ऊ बर्जुमान स्टेसनमा उत्रियो अनी लर लर पाइलाहरु लम्काइरहयो सधैं झै उही गतिमा। मनमा मेट्रोको गती भन्दा पनि छिटो कुरा खेलिरहेका थिए। ऊ पर बर्जुमान टावरबाट आएको झिल्मिल प्रकाशले उस्लाई जिस्काइरहेको थियो ए परदेसी !! ए परदेसी कहाँ जादैछौ …………. ??यती बेला ऊ लिफ्ट चढेर मेट्रो चढ्ने प्लेट्फर्ममा पुगिसकेको थियो। आज पब्लिक होलिडे दुबइको मेट्रो निकै भरिभराउ छ् सबै तछाड मछाड आफ्नो आफ्नो गन्तब्य तताइरहेका छन।कोहीकोही आफ्ना जोडीसँग मस्किदै हिंडेका छनकोही आफ्नो समुह लिएर गफ छाट्दै हिंडेका छन, उ भने यत्रो भिडमा पनी आफुलाई एक्लो महसुस गर्छ सबै भएर पनि उस्को लागिकोही छैनन या त ऊ कसैको आबस्यकतामा पर्दैन। मेट्रो आईपुग्छ सबै ठेलमेल भित्र पस्छन निस्कने निस्किन्छन। अती ब्यबस्थित छ् दुबइको मेट्रो, धेरै कुर्नु पनि पर्दैन हरेक ५ मिनिटमा ठ्याक्कै ओराल्ने र चढाउने गर्छमान्छेहरुलाई। वा यस्तो पो देस आखिर कुन जुनिमा होला मेरो देस यस्तो ? भाषाण गर्नेले त १० बर्षमा स्विजरल्याण्ड बनाउछौ भन्थे तर ६ बर्ष सम्मा ढुकुटी रित्याउदा पनि संबिधानसम्मा पनि लेखेनन अब त झन कुर्चिको खेलमा फस्दै छ् मेरो देस अनी यस्तो देसका म जस्ता नागरिकले बिदेसमा दु:ख नपाए कस्ले पाउछ त ? उस्को मनमा निरासमात्रै भरिन्छ आफ्नो प्यारो देस सम्झिदा। मनमा यस्तै कुरा हरु खेलिरहेका थिए ऊ झर्ने स्टेसन पनि आएछ।

ऊ सरासर एउटा दोकानमा पसेर रेचार्ज कार्ड किन्छ। अनि मिसकल हानेको भाइलाई कल गर्छ। उताबाट भाइले १२ क्लास पास गरेको खबर सुनाउँछ। उस्का हल्का चाउरिएका गालामा एक पल मुस्कान छरिन्छ। अनि फिस्स हाँस्दै भाइलाई बधाई दिन्छ तर भाइले उर्दी लगाएको बीए भर्नाको लागि फिको मागले एकैछिनमा झसँग हुन्छ। हैन बिदेसमा त पैसाको बोटै फल्छ भन्ठान्छन् कि के हो यिनीहरु- फोन राखेसी एक्लै थन्थनाउँछ ऊ। सम्झिन्छ जिन्दगीलाई फर्केर दुबइ छिरेको पनि ठ्याक्कै ८ बर्ष लागिसकेछ अझै नेपाल नगएको त अब अर्को महिनामा ५ बर्षा लाग्छ। सबैले दुबइको रामझममा भुलेर घर जादैना भन्छन तर कस्लाई के थाहा उस्को ब्यथा।

पाँच बर्ष अघिसम्म उस्मा जोस थियो जिन्दगी जित्ने रहर थियो सधैं साथी भाइ लाई भन्थ्यो शायद अब म धेरै बिदेस बस्दिन होला। उस्की प्रियासी शोभाले भनेकी थिइ- तिम्रो बाटो कुरेर बसेकी हुनेछु। सधैं हाम्रो जिन्दगीको मधुमासको लागि तिमी छिट्टै फर्केर आऊ प्रदिप। उस्लाई त्यतिबेला आँफैले बोकेको १० किलोको झोला पनि पृथ्वी जत्रो ठुलो र गर्हौ लाग्यो तर पनि गर्नु के, मानिसको सबै भन्दा ठुलो सत्रु भनेकै गरिबी रहेछ। पाइताला भरी काँडा बिझेको आभास भएथ्यो उस्लाई त्रिभुबन बिमान्स्थलमा बिमान चढ्दा अनी सिन्दुर हालेर सात फेरो घुमेर आफ्नी बनाएकी जिबन सङिनी सोभालाई हात हल्लाउदै बिदाइ गर्दा। आखिर के थाहा उस्लाई त्यो हल्लाएको हात नै अन्तिम थियो भनेर।
दुबइ आएसी एकदमै खल्लो महसुस गरेको थियो उसले। सधैं गर्ने काम पनि नयाँ लाग्थ्यो, सधैं हास्ने बोल्ने साथीहरु पनि नौला लाग्थेमात्रा ऊ हरपल सोभाको बारेमा सोचिरहन्थ्यो। सकेसम्मा दिनको एक्पटक त फोन गर्थ्यो तर सधैं पैसाले साथ नदिदा हप्तामा एक्फेरी त फोन गर्थ्यो अनी छिट्टै गाउमै फर्केर केही गरी सँगै बस्ने कुरा हरु गरिरहन्थ्यो सोभासँग ऊ। परिवारको जेष्ठ छोरा कर्तब्य अनी परिवारको भबिस्य पनि उसैको काँधमा थियो।

महिनै भरी खटिएर दु:ख गरेर काम गर्थ्यो अनी तलब आएसी भाग लगाउथ्यो। यसरी उस्का दिन बित्दै गए उता उस्की प्रियासी शोभा पनि सधैं उस्लाई मिस गरिरहन्थी। दुबै जना सधैं मिस कल हानेर कुरा भएको आनन्द लिन्थे आखिर पैसा नै रहेछ सबैथोक। बेला बेलामा सोभाले उस्लाई सुनाउथी पल्लाघरेमास्टरकी श्वासनिले कत्रो सुनको सिक्री लगाएर हामीलाई देखाउदै हिन्ड्छे। हेर्नु न त्योमाथिकी मन्जुले बिहे गरेको ८ महिनामै छोरो पाइछे आफ्नो त के हो के तपाईंलाई सधैं पैसाकै चिन्ता छ् घरपरिवार कै चिन्ता छ् आफ्नो बारेमा सोच्ने हैन ?? उसले मुसुक्क हासेर भन्थ्यो शोभा पर्ख न केही महिना अरु हाम्रा पनि दिन आउछन क्या !! मन भने अमिलो हुने गर्दथ्यो ति सबै कुरा सुनेर।

बाबुलाई क्यान्सर छ् औषधी गर्ने पैसा छैन, भाइहरुको कलेज् फि तिर्नु छ् फेरी आमालाई ब्लोड प्रेसरले सताएको छ् उता भर्खरै बिहे गरेकी श्रीमतीका रहर हरु खाली छन सोच्थ्यो मेरो जस्तो जिबन त कसैले पनि जिउन नपरोस। तै पनि आफ्नो कर्तब्यबाट बिचलित भएन ऊ। सधैं काम मेहनतले गर्दथ्यो अनी उस्को कामले कम्पनिमा तलब र पोजिसन पनि बढ्दै गएको थियो। सोच्थ्यो अझै राम्रो गर्नु छ् अनी पैसा कमाएर आफ्नो घर परिवार अनी शोभा लाई खुशी पार्नु छ्। दिनमा १८ घण्टा सम्मा काम गर्दथ्यो उसले। पसिना का धारा तरर निस्केर पाइताला सम्मा पुग्थे गर्मी का दिनमा तैपनी भोली आउने खुशी सम्झेर ऊ कुनै दिन काममा पछी हटेन गर्दै गयो। आजकल सोभाले पनि निकै गुनासो गर्न थालेकि थिइन ऊसँग तेरो आमाले यस्तो भनिन, तेरा भाइहरु यस्ता, मलाई यस्तो दु:ख दिने भए किन बिहे गरेको आदी इत्यादी तैपनी ऊ चुप्चाप काममै ब्यस्त रहने गर्थ्यो समय सँगै सबै कुरा ठीक हुनेछ भन्ने विश्वाश बोकेर आफ्नो कर्मा भुमिमा रात दिन पसिना बगाइरहेको थियो।

समय आफ्नै रफ्तारमा थियो भने ऊ आफ्नै परिस्थितिमा रुमल्लिरहेको थियो। भन्छन नि समय सँगै बहेको हावाले सिठ्ठी फुकेर ल्याउदैन बिपत। उस्को जिबनमा पनि एका एक यस्तो हुरी लाग्यो कि जस्ले बर्सौ सम्मा सङालेर राखेका सपना हरु उडाइदियो। एकाएक आगो लाग्यो उस्को रहरहरुमा अनी हेर्दा हेर्दै खरानी बने ति सारा उसले चाहेका खुशी हरु। शोभाले बाटो तताइछिनमाथिल्लो गाउँको दिनेससँग। थाहा भएन या त उसलेमाया दिन जानेन या त शोभाले चाहेको खुसी उस्को आँगनमा थिएन। ऊ बेहोस् भएको थियो त्यो दिन जुन दिन उस्को भाइले फोन गरेर भाउजु पोइला गएको जानकारी दिएको थियो। उस्लाई बाँच्न मन त पटक्कै लागेको थिएन त्यो दिन तर पनि मजबुरी नैमाहत्मा गान्धिको अर्को नाम भने जस्तै बिरामी बाबु आमाको अनुहार अनी ति चिचिला भाइ बहिनीको अनुहार सम्झेर आफ्नो मनमा उर्जा थपेर परान धानेको थियो उसले।

त्यसपछि ऊ नेपाल गएको छैन झन्डै पाँचै बर्ष पुग्नै लाग्यो। बिहान उठ्यो हतार हतार मेट्रो चढेर काममा पुग्यो फेरी राती ८ / १० बजेतिर लखतरान परेर फर्कियो यसरी नै उस्का दैनीकी चलिरहेको छ्। घरबाट आमाले हजार चोटि घर आउने बिन्ती गरिन तर पनि उसले सधैं छुट्टी मिलेन भनेर ढाटिदिन्छ। गाउँतिर त उतै दुबइमा बिहे गरेर बसेको छ् रे भन्ने सम्मको हल्ला पनि नचलेको हैन बेला बेलामा आमाले गुनासो सुनाउछिन उस्लाई। उस्को अरु सपना छैनमात्रा घरको रिन तिर्ने अनी भाइहरुलाई राम्रो बाटो देखाउने तर यो सपना उसले रातदिन खटेर काम गर्दा पनि सम्भब भाइरहेको थिएन। एक किसिमले जिबन देखी नै हारेको महसुस गर्थ्यो ऊ , न त खोजेको भेट्थ्यो न त सोचेको पुग्थ्यो उस्को जिन्दगी आँफैलाई बोझ लागेको ठान्दथ्यो ऊ।

उस्को मानसपटलमा बिगत घुमिरहन्छ धमिलो छाँया बनेर। पल्लघरे नबिनले कती राम्री श्वासनी बिहे गरेको छ् रे ,माथिल्लो गाउको भरतले पनि बिहे गरेर छोरो पाइसकेछ् तल साइला बा कि छोरी सिताले पनि बिहे गरेर उतै अमेरिका तिर गै रे बुढासँग यस्तै यस्तै खबरहरु सुन्दा उस्को मन झन भक्कानिएर आउछ। के गल्ती गरेको रहेछु र मैले आज पल पल पिडा हरु बोकेर बाँच्नु परिरहेछ् मलाई। फेसबुकमा साथीहरुले अप्लोड गरेका फोटा हरु हेर्दा पनि डाह लागेर आउछ। ति फोटाहरुले जिस्काइरहेको भान पनि हुन्छ। आखिर जिबन न हो भोग्नै पर्ने रहेछ जे जस्तो परेपनी म दुखी छु त के भो दुनियाँ सारा खुशी छ् म तिनै खुशी हरु हेरेर हाँस्न सिक्नु पर्छ प्रदिप आँफैले आफ्नो मनलाई सम्झाउछ।

टिविट टिविट फेरी उस्को मोबाइलमा मिस कल बज्छ। फोन त कस्ले गर्छन् र मलाई उही मिसैकल त हुन नि। यसपाली भने उसले मोबाइल निकाल्दैन। यतिबेला ऊ डेरा बिचको कीनारमा बसेर पानीको छाल हरु नियाल्छ। जसरी छाल्हरु संगै पानीका फोकाहरु तरंगिरहेका छन उसै गरी उसको दिमाखमा बिगत देखी बर्तामान तरंगीरहन्छ। उसको नजिकै एक हुल ठिट्टा हरु गफिएका छन कान तेतै पुराउछ उनिहरु आफ्ना गाउका, तरुनि तन्नेरिका गफ गरिरहेका हुन्छन। उस्का मनमा पनि रहर भरिन्छन यसरी साथीभाइसँग गफिने तर पनिकोही छैन यहाँ उस्को लाई वा ऊ कसैको हैन। अली पर एक जोडी चौरमा बसेर मस्किरहेका छन, बिस्तारै साँझले आफ्नो पाइला बढाइरहेको छ्। या जाडो पो बढ्न थालेछ् यार आँफैलाई भन्छ। जुरुक्क उठेर चिया खानु परो भन्दै पसल तिर लाग्छ।
मोबाइलमा फेरी घन्टी बज्छ यसपाली भने कलै रहेछ। झिकेर हेर्छ आफ्नो रुम मेटको रहेछ। हैन ! प्रदिप तिमी कता हराएको यार म आइसके एक बोटल पनि ल्याको छु बरु तिमीले आउँदा चिकेन फ्राइ लिएर आउ है अब चिरिप्प पार्नुपर्छ। उसले हुन्छ भनेरमात्रै फोन राखिदियो। प्लस्टिकको कपमा आधामात्रै पिएको चिया छोडेर ऊ निस्कियो त्यहाबाट। हाबा सिर्र सिर्र लागेको थियो सडकमा गाडीहरु तेज कुदिरहेका रहेका थिए। साँझ झिसमिस हुँदैथियो गगन्चुम्बी महलहरु बिजुलिका झिल्का बिभिन्न रंगमा छाडेर मस्किदै थिए। ऊ बर्जुमान स्टेसनमा उत्रियो अनी लर लर पाइलाहरु लम्काइरहयो सधैं झै उही गतिमा। मनमा मेट्रोको गती भन्दा पनि छिटो कुरा खेलिरहेका थिए। ऊ पर बर्जुमान टावरबाट आएको झिल्मिल प्रकाशले उस्लाई जिस्काइरहेको थियो ए परदेसी !! ए परदेसी कहाँ जादैछौ …………. ??


-प्रदिप सुबेदी-
Copied

Tuesday, November 27, 2012

अलिखित इतिहासका अदृश्य नायकहरू

आश्विन ११ - इतिहास दर्ुइ किसिमका हुन्छन्- एउटा लिखित र अर्काे अलिखित । लिखित इतिहास किताबका पानामा लेखिन्छन्, अलिखित इतिहास विकासका लहरहरूमा । म यहा“ अलिखित इतिहासका पाना पल्टाउन खोजिरहेछु । अलिखित इतिहासका थुप्रै नायक र पात्रलाई म लुकेका प्रतिभा भन्न मनपराउ“छु । अझ स्पष्ट रूपले भन्ने हो भने उनीहरू नै हाम्रो यो राष्ट्रका 'अनसिन हिरोज' हुन् । उनीहरू नाम कमाउने होडबाजीमा हु“दैनन्, बरु देश विकासका क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आ-आफ्ना भूमिकामात्रै खेलिरहन्छन् । विदेशमा पाइरहेको सुविधा र सम्पन्नता त्यागेर एउटा नेपाली डाक्टर रामकण्ठ माकजू श्रेष्ठले समुदायलाई परिचालन गरी धुलिखेलमा उत्कृष्ट अस्पताल सफलतापर्ूवक सञ्चालन गरेका छन् । डा सुरेशराज शर्माले आफ्नै विशिष्ट शैक्षिक चिन्तन बोकेर धुलिखेलमा विश्वस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने काठमाडौ“ विश्वविद्यालय बनाएका छन् । काठमाडौ“की लिली थापाका श्रीमान द्वन्द्वमा मारिए, तर उनले आफूलाई कहिल्यै बेसहारा ठानिनन्, बरु एकल महिला समूहको संस्थागत विकास गरेर द्वन्द्वबाट उत्पीडित महिलाहरूको उत्थान गर्न पुगिन् । विराटनगरकी सीता पोखरेल र उनका श्रीमानले पुख्र्यौैली सम्पत्ति र जागिरबाट आएको सम्पर्ूण्ा उपदान लगानी गरेर पर्ूवाञ्चल अनाथाश्रम निर्माण गर्नु माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले अबौर्“ डलर समाजसेवामा लगाएभन्दा कम छैन । विस्तारै जब उनीहरूको योगदानले समाजमा केही परिवर्तन ल्यायो, अनि बल्ल उनीहरूलाई समाजले चिन्यो । तैपनि उनीहरूलाई देशले आवश्यक सम्मान दिन सकेन । यस्ता उदाहरण खोज्यो भने थुप्रै भेटिन्छन् । साधारण र अर्धनग्न, हर्ेदा अलिअलि बहुलठ्ठीपन भएजस्ता देखिने सेवाइलाल थारू सधै“ खाली जग्गा पाइयो भने रूखैमात्र रोपिहि“ड्थे । हजारौ“ रूख रोपे उनले आफ्नो जिन्दगीमा । तर कसैलाई थाहा भएन । उनले रोपेका रूखहरूले हजारौ“ नेपालीलाई सास फर्ेनका निम्ति अक्सिजन प्रदान गरिरहेछन् । तर जुत्तासमेत नलगाई एउटा लठ्ठीको भरमा हि“ड्ने ती जन्मजात संरक्षकलाई कसैले चिनेनन् । देख्नेहरू पनि सायद उनलाई बहुला नै भन्थे होलान् । वास्तवमा समाजका यी अदृश्य नायक असाधारण नै हुन्छन् ।अमेरिकामा उच्चशिक्षा हासिल गरेका महावीर पुन त्यहा“को उज्यालो भविष्य र सुखद जिन्दगी परित्याग गरेर नेपालको गाउ“मा आए र गाउ“लाई संसारको प्राविधिक नेर्टवर्कमा जोड्न खोजे, जोडे पनि । उनलाई हामीले पहिले चिनेनौ“ । विश्वप्रसिद्ध म्यागासेसे पुरस्कार पाएपछि मात्र सबैले चिने । यस्ता महावीरहरू हाम्रो देशमा कम छैनन्, जो चुपचाप आफ्नो कर्तव्यमा निष्ठापर्ूवक लागिरहेका छन् । एकचोटी म तिलगङ्गा आ“खा अस्प्ातालमा आ“खा ज“चाउन गएको थिए“ । त्यहा“ देशका कुनाकाप्चाबाट हजारौ“ मानिस आ“खा ज“चाउन आउ“दारहेछन् । बिरामीहरूको ठूलो चाप ह“ुदाहु“दै पनि त्यहा“ कुनै झन्झटिलो नियम रहेनछ । अस्पताल अत्यन्तै सफासुग्घर र व्यवस्थित रहेछ । मिनेट-मिनेटमा डाक्टरहरूले आ“खा जा“च्दारहेछन् । डेढ घन्टाभित्र मैले आ“खाको प्रेसरदेखि मोतियाविन्दु र पावरसमेत ज“चाउन पाए“ । त्यो पनि सय रुपिया“भन्दा कम शुल्क तिरेर । अन्यत्र कहा“ पाइन्छ यस्तो उत्कृष्ट सेवा †विभिन्न डाक्टरहरूसित आ“खा ज“चाउ“दा-ज“चाउ“दै अन्त्यमा म डा सन्दुक रुइतको कोठामा पुगे“ । 'रमण म्यागासेसे'जस्तो गरिमामय पदक पाएर पनि डा रुइत अत्यन्त सरल पाए“, चाहिनेभन्दा बढी पटक्कै नबोल्ने । उनले मेरो आ“खामा नानी फुलाउने औषधी राखेर 'पा“च मिनेट आ“खा चिम्लिई बसिराख्नुस्' भनेपछि म त्यहा“ आ“खा चिम्लेर केही क्षण बसे“ । अस्पतालको सक्षम व्यवस्थापनबाट म कति प्रभावित भए“ भने मेरो 'सोच' किताबको नाफाबाट एक लाख रुपिया“ अस्पताललाई प्रदान गर्ने विचार गरे“ र तत्कालै दिए“ पनि । हुन त यति व्यवस्थित भइसकेको अस्पतालका लागि मेरो सानो रकमले त्यति ठूलो अर्थ नराख्ला । यद्यपि मजस्ता केही 'हुनेखाने' उद्यमी-व्यापारीहरूले तिलगङ्गा आ“खा अस्पतालजस्तो प्रतिष्ठानलाई सक्दो आर्थिक एवं भावनात्मक सहयोग गरे भने डा रुइतज्ास्ता सक्कली समाजसेवीहरूलाई उत्साहित बनाउनेछ । कसले सोचेको थियो होला, नेपालजस्तो अविकसित मुलुकबाट पनि आ“खाको कृत्रिम रेटिना बनाएर विकसित देशहरूमा समेत निर्यात गरिन्छ होला भनेर † त्यस्तो काम उनले गरे ।पचासौ“ वर्षभयो वनमारा भन्ने एउटा आगन्तुक झारले नेपालका सारा वनजङ्गल सखाप पार्दै लगेको । कस्तो यो झार, दन्त्यकथाको राक्षसजस्तै † यसलाई काटेर फया“क्यो भने झन् बढ्दै जान्छ । यो झारका हा“गाबि“गा र जराहरू वनजङ्गलमा यस्तो किसिमले फैलिएर जान्छन् कि त्यहा“ कुनै पनि अन्य बिरुवाको वीउसमेत उमार्न सकि“दैन । उम्रिहाल्यो भने पनि बिरुवा बढ्न सक्तैन । न यसलाई मार्ने कुनै रासायनिक पदार्थ छ, नत यसलाई भौतिक रूपले उन्मूलन गर्न सकिन्छ । बस्, यो राक्षसी झार फैलियो भने हात बा“धेर किर्ंकर्तव्यविमूढ हुनुबाहेक अर्काे उपाय नै छैन । तर केही युवाहरूले यो वनमारा झारलाई काटेर आधी बालेर यसलाई पेल्दै वैकल्पिक ऊर्जाका रूपमा 'ब्रिकेट' बनाए । अहिले तर्राई भेगका केही युवक र महिलाहरू ब्रिकेट बनाउने उद्योगमा लागेका छन् । वनमाराबाट ब्रिकेट बनाउने यो प्रविधिले वनलाई मात्र जोगाएन, एउटा ठूलो 'इकोलोजिकल' समस्याको समाधान भएको छ । थुप्रै अदृश्य नायकहरूको अर्को उदाहरणका रूपमा नुवाकोट ककनीका माहिला लामा सधै“को फुस्रो र धूलो उड्ने भिरालो जमिनमा देशकै एकमात्र स्ट्रबेरी भिलेज बनाउन लागिपरेका छन् । ललितपुर चापागाउ“की गोमा लम्सालले १५ वर्षेखि च्याउ व्यवसाय गरेर आफ्नो च्याउ सहकारी संस्थामार्फ बिक्री गरी गाउ“मा च्याउको उत्पादन गर्ने कार्यमा भ्याई-नभ्याई काम गरिरहेकी छन् । उनको सहकारीमा अहिले १६० च्याउ उत्पादकहरूको संलग्नता छ । उनले आफ्नो सहकारीका लागि सबैस“ग मासिक रूपमा रु १०० उठाएर १२ प्रतिशत ब्याजमा त्यही रकम परिचालन गरेकी छन् । उमरापोखरा पर्वतकी जसुदा बस्यालले घरमा पालिने वस्तुभाउहरूको गोठबाट निस्कने गहु“त सङ्कलन गरी आफ्नो बारीमा मलका रूपमा प्रयोग गरेर बिक्रीसमेत गर्ने गरेकी छन् । पहिले उनको कामलाई नराम्रो मान्नेहरूसमेत अहिले उनीकहा“ गहु“त खरिद गर्न जान्छन् । पर्वतको कुस्मा शिवालयका नीलराज पुरीले ग“डयौलालाई आफ्नो आम्दानीको स्रोत बनाइरहेका छन् । उनी एकपटक जागिर खान साउदी अरब गई फर्केर आएका हुन् । दाङका केही थारू युवाहरू कपाल काट्ने पेसामा सफल भएका छन् । यो उनीहरूको पुख्र्यौली पेसा होइन । तैपनि अहिले कपाल काट्ने पेसामा सफल भएका छन् । दिपायलको सरकारी विद्यालयका विद्यार्थीहरूले आफ्नो पढाइस“गै साबुन बनाएर आर्थिक उपार्जन गरिरहेका छन् । म्याङलुङ तेह्रथुमका रामसिंह आलेमगर लगायत कतिपय कर्मचारीहरू जागिर छाडेर ढाका कपडा उद्योगमा रमाएका छन् । जागिरे पतिको मृत्यु भएपछि म्याङलुङकी उज्ज्वलता सुब्बाले अहिले उज्ज्वलता ढाका कपडा उद्योग सञ्चालन गरेर असहाय १ सय महिलालाई रोजगारी पनि दिएकी छन् । एकचोटी लम्ाजुङमा बस्ने वीरबहादुर घले भन्ने एउटा व्यक्ति दर्ुगम क्षेत्रको एउटा गाउ“मा जा“दा किसानको एउटा घरमा बत्ती बलेको देखेर असाध्यै चकित भए । बिजुली कसरी बल्यो भनेर खोजतलास गर्दा किसानले आफ्नो घट्टेखोलाबाट घरायसी पाङ्ग्रा घुमाई बिजुली निकाली आफ्नो घरमा बालेको थाहा पाए । पछि वीरबहादुर घलेले लमजुङमा गएर आफ्नै लगानीबाट सानो हाइड्रोपावर जडान गरे र गाउ“मा बिजुली वितरण गरे । यस्ता आ“टिला, जोशिला र सिर्जनशील व्यक्तिहरूलाई राष्ट्रले प्रयोग गर्न नसक्नुभन्दा ठूलो दुःखको कुरो अर्को के हुनसक्छ - ग्ा्रामीण पर्ूवाधार विकास समूह नेपालका अध्यक्ष गुणराज ढकालको अगुवाइमा स्वदेशमै अध्ययनरत २५ युवा इन्जिनियरहरूको सहयोग लिई स्थानीयस्तरमा उपलब्ध स्रोत-साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै खोला तर्नका लागि रोपवे, तुइन, घिर्लिङजस्ता 'इनोभेटिभ' कार्यहरू गरिएका छन् । हलचोककी सुनिता श्रेष्ठ, कान्छा पुतुवार तथा सूचना विभागका पुराना फोटोपत्रकार विष्णुनरसिंह राणा आफ्नो जमिनमा फूलहरू फुलाएर बिक्री गरी आम्दानी वृद्धि गराइरहेका छन् । बारीमा धेरै फूलहरू उमारेकाले एक्लैले फूल टिप्न नभ्याएर अरूलाई पनि रोजगारी दिएका छन् । तनहु“ गुणादीका एक किसानले मकै लगाउने बारीमा घा“स रोपेर वाषिर्क ९० हजार रुपिया“ आम्दानी गरिरहेका छन् । उखेलेर फाल्नर्ुपर्ने घा“स बारीमा रोपेकाले सुरुका वर्षा छिमेकीले उनलाई 'मगज खुस्केको'सम्म भनेका थिए । नेपालका जुम्ल्याहा वैज्ञानिक राम-लक्ष्मणले लोडसेडिङको समयमा पनि बत्ती बाल्न सकिने यन्त्रको विकास गरेका छन् । उनीहरूले बनाएको टाइम लोडमिटरबाट घरमा निश्चित मात्रामा सध“ैभरि विद्युत आपर्ूर्ति भइरहन्छ । चितवन कल्याणपुरका नगेन्द्र शाहले कम लागतमा बाली झार्ने र बत्ताउने मेसिन बनाएर सबै गाउ“लेलाई गुन लगाएका छन् । ठमेल गल्कोपाखाका सानुकाजी श्रेष्ठले ग्यासविना नै खानेकुरा पकाउने प्रविधि पत्ता लगाएका छन् । उनले सौर्य ऊर्जालाई इन्धनको वैकल्पिक स्रोतका रूपमा प्रयोग गर्न फया“किएका सिसा, प्लाष्टिक र टिन बाहेकका घरमै उत्पादन हुने सबै किसिमका फोहोरहरूलाई प्रयोग गरी र्सर्ूयको तापबाट आधा खर्चमै ऊर्जा निकाल्ने प्रविधि निकालेका छन् । इटहरीका रोजन र्राईलेे नदीले बगाएर ल्याएका काम नलाग्ने रूखका जरा र फेदमा कलाकृतिहरू तयार पारी व्यावसायिक उत्पादन गर्न सफल भएका छन् । यिनले बनाएको जराकला प्रधानमन्त्री निवासदेखि सामान्य मजदुरका घरसम्म सजावटका आकर्ष वस्तु बन्नसकेका छन् । पोखराको हेम्जा गाउ“का विष्णु पौडेल र लेखनाथ पौडेलले गाउ“कै गौरीशङ्कर माध्यमिक विद्यालयको १५ रोपनी जग्गा भाडामा लिई कृषिमा आधुनिकीकरण गर्नुका साथसाथै बहुआयामिक कृषिजन्य विकास गरेका छन् । र्फममा तरकारीहरूमात्रै उत्पादन नगरी १५ वटा दुहुना गाई र ६ हजारजति कुखुरा पालेर विकासे घा“स पनि उमारिरहेका छन् । उनीहरूको लगनशीलता देखेर धेरै गाउ“ले छक्क पर्छन् । कालिकोट मान्माका कृष्ण चौलागाईंलेे तत्कालीन समयमा सबैभन्दा बढी द्वन्द्व हुने र हिंसाग्रस्त ठाउ“ भनेर चिनिएको कालिकोटमा पनि बैङ्कबाट २ लाख रुपिया“ ऋण काढेर आफ्नै घरमा एउटा गेस्टहाउस सञ्चालनमा ल्याए । सङ्कटको घडीमा आफूले रगत-पसिना बगाएर ठडयाएको त्यस गेस्टहाउसमा कालिकोट जाने देशी-विदेशीहरू खाने-बस्ने गर्छन् । सदरमुकाम मान्माको त्यस होटलमा मात्र आधुनिक शौचालय र बाथरुमको उपयोग गर्न पाइन्छ । चितवन शक्तिखोरका चेपाङ समुदायका केही जुझारू युवाहरू मिलेर एउटा संस्थामार्फ त्यस भेगमा आकर्ष पर्यटकीय गन्तव्यस्थल बनाउन चार गाउ“लाई समेटी पैदल मार्ग निर्माण गरेका छन् । यो पैदल मार्गले गर्दा सिराइचुलीबाट सर्ूयाेदयको दृश्य, हिमालको अवलोकन, तीन सय वर्षपुरानो उपर्दाङगढी, चेपाङ सङ्ग्रहालय, झर्ना र गुफा लगायतका ठाउ“हरू देख्न पाइन्छन् । पोखरा अर्चलाबोटका महिलाहरूले गहु“को छ्वालीबाट विभिन्न वस्तुहरू बनाएर कुटिर उद्योग सञ्चालन गरिरहेछन् । उनीहरू मुना छ्वाली बटुलेर टोकरी, चकटी, ब्याग, बास्केट, डालो, गमला, ढाकी आदि तयार पार्छन् । भोजपुर दिङलाको केउरेनीपानी र मूलपानीका कृषकहरूले आफ्ना बारीमा रुद्राक्षको खेती गरी घरमा सोलार राखेका छन् र गुजराती भै“सी किनेर दुग्ध विकासमा समेत लागेका छन् । प्रत्येक घरमा १५ देखि २० वटा रुद्राक्षका रूखहरू छन् । डडेलधुरा वन उपभोक्ता महासङ्घका प्रकाश साउद र अदुवा प्रशोधन उद्योगका सञ्चालक तुलबहादुर अधिकारी सिजनमा १० हजार बोतल लालीगुरा“स र्सवत उत्पादन गर्छन् । त्यो र्सवत अहिले राजधानी भित्रिएको छ । मकवानपुर लोथरका तुलसी लामिछाने घुम्ती मौरीपालन व्यवसाय सुरु गरेपछि लाखौ“ रुपिया“ आम्दानी गर्न सक्षम भएका छन् । उनी यसका लागि ७ महिना आफ्नो जिल्ला नै छाडेर मौरी चराउन मकवानपुर र र्सलाही जान्छन् । जुन फूल मौरीले बढी मनपराउ“छ, त्यो कहा“ पाइन्छ भनी बुझदै हि“ड्छन् र त्यही“ गएर मौरी चराउने काम गर्छन् । वर्षो ५ महिनाचाहि“ घरमै मौरी राखेर मह काढ्छन् । ललितपुरस्थित नख्खु कारागारका एकजना बन्दी जीवन लामिछानेले कारागारभित्रका सबै बन्दीहरूको रहनसहन र बानी-व्यहोरामा धेरै परिवर्तन ल्याइदिएका छन् । उनले कारागारभित्र पत्रपत्रिका पढ्ने वातावरण मिलाइदिने, विभिन्न सामान बनाउने सीपमूलक तालिम दिने, सामानहरू बेच्ने आदि काम गरिरहेका छन् । अहिले त्यहा“का बन्दीहरू ढाकाटोपी, मफलर, रुमाल आदि बुन्ने काम गर्छन् । उनले त्यहा“भित्रै विद्यालय पनि स्थापना गरेका छन् ।र्पर्वत पाङराङका ताराप्रसाद पौडेल आफ्नो विद्यालयमा पढाउने काम गरी अतिरिक्त समयमा वीउ व्यापारमा समेत संलग्न छन् । यसबाट उनले विद्यालयले दिने तलबभन्दा चार गुणा बढी आम्दानी गरिरहेका छन् । विद्यालयको समयबाहेक अरू समय उनी आफ्नै बारीमा गोडमेल र खनजोतमा व्यस्त हुन्छन् । गोरखा नारेश्वर दुम्सरीकी कमला विश्वकर्माले सधै“ पुरुषले मात्रै गर्दैआएको भा“डाकु“डा बनाउने काम गरेर आफ्ना पा“चजना छोराछोरी पढाउने र परिवार सबैको गुजारा गर्ने काम गरिरहेकी छन् । का“चो फलामलाई हिर्काई विभिन्न आकारमा बदलेर धेरै थरीका भा“डाकु“डा निर्माण गर्नु वास्तवमै एउटी महिलाका निम्ति सजिलो काम होइन । प|mान्स पुगेर चिजमेकरको २० दिने तालिम लिई र्फकेका अशोकसिंह ठकुरीले चित्लाङमा घरैमा पालेका बाख्राको दूधबाट पनि चिज बनाएर मनग्ये आम्दानी लिन सकिन्छ भन्ने सिकाएका छन् । यस परियोजनामा अहिले गाउ“का थुप्रै परिवारहरू संलग्न छन् । यस कारखानामा नरम र कडा गरी दर्ुइ प्रकारका चिजहरू उत्पादन हुने गर्छन् । त्यहा“का वासिन्दाले चित्लाङ चन्द्रागिरि चिज उत्पादन समूह गठन गरी चिज उत्पादन गरिरहेका छन् । त्यहा“को चिज अचेल विदेशमा समेत निर्यात गरिन्छ । भोजपुरका बुद्धिमान र्राई र मीना र्राईले खर्ुसानीबाट अचार बनाउने उद्योग सञ्चालन गर्न थालेपछि उनीहरूको आम्दानी अकासिएको छ । यी दम्पती पेसाले शिक्षक हुन् । उनीहरूले ज्योति अचार उद्योग भन्ने नाउ“मा उद्योग दर्ता गरेर गाउ“मै फल्ने अकबरे खर्ुसानीबाट अचार बनाउ“छन् । तनहु“ बन्दीपुर याम्पाका कृषक केशवप्रसाद भट्टर्राईले जग्गा भाडामा लिएर गाईपालन गरिरहेका छन् । यसबाट मासिक २ लाख २५ हजार रुपिया“जति आम्दानी गर्छन् । यसका लागि उनले १ सय ६७ रोपनी जग्गा वाषिर्क ३ लाख तिर्नेगरी भाडामा लिएका छन् । उक्त जग्गामा उनले होलेस्टिन, जर्सर्ीीब्राउनस्वीचजस्ता अत्यन्तै उन्नत जातका ७० वटा गाईहरू पालेका छन् । र्पर्वत कुस्मा मुडिकुवा गाविसका किसानहरू रिठ्ठाको व्यावसायिक खेती गर्छन् । मुडिकुवाका थानेश्वर भुसालले यस खेतीबाट वाषिर्क ७० हजार रुपिया“जति कमाउ“छन् । जिल्लाका मुडिकुवा, शङ्करपोखरी, खानीगाउ“, देवीस्थान आदि ठाउ“मा यसको व्यापक रूपमा व्यावसायिक खेती गरिन्छ । सेम्पो, साबुन बनाउने उद्योगहरूले रिठ्ठाको प्रयोग कच्चापदार्थका रूपमा गर्छन् । खोज्ने हो भने लुकेका प्रतिभाहरू गाउ“-गाउ“मा पाइन्छन् । तर उनीहरूलाई खोजेरमात्र पुग्दैन । उनीहरूका सिर्जनशील एवं उद्यमशील क्रियाकलापहरूलाई सरकारले अध्ययन, अनुगमन गरेर हौसला प्रदान गर्दै उनीहरूको 'ट्रयाक'लाई समयमै मूल्याङ्कन गरेर सुव्यवस्थित गरिदिनर्ुपर्छ । राजनीतिलाई मात्र महत्त्व दिएर देशको विकास हु“दैन । गरिबी निवारण गर्न न कुनै सूत्र छ, नत दर्शन नै, नत यस्ता कुराहरू पञ्चवषर्ीय गुरुयोजनाको खाकामै पाइन्छन् । देशको विकास धरातलीय एवं व्यावहारिक प्रविधि र परियोजनाबाट मात्रै सम्भव हुन्छ । यस्ता परिकल्पना गर्ने र मिहेनत गरेर कार्यान्वयन गर्ने प्रतिभाहरूलाई जबसम्म राष्ट्रले परिचालन गर्न सक्तैन, तबसम्म राष्ट्रिय योजना आयोगका पञ्चवषर्ीय गुरुयोजनाले मात्रै केही हु“दैन ।लम्ाजुङको सदरमुकाम बे“सीसहरमा पुलचोक क्याम्पसबाट पास भएका एक युवा इन्जिनियरले स्थानीय समुदायलाई सहभागी बनाई ३.५ मेगावाटको सानो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन र वितरण गरे, महसुलसमेत उठाए । स्थानीय स्तरबाटै उत्प्ाादन गरिएको यो जलविद्युत आयोजनाले बे“सीसहरमा मात्रै होइन, स“गै जोडिएका पहाडी जिल्लाहरूमा समेत विद्युत वितरण गर्छ । राजधानी काठमाडौ“मा दिनहु“जसो लोडसेडिङ हुन्छ, तर लम्ाजुङमा हप्ताको एकचोटीमात्र बत्ती निभ्छ रे † तर त्यो झिलिमिली बत्ती पछाडिको कथा कसैलाई थाहा छैन । लमजुङलाई झिलिमिली पार्ने व्यक्ति को हो - त्यो समुदाय कुन हो - त्यसबारे थाहा पाउन सबै विकासप्रेमी नेपालीहरू इच्छुक हुनर्ुपर्छ ।हालैमात्र मुर्म्बईमा आयोजना गरिएको एउटा अन्तर्रर्ााट्रय यान्त्रिक मेलामा नेपाली युवा वैज्ञानिकहरूले च्ाौथो स्थान प्राप्त गरे, जबकि त्यो बेला भारतभरिबाट पचासभन्दा बढी वैज्ञानिक समूहहरूले भाग लिएका थिए । जापानको अन्तर्रर्ााट्रय रोबोट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो भएको थियो । उनीहरूलाई प्रोत्साहन गर्ने त कुरै छाडौ“, कसैले जिज्ञासासमेत राखेन । अब उनीहरूलाई के गर्ने - समयमै उनीहरूलाई प्रयोग गर्न सकिएन भने प्रतिभाको पलायन भएर देशलाई मात्र नोक्सान हु“दैन, एउटा सिर्जनशील युवाको मनमा मातृभूम्रि्रति वितृष्णा जाग्रत हुनसक्छ । त्यस्ता युवाहरूको सीप र श्रमलाई चिनेर सदुपयोग गर्न सकिएमा नया“ नेपाल बनाउन धेरै समय कर्ुनर्ुपर्ने छैन ।दुःख लाग्छ, आजकल नेपालमा आफ्नो घरजग्गासमेत बेचेर, ऋण काढेर छोराछोरीलाई विदेशमा पढ्न पठाएको देख्ता † के हाम्रो देशमा उज्ज्वल भविष्यको सम्भावना खत्तम नै भएको हो त - ताजुब लाग्छ, कसरी ती शिक्षित युवाहरूले आफूलाई जन्माएका आमाबाबुलाई दर्रि्र आर्थिक हविगतमा पुर्‍याएर विदेशमा पढ्न जानसकेका होलान् † बिचरा आमाबाबुहरू आफ्नो भएभरको सम्पत्ति खर्चिई धेरै आशा राखेर छोराछोरीलाई विदेशमा पठाउ“छन्, ठूलो मान्छे हुन्छ भनेर सोच्छन् र पैसा कमाएर पठाउ“छ भन्ने आशा गर्छन्, तर कतिपय युवाहरू अमेरिका, अस्टे्रलिया र युरोपको आधुनिक जीवनशैलीमा हराउ“छन् । न उनीहरू त्यहा“ सफल हुनसक्छन्, नत नेपालमै फर्किन्छन्, बाबुआमाको सपना त कहा“ हो कहा“ †  -शाक्यको प्रकाशोन्मुख पुस्तक ँखोज’को सम्पादित अंश ।)प्रकाशित मिति: २०६५ आश्विन १० ०७:५७
कर्ण्र्ाााक्य