Tuesday, November 27, 2012

अलिखित इतिहासका अदृश्य नायकहरू

आश्विन ११ - इतिहास दर्ुइ किसिमका हुन्छन्- एउटा लिखित र अर्काे अलिखित । लिखित इतिहास किताबका पानामा लेखिन्छन्, अलिखित इतिहास विकासका लहरहरूमा । म यहा“ अलिखित इतिहासका पाना पल्टाउन खोजिरहेछु । अलिखित इतिहासका थुप्रै नायक र पात्रलाई म लुकेका प्रतिभा भन्न मनपराउ“छु । अझ स्पष्ट रूपले भन्ने हो भने उनीहरू नै हाम्रो यो राष्ट्रका 'अनसिन हिरोज' हुन् । उनीहरू नाम कमाउने होडबाजीमा हु“दैनन्, बरु देश विकासका क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आ-आफ्ना भूमिकामात्रै खेलिरहन्छन् । विदेशमा पाइरहेको सुविधा र सम्पन्नता त्यागेर एउटा नेपाली डाक्टर रामकण्ठ माकजू श्रेष्ठले समुदायलाई परिचालन गरी धुलिखेलमा उत्कृष्ट अस्पताल सफलतापर्ूवक सञ्चालन गरेका छन् । डा सुरेशराज शर्माले आफ्नै विशिष्ट शैक्षिक चिन्तन बोकेर धुलिखेलमा विश्वस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने काठमाडौ“ विश्वविद्यालय बनाएका छन् । काठमाडौ“की लिली थापाका श्रीमान द्वन्द्वमा मारिए, तर उनले आफूलाई कहिल्यै बेसहारा ठानिनन्, बरु एकल महिला समूहको संस्थागत विकास गरेर द्वन्द्वबाट उत्पीडित महिलाहरूको उत्थान गर्न पुगिन् । विराटनगरकी सीता पोखरेल र उनका श्रीमानले पुख्र्यौैली सम्पत्ति र जागिरबाट आएको सम्पर्ूण्ा उपदान लगानी गरेर पर्ूवाञ्चल अनाथाश्रम निर्माण गर्नु माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले अबौर्“ डलर समाजसेवामा लगाएभन्दा कम छैन । विस्तारै जब उनीहरूको योगदानले समाजमा केही परिवर्तन ल्यायो, अनि बल्ल उनीहरूलाई समाजले चिन्यो । तैपनि उनीहरूलाई देशले आवश्यक सम्मान दिन सकेन । यस्ता उदाहरण खोज्यो भने थुप्रै भेटिन्छन् । साधारण र अर्धनग्न, हर्ेदा अलिअलि बहुलठ्ठीपन भएजस्ता देखिने सेवाइलाल थारू सधै“ खाली जग्गा पाइयो भने रूखैमात्र रोपिहि“ड्थे । हजारौ“ रूख रोपे उनले आफ्नो जिन्दगीमा । तर कसैलाई थाहा भएन । उनले रोपेका रूखहरूले हजारौ“ नेपालीलाई सास फर्ेनका निम्ति अक्सिजन प्रदान गरिरहेछन् । तर जुत्तासमेत नलगाई एउटा लठ्ठीको भरमा हि“ड्ने ती जन्मजात संरक्षकलाई कसैले चिनेनन् । देख्नेहरू पनि सायद उनलाई बहुला नै भन्थे होलान् । वास्तवमा समाजका यी अदृश्य नायक असाधारण नै हुन्छन् ।अमेरिकामा उच्चशिक्षा हासिल गरेका महावीर पुन त्यहा“को उज्यालो भविष्य र सुखद जिन्दगी परित्याग गरेर नेपालको गाउ“मा आए र गाउ“लाई संसारको प्राविधिक नेर्टवर्कमा जोड्न खोजे, जोडे पनि । उनलाई हामीले पहिले चिनेनौ“ । विश्वप्रसिद्ध म्यागासेसे पुरस्कार पाएपछि मात्र सबैले चिने । यस्ता महावीरहरू हाम्रो देशमा कम छैनन्, जो चुपचाप आफ्नो कर्तव्यमा निष्ठापर्ूवक लागिरहेका छन् । एकचोटी म तिलगङ्गा आ“खा अस्प्ातालमा आ“खा ज“चाउन गएको थिए“ । त्यहा“ देशका कुनाकाप्चाबाट हजारौ“ मानिस आ“खा ज“चाउन आउ“दारहेछन् । बिरामीहरूको ठूलो चाप ह“ुदाहु“दै पनि त्यहा“ कुनै झन्झटिलो नियम रहेनछ । अस्पताल अत्यन्तै सफासुग्घर र व्यवस्थित रहेछ । मिनेट-मिनेटमा डाक्टरहरूले आ“खा जा“च्दारहेछन् । डेढ घन्टाभित्र मैले आ“खाको प्रेसरदेखि मोतियाविन्दु र पावरसमेत ज“चाउन पाए“ । त्यो पनि सय रुपिया“भन्दा कम शुल्क तिरेर । अन्यत्र कहा“ पाइन्छ यस्तो उत्कृष्ट सेवा †विभिन्न डाक्टरहरूसित आ“खा ज“चाउ“दा-ज“चाउ“दै अन्त्यमा म डा सन्दुक रुइतको कोठामा पुगे“ । 'रमण म्यागासेसे'जस्तो गरिमामय पदक पाएर पनि डा रुइत अत्यन्त सरल पाए“, चाहिनेभन्दा बढी पटक्कै नबोल्ने । उनले मेरो आ“खामा नानी फुलाउने औषधी राखेर 'पा“च मिनेट आ“खा चिम्लिई बसिराख्नुस्' भनेपछि म त्यहा“ आ“खा चिम्लेर केही क्षण बसे“ । अस्पतालको सक्षम व्यवस्थापनबाट म कति प्रभावित भए“ भने मेरो 'सोच' किताबको नाफाबाट एक लाख रुपिया“ अस्पताललाई प्रदान गर्ने विचार गरे“ र तत्कालै दिए“ पनि । हुन त यति व्यवस्थित भइसकेको अस्पतालका लागि मेरो सानो रकमले त्यति ठूलो अर्थ नराख्ला । यद्यपि मजस्ता केही 'हुनेखाने' उद्यमी-व्यापारीहरूले तिलगङ्गा आ“खा अस्पतालजस्तो प्रतिष्ठानलाई सक्दो आर्थिक एवं भावनात्मक सहयोग गरे भने डा रुइतज्ास्ता सक्कली समाजसेवीहरूलाई उत्साहित बनाउनेछ । कसले सोचेको थियो होला, नेपालजस्तो अविकसित मुलुकबाट पनि आ“खाको कृत्रिम रेटिना बनाएर विकसित देशहरूमा समेत निर्यात गरिन्छ होला भनेर † त्यस्तो काम उनले गरे ।पचासौ“ वर्षभयो वनमारा भन्ने एउटा आगन्तुक झारले नेपालका सारा वनजङ्गल सखाप पार्दै लगेको । कस्तो यो झार, दन्त्यकथाको राक्षसजस्तै † यसलाई काटेर फया“क्यो भने झन् बढ्दै जान्छ । यो झारका हा“गाबि“गा र जराहरू वनजङ्गलमा यस्तो किसिमले फैलिएर जान्छन् कि त्यहा“ कुनै पनि अन्य बिरुवाको वीउसमेत उमार्न सकि“दैन । उम्रिहाल्यो भने पनि बिरुवा बढ्न सक्तैन । न यसलाई मार्ने कुनै रासायनिक पदार्थ छ, नत यसलाई भौतिक रूपले उन्मूलन गर्न सकिन्छ । बस्, यो राक्षसी झार फैलियो भने हात बा“धेर किर्ंकर्तव्यविमूढ हुनुबाहेक अर्काे उपाय नै छैन । तर केही युवाहरूले यो वनमारा झारलाई काटेर आधी बालेर यसलाई पेल्दै वैकल्पिक ऊर्जाका रूपमा 'ब्रिकेट' बनाए । अहिले तर्राई भेगका केही युवक र महिलाहरू ब्रिकेट बनाउने उद्योगमा लागेका छन् । वनमाराबाट ब्रिकेट बनाउने यो प्रविधिले वनलाई मात्र जोगाएन, एउटा ठूलो 'इकोलोजिकल' समस्याको समाधान भएको छ । थुप्रै अदृश्य नायकहरूको अर्को उदाहरणका रूपमा नुवाकोट ककनीका माहिला लामा सधै“को फुस्रो र धूलो उड्ने भिरालो जमिनमा देशकै एकमात्र स्ट्रबेरी भिलेज बनाउन लागिपरेका छन् । ललितपुर चापागाउ“की गोमा लम्सालले १५ वर्षेखि च्याउ व्यवसाय गरेर आफ्नो च्याउ सहकारी संस्थामार्फ बिक्री गरी गाउ“मा च्याउको उत्पादन गर्ने कार्यमा भ्याई-नभ्याई काम गरिरहेकी छन् । उनको सहकारीमा अहिले १६० च्याउ उत्पादकहरूको संलग्नता छ । उनले आफ्नो सहकारीका लागि सबैस“ग मासिक रूपमा रु १०० उठाएर १२ प्रतिशत ब्याजमा त्यही रकम परिचालन गरेकी छन् । उमरापोखरा पर्वतकी जसुदा बस्यालले घरमा पालिने वस्तुभाउहरूको गोठबाट निस्कने गहु“त सङ्कलन गरी आफ्नो बारीमा मलका रूपमा प्रयोग गरेर बिक्रीसमेत गर्ने गरेकी छन् । पहिले उनको कामलाई नराम्रो मान्नेहरूसमेत अहिले उनीकहा“ गहु“त खरिद गर्न जान्छन् । पर्वतको कुस्मा शिवालयका नीलराज पुरीले ग“डयौलालाई आफ्नो आम्दानीको स्रोत बनाइरहेका छन् । उनी एकपटक जागिर खान साउदी अरब गई फर्केर आएका हुन् । दाङका केही थारू युवाहरू कपाल काट्ने पेसामा सफल भएका छन् । यो उनीहरूको पुख्र्यौली पेसा होइन । तैपनि अहिले कपाल काट्ने पेसामा सफल भएका छन् । दिपायलको सरकारी विद्यालयका विद्यार्थीहरूले आफ्नो पढाइस“गै साबुन बनाएर आर्थिक उपार्जन गरिरहेका छन् । म्याङलुङ तेह्रथुमका रामसिंह आलेमगर लगायत कतिपय कर्मचारीहरू जागिर छाडेर ढाका कपडा उद्योगमा रमाएका छन् । जागिरे पतिको मृत्यु भएपछि म्याङलुङकी उज्ज्वलता सुब्बाले अहिले उज्ज्वलता ढाका कपडा उद्योग सञ्चालन गरेर असहाय १ सय महिलालाई रोजगारी पनि दिएकी छन् । एकचोटी लम्ाजुङमा बस्ने वीरबहादुर घले भन्ने एउटा व्यक्ति दर्ुगम क्षेत्रको एउटा गाउ“मा जा“दा किसानको एउटा घरमा बत्ती बलेको देखेर असाध्यै चकित भए । बिजुली कसरी बल्यो भनेर खोजतलास गर्दा किसानले आफ्नो घट्टेखोलाबाट घरायसी पाङ्ग्रा घुमाई बिजुली निकाली आफ्नो घरमा बालेको थाहा पाए । पछि वीरबहादुर घलेले लमजुङमा गएर आफ्नै लगानीबाट सानो हाइड्रोपावर जडान गरे र गाउ“मा बिजुली वितरण गरे । यस्ता आ“टिला, जोशिला र सिर्जनशील व्यक्तिहरूलाई राष्ट्रले प्रयोग गर्न नसक्नुभन्दा ठूलो दुःखको कुरो अर्को के हुनसक्छ - ग्ा्रामीण पर्ूवाधार विकास समूह नेपालका अध्यक्ष गुणराज ढकालको अगुवाइमा स्वदेशमै अध्ययनरत २५ युवा इन्जिनियरहरूको सहयोग लिई स्थानीयस्तरमा उपलब्ध स्रोत-साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै खोला तर्नका लागि रोपवे, तुइन, घिर्लिङजस्ता 'इनोभेटिभ' कार्यहरू गरिएका छन् । हलचोककी सुनिता श्रेष्ठ, कान्छा पुतुवार तथा सूचना विभागका पुराना फोटोपत्रकार विष्णुनरसिंह राणा आफ्नो जमिनमा फूलहरू फुलाएर बिक्री गरी आम्दानी वृद्धि गराइरहेका छन् । बारीमा धेरै फूलहरू उमारेकाले एक्लैले फूल टिप्न नभ्याएर अरूलाई पनि रोजगारी दिएका छन् । तनहु“ गुणादीका एक किसानले मकै लगाउने बारीमा घा“स रोपेर वाषिर्क ९० हजार रुपिया“ आम्दानी गरिरहेका छन् । उखेलेर फाल्नर्ुपर्ने घा“स बारीमा रोपेकाले सुरुका वर्षा छिमेकीले उनलाई 'मगज खुस्केको'सम्म भनेका थिए । नेपालका जुम्ल्याहा वैज्ञानिक राम-लक्ष्मणले लोडसेडिङको समयमा पनि बत्ती बाल्न सकिने यन्त्रको विकास गरेका छन् । उनीहरूले बनाएको टाइम लोडमिटरबाट घरमा निश्चित मात्रामा सध“ैभरि विद्युत आपर्ूर्ति भइरहन्छ । चितवन कल्याणपुरका नगेन्द्र शाहले कम लागतमा बाली झार्ने र बत्ताउने मेसिन बनाएर सबै गाउ“लेलाई गुन लगाएका छन् । ठमेल गल्कोपाखाका सानुकाजी श्रेष्ठले ग्यासविना नै खानेकुरा पकाउने प्रविधि पत्ता लगाएका छन् । उनले सौर्य ऊर्जालाई इन्धनको वैकल्पिक स्रोतका रूपमा प्रयोग गर्न फया“किएका सिसा, प्लाष्टिक र टिन बाहेकका घरमै उत्पादन हुने सबै किसिमका फोहोरहरूलाई प्रयोग गरी र्सर्ूयको तापबाट आधा खर्चमै ऊर्जा निकाल्ने प्रविधि निकालेका छन् । इटहरीका रोजन र्राईलेे नदीले बगाएर ल्याएका काम नलाग्ने रूखका जरा र फेदमा कलाकृतिहरू तयार पारी व्यावसायिक उत्पादन गर्न सफल भएका छन् । यिनले बनाएको जराकला प्रधानमन्त्री निवासदेखि सामान्य मजदुरका घरसम्म सजावटका आकर्ष वस्तु बन्नसकेका छन् । पोखराको हेम्जा गाउ“का विष्णु पौडेल र लेखनाथ पौडेलले गाउ“कै गौरीशङ्कर माध्यमिक विद्यालयको १५ रोपनी जग्गा भाडामा लिई कृषिमा आधुनिकीकरण गर्नुका साथसाथै बहुआयामिक कृषिजन्य विकास गरेका छन् । र्फममा तरकारीहरूमात्रै उत्पादन नगरी १५ वटा दुहुना गाई र ६ हजारजति कुखुरा पालेर विकासे घा“स पनि उमारिरहेका छन् । उनीहरूको लगनशीलता देखेर धेरै गाउ“ले छक्क पर्छन् । कालिकोट मान्माका कृष्ण चौलागाईंलेे तत्कालीन समयमा सबैभन्दा बढी द्वन्द्व हुने र हिंसाग्रस्त ठाउ“ भनेर चिनिएको कालिकोटमा पनि बैङ्कबाट २ लाख रुपिया“ ऋण काढेर आफ्नै घरमा एउटा गेस्टहाउस सञ्चालनमा ल्याए । सङ्कटको घडीमा आफूले रगत-पसिना बगाएर ठडयाएको त्यस गेस्टहाउसमा कालिकोट जाने देशी-विदेशीहरू खाने-बस्ने गर्छन् । सदरमुकाम मान्माको त्यस होटलमा मात्र आधुनिक शौचालय र बाथरुमको उपयोग गर्न पाइन्छ । चितवन शक्तिखोरका चेपाङ समुदायका केही जुझारू युवाहरू मिलेर एउटा संस्थामार्फ त्यस भेगमा आकर्ष पर्यटकीय गन्तव्यस्थल बनाउन चार गाउ“लाई समेटी पैदल मार्ग निर्माण गरेका छन् । यो पैदल मार्गले गर्दा सिराइचुलीबाट सर्ूयाेदयको दृश्य, हिमालको अवलोकन, तीन सय वर्षपुरानो उपर्दाङगढी, चेपाङ सङ्ग्रहालय, झर्ना र गुफा लगायतका ठाउ“हरू देख्न पाइन्छन् । पोखरा अर्चलाबोटका महिलाहरूले गहु“को छ्वालीबाट विभिन्न वस्तुहरू बनाएर कुटिर उद्योग सञ्चालन गरिरहेछन् । उनीहरू मुना छ्वाली बटुलेर टोकरी, चकटी, ब्याग, बास्केट, डालो, गमला, ढाकी आदि तयार पार्छन् । भोजपुर दिङलाको केउरेनीपानी र मूलपानीका कृषकहरूले आफ्ना बारीमा रुद्राक्षको खेती गरी घरमा सोलार राखेका छन् र गुजराती भै“सी किनेर दुग्ध विकासमा समेत लागेका छन् । प्रत्येक घरमा १५ देखि २० वटा रुद्राक्षका रूखहरू छन् । डडेलधुरा वन उपभोक्ता महासङ्घका प्रकाश साउद र अदुवा प्रशोधन उद्योगका सञ्चालक तुलबहादुर अधिकारी सिजनमा १० हजार बोतल लालीगुरा“स र्सवत उत्पादन गर्छन् । त्यो र्सवत अहिले राजधानी भित्रिएको छ । मकवानपुर लोथरका तुलसी लामिछाने घुम्ती मौरीपालन व्यवसाय सुरु गरेपछि लाखौ“ रुपिया“ आम्दानी गर्न सक्षम भएका छन् । उनी यसका लागि ७ महिना आफ्नो जिल्ला नै छाडेर मौरी चराउन मकवानपुर र र्सलाही जान्छन् । जुन फूल मौरीले बढी मनपराउ“छ, त्यो कहा“ पाइन्छ भनी बुझदै हि“ड्छन् र त्यही“ गएर मौरी चराउने काम गर्छन् । वर्षो ५ महिनाचाहि“ घरमै मौरी राखेर मह काढ्छन् । ललितपुरस्थित नख्खु कारागारका एकजना बन्दी जीवन लामिछानेले कारागारभित्रका सबै बन्दीहरूको रहनसहन र बानी-व्यहोरामा धेरै परिवर्तन ल्याइदिएका छन् । उनले कारागारभित्र पत्रपत्रिका पढ्ने वातावरण मिलाइदिने, विभिन्न सामान बनाउने सीपमूलक तालिम दिने, सामानहरू बेच्ने आदि काम गरिरहेका छन् । अहिले त्यहा“का बन्दीहरू ढाकाटोपी, मफलर, रुमाल आदि बुन्ने काम गर्छन् । उनले त्यहा“भित्रै विद्यालय पनि स्थापना गरेका छन् ।र्पर्वत पाङराङका ताराप्रसाद पौडेल आफ्नो विद्यालयमा पढाउने काम गरी अतिरिक्त समयमा वीउ व्यापारमा समेत संलग्न छन् । यसबाट उनले विद्यालयले दिने तलबभन्दा चार गुणा बढी आम्दानी गरिरहेका छन् । विद्यालयको समयबाहेक अरू समय उनी आफ्नै बारीमा गोडमेल र खनजोतमा व्यस्त हुन्छन् । गोरखा नारेश्वर दुम्सरीकी कमला विश्वकर्माले सधै“ पुरुषले मात्रै गर्दैआएको भा“डाकु“डा बनाउने काम गरेर आफ्ना पा“चजना छोराछोरी पढाउने र परिवार सबैको गुजारा गर्ने काम गरिरहेकी छन् । का“चो फलामलाई हिर्काई विभिन्न आकारमा बदलेर धेरै थरीका भा“डाकु“डा निर्माण गर्नु वास्तवमै एउटी महिलाका निम्ति सजिलो काम होइन । प|mान्स पुगेर चिजमेकरको २० दिने तालिम लिई र्फकेका अशोकसिंह ठकुरीले चित्लाङमा घरैमा पालेका बाख्राको दूधबाट पनि चिज बनाएर मनग्ये आम्दानी लिन सकिन्छ भन्ने सिकाएका छन् । यस परियोजनामा अहिले गाउ“का थुप्रै परिवारहरू संलग्न छन् । यस कारखानामा नरम र कडा गरी दर्ुइ प्रकारका चिजहरू उत्पादन हुने गर्छन् । त्यहा“का वासिन्दाले चित्लाङ चन्द्रागिरि चिज उत्पादन समूह गठन गरी चिज उत्पादन गरिरहेका छन् । त्यहा“को चिज अचेल विदेशमा समेत निर्यात गरिन्छ । भोजपुरका बुद्धिमान र्राई र मीना र्राईले खर्ुसानीबाट अचार बनाउने उद्योग सञ्चालन गर्न थालेपछि उनीहरूको आम्दानी अकासिएको छ । यी दम्पती पेसाले शिक्षक हुन् । उनीहरूले ज्योति अचार उद्योग भन्ने नाउ“मा उद्योग दर्ता गरेर गाउ“मै फल्ने अकबरे खर्ुसानीबाट अचार बनाउ“छन् । तनहु“ बन्दीपुर याम्पाका कृषक केशवप्रसाद भट्टर्राईले जग्गा भाडामा लिएर गाईपालन गरिरहेका छन् । यसबाट मासिक २ लाख २५ हजार रुपिया“जति आम्दानी गर्छन् । यसका लागि उनले १ सय ६७ रोपनी जग्गा वाषिर्क ३ लाख तिर्नेगरी भाडामा लिएका छन् । उक्त जग्गामा उनले होलेस्टिन, जर्सर्ीीब्राउनस्वीचजस्ता अत्यन्तै उन्नत जातका ७० वटा गाईहरू पालेका छन् । र्पर्वत कुस्मा मुडिकुवा गाविसका किसानहरू रिठ्ठाको व्यावसायिक खेती गर्छन् । मुडिकुवाका थानेश्वर भुसालले यस खेतीबाट वाषिर्क ७० हजार रुपिया“जति कमाउ“छन् । जिल्लाका मुडिकुवा, शङ्करपोखरी, खानीगाउ“, देवीस्थान आदि ठाउ“मा यसको व्यापक रूपमा व्यावसायिक खेती गरिन्छ । सेम्पो, साबुन बनाउने उद्योगहरूले रिठ्ठाको प्रयोग कच्चापदार्थका रूपमा गर्छन् । खोज्ने हो भने लुकेका प्रतिभाहरू गाउ“-गाउ“मा पाइन्छन् । तर उनीहरूलाई खोजेरमात्र पुग्दैन । उनीहरूका सिर्जनशील एवं उद्यमशील क्रियाकलापहरूलाई सरकारले अध्ययन, अनुगमन गरेर हौसला प्रदान गर्दै उनीहरूको 'ट्रयाक'लाई समयमै मूल्याङ्कन गरेर सुव्यवस्थित गरिदिनर्ुपर्छ । राजनीतिलाई मात्र महत्त्व दिएर देशको विकास हु“दैन । गरिबी निवारण गर्न न कुनै सूत्र छ, नत दर्शन नै, नत यस्ता कुराहरू पञ्चवषर्ीय गुरुयोजनाको खाकामै पाइन्छन् । देशको विकास धरातलीय एवं व्यावहारिक प्रविधि र परियोजनाबाट मात्रै सम्भव हुन्छ । यस्ता परिकल्पना गर्ने र मिहेनत गरेर कार्यान्वयन गर्ने प्रतिभाहरूलाई जबसम्म राष्ट्रले परिचालन गर्न सक्तैन, तबसम्म राष्ट्रिय योजना आयोगका पञ्चवषर्ीय गुरुयोजनाले मात्रै केही हु“दैन ।लम्ाजुङको सदरमुकाम बे“सीसहरमा पुलचोक क्याम्पसबाट पास भएका एक युवा इन्जिनियरले स्थानीय समुदायलाई सहभागी बनाई ३.५ मेगावाटको सानो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन र वितरण गरे, महसुलसमेत उठाए । स्थानीय स्तरबाटै उत्प्ाादन गरिएको यो जलविद्युत आयोजनाले बे“सीसहरमा मात्रै होइन, स“गै जोडिएका पहाडी जिल्लाहरूमा समेत विद्युत वितरण गर्छ । राजधानी काठमाडौ“मा दिनहु“जसो लोडसेडिङ हुन्छ, तर लम्ाजुङमा हप्ताको एकचोटीमात्र बत्ती निभ्छ रे † तर त्यो झिलिमिली बत्ती पछाडिको कथा कसैलाई थाहा छैन । लमजुङलाई झिलिमिली पार्ने व्यक्ति को हो - त्यो समुदाय कुन हो - त्यसबारे थाहा पाउन सबै विकासप्रेमी नेपालीहरू इच्छुक हुनर्ुपर्छ ।हालैमात्र मुर्म्बईमा आयोजना गरिएको एउटा अन्तर्रर्ााट्रय यान्त्रिक मेलामा नेपाली युवा वैज्ञानिकहरूले च्ाौथो स्थान प्राप्त गरे, जबकि त्यो बेला भारतभरिबाट पचासभन्दा बढी वैज्ञानिक समूहहरूले भाग लिएका थिए । जापानको अन्तर्रर्ााट्रय रोबोट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो भएको थियो । उनीहरूलाई प्रोत्साहन गर्ने त कुरै छाडौ“, कसैले जिज्ञासासमेत राखेन । अब उनीहरूलाई के गर्ने - समयमै उनीहरूलाई प्रयोग गर्न सकिएन भने प्रतिभाको पलायन भएर देशलाई मात्र नोक्सान हु“दैन, एउटा सिर्जनशील युवाको मनमा मातृभूम्रि्रति वितृष्णा जाग्रत हुनसक्छ । त्यस्ता युवाहरूको सीप र श्रमलाई चिनेर सदुपयोग गर्न सकिएमा नया“ नेपाल बनाउन धेरै समय कर्ुनर्ुपर्ने छैन ।दुःख लाग्छ, आजकल नेपालमा आफ्नो घरजग्गासमेत बेचेर, ऋण काढेर छोराछोरीलाई विदेशमा पढ्न पठाएको देख्ता † के हाम्रो देशमा उज्ज्वल भविष्यको सम्भावना खत्तम नै भएको हो त - ताजुब लाग्छ, कसरी ती शिक्षित युवाहरूले आफूलाई जन्माएका आमाबाबुलाई दर्रि्र आर्थिक हविगतमा पुर्‍याएर विदेशमा पढ्न जानसकेका होलान् † बिचरा आमाबाबुहरू आफ्नो भएभरको सम्पत्ति खर्चिई धेरै आशा राखेर छोराछोरीलाई विदेशमा पठाउ“छन्, ठूलो मान्छे हुन्छ भनेर सोच्छन् र पैसा कमाएर पठाउ“छ भन्ने आशा गर्छन्, तर कतिपय युवाहरू अमेरिका, अस्टे्रलिया र युरोपको आधुनिक जीवनशैलीमा हराउ“छन् । न उनीहरू त्यहा“ सफल हुनसक्छन्, नत नेपालमै फर्किन्छन्, बाबुआमाको सपना त कहा“ हो कहा“ †  -शाक्यको प्रकाशोन्मुख पुस्तक ँखोज’को सम्पादित अंश ।)प्रकाशित मिति: २०६५ आश्विन १० ०७:५७
कर्ण्र्ाााक्य

Wednesday, September 19, 2012

५४ लाख लगानीमै केबलकार

by Guna Raj Dhakal on Sunday, September 16, 2012 at 5:39pm ·
नेपालीले बनाएका केबलकारको लागत विदेशीभन्दा सस्तो
५४ लाख लगानीमै केबलकार
 भदौ २७, काठमाडौं/तनहुँ । नेपालीले बनाएका केबलकार (डब्बा र रज्जुमार्ग) विदेशीभन्दा सस्तो र भरपर्दा हुन थालेको छ । केबलकार निर्माणका लागि नेपाली आफै अग्रसर भएर जुटेपछि अर्बौंको लागत लाग्दैन भत्रे पुष्टि भएको ग्रेट नेपाल नामक संस्थाले बताएको छ । तनहुँको कोत्रेमा सो संस्थाले सन् २००६ देखि नै यस्तो केबलकार सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष गुणराज ढकालले अभियानलाई जानकारी दिए । नेपालकै पहिलो यान्त्रिक पुल भनेर चिनिएको यस्तो प्रविधिलाई ‘मोनोकेबलकार’ भनिन्छ ।

कोत्रेको सफलताबाट नै यस्ता केबलकार निर्माणलाई देशैभर विस्तार गर्न लागिएको उनले जानकारी दिए । यस्तो केबलकारका लागि आवश्यक गेयरबक्स र मोटर विदेशबाट ल्याउने र बाँकी सबै काम नेपालीले नै गर्दा निर्माण लागत सस्तो परेको उनको दाबी छ । ग्रेटले पहिलोपटक बनाएको सो केबलकारको लागत जम्मा रू. ५४ लाख रहेको पनि उनले जानकारी दिए । ६ वर्षअघि नै निर्माण भएको सो केबलकारको इलेक्ट्रो मेकानिकमा रू. ३२ लाख र भौतिक पूर्वाधारमा रू. २२ लाख खर्च भएको सो कम्पनीको भनाइ छ । यसको लम्बाइ ५ सय मिटर रहेको छ । त्यहाँ सञ्चालन भइरहेको केबलकारमध्ये एउटाबाट जाने र एउटाबाट आउने गरिएको छ । ती केबलकारको क्षमता भने ६/६ जनाको रहेको बताइएको छ । केबलकारले ५ मिनेटमा निर्धारित दूरी पार गर्ने ढकालले बताए । उनका अनुसार संस्थाको अगुवाइमा पर्वत, सिन्धुली र तनहुँकै देवघाटमा पनि यस्तो केबलकार सञ्चालन गर्न लागिएको छ ।

सिन्धुलीको धनसरी–बेलसोतमा ग्रीन टेक नेपालले र पर्वतको कुश्मादेखि बलेवा विमानस्थलको खण्डमा रोपवे केबलकारले लगानी गरेको छ । यस्तै तनहुँको देवघाटमा स्थानीय बासिन्दा, उद्योग वाणिज्य सङ्घ तथा गैरआवासीय नेपालीको संयुक्त लगानी रहनेछ । पर्वतमा निर्माणको अन्तिम चरणमा रहेको केबलकार दशैंअगाडि नै सञ्चालनमा आउने बताइएको छ । सो केबलकार सञ्चालन हुने मार्गको दूरी ५ सय ५० मिटर रहेको छ र त्यसका लागि रू. ४ करोड लगानी भएको छ । यस्तै सिन्धुलीमा आगामी १ महीनाभित्रमा केबलकार सञ्चालन गर्ने गरी तयारी भएको छ । सो केबलकारले तय गर्ने दूरी ६ सय ४५ मिटर रहेको छ र यसका लागि रू. १ करोड लगानी भएको छ ।

यस्तै देवघाटको ३ सय मिटर दूरीका लागि रू. ३ करोड लगानी लाग्ने ढकालले बताए । सो केबलकार भने प्रारम्भिक डिजाइनिङको चरणमा नै रहेको छ । यस स्थानमा पनि निर्माण शुरू भएको ६ महीनाभित्रमा सञ्चालन गर्न सकिने ढकालको भनाइ छ । विदेशीमा पूर्ण निर्भर हुँदा केबलकार निर्माण लागत उच्च देखिएको उनको दाबी छ । सञ्चालनमा रहेको मनकामना केबलकार ‘सर्कुलर रिम’ हो । अध्यक्ष ढकालका अनुसार कम्पनीले निर्माण गरेको केबलकार पनि सोही प्रकृतिको हो ।

महँगो हुँदैमा राम्रो हुन्छ भत्रे धारणालाई परिवर्तन गर्दै नेपालीले नै काम गरेर पनि सस्तो लागतमा नै केबलकार सञ्चालन हुने उदाहरण दिन सफल भएको उनको भनाइ छ । ग्रेटले केबलकार निर्माणका लागि सहयोगी भूमिका मात्र निर्वाह गर्ने गरेको पनि उनको भनाइ छ । ढकालका अनुसार यस्तो केबलकार निर्माणका लागि रेसुङ्गा, बुटवलसहितका २० स्थान चयन भइसकेको छ ।

तनहुँको देवघाटमा निर्माण गर्न लागिएको केबलकारमा स्वीस कन्सल्ट्याण्टबाट प्राविधिक सहकार्य हुने भएको छ । केबलकारले चितवनको भरतपुर नगरपालिका र तनहुँको देवघाट जोड्नेछ । देवघाटमा केबलकारको निर्माणपछि सुविधायुक्त होटल, आरामगृह, योग केन्द्रलगायतका पूर्वाधार निर्माण गरी आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने योजना छ । तनहुँकै अर्का गन्तव्य मानुङमा पनि केबलकार सञ्चालनका लागि प्रारम्भिक काम शुरू गरिएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष देवकुमार श्रेष्ठले बताए ।

पर्यटन मन्त्रालयले सम्भाव्यता अध्ययन गरी सबै ठाउँमा केबलकार निर्माणको जिम्मा निजीक्षेत्रलाई नै दिने मन्त्रायलका पूर्वाधार विकास आयोजना प्रमुख प्रकाश रघुवंशीले बताए । उनका अनुसार मन्त्रालयले निजीक्षेत्रकै सहजताका लागि सम्भाव्यता अध्ययन गरिदिने भएकाले अध्ययन भएकै स्थानमा केबलकार बनाउनका लागि आवश्यक सहयोग पनि गर्ने छ ।

नेपालीले बनाएका केबलकारको लागत विदेशीभन्दा सस्तो

Sunday, May 20, 2012

खोला तर्नका लागि रोपवेःमेकानाइज्ड वृज (यान्त्रिक पुल)



                                                                                                                                                                                            -गुणराज ढकाल
प्राकृतिक सम्पदाको अथाह स्रोतले भरिएको हाम्रो देश आफैंमा विविधतापूर्ण छ । क्षेत्र—क्षेत्र बीच पाईने भौगोलिक विषमता आफैंमा चुनौती र सम्भावना बोकेर उभिएको छ । झन् विगतको दशक लामो सशस्त्र द्वन्द्व तथा त्यसको असरले सामाजिक संरचना त भत्काएको छ नै त्यसको साथै प्राविधिक विकासको संभावनालाई पनि पर हुत्याई दिएको छ । एकातिर देशको समग्र अवस्था नै  दारुण छ भने अर्को तिर देशका भोलिका देश विकासका खम्वाहरु  मानिने युवाहरुको अवस्था त झन् निराशाजनक छ । चुलिदै गएको चुनौति र हुर्किदै गएको निराशा बिच उनीहरुको टेक्ने ठाउँ आम युवाहरुको धारणामा त्यति सहज छैन । यी सबै निराशा र कुण्ठाहरु बिच थपिरहको अर्को डरलाग्दो चुनौति हो प्रतिभा पलायन (Brain drain) । दक्ष एवं अर्धदक्ष जनशक्ति समय र मौका मिल्नासाथ परदेशको बाटो ताकि हाल्दछन् र बाँकी जति पनि जनशक्ति छ , उनीहरु पनि उपयुक्त जागीर वा उनीहरुको आशा पुरा हुन नसकेको देखि मानसिक तनाब झेलिराखेका हुन्छन् । यत्रो युवा जन शक्ति जसलाई पूर्ण रुपमा सदुपयोग गर्न सकिन्थ्यो, यत्रो अल्मल्याहट किन ? समस्या समाधानको साँचो आखिर यहिनेरै उभिएको छ ।
त्यसैले युवाको विग्रदों मानसिक दशा एवं परनिर्भताको बाध्यात्मक अवस्थालाई मेटाउनको निम्ति युवाले आफ्नो भूमिका खेल्न ठाउँ पाउने कार्यहरुको सृजना हुनुपर्छ । त्यसैले स्थानीय स्तरका युवाहरुलाई स्थानीय स्रोत साधन र सीपको सदुपयोग हुनेगरी त्यहीको क्षेत्रमा मिल्न सक्ने हुने किसिमको कुनै पनि कार्यक्रमहरु लैजान सकियो भने युवाहरु परिचालित हुने अवसर पाउँछन् । कार्यक्रमको स्तर हेरेर स्थानीय युवाहरुलाई उनीहरुकै सीपको कदर हुने गरि उनीहरुलाई परिचालन गर्न सकियो भने उनीहरुमा क्षमता अभिबृद्धि हुने छ, यसबाट बेरोजगार युवाहरुको संख्यात्मक मात्रा घट्ने छ । साथै आफ्नो घर अगाडी रहेको गैरी खेत बेचेर अरबियन मुलुकका भूमिमा परदेशी भएर सस्तो तलबमा काम गर्नु पर्ने बाध्यता पनि निकै हदसम्म घट्ने छ । विकासको मुल प्रवाहबाट वञ्चित रहेका जनताहरुलाई प्रविधि सम्म पहुचँ र्पुयाई उनीहरुको जीवनयापनलाई सहज सरल बनाउनु अपरिहार्य छ । त्यसैले विकासको जग बलियो बनाउन राज्य रुपान्तरण प्रकृयालाई सकारात्मक मार्गमा लम्काउन र विपन्न र पिछडीएका जनताको घर दैलोमा दिगो विकासको चहकिलो बत्ति बाल्न पुर्वाधार प्रविधी अत्यन्त आवश्यक छ ।

यसै परिपेक्षमा ग्रामीण पूर्वाधार विकास समूह नेपाल ले ग्रामीण समुदायको आयस्तर वुद्धि गर्नको लागि दक्ष, अर्धदक्ष तथा अदक्ष युवाहरुको संयुक्त प्रयासमा सहकार्य गरेर कार्यान्वयन गर्न सकिने पूर्वाधार प्रविधीहरुको विकास गरेको छ । पूर्वाधार प्रविधिको रुपमा अधिकतम स्थानीय स्रोत साधनको प्रयोग गरेर स्वदेशी प्राविधिक जनशक्ति र अन्य युवा शक्तिको संयुक्त प्रयासमा लघुजलविद्युत तथा साना जलविद्युतबाट विद्युत उत्पादन गरेर दिवा समयमा खेर जाने विजुलीबाट यातायातको साधनको रुपमा स्थानीय रज्जुमार्ग, लगायत विभिन्न औद्योगिक क्रियाकलापहरु उपयुक्त ढंगले संचालन गर्नु आजको आवश्यकता हो । आजको युग प्रविधिकको युग हो, प्रविधिको विकास विना देश विकास सम्भव छैन । विदेशी उच्च प्रविधि आँफैमा अत्यन्त महँगा हुन्छन् । त्यसैले नेपालको दिगो विकासका लागि उपयुक्त प्रविधिहरुको खोज, अनुसन्धान तथा पहिचान गरि पूर्वाधार प्रविधिहरुको विकास लाई प्रमुख प्राथमिकता दिनु पर्छ । परम्परागत प्रविधिहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको स्थानीय मान्यतालाई कायमराख्दै अन्तराष्ट्रिय मापदन्डसम्म पु¥याउनु पर्दछ ।
Mechanized Bridge Across Seti River   


असीमित प्राकृतिक सम्पदाको धनी देश नेपालको ८३ प्रतिशत भू–भाग पहाडै पहाडले ढाकेको छ । तिनै पहाडहरुको खोचमा अवस्थित करीव ६,००० को संख्यामा रहेका नदीनालाको उपस्थिति का कारण आज हाम्रो देश विश्वसामु तुलनात्मक रुपमा जलसम्पदाको धनी देशको रुपमा चिनिएको छ । तर तिनै नदीनालाको उपस्थिति दुर्गम पहाडी भेगमा बसोबास गर्ने किसानहरुका लागि चाहि अभिशाप बन्न पुगेको छ । किनभने नदीको अर्को किनारमा रहेको बजार क्षेत्र वा सडकसम्म पुग्न केवल पाँच मिनेट लाग्ने बाटोलाई पनि तिनै खोलानालाको कारण वैकल्पिक बाटोको रुपमा २–३ घण्टाभन्दा बढी हिंड्नुपर्ने बाध्यता रहेको छ । साथै शिक्षा, स्वास्थ्य, रोजगार समेतबाट बन्चित बन्नुपर्दा उनीहरुको जीवन कष्टमय बन्दै गएको छ ।

स्थानीय स्तरमा उत्पादित विद्युत शक्तिबाट संचालन भई दुर्गम पहाडी भेगका किसानहरुलाई व्यापारीहरु सँग सम्पर्कमा आउन, उनीहरुका कृषिउत्पादन वेचविखनलाई प्राथमिकता दिन, उनीहरु नदी पारीको गाँउ÷बजारमा भएका शिक्षा, स्वास्थ्य, रोजगारबाट वन्चित नहोउन् भन्ने उद्देश्यका साथ दिवा समयमा, खेर गैरहेको विद्युत शक्तिको प्रयोगबाट संचालन हुने परम्परागत तुईन घिर्लीङलाई मेकानाईज्ड गरी नेपालमा विद्युत शक्तिबाट संचालन हुने खोला तर्ने नयाँ प्रविधिको रुपमा मेकानाईज्ड वृज (Mechanized Bridge)  अर्थात् यान्त्रिक पुलको  विकास गरिएको हो। उक्त यान्त्रिक पुल विश्व बैंकको सहयोगार्थ नेपाल विकास बजार मञ्चले द्वन्द्व प्रभावित क्षेत्रहरुको गरिवी निवारणको लागि उपयुक्त प्रस्ताव “लौन अब त केहि गरौ” नाराका साथै आयोजना गरेको देशव्यापी प्रतियोगितामा उत्कृष्ट ठहरिएको परियोजना हो । हाल यो तनहँुको दुलेगौडा गाविसस्थित कोत्रेबाट कास्की जील्लाको भरत पोखरी गाविसको पूँडीटारमा सेती नदी माथि ५२० मिटरको लम्वाइ र २५ मीटरको उचाइ भिन्नतामा निर्माण सफलता पुर्वक सम्पन्न भइ विगत २ वर्ष देखि सञ्चालित भैरहहेको छ  भने गरिवी निवारण कोष तथा स्थानीय पहलमा सिन्धुली जिल्लाको टाँडी गा. वि. स. अन्र्तगत धनसरी र उदयपुर जिल्लाको त्रिवेणी गा. वि. स. अन्र्तगत वेलसोत विच कमला नदी माथी ६३५ मी लामो यान्त्रिक पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । दुवै आयोजनाहरु ग्रामीण पूर्वाधार विकास समूह नेपाल (ग्रीड नेपाल), र एकिकृत प्रविधि विकास  नेपाल ललितपुरको नेतृत्व, पहल, डिजाइन, उत्पादनमा जडित छन ।
Mechanized Bridge (Zig Back type)

Bicable Bidirection type single span passenger ropeway

उद्देश्य

यस प्रविधि विकासका उद्देश्यहरु निम्न अनुसार छन् ः–

    स्थानीय स्तरमा उपलब्ध स्रोत साधन र जनशक्तिको अधिकतम प्रयोग गरी स्थानीय स्तरमा उत्पादित विद्युत शक्तिको प्रयोगबाट दुर्गम पहाडी भेगका बासिन्दाहरुलाई बजार क्षेत्रमा सम्पर्क   गराई शिक्षा, स्वाथ्य, रोजगारका अवसरहरुको श्रृजना गर्ने ।
    स्थानीय उद्दमीहरुलाई औद्योगिक कृयाकलापमा सक्रिय हुन हौसला प्रदान गर्ने ।
    नेपालमा रोपवे प्रविधिको व्यापक विकास र विस्तार गर्ने ।
    नेपाली परम्पपरागत तुईन घिर्लीङ्ग प्रविधिलाई विकसित गराई स्थानीय मर्म तथा अन्तर्राष्ट्रिय मापदण्डलाई मध्यनजर राख्दै रोपवे तथा केवल कारसंग परिचीत गराउने ।
    दुर्गम क्षेत्रमा उत्पादन हुने कृषिजन्य उत्पादनहरु समयमा नै बजार क्षेत्र पु¥याई बिक्री वितरण गरी ग्रामीण जनजिवनको जिवनस्तर अभिवृद्धि गर्न सघाउ पु¥याउने ।
    नेपाली प्रविधिकहरुको मनोबल बढाई देशमा वढ्दै गैरहेको प्रतिभापलायनलाई निरुत्साहित गर्ने ।

मेकानाइज्ड बृजले कसरी काम गर्छ त ?

मेकानाइज्ड वृज दोहोरो लठ्ठा दोहोरो दिशामा आधारित (Bi-Cable Bi-Directional) रोप वे हो । स्थानीय स्तरमा उत्पादित विद्युत्शक्ति नै यसको प्रमुख इन्धन हो । साथैे डिजेलबाट चल्ने जेनेरेटर वैकल्पिक इन्धनको रुपमा व्यवस्था गरिएको हुन्छ । विद्युत्शक्ति र डिजेल दुबै उपलब्ध नभएको अवस्थामा तेस्रो विकल्पको रुपमा मानवशक्तिकै आधारमा सञ्चालन गरेर खोला पारी तर्न सकिन्छ । नियन्त्रण इकाइ (Control Panel) बाट स्विच दवाए पछि २५ अश्व शक्तिको (Horse Power, HP) मोर्टारले फित्ता (Belt) को सहायताले गियर बक्स घुमाउन थाल्छ र गियर वक्समा फलामको चक्का (Sheave) लाई तेर्सो पारि गाँसिएको हुन्छ ।  यसले गर्दा लठ्ठा घुम्दा बाँया किनाराको ट्रली दायाँ किनारा आइपुग्छ र दायाँ किनाराको ट्रली स्वतः बायाँ किनारा आइपुग्छ । अपरेटरले आवश्यकता अनुसार गति बढाउन तथा घटाउनका लागि क्लच सिस्टम (Clutch system) र ब्रेक सिस्टम (Break System) को पनि व्यवस्था गरिएको हुन्छ । यात्री बस्ने कोक्रो (Trolley) रोक्नको लागी प्लेटफर्म र ड्रााइभ सचेतक (Sensor) को ब्यवस्था गरिइकाृ हुन्छ भने सामान्य अवस्थामा अप्रेटरले सिवधको सहायताले रोक्न सक्छ ।  ड्राइभ टर्मिनल (Drive terminal) बाट अपरेटरले विद्युतीय मोटर चलाइदिएपछि लठ्ठा (तार) घुम्न थाल्छ जसमा ५०० के.जी. तौल सम्म पुर्ण सुरक्षित तरिकाले धान्ने गरि दुई वटा ट्रली जोडिएको हुन्छ । ट्रलीको माथिल्लो भाग लचकदार जोर्नी (Universal Joint or Ball and  Socket Joint) को  सहायताले भि ट्रयाक लठ्ठामा ८ ओटा पुल्लीसँग जडान गरिएको हुन्छ । अप्रेटर तथा सर्वसाधारण यात्रुहरुलाई बुझ्न सजिलो होस भनेर प्यानल वोर्डमा रातो, हरियो तथा पहेलो रङ्गका स्विचहरुको समेत ब्यवस्था गरिएको हुन्छ , विश्वब्यापी यातायात सुचकहरुका साथमा भोल्टमिटर, एमिटर, तको आपतकालिन स्विच तथा शुरु गर्ने स्विच समेतको ब्यवस्था गरिएको हुन्छ ।  मेकानाइज्ड बृज सञ्चालन गर्नको लागी अप्रेटरलाई सामान्य प्राविधिक तालिम दिए पछि सञ्चालन तथा सामान्य मर्मतको लागि समेत सक्षम हुन्छन ।

परम्परागत साधन तुइन÷घिलीङ्ग, प्रयोग गर्दै वारीपारी गर्नुपर्ने वाध्यताबाट मुक्ती दिने यो साधन भिराला पहाडहरुमा प्रयोग गर्न सकिन्छ । यो प्रविधि स्थानीय स्तरमा उत्पादित लघु जलविद्युत शक्तिबाट समेत संचालन हुन्छ जहाँ दिवा समयमा विद्युत शक्ति खपत गर्न नसकेर खेर गैरहेको हुन्छ । नेपाली प्राविधिकहरुद्धारा देश भित्रै उपलब्ध स्रोत साधनको अधिकतम उपभोग गरी स्थानीय जनशक्तिलाई सीप हस्तान्तरण गरी स्थानीय जनताकै सक्रिय सहभागितामा सञ्चालित हुने यो प्रविधि अत्यन्त व्यवहारिक र मौलिक छ ।

परम्परागत रुपमा प्रयोग गरिदैं आएका तुइन, घिर्लिङ र परम्परागत पुलहरु ३५० मीटरभन्दा बढी लम्बाइमा बनाउनु प्राविधिक तथा आर्थिक दृष्टिकोणले अनुपयुक्त देखिन्छन् । तर यो मेकानाईन्ड बृज १,५०० मीटरसम्मको लम्बाइमा पनि बनाउन सकिने भएकोले धेरै उपयोगी हुने देखिन्छ ।


टिकाउपन

मागका आधारमा संचालित कार्यक्रम भएकोले समुदायमा आफ्नोपनाको भावना जाग्रीत गराई योजना बनाउने कार्य देखि नै समुदायको सहभागिता हुने हुंदा उनीहरु त्यसको उचित व्यवस्थापन गर्न सक्षम हुने विश्वास लिइएको छ । उनीहरुलाई सामान्य तालिम प्रदान गरे पछि मर्मत तथा संभारको लागि पनि सक्षम हुनेछन् ।

मेकानाइज्ड वृजको प्रयोग गरी नदी वारपार गरे वापत यात्रुले समुदायले निर्धारण गरेको शुल्क तिर्ने हुँदा उक्त रकमले मर्मत संभार गर्न तथा आवश्यक पर्ने पाटपुर्जा, मेसिन फेर्न समेत समुदाय सक्षम हुने देखिन्छ । त्यसबाट पनि बचत भएको पैसा उनीहरुले आलोपालो गरी आय आर्जनका कृयाकलापहरु जस्तै तरकारी खेती, बाख्रापालन, कुुखुरापालन, अदुवा खेती, भैंसीपालन, इत्यादिका लागि सस्तो ब्याजमा ऋण प्रवाह गरी गरीब किसानहरुको जीवनस्तर समेत अभिवृद्धि गर्न सक्छन् ।

ग्रामीण जनजीवनको जीवनस्तर अभिवृद्धि गर्ने अभिप्रायले निर्माण गरिने यस मेकानाइज्ड वृजका कारण ग्रामीण जनताहरु, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि उत्पादन समयमै बजारमा पु¥याई बेचविखन इत्यादि कुरामा सघाउ पुग्ने भएकाले दीर्घकालसम्म दिगो रुपमा संचालन गर्न समुदाय स्वयं सक्रिय हुनेछ ।

उपभोक्ता स्वयं लगानीकर्ता भएकोले परियोजनाको प्रत्येक चरणमा उनीहरुको सहभागिता हुन्छ । परियोजनाबाट प्राप्त प्रतिफलमा उनीहरुकै हक हुन्छ । त्यसैले उनीहरु परियोजना सञ्चालनमा हरबखत लागि पर्दछन् ।

नेपाली प्राविधिकहरुकै सक्रिय पहलमा उनीहरुकै डिजाइनबमोजिम बनेको प्रविधि भएकोले प्राविधिक समस्या आइहालेमा तुरुन्तै सम्पर्क गरी मर्मत तथा सम्भार गर्न सकिने, यी प्रविधिहरूको पार्टपुर्जाहरु नेपालभित्रै नेपाली प्राविधिकले निर्माण गरेको हुनाले स्थानीय कारखानाहरुमै सम्पूर्ण पार्टपुर्जा उपलब्ध हुने यी प्रविधिहरू नेपालको आफ्नै मौलिक उत्पादन हुन्

अनुकरणीयता

नेपाल जस्तो पहाडी जटिल धरातल भएको क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्नका लागि तुइन, घिर्लिङ आदिको सट्टा मेकानाइज्ड बृजको अत्याधिक संभावना देखिन्छ । मेकानाइज्ड ब्रिजको सफलतासँगै स्थानीय रोपवेको स्थापना हुने भएकोले गाउँ तथा बेसीसम्म जानका लागि पनि स्थानीय रोपवेहरु प्रयोग हुनेछन् जसले गर्दा मेकानाइज्ड बृजले नेपालमा रोपवे स्थापना तथा संचालन गर्न कोषे ढुङ्गाका रुपमा महत्वपूर्ण भूमिका खेल्नेछ ।


निष्कर्ष

निष्कर्षमा भन्नुपर्दा युवा अवस्था जोश जाँगरले भरिएको हुन्छ त्यही जोश जाँगर, सृजनशिलता र कार्य कौशलता प्रदान गर्दै दक्ष,अर्धदक्ष र अदक्ष जनशक्तिको ज्ञान, सीप र अनुभव आदनप्रदान गर्दै समुहगत रुपमा सहर्काय गर्दै राष्ट्र निर्माणमा सहभागी गराउन सके नयाँ नेपाल निर्माण त के समृद्धशालि देशहरुको अग्रपंक्तिमा उभ्याउन पनि सकिन्छ । योजनाको पहिचानका लागि सकेसम्म नेपालको भूगोल भित्र स्थानीय स्तरमा उपलव्ध स्रोतसाधन प्रविधि र जनशक्तिको व्यापक परिचालन हुनसक्ने कार्यक्रमलाई वढि महत्व दिनु पर्छ । देशको कुना काप्चामा छरिएर रहेका आन्तरिक स्रोत साधन प्रविधि र जनशक्तिको परिचालन नगरि पूर्णरुपमा वैदेशिक सहयोगको आशा र भरोसा गर्दा देश विकासको नाममा जतिसुकै ठूलो रकम भित्रिए पनि जति नै ठूलो प्रविधि भित्रिए पनि यसको उचित व्यवस्थापन, विनियोजन र आर्थिक अनुशासनको अभावले गर्दा ग्रामीण विकास ओझेलमा पर्न जान्छ अनि विकास प्रक्रिया केवल कागजी प्रतिवेदनमा मात्र सिमित रहन्छ । स्थानीय युवाहरुलाई उद्धमशीलता सम्वन्धी चेतनाको विकास गर्नु पर्छ । युवाहरुलाई ग्रामीण विकासमा व्यापक सहभागी गराउनका लागि लादिएका विकासका क्षणिक नारा र आश्वासन अनि कागजी प्रतिवेदनमा मात्र सिमित राख्न हुदैन उनीहरलाई त योजनाको प्रारम्भीक चरण देखि प्रत्यक्ष सहभागी गराई निति नीर्माण देखि योजनाको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन, आदिमा स्थानीय स्तरमा उपलव्ध स्रोत, साधन, प्रविधि र जनशक्तिको अधिकतम परिचालनको रणनिति अनुरुप विकास प्रक्रिया प्रति युवाहरुलाई उत्तरदायी र जिम्मेवार वनाउनु आजको आवश्यकता हो ।


लेखक, ग्रामीण पूर्वाधार विकास समूह नेपाल (ग्रिड नेपाल), ललितपुरका अध्यक्ष हुनुहुन्छ ।
    फोन ः ५५४६८५९, ५०११२१३÷ फ्याक्स ः ५०११२१३
इमेलः info@gridnepal.org.np, grdhakal@yahoo.com
वेभ साइटः www.gridnepal.org, www.ropewaycablecar.com, www.greatnepal.com

Mechanized Bridge managed by Local Community

यात्रा हिमाली क्षेत्रको



                                                                                                                 गुणराज ढकाल विलास
विश्वको सर्वोच्च शिखर सगरमाथाको नजिकैबाट अवलोकन गर्न पाउने उत्कृष्ट अभिलाषा र नाम्चे वजारको यात्रामा सहभागी हुन पाउने आशामा आफूलाई गौरवान्वित महसुस गर्दै २०५८ साल मंसिर ८ गते एका बिहानै म काठमाडौं विमानस्थलतर्फ प्रस्थान गरें । लगेज चेक जाँच गराईसके पछि मेरो साथी हरि वहादुर थापाले आज माओवादीले दाङ आक्रमण गरेर शान्ति वार्ता भंग गरेको रहेछ भन्दै पत्रिका मेरो हातमा राखेर ल अव समाचार पढ्दै जानु भनि म बाट विदा भई यात्राको शुभ कामना दिदै कोठा तिर फर्किए ।  सांग्रिला एअरको लुक्ला उडानका लागि ८.४५ मा मात्र जहाज उड्ने थाहा पाए पछि एक घण्टाको समयलाई मैले पत्रिका पढ्नैमा खर्चिने योजनाका साथ म दाङ आक्रमण लगायत पत्रिकाका सवै पानाहरु एकाग्र ध्यान लगाएर पढ्न थाले । ठिक ८.३० भए पछि अव १५ मिनेट अगाडि नै जानु पयो भनि departure तिर गएर boarding pass देखाउदा त जहाज १५ मिनेट अगाडी नै उडिसकेको जानकारी पाईयो । मैले boarding pass र सांग्रिला एअरको counter अगाडि लेखेको समय तालिका तिर इंकित गर्दै ८.४५बm लेखेको जहाज ८.१५मा नै किन उडेको भनि प्रश्न गर्दा यात्रु भरियो र जहाज उड्यो भन्ने जवाफ आधिकारिक व्यक्तिबाट पाईयो । मेरा सम्पूर्ण लगेजहरु लुक्ला पुगिसक्यो । लुक्लामा दावा जी मेरो प्रतिक्षामा हुनुहुन्छ भने म काठमाण्डौ नै छु । म रिसले चुरमुराउदै यो लोकल बस हो र यात्रु भरिएपछि हिडिहाल्ने ? निश्चित समयमा हिड्न पर्दैन भनि हल्लाखल्ला गरेपछि व्यवस्थापन पक्षले कार्गोको सामान लैजाने गरी मलाई त्यसैमा लैजाने निर्णय गयो । करिब ४५ मिनेटको यात्रा पछि म लुक्ला विमानस्थलमा उत्रिए । मलाई मेरो लगेज कता छ को संग माग्ने केहि अत्तोपत्तो थिएन, त्यस बिरानो ठाऊमा । म अल्मलिदै गर्दा एक जना अपरिचित व्यक्तिले ढकाल सरभनेको तपाई हो ? भनेर सोध्यो र प्रत्युत्तरमा मैले म गुणराज ढकालभने पछि सर नमस्कार म दावा वाङचुङ शेर्पा, तपाईलाई अन्जान बाटोले दुःख देला भनेर लिन आएको भन्नु भयो । मलाई अत्यन्तै खुशी लाग्यो । मेरो लगेजको व्याग निकाल्ने काम दावा दाजुले नै गर्नु भयो । लुक्ला बजारमा स्थानिय साग मिसाएको असाध्यै मिठो रारा चाउचाउ खाईयो एक प्लेटको रु. ५० तिरेर । यो मेरो हिमाली क्षेत्रको चौथो यात्रा हो । जहाँ म हिउँ खेल्ने आशा लिएर माात्र नभै विश्वको सर्वोच्च शिखर सगरमाथालाई नजिकैबाट दृश्यावलोकन गर्ने, डाँफे , मुनालको नृत्य हेर्ने तथा प्रकृतिका अनेकन सुन्दर दृश्यहरुसँग मितेरी गाँस्ने उत्कृष्ट अभिलाषा बोकेर आएको छु । भलै म देश विकासको उत्कट अभिलाषा बोकेर माइक्रो हाइड्रोपावरको सम्भाव्यता अध्ययन गर्नको लागि मात्र खटिएको किन नहोस । विभिन्न प्राकृतिक मनोरम दृश्यहरुका साथ लुक्लाबाट करिब २ घण्टा हिडे पछि फाक्दिङ्घ पुगियो । होटेल सनराइज पुगेपछि दावा वाङ्घचुङ्घ दाईले मेरो होटेल यहि हो सरू भन्दै आपनो होटलमा लैजानु भयो । मेरो झोला एउटा कोठामा राखिदिएर मलाई चाँदीको लकेट दिनु भयो । केहि बेरको आराम पछि हामीले खाजा खाएर झोम्पोटे खोला तिर गयौ । प्रारम्भिक तथ्यहरू संकलन गर्ने काम र खोलाको पानी नाप्ने काम गरेपछि बीस मिटरको अन्तरमा पेग गाड्ने काम पनि सोही दिन मै सकियो । अर्को दिन विहानै देखि survey गरेको त साँझ सम्म काम सकि हाल्यो ।  अव अर्को दिन  मेरो अर्को गन्तव्य नाम्चे वजार जाने पक्का भयो, मात्र दृश्यावलोकनका लागि । ग्याल्जिङ्घ दाइ पनि फोनको शिलशिलामा नाम्चे जाने काम रहेछ । भोलि पल्ट विहान ६.४५ मा फलामको लौरो टेकेर शुरु भयो हाम्रो नाम्चेको यात्रा  । कोङगे हिमालको सुन्दरता संग लुकामारी खेल्दै सुनकोशीको छङ्गछङ्ग आवाजसँग हाम्रा लठ्ठीहरुको लय मिलाउदै ग्यालजिङ्ग दाइसँग मिठा मिठा गफ गर्दै जाँदा कोन्जोको ठामसेर्कु हिमालको रमणिय दृश्यावलोकन गर्न पाइयो । त्यो सुन्दर दृश्यलाई क्यामेरामा कैद गरी कोन्जोको मिठो चिया पिइरहदा मेरो मनमा अनेकन पर्यटकीय विकासका सम्भावना र त्यसका चुनौतीहरुको ज्वारभाटा उर्लिएर आयो ग्यालजिङ्ग दाइको पर्यटकीय वर्णन सुनेर । ग्यालजिङ्ग दाइले विशेषत जलविद्युतको विकास गर्न सकियो भने यहाँको विकासको ढोका खुल्ने कुरामा जोड दिदै मसँग  यसका सम्भावनाका बारेमा जिज्ञासा राखीरहनु भएको थियो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा आईपुग्दा रेडियो नेपालबाट ९ बजेको समाचारमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा माओबादीले आक्रमण गरि प्रमुख जिल्ला अधिकारी सहित कैयौ प्रहरी जवान तथा स्थानिय सर्वसाधारणहरु हताहत भएको खबर सुन्दा हामी स्तब्ध भयौ । देश विकासको मीठो परिकल्पनाका साथ प्रकृतिको मनोरम दृश्य ठामसेर्कु हिमालको हाँसोमा पनि परिवर्तन देखा प¥यो । वरिपरि मडारिएको कालो बादल झोक्किदै चम्किला दाँतहरुमा ठोक्किदा निकै कुरुपताको आभास भैरहेको थियो । हाम्रा पाइलाहरुको गतिमा समेत प्रभाव प¥यो । हामी विचमा रहेको स्तब्धतालाई भंग गर्दै ग्यालजिङ्ग दाइले अव गेट काटे पछि  जोर सल्ले शुरु हुन्छ भन्नु हुदा मन भित्र मडारिएका भावनात्मक संवेदनामा केहि राहत मिल्न पुगेकोले मैले जोर सल्लेका वारेमा जिज्ञासा राखें । मेरो जिज्ञासाको जवाफमा ग्यालजिङ्घ दाइले सुनकोशी पारी पट्टि जोल्टिएर रहेका एक जोर सल्लाका रुख देखाउदै त्यसैवाट जोर सल्ले नामाकरण भएको रहस्योद्घाटन खुलाउनु भयो । समुद्री सतह देखि २८०५ मी. को उचाईमा अवस्थित बुद्ध लज एण्ड शेर्पा रेष्टुरेन्टमा २ वटा कोक किन्यौ, उकालो चढ्दाको लागि खुराकको रुपमा । मुटु भित्र देशको अवश्था प्रति मडारिएका भावनाहरु तथा कठिन उकालोले गर्दा मेरा पाईलाहरु बिस्तारै कछुवाको चालमा मात्र चलिरहेका थिए ।

भोटेकोशी र दूधकोशीको दोभान अर्थात लार्जा दोभानको पुलको छेउमा ग्यालजिङ्ग दाइले कुरिराख्नु भएको रहेछ । केहि वेरको आराम पछि एक दुई स्न्याप फोटो खिचेर हामीले हाम्रो यात्रालाई निरन्तरता दिनतिर लाग्यौं । निकै ठूलो खोंचबाट आएको भोटेकोशी र दूधकोशीको संगम अत्यन्त मनमोहक लाग्दथ्यो । पाखाको वरिपरि दियाले सल्लो र ढिङ्गे सल्लाका रुखहरुले हावाको झोक्कामा पातहरु हल्लाउदै स्वागत गरिरहेका थिए । निकै बेरको उकालो पार गरेपछि एउटा भञ्ज्याङ्ग जस्तो ठाऊँ तोपडांडामा आएपछि हामी केहि वेर आराम गर्दै सुन्दर जँगलको धेरै तल खोंचमा वहेको दूधकोशी र सुनकोशीको संगमस्थल लगायत त्यहांको अत्यन्तै मनमोहक जटिल धरातल देख्दा मेरो मनले यति कठिन उकालो  जँगलको ठाऊँमा सररर केवलकार चढेर यात्रा गर्न पाएको भए यात्रा त्यती कठिन हुदैनथ्यो । मैले ग्यालजिङ्ग दाइसंग नाम्चेबजार जानको लागि दैनिक कति जना पर्यटकहरूले आवतजावत गर्छन् भनेर सोधे । मेरो प्रश्न नसकिदै ग्यालजिङ्ग दाइले दैनिक सालाखाला ५००७०० जनाले आवत जावत गर्ने कुराको जानकारी दिनुभयो । सफा मौसम भएको दिनमा काठमाडौंबाट लुक्ला विमानस्थलमा दैनिक पचास वटा सम्म उडान भर्ने जानकारी दिनुभयो । धेरै जसो समय मौसम खराब भएर जहाज उडान नहुँदा विदेशी पर्यटकहरूले पाएको दुःखको बारेमा पनि सुनाउनुभयो । मैले मोटरबाटोको विकल्पका कुरा गर्दा पचासौं वर्षमा पनि त्यस्तो सपना पूरा हुन सक्दैन भनेर हसाउनुभयो । अनि मैले नुनथलादेखि फाक्दिङ्गसम्म केवलकार राख्ने जिज्ञासा राख्दा उहाँले आकाशे दुरी ८÷१० किलोमिटर मात्र हुन्छ भन्दै कति खर्च लाग्छ भनि सोध्नुभयो । मैले मेरो जानकारीमा भएसम्म दुई वटा केवलकार बनाउनु परे अत्यधिक लागत दुई अर्ब भन्दा बढी नलाग्ला भन्दा उहाँले त्यो त नाम्चेको दुई जना मान्छे मिलेमा जम्मा गर्न सकिन्छ भन्दै फेरि हसाउनु भयो । एकदिनमा थप १५ सय पर्यटक आवतजावत गराउन सके वर्षेनी थप ४ लाख पर्यटकले यात्रा गर्न सक्थे नि सर । जसबाट हामीले वर्षेनी ५० करोड रुपैयाँ कमाउन सकिन्छ भने ४ वर्षमै हामीले त्यसको लगानी उठाउन सकिने हिसाव किताव निकाल्दे दङ्ग पर्नुभयो । मैले उहाँको व्यवसायिक दुरदर्शिताको प्रशंसा गरे । उहाँ मख्ख पर्दै दुरदर्शिता नुहने भने त म पहिला विदेशीको भारी बोक्ने भरिया आज होटलको मालिक बन्ने कल्पना गर्दिनथे होला नि त ढकाल सर भन्दै आफ्ना विगतका भारी बोक्दाका दिनहरूको स्मरण गराउँदै प्रायः धेरैजसो होटलवालाहरू दुःख गरेरै मालिक भएको यथार्थता सुनाउनुभयो । वास्तवमा ग्याल्जिङ्ग दाइले भनेजस्तै नेपालमा केवलकार बनाउने सम्भावना बोकेका पहाडी जिल्लाहरू धेरै छन् । जुन ठाउँले नयाँ नेपालको वास्तविक रेखा कोर्न सक्थे । तर देशको परिस्थिति अनि लगानीजन्य वातावरण नभई दिदा श्रृजनशील यूवाहरुले आपm्नो देशमा काम गर्ने वातावरण र उज्जवल भविष्यको सुनिश्चितता नदेखि वेरोजगारीको पीडा सहन नसकि जन्मभूमीको माया मारी केहि समयलाई भए पनि प्रतिभावान यूवाहरु विदेश पलायन भएको दृश्य सम्झदा यहि अवश्थामा कसरी देश विकासको उज्जवल भविष्यको रेखा कोर्न सकिन्छ र, भन्ने चिन्ता लाग्न थाल्यो । यस्तै परिस्थितीका कारण देशले लगानीजन्य वातावरण तयार गर्न नसक्दा जलसम्पदाको क्षेत्रमा विश्वमा धनि राष्ट्र भएर पनि अधिकांश जनताहरु विजुलीको सुविधाबाट पूर्णरुपमा वञ्चित भई अन्धकारमा जीवन गुजारी रहन वाध्य छन्, भने विजुलीको सुविधा पुगेको केहि आंशिक ठाऊँमा पनि अप्रयाप्तताका कारण लोडसेडिङ्घको मारमा पिल्सिन पुगेका छन्, जसका कारण देशमा भएका उद्योग, कलकारखानाहरु पनि सुचारु रुपले संचालन हुन पाएका छैनन् । कृषि प्रधान देशका कृषकका छोरा छोरीहरुले वर्षेनी हाड छाला घोट्दा वर्षेनी लगाएको कृषि वालीले ३ महिना भन्दा खान नपुग्ने परिस्थिती  श्रृजना भएपछि घर अगाडीको गैरीखेत वन्दकीमा राखेर साहूको चर्को व्याजमा रकम काढेर खाडी मुलुकमा श्रमका लागि पलायन हुनु परेको  केवल परिवारको छाक टार्नका लागि मात्र हो । एकातिर विश्व वजारमा वर्षेनी कृषि जन्य पदार्थको मूल्यवृद्धीले आकाश चुम्ने परिस्थिती आएको छ । बरु ईलेक्ट्रोनिक्स सामानहरुको मूल्य दिनदीनै घटि राखेको छ , तथापी हामीहरुले कृषिजन्य व्यवसायलाई वैज्ञानिका ढंगले व्यवस्थित उद्योगको स्थापना गर्न छोडेर गैरी खेत, गरा, वारी, कान्लाभिर र बाझोपाखा छोडेर शहर पस्नुमा गर्व गर्छौ भने मौका पाउना साथ विदेश भासिनुमा आफूलाई भाग्यमानी ठान्दछौ आखिर किन ? कहाँ नेर छ यि सवै समस्याको समाधान उघार्ने साँचो । कस्ले ताल्चा लगायो त यति रमणीय सुन्दर प्रकृतिले सिगारिएको देशमा ? किन आज लडाईको चक्रव्यूहमा रुमलिएको छ यो देश ? जिल्लामा प्रशासकीय अधिकृतको हत्या हुनु सदरमुकाममा रातभरि गोलि चलि सर्वसाधारण लगायत कैयौको हाताहात हुनु आज सामान्य कुरा भैसकेको छ । सेना,पुलिस,कर्मचारी माओवादी जो मरे पनि आखिरी हुन त ति सवै जनताका छोराछोरी । वास्तवमा आजको २१औं शताब्दीमा उहि पूरानैशैलीवाट २४० वर्षे शाह वंशिय राजाहरुकै निरन्तरता हुनु र सन्तान दरसन्तान सम्म उनिहरुले शासन गर्ने अधिकार सुनिश्चित भैदिनुले उनिहरु जनता प्रति उत्तरदायी बन्न नसकेका हुन र विचका चाकडीवाजहरुले त्यही शक्तिको प्रयोग गरी व्यक्तिगत लाभका लागि काम गर्ने परिपाटीले गर्दा पनि देशका लागि सोच्ने फूर्सद भएन होला भन्ने अनुमान गरे मैले । मुन्टो फर्काएर ग्यालजिङ्घ दाइतिर हेर्दा त झोलामा अडेस लगाएर निदाईरहनु भएको  रहेछ । दाजु भनेर मैले चर्को स्वरमा चिच्याएको त हँु गर्दै व्युझनु भयो र ए तपाई ब्यूझी सक्नु भयो रे मलाई त । म त निदाएकै छैन भनेको त तपाई खै हिमाल हेर्दै टोलाउन थाल्नु भयो म पनि यसो पल्टेको त निदाईहालेछु । खासै मेरो दिउँसो सुत्ने बानी पनि छैन भन्दै हुनुहुन्थ्यो । त्यसै बेलामा उत्तरतिर एउटा चम्किलो तारा जस्तो टिलिक्क टल्कियो मेरो जिज्ञासा मेटाउदै ग्यालजिङ्घ दाइले हो भाइ...,त्यही हो सगरमाथा भन्नुभयो । विश्वको अग्लो सगरमाथा पनि आज त्यती हसिलो लागेन जति मैले सोचेको थिएँ । दक्षिण तिर कोन्दे डांडा र हिमाल जहाँबाट जंग वहादुरले तिवेतियनहरुलाई भगाउने बाटो बनाएका थिए रे । पूर्व तिर कुसुमस्वाङ्घगेङ्घ हिमालको सुन्दरता कति रमणीय थियो , मैले यो लेखमा वर्णन गर्नै सक्दिन । त्यसको एउटा छुट्टै लेख तयार पार्नपर्ला । यस तोपडांडा देखि माथि पहिला तिबेतियनहरुको कब्जामा थियो रे पछि जंग वहादुरको पालामा मात्र उनले जुक्ति लगायर तिबेतियनहरुलाई खेदेपछि नेपालीको कब्जामा आएको कुरा ग्यालजिङ्घ दाइले सुनाउदा एक पटक जंग वहादुरलाई उसको कौशलता देखि सलाम ठोक्न मन लाग्यो र भने वाह जंग वहादुर । निकै बेरको विश्राम पछि तोपडांडाबाट ठाडै उकालो लागियो । घरि झोक्तेहरुले उडाएको धूलो खांदै घरि उनीहरुलाई छल्न छोटो बाटो हिडदै हामी नाम्चे बजार पुग्यौ । त्यहा पुग्दा wel come to Namchhebazaar लेखिएका बोर्डहरुले स्वागत गरिरहेका थिए । अत्यन्तै रमणीय र मनमोहक गाउँको तल चौरमा तिबेतियनहरुले अव्यवस्थित ढंगले सामानहरुको व्यापार गरेको दृश्यले नाम्चे वजारको श्रृंगारमा केहि कमि महसुस भएपनि उनिहरुलाई त्यसको कुनै प्रवाह थिएन । हामी भने भोकले भाउन्न भएकोले गर्दा खानाखाने तरखरमा लाग्यौ । खाना खाइ सकेपछि ग्यालजिङ्घ दाइ म टेलिफोनको लागि निवेदन दिएर आउछु ,तपाई सगरमाथा राष्ट्रिय निकुञ्ज तिर जादै गर्नु वजारवासी संग पछि कुरा गरौला भनेपछि म एक्लै सरासर ठाडै उकालो उक्लेर पनोरमा रेष्टुरेन्ट एण्ड लजमा पुगेपछि नाम्चे वजारको मनोरम दृश्यलाई क्यामरामा कैद गर्न खोज्दा ठया्क्कै रिल सकियो र खल्तिबाट अर्को रिल झिकेर २ स्न्याप नहानी चित्तै बुझेन । त्यहांबाट उकालो लाग्न खोज्दा मेरो आँखा wel come to museum मा गएर टक्क रोकियो तर आफुलाई भने विश्वको सर्वोच्च शिखर सगरमाथाको दृश्यावलोकन गर्ने हतार थियो, त्यसैले राष्ट्रिय निकुञ्ज तिरै उक्लिए । तर भित्र गएपछि फेरी अर्को  museum देखियो । मनमनै लाग्यो सक्कली संग्राहालय त यो पो रहेछ । संग्राहालयमा त कोहि कर्मचारी पनि देखिन मैले । सुनसान वातावरणमा आफुलाई एक्लै पाउदा अत्यन्त खुशी लाग्यो र खुशीले गदगद हुँदै नाचु नाचु लाग्यो । आफैमा म एकान्तप्रेमी मान्छे तैपनि त्यस्तो रमाइलो ठाऊँ जहां डाँफे, मुनालहरु नाचेको देख्न पाईन्छ ,कोइलीको मिठो गित सुन्न पाईन्छ । त्यती मात्र कहा हो र त्यहां बाट चारैतिर मुन्टो डुलाउदा अत्यन्त मनमोहक उच्च हिम श्रृंखलाहरुको रमणीय संगम देख्न पाईन्छ ।
               
एकातिर खुशीले गदगद भएर नाँचु नाँचु लागेपनि थुप्रै हिम श्रृंखलाहरुका माझमा आफु एक्लै हुदा विश्वको सर्वोच्च शिखर यहि होला भनेर अनुमान लगाउनु पर्दा चाहि अलि खल्लो महसुस भयो । अनि म संग्राहालय भित्र पसें । संग्राहालय भित्र पनि कोहि थिएन , अलि भित्र गएपछि हेर्दा एकजना कुरुवा जस्तो मान्छे सुतिरहेको देंखे तथापि एक्लै भएपनि नेपालको सम्पूर्ण भूगोल, इतिहास, संस्कृति र विभिन्न सूचना मूलक कुराहरु पउदा आफुलाई गौरवान्वित महसुस भयो । भूगर्भ वेत्ताहरुले टेथिस सागरको ढुंगा हिमाली चट्टानमा भेटिएको प्रमाणित ढुंगा, विभिन्न वन्य जन्तुका तस्विरहरु, विभिन्न परम्परागत पोशाकहरु, फूलहरु, विरुवाहरु , लगायत सगरमाथा राष्ट्रिय निकुञ्जलाई चिनाउने कुराहरु मात्र नभइ नेपाल र नेपालीलाई नै परिचित गराउने पुरातात्विक कुराहरु देखि लिएर वनस्पति र जातजातीका भेषभूषाहरुको राम्रै संग वर्णन गरिएको थियो । मैले उक्त दृश्यहरुको अवलोकन गरिरहदा अघि सुतिरहेका व्यक्ति उठेर वाहिर निस्कदै थिए । मैले excuse me यी तस्विरहरुको फोटो खिच्न सकिन्छ की ? भन्दा अवश्य , जति खिचे पनि खिच्नुस् भन्दै उ वाहिरियो । मैले १,२ स्न्याप सगरमाथा सामू उभिएर खिच्ने अभिलाषा राख्न नपाउदै उ त कता हराएछ । वाहिर निस्केर यताउति चारैतिर हेरे कतै नदेखेपछि निराश हुंदै ग्यालजिङ्घ दाइलाई लिन जाने विचार गरेर ओरालो तिर हुंइकिए , केहि वेर ओरालो लाग्ने वित्तिकै तलबाट मै तर्फ दुई व्यक्ति लमक लमक गर्दै आएको देखे पछि मैले आफ्ना पाइलाहरुलाई विश्राम दिएर उनिहरुलाई कुरें र परिचय गर्दा एक जना जर्मनी रहेछ भने अर्को चाहि गाइड चितवनको । त्यस पछि त मेरो रमणीय हिम श्रृंखलाहरु सामु उभिएर फोटो खिच्ने अभिलाषा प्रकट गरे । हामीले आपसमा थुप्रै फोटोहरु खिंच्यौ । त्यसमा कुनै एकल त कुनै समूहगतमा । निकै बेर उक्त गाईडले सर्वोच्च शिखर सगरमाथा, खुम्बु पिक , खुम्बु ग्लासियर, लोत्से , नप्तसे , खुम्बुत्से , चाङ्घत्से , अमाडव्ल्यम , ठामसेर्क‘ , कुसुङ्घ , गंगारु , ठामे ,तिब्बत पिक ,काला पत्थर आदिको बारेमा रहेका मेरा जिज्ञासालाई आफुले थाहा पाए सम्मको जानकारी दिए । सर्वोच्च शिखर सगरमाथाको देशमा जन्मिए पछि नजिकैबाट हिउँ देख्ने अवसर सर्वप्रथम २०५५सालमा बझाङ्घको ब्यासी माथिको लेकमा पाएको थिए । हिउँ देख्दा मात्र खुशीले गदगद भएको यो मेरो मन वाजुराको पोरख्या लेकमा धित मरुन्जेल हिउँमा खेल्न पाउदा फुरुङ्घ भएर नाचेको थिए । जसले गर्दा हाम्रो आठ जनाको टोलि एक आपसमा हिउँमा खेल्दा खेल्दै पुसे पूर्णिमाको जुनेली रातमा हामी हिउँ भित्रै हराएका थियौ । रात परे पछि त हामी जंगल भित्र बाटो पहिचान गर्न नसक्दा खाल्टा खुल्टीमा धेरै चोटी गड्यौ , जसले गर्दा मेरो scientific calculator काम नलाग्ने गरि बिग्रियो हिउँमा गडेर , घडी हरायो , जुत्ताको सल उप्केर हिउँ जति सवै खुट्टा भित्र पस्दा कति विजोग भयो होला मेरो । रातको १० बजी सक्यो तैपनि हामी जंगल काटेका छैनौ । जंगल भित्र कतै कतै भएका चिया पसलहरु पनि हिउँ परे पछि ति झुपडीहरु पनि सुनसान हुंदा रहेछन । धेरै तल पुगेपछि जंगलको छेउमा एउटा झुपडीमा मान्छे देखियो । हामीले निकै विन्ती भाउ गरेपछि ति बुढाले बल्ल बांस दिनका लागि तयार भए त्यो पनि ढिडो र राजमाको तरकारी खाने र सुत्नका लागि आफ्नै कभिभउष्लन दबन ओछ्याउने सहमतिमा । नत्र हाम्रो त्यस दिन विजोग हुने थियो भने विकल्पमा २ ३ घण्टा तल ओरालो नलागी सुखै हुदैनथ्यो र त्यती रातमा बास पाईन्छ भने कुनै ग्यारेन्टी पनि थिएन । अर्को कुरा बास पाइहाले पनि खाना पाउने लक्ष्ण नै थिएन र भोकै सुत्नु पर्ने वाध्यता हुन्थ्यो । दोश्रो पटक हिउँमा रमाउने अवसर मैले मनाङ्घ र मुस्ताङ्घको सीमानामा पर्ने ५४१६ मि.को उचाईमा रहेको थोराङ्घपासमा पाएको थिए । त्यतिबेला पनि हिउँमा ५मी. तल चिप्लिएर एउटा चट्टानमा समात्न नसकेको भए खै यो यात्रा संस्मरणको निवन्ध लेख्ने अवसर पनि पाउदिन थें होला । मुक्तिनाथमा पानी परेको  वेला थोरै मात्र हिउँ परेको थियो । धाराको पानी जमेर लौरो बन्छ भन्ने कथन त सुनेको थिए तर त्यहां मैले प्रत्यक्ष देख्न पाएको थिए । जे होस पहाडी जिल्लामा जन्म भएपनि हिमाली मोहको मेरो सानै देखिको चाहना सगरमाथाको दृश्यावलोकन पछि केहि पुरा भए जस्तो छ । केहि अमूल्य चिजविज नै पाए जस्तो हलुङ्घो मन भएर वतास सरि आफ्नो मनलाई चारै दिशामा रहेका हिमालका शिखरहरुमा चुम्बन गर्दै मौका मिल्ना साथ फेरि फर्कने वाचाका साथ उक्त निकुञ्जबाट बाहिरिए र बिदा लिई आफ्नो गन्तव्य तर्फ लागें ।

लेखकः ग्रामीण पूर्वाधार विकास समूह नेपाल (ग्रिड नेपाल), अध्यक्ष हुनुहुन्छ ।
फोन ः ५५४६८५९, ५०११२१३÷ फ्याक्स ः ५०११२१३