Sunday, May 20, 2012

यात्रा हिमाली क्षेत्रको



                                                                                                                 गुणराज ढकाल विलास
विश्वको सर्वोच्च शिखर सगरमाथाको नजिकैबाट अवलोकन गर्न पाउने उत्कृष्ट अभिलाषा र नाम्चे वजारको यात्रामा सहभागी हुन पाउने आशामा आफूलाई गौरवान्वित महसुस गर्दै २०५८ साल मंसिर ८ गते एका बिहानै म काठमाडौं विमानस्थलतर्फ प्रस्थान गरें । लगेज चेक जाँच गराईसके पछि मेरो साथी हरि वहादुर थापाले आज माओवादीले दाङ आक्रमण गरेर शान्ति वार्ता भंग गरेको रहेछ भन्दै पत्रिका मेरो हातमा राखेर ल अव समाचार पढ्दै जानु भनि म बाट विदा भई यात्राको शुभ कामना दिदै कोठा तिर फर्किए ।  सांग्रिला एअरको लुक्ला उडानका लागि ८.४५ मा मात्र जहाज उड्ने थाहा पाए पछि एक घण्टाको समयलाई मैले पत्रिका पढ्नैमा खर्चिने योजनाका साथ म दाङ आक्रमण लगायत पत्रिकाका सवै पानाहरु एकाग्र ध्यान लगाएर पढ्न थाले । ठिक ८.३० भए पछि अव १५ मिनेट अगाडि नै जानु पयो भनि departure तिर गएर boarding pass देखाउदा त जहाज १५ मिनेट अगाडी नै उडिसकेको जानकारी पाईयो । मैले boarding pass र सांग्रिला एअरको counter अगाडि लेखेको समय तालिका तिर इंकित गर्दै ८.४५बm लेखेको जहाज ८.१५मा नै किन उडेको भनि प्रश्न गर्दा यात्रु भरियो र जहाज उड्यो भन्ने जवाफ आधिकारिक व्यक्तिबाट पाईयो । मेरा सम्पूर्ण लगेजहरु लुक्ला पुगिसक्यो । लुक्लामा दावा जी मेरो प्रतिक्षामा हुनुहुन्छ भने म काठमाण्डौ नै छु । म रिसले चुरमुराउदै यो लोकल बस हो र यात्रु भरिएपछि हिडिहाल्ने ? निश्चित समयमा हिड्न पर्दैन भनि हल्लाखल्ला गरेपछि व्यवस्थापन पक्षले कार्गोको सामान लैजाने गरी मलाई त्यसैमा लैजाने निर्णय गयो । करिब ४५ मिनेटको यात्रा पछि म लुक्ला विमानस्थलमा उत्रिए । मलाई मेरो लगेज कता छ को संग माग्ने केहि अत्तोपत्तो थिएन, त्यस बिरानो ठाऊमा । म अल्मलिदै गर्दा एक जना अपरिचित व्यक्तिले ढकाल सरभनेको तपाई हो ? भनेर सोध्यो र प्रत्युत्तरमा मैले म गुणराज ढकालभने पछि सर नमस्कार म दावा वाङचुङ शेर्पा, तपाईलाई अन्जान बाटोले दुःख देला भनेर लिन आएको भन्नु भयो । मलाई अत्यन्तै खुशी लाग्यो । मेरो लगेजको व्याग निकाल्ने काम दावा दाजुले नै गर्नु भयो । लुक्ला बजारमा स्थानिय साग मिसाएको असाध्यै मिठो रारा चाउचाउ खाईयो एक प्लेटको रु. ५० तिरेर । यो मेरो हिमाली क्षेत्रको चौथो यात्रा हो । जहाँ म हिउँ खेल्ने आशा लिएर माात्र नभै विश्वको सर्वोच्च शिखर सगरमाथालाई नजिकैबाट दृश्यावलोकन गर्ने, डाँफे , मुनालको नृत्य हेर्ने तथा प्रकृतिका अनेकन सुन्दर दृश्यहरुसँग मितेरी गाँस्ने उत्कृष्ट अभिलाषा बोकेर आएको छु । भलै म देश विकासको उत्कट अभिलाषा बोकेर माइक्रो हाइड्रोपावरको सम्भाव्यता अध्ययन गर्नको लागि मात्र खटिएको किन नहोस । विभिन्न प्राकृतिक मनोरम दृश्यहरुका साथ लुक्लाबाट करिब २ घण्टा हिडे पछि फाक्दिङ्घ पुगियो । होटेल सनराइज पुगेपछि दावा वाङ्घचुङ्घ दाईले मेरो होटेल यहि हो सरू भन्दै आपनो होटलमा लैजानु भयो । मेरो झोला एउटा कोठामा राखिदिएर मलाई चाँदीको लकेट दिनु भयो । केहि बेरको आराम पछि हामीले खाजा खाएर झोम्पोटे खोला तिर गयौ । प्रारम्भिक तथ्यहरू संकलन गर्ने काम र खोलाको पानी नाप्ने काम गरेपछि बीस मिटरको अन्तरमा पेग गाड्ने काम पनि सोही दिन मै सकियो । अर्को दिन विहानै देखि survey गरेको त साँझ सम्म काम सकि हाल्यो ।  अव अर्को दिन  मेरो अर्को गन्तव्य नाम्चे वजार जाने पक्का भयो, मात्र दृश्यावलोकनका लागि । ग्याल्जिङ्घ दाइ पनि फोनको शिलशिलामा नाम्चे जाने काम रहेछ । भोलि पल्ट विहान ६.४५ मा फलामको लौरो टेकेर शुरु भयो हाम्रो नाम्चेको यात्रा  । कोङगे हिमालको सुन्दरता संग लुकामारी खेल्दै सुनकोशीको छङ्गछङ्ग आवाजसँग हाम्रा लठ्ठीहरुको लय मिलाउदै ग्यालजिङ्ग दाइसँग मिठा मिठा गफ गर्दै जाँदा कोन्जोको ठामसेर्कु हिमालको रमणिय दृश्यावलोकन गर्न पाइयो । त्यो सुन्दर दृश्यलाई क्यामेरामा कैद गरी कोन्जोको मिठो चिया पिइरहदा मेरो मनमा अनेकन पर्यटकीय विकासका सम्भावना र त्यसका चुनौतीहरुको ज्वारभाटा उर्लिएर आयो ग्यालजिङ्ग दाइको पर्यटकीय वर्णन सुनेर । ग्यालजिङ्ग दाइले विशेषत जलविद्युतको विकास गर्न सकियो भने यहाँको विकासको ढोका खुल्ने कुरामा जोड दिदै मसँग  यसका सम्भावनाका बारेमा जिज्ञासा राखीरहनु भएको थियो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा आईपुग्दा रेडियो नेपालबाट ९ बजेको समाचारमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा माओबादीले आक्रमण गरि प्रमुख जिल्ला अधिकारी सहित कैयौ प्रहरी जवान तथा स्थानिय सर्वसाधारणहरु हताहत भएको खबर सुन्दा हामी स्तब्ध भयौ । देश विकासको मीठो परिकल्पनाका साथ प्रकृतिको मनोरम दृश्य ठामसेर्कु हिमालको हाँसोमा पनि परिवर्तन देखा प¥यो । वरिपरि मडारिएको कालो बादल झोक्किदै चम्किला दाँतहरुमा ठोक्किदा निकै कुरुपताको आभास भैरहेको थियो । हाम्रा पाइलाहरुको गतिमा समेत प्रभाव प¥यो । हामी विचमा रहेको स्तब्धतालाई भंग गर्दै ग्यालजिङ्ग दाइले अव गेट काटे पछि  जोर सल्ले शुरु हुन्छ भन्नु हुदा मन भित्र मडारिएका भावनात्मक संवेदनामा केहि राहत मिल्न पुगेकोले मैले जोर सल्लेका वारेमा जिज्ञासा राखें । मेरो जिज्ञासाको जवाफमा ग्यालजिङ्घ दाइले सुनकोशी पारी पट्टि जोल्टिएर रहेका एक जोर सल्लाका रुख देखाउदै त्यसैवाट जोर सल्ले नामाकरण भएको रहस्योद्घाटन खुलाउनु भयो । समुद्री सतह देखि २८०५ मी. को उचाईमा अवस्थित बुद्ध लज एण्ड शेर्पा रेष्टुरेन्टमा २ वटा कोक किन्यौ, उकालो चढ्दाको लागि खुराकको रुपमा । मुटु भित्र देशको अवश्था प्रति मडारिएका भावनाहरु तथा कठिन उकालोले गर्दा मेरा पाईलाहरु बिस्तारै कछुवाको चालमा मात्र चलिरहेका थिए ।

भोटेकोशी र दूधकोशीको दोभान अर्थात लार्जा दोभानको पुलको छेउमा ग्यालजिङ्ग दाइले कुरिराख्नु भएको रहेछ । केहि वेरको आराम पछि एक दुई स्न्याप फोटो खिचेर हामीले हाम्रो यात्रालाई निरन्तरता दिनतिर लाग्यौं । निकै ठूलो खोंचबाट आएको भोटेकोशी र दूधकोशीको संगम अत्यन्त मनमोहक लाग्दथ्यो । पाखाको वरिपरि दियाले सल्लो र ढिङ्गे सल्लाका रुखहरुले हावाको झोक्कामा पातहरु हल्लाउदै स्वागत गरिरहेका थिए । निकै बेरको उकालो पार गरेपछि एउटा भञ्ज्याङ्ग जस्तो ठाऊँ तोपडांडामा आएपछि हामी केहि वेर आराम गर्दै सुन्दर जँगलको धेरै तल खोंचमा वहेको दूधकोशी र सुनकोशीको संगमस्थल लगायत त्यहांको अत्यन्तै मनमोहक जटिल धरातल देख्दा मेरो मनले यति कठिन उकालो  जँगलको ठाऊँमा सररर केवलकार चढेर यात्रा गर्न पाएको भए यात्रा त्यती कठिन हुदैनथ्यो । मैले ग्यालजिङ्ग दाइसंग नाम्चेबजार जानको लागि दैनिक कति जना पर्यटकहरूले आवतजावत गर्छन् भनेर सोधे । मेरो प्रश्न नसकिदै ग्यालजिङ्ग दाइले दैनिक सालाखाला ५००७०० जनाले आवत जावत गर्ने कुराको जानकारी दिनुभयो । सफा मौसम भएको दिनमा काठमाडौंबाट लुक्ला विमानस्थलमा दैनिक पचास वटा सम्म उडान भर्ने जानकारी दिनुभयो । धेरै जसो समय मौसम खराब भएर जहाज उडान नहुँदा विदेशी पर्यटकहरूले पाएको दुःखको बारेमा पनि सुनाउनुभयो । मैले मोटरबाटोको विकल्पका कुरा गर्दा पचासौं वर्षमा पनि त्यस्तो सपना पूरा हुन सक्दैन भनेर हसाउनुभयो । अनि मैले नुनथलादेखि फाक्दिङ्गसम्म केवलकार राख्ने जिज्ञासा राख्दा उहाँले आकाशे दुरी ८÷१० किलोमिटर मात्र हुन्छ भन्दै कति खर्च लाग्छ भनि सोध्नुभयो । मैले मेरो जानकारीमा भएसम्म दुई वटा केवलकार बनाउनु परे अत्यधिक लागत दुई अर्ब भन्दा बढी नलाग्ला भन्दा उहाँले त्यो त नाम्चेको दुई जना मान्छे मिलेमा जम्मा गर्न सकिन्छ भन्दै फेरि हसाउनु भयो । एकदिनमा थप १५ सय पर्यटक आवतजावत गराउन सके वर्षेनी थप ४ लाख पर्यटकले यात्रा गर्न सक्थे नि सर । जसबाट हामीले वर्षेनी ५० करोड रुपैयाँ कमाउन सकिन्छ भने ४ वर्षमै हामीले त्यसको लगानी उठाउन सकिने हिसाव किताव निकाल्दे दङ्ग पर्नुभयो । मैले उहाँको व्यवसायिक दुरदर्शिताको प्रशंसा गरे । उहाँ मख्ख पर्दै दुरदर्शिता नुहने भने त म पहिला विदेशीको भारी बोक्ने भरिया आज होटलको मालिक बन्ने कल्पना गर्दिनथे होला नि त ढकाल सर भन्दै आफ्ना विगतका भारी बोक्दाका दिनहरूको स्मरण गराउँदै प्रायः धेरैजसो होटलवालाहरू दुःख गरेरै मालिक भएको यथार्थता सुनाउनुभयो । वास्तवमा ग्याल्जिङ्ग दाइले भनेजस्तै नेपालमा केवलकार बनाउने सम्भावना बोकेका पहाडी जिल्लाहरू धेरै छन् । जुन ठाउँले नयाँ नेपालको वास्तविक रेखा कोर्न सक्थे । तर देशको परिस्थिति अनि लगानीजन्य वातावरण नभई दिदा श्रृजनशील यूवाहरुले आपm्नो देशमा काम गर्ने वातावरण र उज्जवल भविष्यको सुनिश्चितता नदेखि वेरोजगारीको पीडा सहन नसकि जन्मभूमीको माया मारी केहि समयलाई भए पनि प्रतिभावान यूवाहरु विदेश पलायन भएको दृश्य सम्झदा यहि अवश्थामा कसरी देश विकासको उज्जवल भविष्यको रेखा कोर्न सकिन्छ र, भन्ने चिन्ता लाग्न थाल्यो । यस्तै परिस्थितीका कारण देशले लगानीजन्य वातावरण तयार गर्न नसक्दा जलसम्पदाको क्षेत्रमा विश्वमा धनि राष्ट्र भएर पनि अधिकांश जनताहरु विजुलीको सुविधाबाट पूर्णरुपमा वञ्चित भई अन्धकारमा जीवन गुजारी रहन वाध्य छन्, भने विजुलीको सुविधा पुगेको केहि आंशिक ठाऊँमा पनि अप्रयाप्तताका कारण लोडसेडिङ्घको मारमा पिल्सिन पुगेका छन्, जसका कारण देशमा भएका उद्योग, कलकारखानाहरु पनि सुचारु रुपले संचालन हुन पाएका छैनन् । कृषि प्रधान देशका कृषकका छोरा छोरीहरुले वर्षेनी हाड छाला घोट्दा वर्षेनी लगाएको कृषि वालीले ३ महिना भन्दा खान नपुग्ने परिस्थिती  श्रृजना भएपछि घर अगाडीको गैरीखेत वन्दकीमा राखेर साहूको चर्को व्याजमा रकम काढेर खाडी मुलुकमा श्रमका लागि पलायन हुनु परेको  केवल परिवारको छाक टार्नका लागि मात्र हो । एकातिर विश्व वजारमा वर्षेनी कृषि जन्य पदार्थको मूल्यवृद्धीले आकाश चुम्ने परिस्थिती आएको छ । बरु ईलेक्ट्रोनिक्स सामानहरुको मूल्य दिनदीनै घटि राखेको छ , तथापी हामीहरुले कृषिजन्य व्यवसायलाई वैज्ञानिका ढंगले व्यवस्थित उद्योगको स्थापना गर्न छोडेर गैरी खेत, गरा, वारी, कान्लाभिर र बाझोपाखा छोडेर शहर पस्नुमा गर्व गर्छौ भने मौका पाउना साथ विदेश भासिनुमा आफूलाई भाग्यमानी ठान्दछौ आखिर किन ? कहाँ नेर छ यि सवै समस्याको समाधान उघार्ने साँचो । कस्ले ताल्चा लगायो त यति रमणीय सुन्दर प्रकृतिले सिगारिएको देशमा ? किन आज लडाईको चक्रव्यूहमा रुमलिएको छ यो देश ? जिल्लामा प्रशासकीय अधिकृतको हत्या हुनु सदरमुकाममा रातभरि गोलि चलि सर्वसाधारण लगायत कैयौको हाताहात हुनु आज सामान्य कुरा भैसकेको छ । सेना,पुलिस,कर्मचारी माओवादी जो मरे पनि आखिरी हुन त ति सवै जनताका छोराछोरी । वास्तवमा आजको २१औं शताब्दीमा उहि पूरानैशैलीवाट २४० वर्षे शाह वंशिय राजाहरुकै निरन्तरता हुनु र सन्तान दरसन्तान सम्म उनिहरुले शासन गर्ने अधिकार सुनिश्चित भैदिनुले उनिहरु जनता प्रति उत्तरदायी बन्न नसकेका हुन र विचका चाकडीवाजहरुले त्यही शक्तिको प्रयोग गरी व्यक्तिगत लाभका लागि काम गर्ने परिपाटीले गर्दा पनि देशका लागि सोच्ने फूर्सद भएन होला भन्ने अनुमान गरे मैले । मुन्टो फर्काएर ग्यालजिङ्घ दाइतिर हेर्दा त झोलामा अडेस लगाएर निदाईरहनु भएको  रहेछ । दाजु भनेर मैले चर्को स्वरमा चिच्याएको त हँु गर्दै व्युझनु भयो र ए तपाई ब्यूझी सक्नु भयो रे मलाई त । म त निदाएकै छैन भनेको त तपाई खै हिमाल हेर्दै टोलाउन थाल्नु भयो म पनि यसो पल्टेको त निदाईहालेछु । खासै मेरो दिउँसो सुत्ने बानी पनि छैन भन्दै हुनुहुन्थ्यो । त्यसै बेलामा उत्तरतिर एउटा चम्किलो तारा जस्तो टिलिक्क टल्कियो मेरो जिज्ञासा मेटाउदै ग्यालजिङ्घ दाइले हो भाइ...,त्यही हो सगरमाथा भन्नुभयो । विश्वको अग्लो सगरमाथा पनि आज त्यती हसिलो लागेन जति मैले सोचेको थिएँ । दक्षिण तिर कोन्दे डांडा र हिमाल जहाँबाट जंग वहादुरले तिवेतियनहरुलाई भगाउने बाटो बनाएका थिए रे । पूर्व तिर कुसुमस्वाङ्घगेङ्घ हिमालको सुन्दरता कति रमणीय थियो , मैले यो लेखमा वर्णन गर्नै सक्दिन । त्यसको एउटा छुट्टै लेख तयार पार्नपर्ला । यस तोपडांडा देखि माथि पहिला तिबेतियनहरुको कब्जामा थियो रे पछि जंग वहादुरको पालामा मात्र उनले जुक्ति लगायर तिबेतियनहरुलाई खेदेपछि नेपालीको कब्जामा आएको कुरा ग्यालजिङ्घ दाइले सुनाउदा एक पटक जंग वहादुरलाई उसको कौशलता देखि सलाम ठोक्न मन लाग्यो र भने वाह जंग वहादुर । निकै बेरको विश्राम पछि तोपडांडाबाट ठाडै उकालो लागियो । घरि झोक्तेहरुले उडाएको धूलो खांदै घरि उनीहरुलाई छल्न छोटो बाटो हिडदै हामी नाम्चे बजार पुग्यौ । त्यहा पुग्दा wel come to Namchhebazaar लेखिएका बोर्डहरुले स्वागत गरिरहेका थिए । अत्यन्तै रमणीय र मनमोहक गाउँको तल चौरमा तिबेतियनहरुले अव्यवस्थित ढंगले सामानहरुको व्यापार गरेको दृश्यले नाम्चे वजारको श्रृंगारमा केहि कमि महसुस भएपनि उनिहरुलाई त्यसको कुनै प्रवाह थिएन । हामी भने भोकले भाउन्न भएकोले गर्दा खानाखाने तरखरमा लाग्यौ । खाना खाइ सकेपछि ग्यालजिङ्घ दाइ म टेलिफोनको लागि निवेदन दिएर आउछु ,तपाई सगरमाथा राष्ट्रिय निकुञ्ज तिर जादै गर्नु वजारवासी संग पछि कुरा गरौला भनेपछि म एक्लै सरासर ठाडै उकालो उक्लेर पनोरमा रेष्टुरेन्ट एण्ड लजमा पुगेपछि नाम्चे वजारको मनोरम दृश्यलाई क्यामरामा कैद गर्न खोज्दा ठया्क्कै रिल सकियो र खल्तिबाट अर्को रिल झिकेर २ स्न्याप नहानी चित्तै बुझेन । त्यहांबाट उकालो लाग्न खोज्दा मेरो आँखा wel come to museum मा गएर टक्क रोकियो तर आफुलाई भने विश्वको सर्वोच्च शिखर सगरमाथाको दृश्यावलोकन गर्ने हतार थियो, त्यसैले राष्ट्रिय निकुञ्ज तिरै उक्लिए । तर भित्र गएपछि फेरी अर्को  museum देखियो । मनमनै लाग्यो सक्कली संग्राहालय त यो पो रहेछ । संग्राहालयमा त कोहि कर्मचारी पनि देखिन मैले । सुनसान वातावरणमा आफुलाई एक्लै पाउदा अत्यन्त खुशी लाग्यो र खुशीले गदगद हुँदै नाचु नाचु लाग्यो । आफैमा म एकान्तप्रेमी मान्छे तैपनि त्यस्तो रमाइलो ठाऊँ जहां डाँफे, मुनालहरु नाचेको देख्न पाईन्छ ,कोइलीको मिठो गित सुन्न पाईन्छ । त्यती मात्र कहा हो र त्यहां बाट चारैतिर मुन्टो डुलाउदा अत्यन्त मनमोहक उच्च हिम श्रृंखलाहरुको रमणीय संगम देख्न पाईन्छ ।
               
एकातिर खुशीले गदगद भएर नाँचु नाँचु लागेपनि थुप्रै हिम श्रृंखलाहरुका माझमा आफु एक्लै हुदा विश्वको सर्वोच्च शिखर यहि होला भनेर अनुमान लगाउनु पर्दा चाहि अलि खल्लो महसुस भयो । अनि म संग्राहालय भित्र पसें । संग्राहालय भित्र पनि कोहि थिएन , अलि भित्र गएपछि हेर्दा एकजना कुरुवा जस्तो मान्छे सुतिरहेको देंखे तथापि एक्लै भएपनि नेपालको सम्पूर्ण भूगोल, इतिहास, संस्कृति र विभिन्न सूचना मूलक कुराहरु पउदा आफुलाई गौरवान्वित महसुस भयो । भूगर्भ वेत्ताहरुले टेथिस सागरको ढुंगा हिमाली चट्टानमा भेटिएको प्रमाणित ढुंगा, विभिन्न वन्य जन्तुका तस्विरहरु, विभिन्न परम्परागत पोशाकहरु, फूलहरु, विरुवाहरु , लगायत सगरमाथा राष्ट्रिय निकुञ्जलाई चिनाउने कुराहरु मात्र नभइ नेपाल र नेपालीलाई नै परिचित गराउने पुरातात्विक कुराहरु देखि लिएर वनस्पति र जातजातीका भेषभूषाहरुको राम्रै संग वर्णन गरिएको थियो । मैले उक्त दृश्यहरुको अवलोकन गरिरहदा अघि सुतिरहेका व्यक्ति उठेर वाहिर निस्कदै थिए । मैले excuse me यी तस्विरहरुको फोटो खिच्न सकिन्छ की ? भन्दा अवश्य , जति खिचे पनि खिच्नुस् भन्दै उ वाहिरियो । मैले १,२ स्न्याप सगरमाथा सामू उभिएर खिच्ने अभिलाषा राख्न नपाउदै उ त कता हराएछ । वाहिर निस्केर यताउति चारैतिर हेरे कतै नदेखेपछि निराश हुंदै ग्यालजिङ्घ दाइलाई लिन जाने विचार गरेर ओरालो तिर हुंइकिए , केहि वेर ओरालो लाग्ने वित्तिकै तलबाट मै तर्फ दुई व्यक्ति लमक लमक गर्दै आएको देखे पछि मैले आफ्ना पाइलाहरुलाई विश्राम दिएर उनिहरुलाई कुरें र परिचय गर्दा एक जना जर्मनी रहेछ भने अर्को चाहि गाइड चितवनको । त्यस पछि त मेरो रमणीय हिम श्रृंखलाहरु सामु उभिएर फोटो खिच्ने अभिलाषा प्रकट गरे । हामीले आपसमा थुप्रै फोटोहरु खिंच्यौ । त्यसमा कुनै एकल त कुनै समूहगतमा । निकै बेर उक्त गाईडले सर्वोच्च शिखर सगरमाथा, खुम्बु पिक , खुम्बु ग्लासियर, लोत्से , नप्तसे , खुम्बुत्से , चाङ्घत्से , अमाडव्ल्यम , ठामसेर्क‘ , कुसुङ्घ , गंगारु , ठामे ,तिब्बत पिक ,काला पत्थर आदिको बारेमा रहेका मेरा जिज्ञासालाई आफुले थाहा पाए सम्मको जानकारी दिए । सर्वोच्च शिखर सगरमाथाको देशमा जन्मिए पछि नजिकैबाट हिउँ देख्ने अवसर सर्वप्रथम २०५५सालमा बझाङ्घको ब्यासी माथिको लेकमा पाएको थिए । हिउँ देख्दा मात्र खुशीले गदगद भएको यो मेरो मन वाजुराको पोरख्या लेकमा धित मरुन्जेल हिउँमा खेल्न पाउदा फुरुङ्घ भएर नाचेको थिए । जसले गर्दा हाम्रो आठ जनाको टोलि एक आपसमा हिउँमा खेल्दा खेल्दै पुसे पूर्णिमाको जुनेली रातमा हामी हिउँ भित्रै हराएका थियौ । रात परे पछि त हामी जंगल भित्र बाटो पहिचान गर्न नसक्दा खाल्टा खुल्टीमा धेरै चोटी गड्यौ , जसले गर्दा मेरो scientific calculator काम नलाग्ने गरि बिग्रियो हिउँमा गडेर , घडी हरायो , जुत्ताको सल उप्केर हिउँ जति सवै खुट्टा भित्र पस्दा कति विजोग भयो होला मेरो । रातको १० बजी सक्यो तैपनि हामी जंगल काटेका छैनौ । जंगल भित्र कतै कतै भएका चिया पसलहरु पनि हिउँ परे पछि ति झुपडीहरु पनि सुनसान हुंदा रहेछन । धेरै तल पुगेपछि जंगलको छेउमा एउटा झुपडीमा मान्छे देखियो । हामीले निकै विन्ती भाउ गरेपछि ति बुढाले बल्ल बांस दिनका लागि तयार भए त्यो पनि ढिडो र राजमाको तरकारी खाने र सुत्नका लागि आफ्नै कभिभउष्लन दबन ओछ्याउने सहमतिमा । नत्र हाम्रो त्यस दिन विजोग हुने थियो भने विकल्पमा २ ३ घण्टा तल ओरालो नलागी सुखै हुदैनथ्यो र त्यती रातमा बास पाईन्छ भने कुनै ग्यारेन्टी पनि थिएन । अर्को कुरा बास पाइहाले पनि खाना पाउने लक्ष्ण नै थिएन र भोकै सुत्नु पर्ने वाध्यता हुन्थ्यो । दोश्रो पटक हिउँमा रमाउने अवसर मैले मनाङ्घ र मुस्ताङ्घको सीमानामा पर्ने ५४१६ मि.को उचाईमा रहेको थोराङ्घपासमा पाएको थिए । त्यतिबेला पनि हिउँमा ५मी. तल चिप्लिएर एउटा चट्टानमा समात्न नसकेको भए खै यो यात्रा संस्मरणको निवन्ध लेख्ने अवसर पनि पाउदिन थें होला । मुक्तिनाथमा पानी परेको  वेला थोरै मात्र हिउँ परेको थियो । धाराको पानी जमेर लौरो बन्छ भन्ने कथन त सुनेको थिए तर त्यहां मैले प्रत्यक्ष देख्न पाएको थिए । जे होस पहाडी जिल्लामा जन्म भएपनि हिमाली मोहको मेरो सानै देखिको चाहना सगरमाथाको दृश्यावलोकन पछि केहि पुरा भए जस्तो छ । केहि अमूल्य चिजविज नै पाए जस्तो हलुङ्घो मन भएर वतास सरि आफ्नो मनलाई चारै दिशामा रहेका हिमालका शिखरहरुमा चुम्बन गर्दै मौका मिल्ना साथ फेरि फर्कने वाचाका साथ उक्त निकुञ्जबाट बाहिरिए र बिदा लिई आफ्नो गन्तव्य तर्फ लागें ।

लेखकः ग्रामीण पूर्वाधार विकास समूह नेपाल (ग्रिड नेपाल), अध्यक्ष हुनुहुन्छ ।
फोन ः ५५४६८५९, ५०११२१३÷ फ्याक्स ः ५०११२१३


No comments:

Post a Comment