Wednesday, July 17, 2013

सुरुङ मार्ग



काठमाडौँबाट हेटौडा जान मुग्लिङ हुँदै जाँदा २२६ किलोमिटर यात्रा छिचोल्न सात-आठ घण्टा लाग्छ। त्रिभुवन राजपथको घुमाउरो बाटोमा जाने हो भने १३३ किलोमिटर लाग्छ। यो सुरुङ बाटो मात्र ५० किलोमिटरको हुनेछ। अझ द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै लाग्नेछ। धेरै समयदेखि त्यही भएर यो सुरुङ मार्ग चर्चामा छ।
नेपाल पूर्वाधार विकास कम्पनीले यो सुरुङ मार्ग बनाउने अनुमति सरकारबाट पाइसकेको छ। तर यसका लागि उसलाई आवश्यक झण्डै ३५ अर्ब रुपियाँको जोहो कसरी हुने हो ? 
रकम कै विषयलाई लिएर सरकारले सुरुमा कम्पनीलाई अनुमति दिन आनाकानी गरेको थियो। कम्पनीले विश्वास दिलाएपछि बल्ल सरकारले अनुमति दिएको थियो।
काठमाडौँ–कुलेखानी–हेटौंडा–सुरुङमार्ग परियोजना रु ३४ अर्ब ८७ करोडको लागतमा (अनुमानित) निर्माण हुनेछ। निर्माण प्रारम्भ गरिएको मितिले चार वर्षभित्र सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गर्ने जिम्मेवारी कम्पनीले पाएको छ। ३० वर्षसम्म त्यो बाटो प्रयोग गर्ने सवारी साधनबाट कम्पनीले निश्चित शुल्क उठाउन पाउनेछ। त्यसैबाट उसले लगानी उठाउनेछ।
तर त्यो ३५ अर्ब आउँछ कहाँबाट ? यो कम्पनीमा कम्पनीमा १७ गाविस, ८६ स्थानीय र ७६ उद्योगी व्यवसायीहरू संस्थापक शेयर सदस्य छन्। तर उनीहरुले मात्रै ३५ अर्ब जुटाउन संभव छैन।

एनआरएन भन्नुभएको ? हो, एनआरएनले पनि पैसा हाल्ने भएका छन्। तर झण्डै एक अर्बमात्र।
हालै कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जर्मनी, स्विट्जरल्यान्ड, बेलायत तथा बेल्जियममा रहेका एनआरएनका सदस्यसँग अन्तर्क्रिया गरेका थिए। त्यतिबेला चार देशका एनआरएनबाट रु ९६ करोडबराबरको लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको र सो रकम तत्कालै आउने प्रक्रियामा रहेको बताइएको छ।
अमेरिकाका एनआरएनहरुले नि ?
अमेरिकामा बसोवास गर्ने नेपालीको सङ्गठन एएनएको आयोजनामा हुने कार्यक्रममा विकास कम्पनीका तर्फबाट सहभागिता जनाएर लगानीका लागि आह्वान गर्ने रे। हेरौँ अम्रिकाने नेपालीहरुले कति लगानी गर्ने हुन्।
अझै अर्बौँ रकम जुटाउन बाँकी छ। कहाँबाट जुट्‌ला त यत्रो रकम ?
विभिन्न उपाय जारी छ। आज मात्रै विकास कम्पनी, प्रभु फाइनान्स कम्पनी तथा प्रभु ग्रुपबीच लगानी सम्झौता गरियो।
परियोजनामा प्रभु फाइनान्सले विकास कम्पनी लिमिटेडको संस्थापक सेयरमा लगानी गर्ने तथा कम्पनीको आर्थिक सङ्कलनमा समेत भूमिका निर्वाह गर्नेछ। फाइनान्सले परियोजनामा लगानी गर्न चाहने आफ्ना सम्पूर्ण ग्राहकलाई ऋणसमेत उपलब्ध गराउने जनाइएको छ।

प्राचीन कालमा विमान !



राइट ब्रदर्सले उडाएको ग्लाइडर। साभारः विकिपेडिया
राइट ब्रदर्सले उडाएको ग्लाइडर। साभारः विकिपेडिया
राइट ब्रदर्सले ११० वर्षअघि अमेरिकामा विमान उडाउनुभन्दा धेरैअघि पूर्वीय सभ्यताले विमान उडाइसकेको थियो। महर्षि भारद्वाजले आजभन्दा २४०० वर्ष अगाडि लेखेको ” वैमानिक शास्त्र ” भारतको एक मन्दिरमा फेला परेको रहेछ जसमा इन्धनको रुपमा आजका पेट्रोल डिजेल होइन – ताप र प्रकाश शोषण गर्नसक्ने पदार्थको चर्चा गरिएको छ। केही वर्षअगाडि तिब्बतको ल्हासामा भेटिएको संस्कृत भाषामा लेखिएका केही ग्रन्थमा प्रतिगुरुत्वाकर्षण शक्तिको बारेमा लेखिएको थियो। रावणले सीतालाई पु्ष्पक विमानमा राखेर लंका पुर्‍याएको उल्लेख छ। शास्त्रहरूमा पुष्पक विमान मात्र होइन, रुकमा विमान, गरुड विमानका साथै अन्य विमानहरूबारे उल्लेख गरिएको छ। प्राचीन कालको विमानबारे खोजीनीति गरेका छन् साक्षात सुशीलले। 

प्राचीन कालमा विमान !
-साक्षात सुशील-
केही दिनअघि मधुसुदन आचार्यले लेख्नुभएको “बुद्ध कसरी नवौ अवतार?” मा एक पाठकको कमेन्ट मनमा चसक्क बिझ्यो। “रामायणकालमा पुष्पक विमान थियो रे। ॠषिमुनिहरूले टेलिफोनको विकास गरेका थिए रे। यदि त्यो बेला पुष्पक विमान हुने भए अहिले भारतमा रकेट र हवाइजहाजफ्याक्ट्री किन छैन? ” भनेर प्रश्न उठाउनुभएको रहेछ। उहाँको लागि संसारको सबभन्दा ठुलो झुट नै त्यही पुष्पक विमान र ॠषिमुनिका टेलिफोन रहेको देखियो।
Pic_1
जब पूर्वीय सभ्यताको कुरा आउँछ, त्यो भारतको मात्र पेवा हुँदैन। त्यो सभ्यता हामी नेपालीको पनि हो। पूर्वीय सभ्यताप्रति ब्यङ्ग्य गर्दा हामी आफ्नै अस्तित्वलाई धरापमा पारिरहेका हुन्छौँ, यो कुरा बुझ्न जरुरी छ। दोष वहाँको मात्र होइन। संस्कृत श्लोक राखेर पौराणिक उदाहरण दिँदा पाखे र अनपढ बनाइने गरेको छ, यो पश्चिमामुखी संसारमा। बेलाबखत पूर्वीय सभ्यताको कुरा गर्दा पूर्वीय सभ्यताकै साथीहरू माझ आफू पङ्गु बन्न पुगेको प्रशस्त अनुभवहरू छन् मसँग।
कुरा अघि बढाऔँ हवाइजहाजबाट। के रावणले सीतालाई साँच्चै नै हवाइजहाजमा राखेर लंका पुर्‍याएका थिए ? रामायण, महाभारत तथा अन्य हिन्दू ग्रन्थहरूमा उल्लेख भए झैँ त्यो बेला साँच्चै हवाइजहाज थियो त? बेला-बेला यस विषयमा विभिन्न खोज अनुसन्धानहरू भएका छन्। शास्त्रहरूमा पुष्पक विमान मात्र होइन, रुकमा विमान, गरुड विमानका साथै अन्य विमानहरूबारे उल्लेख गरिएको छ। सन १८७५ मा महर्षि भारद्वाजले आजभन्दा २४०० वर्ष अगाडि लेखेको ” वैमानिक शास्त्र ” भारतको एक मन्दिरमा फेला परेको रहेछ। महर्षि भारद्वाजले पनि अझै पुरानो स्रोत उल्लेख गरेर सो किताब लेखेका थिए। यसको अर्थ विमानसम्बन्धी दस्तावेज अझै पुरानो हुने नै भयो। जम्मा आठ खण्डमा विभाजित वैमानिक शास्त्रले तीन किसिमको विमानको रेखाचित्रसहित व्याख्या गरेको छ। त्यसमध्ये एउटा आधुनिक रकेट कै प्रारुप देखिन्छ। यस पुस्तकले विमान आवश्यक ३१ भाग र विमान निर्माण गर्न आवश्यक १६ वटा पदार्थहरूको नाम समेत उल्लेख गरेको छ। इन्धनको रुपमा आजका पेट्रोल डिजेल होइन – ताप र प्रकाश शोषण गर्नसक्ने पदार्थको चर्चा गरिएको छ। भनेपछि त्यो बेला निर्माण भएका इन्जिन आजका जस्ता पक्कै थिएनन्।
वैमानिक शास्त्रको आधारमा तयार पारिएको रेखाचित्र:
pic_2
विमान उडाउनको निमित्त अत्ति आवश्यक भनी निम्न कुरा उल्लेख गरिएको रहेछ :
1. Vishwakriyaadarpana or mirror of outside views.
2. Shaktyaakarshana or energy attracting mirror.
3. Parivesha mechanism above the hood of the Vimana.
4. Angopasamhaara yantra or folding up yantra at the 7th bindukeelaka.
5. Vistritakriyaa or opening out yantra location in the middle of the 11th section.
6. Vyroopya darpana and
7. Padmachakramukha at the shirobhaaga or crest of the Vimana.
8. The Kuntinee-shakti mechanism is to be in the neck of the Vimana.
9. Pushpinee and Pinjulaa Mirrors are to be in the right side of the centre.
10. At the front of the left side are to be located the Naalapanchaka or 5 pipes.
11. Guhaagarbha mirror yantra is to be in the front part of the stomach of the plane.
12. Thamoyantra at the north western side.
13. Pancha-vaataskandha-naala on the western centre.
14. Rowdree mirror.
15. Vaataskandha keelaka at the bottom centre.
16. Shaktisthaana at the front and right sides.
17. Shabda-kendra-mukha at the left side.
18. Vidyuddwaadashaka at the north-east side.
19. Praanakundala at the moola of the Vimana.
20. Shaktyudgama at the navel of the Vimana.
21. Vakraprasaarana at the side of Vimanaadhaara.
22. Shaktipanjara in the central portion.
23. Shirahkeelaka at the head of the Vimana.
24. Shabdaakarshaka yantra at the shoulder.
25. Pata-prasaarana at the bottom centre.
26. Dishaampati yantra at the left front.
27. Pattikaabhraka at the centre of the hood of the Vimana.
28. Solar power attractor at the top of the Vimana.
29. Apasmaara or poison gas at the sandhi-naala mukha or junction tube front.
30. Sthambhana yantra at the bottom.
31. Vyshwaanara-naala at the navel centre.
साभार: वैमानिक शास्त्र
केही वर्षअगाडि तिब्बतको ल्हासामा संस्कृत भाषामा लेखिएका केही ग्रन्थ फेला परेपछि भारतको चन्ढीगढ युनिभर्सिटीका डा रुथ रैनासमक्ष अङ्ग्रेजीमा अनुवाद गर्न लगिएछ। त्यसपछि देखा पर्‍यो छक्क पार्ने प्रमाण। त्यसमा लेखिएको रहेछ – प्रतिगुरुत्वाकर्षण शक्तिको बारेमा। जबकि प्रतिगुरुत्वाकर्षण बलको खोज अनुसन्धान अल्बर्ट आइन्स्टाइनको ‘सापेक्षताको सामान्य सिद्दान्त’ को प्रकाशन मात्र भएको थियो। लख काट्न सकिन्छ, गुरुत्वआकर्षण विरुद्धको शक्ति सिर्जना गरेर उड्न सकिन्छ भनेर पौराणिक कालमा कसरी पत्ता लगाइयो होला ? करोडौ डलर खर्च गरेर हाइड्रोजन इन्धन भरेर अति वेगका साथ रकेट उडाइन्छ किन ? गुरुत्वाकर्षणबाट छल्न। त्यस दस्तावेजमा प्रतिगुरुत्वाकर्षण सम्बन्धी लेखिनुले पौराणिक कालमा उड्ययन सम्बन्धमा कुन किसिमको विकास भएको रहेछ, आफै अनुमान लगाउन सकिन्छ।
कतिपय पाठक सोच्दै हुनुहुन्छ होला- साथीले गफ ठोक्यो। कसैले प्रतिक्रिया लेख्न थालिसके होला – त्यसो भए देखा न त त्यो बेला बनेको हवाइजहाज। तर सकिन्न। जुन कुरा देख्न, छुन सकिन्छ, त्यसको विश्वास गरिन्छ र त्यसैको मात्र अस्तित्व स्वीकारिन्छ। तर यसैमा नपत्याउन तयार पाठकलाई भनिहालौँ। रामायणमा सीतालाई अपहरण गरेर रावणले लंका पुर्‍याएको भनेर सुन्न पाइन्छ। धेरैले त कपोलकल्पित पनि सोच्दा हुन्। रावणले सीतालाई अपहरण गरेर करिब ३० किलोमिटर समुन्द्र कसरी पार गरे ? या त कुनै हवाइजहाजमा अथवा कुनै पानीजहाजमा। रामायणमा उल्लेख छ उनले पुष्पक विमानमा राखेर लागेका थिए। पछि रामले आफू बसेको स्थानबाट लंकासम्म सेतु बाँधेर तरेका थिए। तर के गर्नु, महाभारत र रामायण यी सब कपोलकल्पित हुन् भन्नेहरू प्रशस्तै भेटिन्छन्। उनीहरुको कुरा मान्ने हो भने हाम्रो सभ्यता नै बेकार हो। बाल्मिकी र वेदव्यास सुपरग्राण्ड डिजाइनर हुन्, जसले जनकपुरकी सिता, अयोध्याका राम, कपिलवस्तुका गौतम बुद्ध, लंकाका रावण सबैको मिथ्या कल्पना गरेका थिए। तर पर्खनुस् बिस्तारै ठोस प्रमाण भेटिँदैछन। रामले लंका आक्रमण गर्न समुद्रमाथि बनाएको पुलको अंश अझै पनि भूउपग्रहबाट देख्न सकिन्छ।
नासाको स्याटेलाइटले खिचेको तस्बिर :
pic_3
pic_4
pic_5
रामले निर्माण गरेको पुलको भग्नावशेष अझै पनि हुनुले रामले बनाएको पुलको अस्तित्व प्रमाणित गर्दछ। रामले पुल निर्माण गर्नु अघि सीतालाई अपहरण गरेर समुद्र पारी लग्न रावणले विमान प्रयोग गरेको हुनुपर्छ कि पर्दैन, आफै विचार गरौँ।
‘वैमानिक शास्त्रका’ आधारमा निर्माण गरेका रेखाचित्र हेरेर केही उड्ड्यन विशेषज्ञले उड्न सक्छन् भने कसैले सक्दैनन् भने। यसको अझै पनि प्रारुप बनाएर परीक्षण भएको छैन। तर प्राचीन कालका विमानको बारेमा ‘राइट दाजुभाइ’ भन्दा धेरै अगाडि नै खोज अध्ययन भएको भने प्रष्ट छ।
मित्रले ‘ॠषिहरूले टेलिफोन बनाएका थिए रे’ अति नै अपत्यारिलो वाक्य झैँ गरेर व्यङ्ग्य गर्न खोज्नुभएको रहेछ। मित्र, प्राप्त प्रमाणहरू भन्छन् त्यो बेलाका ॠषिहरूले ग्राहम बेलको जस्तो टेलिफोन मात्र होइन, भर्खर दक्षिण कोरियाको सामसुङको टिमले खोज गरेको ५ जी प्रविधिभन्दा विकसित संचार प्रणालीको विकास गरेका थिए। यसबारे अर्को ब्लगमा सविस्तार उल्लेख गरौँला।
स्रोत:

Monday, July 15, 2013

…बन्दैछ नयाँ नेपाल



Nepal

नेपालमा केही हुँदैन। सब चोर छन्। सब भ्रष्ट छन्। फोहरको डुङ्गुरमा बसेर कसरी वासना आएको छ भन्ने ? नकारात्मकताको बीचमा बसेर कसरी सकारात्मक सोच्ने ? यहाँ केही हुनेवाला छैन। भत्किसक्यो, सिद्धिसक्यो….!!
अहिले नेपालमा अधिकांशको विचार यस्तै छ। तर सिकिस्त रोगले थला परेर आफू मर्छु भन्ने थाहाभइसकेको मान्छेलाई बाँच्ने आशा हुन्छ। डुबिरहेको मान्छेलाई एउटा सिन्काले पनि आफूलाई पार गर्ने भर हुन्छ। उज्यालो मन पराउनेले अँध्यारोलाई पनि मन पराउनै पर्छ। किनभने रातको अँध्यारो नभई बिहानको उज्यालो संभव छैन। चारैतिर निराशा छाएको बेला केही आशा गर्ने ठाउँ नेपालमा के-के छ त ?

काठमाडौँ-कुलेखानी-हेटौडा सुरुङ मार्ग – ४ वर्षभित्र

slide-1a
slide-2a
slide-3a
slide-4a
slide-5a
अनुमानित कार्य सम्पन्न मितिः चार वर्ष
काम थालिनेः यसै वर्ष
कार्य प्रगतिः ३५ अर्ब लगानी लाग्ने, सामान्यतया बैँक ३०-७० को मोडलमा (३० प्रतिशत लगानीको प्रत्याभूति भए ७० प्रतिशत लगानी गरिदिने) जाने भए पनि कुशकुमार जोशीको टिम यसमा ५०-५० को मोडलमा जान खोजिरहेका छन्। अर्थात् १८ अर्बको खोजी। युरोपका केही देशबाट त्यहाँ बस्ने नेपालीले एक अर्ब लगानीको प्रतिवद्धता जनाइसकेका छन्। अमेरिकामा बस्ने नेपालीहरुले पनि एएनएमार्फत् लगानी गर्ने भएका छन्। अहिले आइपिओ खुला नगरिसकेको भए पनि रुपियाँ एक लाख र रुपियाँ १० लाख लगानी गर्न सक्ने सेयरधनीको खोजीमा उनी देशविदेश धाइरहेका छन्‌। अमेरिकाबाट उनी जापान जाँदैछन्। कुशकुमारलाई भेट्दा लाग्छ, सुरुङ मार्ग पक्कै बन्छ। त्यति कन्फिडेन्ट छन् उनी।

रेलमार्ग

railway
के हुँदैछः पूर्व-पश्चिम रेलमार्ग आयोजना अन्तर्गत १०८ किलोमिटर लामो बर्दिवास-सिमरा खण्डको रेल्वे लाइन निर्माण कार्य यही आर्थिक वर्षमा सुरु गरिनेछ।

सिमराबाट बुटवलसम्मको खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ यही वर्ष। यसका लागि यो वर्षको बजेटमा १ अर्ब ४० करोड छुट्याइएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलहरु


निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण र बस्ती पुनःस्थापना कार्य भइरहेको छ। यो विमानस्थल बनाउन पनि सरकारी-निजी-साझेदारीमा निर्माण-सञ्चालन-हस्तान्तरण पद्धति लागू गरिनेछ। अर्थात् निजी कम्पनीले यसलाई बनाउनेछ। निश्चित अवधिसम्म सञ्चालन गर्नेछ। त्यसअवधिमा उड्ने जहाज, यात्रुहरुबाट शुल्क उठाउनेछ र निश्चित अवधि सकिएपछि सरकारलाई हस्तान्तरण गर्नेछ। यसका लागि इच्छुक कम्पनीहरुले तयारी गरिरहेका छन्।

सडक

slide-7a
• काठमाडौँ-तराई-मधेश फास्ट ट्र्याक आयोजनाको ट्रयाक खोल्ने काम करिब करिब सकियो। यो बनाउन सरकारी-निजी-साझेदारीमा निर्माण-सञ्चालन-हस्तान्तरण पद्धति लागू गरिनेछ। अर्थात् निजी कम्पनीले यसलाई बनाउनेछ। निश्चित अवधिसम्म सञ्चालन गर्नेछ। त्यसअवधिमा गुड्ने गाडीहरुबाट शुल्क उठाउनेछ र निश्चित अवधि सकिएपछि सरकारलाई हस्तान्तरण गर्नेछ।
• मध्यपहाडी लोकमार्गको कूल १७७६ किलोमिटर ट्रयाक खोल्ने काम सकिएको छ। यो वर्ष बाग्लुङ-बुर्तिवाङ, जोरसाल-मझिमटार, घुर्मी-खुर्कोट, हलेसी-दिक्तेल, हिले-लेगुवाघाट-भोजपुर र गणेशचोक-चियोभञ्ज्याङ खण्ड कालोपत्रे हुनेछन्।
• गत वर्ष मनाङ केन्द्रीय सडक सञ्जालसँग जोडिएपछि अब सदरमुकाम जोडिन बाँकी डोल्पा र हुम्ला जिल्ला मात्र रहेका छन्। ती जिल्लामा यही वर्ष मोटरबाटो पुर्‍याउने लक्ष्य राखिएको छ।
• काठमाडौँको लाइफलाइन मानिएको त्रिभुवन राजपथको नागढुंगा नौबिसे खण्डमा सुरुङ मार्ग बनाएर सीतापाइलाबाट बाटो निकाल्ने बारे सम्भाव्यता अध्ययन यो वर्ष गरिनेछ।
• रानी-इटहरी-धरान, वीरगञ्ज-पथलैया र बेलहिया-बुटवल सडक खण्ड छ लेनमा विस्तार हुँदैछ।
• काठमाडौँको चक्रपथमा कलंकी-कोटेश्वर खण्ड ८ लेनको बनाउने काम अर्को महिना सुरु हुँदैछ। यहाँ बल्खुबाट स्वयम्भूतिर जाने छोटो बाटो जमिनमुनिबाट बनाउने तयारी छ।

जलविद्युत

• देशभित्रैको स्रोतबाट बनाउन थालिएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना निर्माण कार्य भइरहेको छ। यो वर्ष थप २ अर्ब बजेट पाएको छ यो आयोजनाले।
• नेपालको दोस्रो ठूलो जलाशययुक्त जलविद्युत आयोजना तनहुँ जलविद्युत आयोजना (१४० मेगावाट) को निर्माण यो वर्ष सुरु हुनेछ। एक अर्ब ५ करोड बजेट छुट्याइएको छ यसका लागि।
• ६० मेगावाटको त्रिशुली तेस्रो ए, ४२ मेगावाटको माथिल्लो मोदी, ३२ मेगावाटको राहुघाट, ३० मेगावाटको चमेलियागाड, १४ मेगावाटको कुलेखानी तेस्रो अहिले बन्ने क्रममा छ। ८७ मेगावाटको तामाकोशी पाँचौँ र २० मेगावाटको अछामको बूढीगंगा जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार हुँदैछ। यही वर्ष निर्माण कार्य सुरु गर्ने भनिएको छ।
• ६०० मेगावाटको बूढीगण्डकी, ५३० मेगावाटको तमोर, ४०० मेगावाटको नलसिंगाड, ३०० मेगावाटको दूधकोशी र ३०० मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत डिजाइन र वातावरणीय अध्ययन यो वर्ष हुनेछ।
• ३३५ मेगावाटको माथिल्लो अरुण र ४० मेगावाटको त्रिशुली बी जलविद्युत आयोजनाहरुबो सम्भाव्यता अध्ययन यो वर्ष सुरु हुनेछ।

विविध

• व्यवस्थित, योजनावद्ध सहर नै भएनन् नेपालमा। त्यसैले मध्य पहाडी लोकमार्गमा पर्ने फिदिम, वसन्तपुर, खुर्कोट, गल्छी बैरेनी, डु्म्रे भन्सार, बुर्तिवाङ, चौरजहारी, राकम कर्णाली, साँफेवगर, वैतडी पाटन गरी दस स्थानमा नमूना सहर विकास कार्यक्रम अहिले सञ्चालन भइरहेको छ। यो वर्ष आठ सहरी कोरिडोर विकासका लागि बजेट छुट्याइएको छ।
• दोलखामा अन्तर्राष्ट्रिय स्तरको फिल्मसिटी बन्दैछ।
आर्थिक अध्यादेशले यस्तो व्यवस्था गरेको छ -
Untitled-1
• सडक, पुल, विमानस्थल, सुरुङ मार्ग
निर्माण र सञ्चालन गरेमा वा ट्राम, ट्रलीबसमा लगानी
गरी सञ्चालन गरेमा सोबाट प्राप्त आयमा लाग्ने करको
दरमा चालीस प्रतिशतले छूट हुनेछ।
• राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा
सहुलियत : राष्ट्रिय महत्वका जलविद्युत आयोजना,
अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा
सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास
आयोजना तथा तीन सयजनाभन्दा बढी स्वदेशी
कामदारलाई रोजगारी दिने र पचास प्रतिशतभन्दा
बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने
उत्पादनशील उद्योग (चुरोट, मदिरा र वियर
उद्योग बाहेक) मा सम्वत् २०७५ साल चैत
मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने
छैन।

Saturday, July 6, 2013

Password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही tipsको प्रयोग गरेर Password लाई हटाउन सक्नु हुन्छ ।


१) जब तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छ F8
कि press गर्नुहोस् ।
त्यती बेला
२) तपाईंले boot menu option देख्न सक्नु
हुनेछ र त्यहा तपाईंले “Safe Mode” लाई
छान्नुहोस् ।
३) जब “Safe Mode” मा जानु हुन्छ
तपाईंलाई password सोधिने छैन र
तपाईंको कम्प्युटर खुल्नेछ ।
४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र
त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र
Enter गर्नुहोस् ।
५) windows user account पेज खुल्नेछ ।
त्यहा तपाईंले password protect गर्नु
भएको account खोल्नुहोस् र password
लाई delete गरिदिनुहोस् ।
६) अब कम्प्युटरलाई restart गर्नुहोस् ,
तपाईंको password हटिसकेको हुनेछ ।
७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई
नयाँ password ले protect गर्न सक्नु
हुनेछ :

पुलवाट बस खस्दा १२ यात्रुको मृत्यु




पोखरावाट मुग्लिनतर्फ आउँदै गरेको यात्रुवाहक वस शनिबार मादी नदीमाथिको पुलवाट तल खस्दा ५ महिलासहित १२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा १० जना घाइते भएका छन् ।

ना ३ ख ४६८४ नम्वरको उक्त वस दुर्घटनालगत्तै करिव ३ सय मिटर टाढा रहेको केवलजंग गुल्मका नेपाली सेना, प्रहरी र स्थानियले उद्धार गरेका थिए । दुर्घटनाग्रस्त वस मादी नदीको विच भागमा खसेकाले उद्धार कार्यमा कठिनाई भई रहेको प्रहरी उपरिक्षक देववहादुर वोहराले वताए । उनले सेना, प्रहरी र स्थानियको पहलमा उद्धार भएको जानकारी दिए । उद्धार राति अबेरसम्म पनि जारी छ ।

दुर्घटनामा परेका यात्रुको उद्धारका लागि प्रहरी उपरिक्षक देववहादुर वोहरा र केवलजंग गुल्मका गुल्मपति राजाराम वस्नेत सहितका नेपाली सेना र प्रहरी गरी करिव १ सय जना र दमौलीवासी खटिएका थिए । चालक र सहचालक समेत घाइते भएका छन् ।

वस दुर्घटना भएको स्थानमा पुग्न करिव ७० मिटर मादी नदीको वहाव तर्नु पर्ने भएकाले डोरीको सहयोगले घाइतेको उद्धार गरिएको प्रहरी उपरीक्षक वोहराले वताए । दुर्घटनाग्रस्त वस मादी नदीको विच भागमा करिव आधाभन्दा वढी डुवेको अवस्थामा छ ।

मादी नदी माथि ३ सय ७० मिटर लामो पुलको करिव विचभागवाट वस तल खसेको हो । वस र नदीको दुरी करिव २५ मिटर रहेको प्रहरीले जनाएको छ ।

पुल छेउमा घर भएकी १५ वर्षीया सुमित्रा अच्छामीले पुलको विच भागमा हिडिँरहेको वालकलाई वचाउने क्रममा वस खसेको प्रत्यक्ष देखेको वताइन् । उनले मानिसहरु चिच्याउँदै नदीमा वजारिएको वताइन् ।

'पुल नजिकै वसी हरेकी थिएँ,' उनले भनिन्, 'गुड्दै गरेको वसका यात्रुहरु चिच्याउँदै गरेका थिए । एकै चोटी वस नदीको विच भागमा खस्यो ।'

उनले वस खस्नु लगत्तै सेना, प्रहरी र स्थानिय वासीले उद्धार कार्यमा जुटेको वताईन् । दुर्घटनास्थल दमौली वजारवाट करिव ५ सय मिटर पश्चिममा पर्छ । दुर्घटनाका कारण अनुसन्धान पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।

Wednesday, June 26, 2013

ईन्जिनियरिङ विद्यार्थीले बनाए विद्युतीय रिक्सा



यहाँका एक  ईन्जिनियरिङ विद्यार्थीले वातावरणमैत्री विद्युतीय रिक्सा बनाएका छन् । मेकानिकल ईन्जिनियरिङ अध्ययनरत बेल्वा ७ का २८ वर्षीय रवि न्यौपानेले यस्तो रिक्सा बनाएर यस क्षेत्रमै नाम कमाएका छन् ।
तीन पांग्रे यो रिक्सा वीरगन्ज क्षेत्रमा लोकप्रिय भएको छ । धरानस्थित तीनकुने इन्जिनियरिङ कलेजमा डिप्लोमा गरी रहेका न्यौपानेले ६ महिना यता वीरगञ्जमा ग्रीन इनर्जी नेपाल नामक पसल चलाएर धमाधम रिक्सा बनाइरहेका छन् । मुलुकमै पहिलो पटक यस्तो खाले रिक्सा तयार पारिएको उनको दाबी छ ।
व्याट्री, मोटर, तीन चक्का, कन्ट्रोलर, फलाम लगायतका वस्तु प्रयोग गरी तयार पारिएको रिक्साले धूँवा नदिने र चालकले खुट्टा चलाएर मेहनत समेत गर्नु पर्दैन । प्रति घण्टा २५ देखि ३० किलोमिटर सम्म गुड्न सक्ने तीन चक्के रिक्सामा एक पटकमा आधा दर्जन सम्म यात्रु बस्न सक्छन् । ६ फिट लामो र करीब पाँच फिट अग्लो यो रिक्सा ब्याट्री बाहेक करिव एक क्विन्टल भारी छ । सामान्य रिक्सा चालकले पनि यो चलाउन सक्छन् ।
न्यौपानेले अर्डर दिए बमोजिम स्थानीय अधिकारी एग्रो इन्जिनियरिङ वर्क शपले रिक्सा बनाइरहेको छ । हाल सम्म यात्रु बोक्ने र मालबाहक समेत गरी आधा दर्जन रिक्सा उनले बिक्री गरी सकेका छन् । 'पहिले साधारण रिक्सामा परीक्षण गरी हेरेँ, सफल भएपछि आफैँले रिक्सा तयार पारेको हुँ,' न्यौपाने भन्छन्', रिक्सा चलाउन ६५ एम्पियर ४८ भोल्टको चार वटा व्याट्री रिक्साको सिट मुनी राखिएको छ, जसले यो रिक्सालाई एक दिनमा एक सय २० किलोमिटर सम्म तान्न सक्छ ।' हलुका र जोखिमरहित यो रिक्सा हालसम्म दुर्घट्नामा नपरेकाले सुरक्षित समेत रहेको उनी दाबी गर्छन् ।
यात्रुबाहक रिक्साको मूल्य १ लाख ५० हजार र मालबाहक रिक्साको मूल्य १ लाख १० हजार निर्धारण गरेका छन् । दिन भरी रिक्सा चलाएर राति व्याट्रीलाई चार्ज गर्न सकिने र यसमा तीन देखि चार युनिट बिजुली अर्थात अधिकतम ४० रुपैयाँ खर्च हुन्छ । तर एउटा रिक्साले एक दिनमा यात्रु बोकेर हाल एक हजार रुपैयाँ सम्म कमाइरहेको छ ।
आफूले बनाएका मध्ये एउटा रिक्सा न्यौपानेले परीक्षण र यसमा थप विकासका लागि स्थानीय रिक्सा चालक प्रेम लामालाई ठेक्कामा चलाउन दिएका छन् । लामाले न्यौपानेलाई दैनिक दुई सय रुपैया दिने गरेको र बाकी आफ्नो आम्दानी हुने गरेको बताए । यो रिक्सा हलुका र चलाउन पनि सहज रहेको लामा बताउछन् ।
परम्परागत शैलीको रिक्सा भन्दा यो रिक्सा चलाउन सहज, बढि कमाई र परिश्रम समेत नपर्ने भएकाले नेपालका सडकहरुमा यो अत्यन्त उपयोगी रहेको उनले बताए ।
वैज्ञानिक न्यौपानेको अर्डरमा रिक्सा बनाई रहेका अधिकारी एग्रो इन्जिनियरिङका व्यवस्थापक दिवाकर शर्मा रिक्सामा सबै चिनियाँ सामान प्रयोग गरिएको बताउँछन् । एउटा रिक्सा बनाउन चार मजदुरले पाँचदेखि छ दिन लगाउने र करीब आठ हजार रुपैयाँ मजदुर खर्च लाग्ने उनले बताए ।
आफूलाई न्यौपानेको परिकल्पना र आविष्कार अत्यन्त मौलिक लागेको र यसलाई अझ विकसित र परिष्कृत गर्न सके बहुउपयोगी हुन सक्ने उनले बताए ।
यता न्यौपाने भविष्यमा अपांगले चढने यस्तै खाले हि्वल चियर बनाउने आफ्नो लक्ष्य रहेको बताउँछन् ।

प्रकाशित मिति: २०७० असार १२ ०८:४२
source: ekantipur

Friday, June 21, 2013

तेल पेल्ने ग्रामीण प्रविधि 'कोल'

सर्वसाधारणको सहजताका लागि रोल्पाको जौलीपोखरीमा स्थानीयवासीले बनाएको परम्परागत मिल । यसबाट ग्रामीण भेगमा तोरी, चिउरी, तिल आदिबाट तेल निकालिन्छ ।

रेग्मीको निरीक्षणका क्रममा देखिएको बाढी प्रभावित क्षेत्रका दृश्यहरु यस्ता थिए


मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले पश्चिम नेपालका बाढीग्रस्त क्षेत्रहरुको निरीक्षण गर्नुभएको छ । बर्दियाको राजापुर क्षेत्रमा भने उहाँले हवाइ निरीक्षण गर्नुभयो ।

निरीक्षणका क्रममा सुदुरपश्चिमका क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई उधृत गर्दै मन्त्रि परिषद सचिवालयले जनाएअनुसार बाढीको चपेटामा परी १२ को मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी अधिकारीले दिएको जानकारी अनुसार १ सय १८ घर जोखिममा परेका छन् । १५ हजार व्यक्तिलाई खाद्यान्न संकट परेको छ भने १० किलोमिटर बाटोमा थ्ति पुगेको छ ।
त्यसैगरी अध्यक्ष रेग्मीको टोलीले कञ्चनपुरको पनि गर्नुभएको थियो । त्यस्तै कञ्चनपुरको झोलुँगेपुल, चाँदनी र दोधारा गा.वि.स.र ब्रहृमदेव, शुक्लाफाँट र पुनर्वास क्षेत्रको रेग्मीले निरीक्षण गर्नुभएको थियो । त्यस्तै कैलालीको टीकापुर क्षेत्रको पनि निरीक्षण तथा जनजागृति मा.वि.मा विभिन्न राजनीतिक दलका प्रतिनिधी, स्थानीयबासी, प्रशासक, सुरक्षा निकायका पदाधिकारी एवं पत्रकारहरूसँग भेटघाट तथा छलफल गर्नुभएको थियो । बर्दियाको राजापुर क्षेत्रको हवाइ निरीक्षण गर्नुभएको मन्त्रिी परिषद सचिवालयले जनाएको छ ।
1
कञ्चनपुर
__________-_______,-_______
सञ्चारकर्मी तथा राजनीतिक दलसँग खिलराज रेग्मी
__________-______-_________
स्थलगत निरीक्षण
_________1
दार्चुला
2
दोधारा-चाँदनीपुल
3
बर्दिया राजापुर
4
5
दार्चुला
6
कैलालीको टीकापुर
7
9
10
11
स्थलगत निरीक्षण
12
स्थलगत निरीक्षण
13
स्थलगत निरीक्षण

Thursday, June 20, 2013

सक्नेले स्वदेशमै विदेशभन्दा बढी आम्दानी गरेका छन् (विदेश जानु पर्दैन) | ...

काठमाडौंमा बन्ने २५ तले 'काठमाडौं टावर


काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा सुविधा सम्पन्न र प्रविधियुक्त 'काठमाडौं टावर' निर्माण गर्ने प्रक्रिया फेरि अगाडि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो खोलेपछि निर्माण प्रक्रिया पुनः सुचारु हुने भएको छ ।
साढे २३ रोपनी क्षेत्रफल रहेको पुरानो बसपार्कको करिब १० रोपनीमा भवन निर्माण गरिने छ । भुइँतलामा बसपार्क, अन्य माथिल्ला दुई तलामा हलुका सवारी साधनको पार्किङस्थल बनाइने छ ।
बाँकी जग्गामा सवारी साधन भित्रिने र बाहिरिने ढोकालगायत विभिन्न आधुनिक प्रकारका मनोरञ्जन स्थल बनाइनेछ ।
भोटाहिटी, न्युरोड क्षेत्र लगायतसम्मका गाडीको पार्किङ टावरमै हुनेछ । टावर काठमाडौं उपत्यका देखिने गरी बनाइनेछ । भवनमा मनोरञ्जन हल, पार्क, रेस्टुरेन्ट, क्याफे, बैंक, सना-ठूला सभाहल, पौडी पोखरीसमेत निर्माण गरिने छ

Tuesday, June 11, 2013

एसएलसीको नतिजा कहाँ हेर्ने ? पत्रिका हैन अब डिजिटल सुविधा

२८ जेठ, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरे लगत्तै परीक्षार्थी, अभिभावक र शिक्षकको ध्यान कम्प्युटर र मोबाइलमा केन्दि्रत भएको छ । केही वर्षअघिसम्म परीक्षाफल थाहा पाउन गोरखापत्रको भर पर्नुपर्ने बाध्यता थियो । गोरखापत्र बाहेक अन्यत्रबाट परीक्षाफल थाहा पाउन नसकिने भएकाले कतिपय ठाउँमा त नतिजा सार्वजनिक भएको दुई तीन दिनपछि मात्र परिणाम थाहा हुन्थ्यो । नतिजा सार्वजनिक भएको रात र भोलिपल्ट दिनभर गोरखापत्र संस्थापनमा पत्रिका किन्नेको भीड लाग्थ्यो । भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज नै गर्नुपथ्र्यो ।
तर नयाँ प्रविधिसँगै यो बाध्यता हटेको छ । केही वर्षदेखि नै एसएलसीको नतिजा इन्टरनेट र एसएमएसबाट थाहा पाउन सकिने व्यवस्था शुरु भैसकेको छ । यसपाली त झन् परीक्षा नियन्त्रण कार्यालयले पत्रिकामा समेत नतिजा प्रकाशित नगर्ने भएको छ । कसैले सित्तैंमा छापेमा दिने, तर शुल्क तिरेर पत्रिकामा नतिजा नछाप्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
नतिजा यहाँबाट थाहा हुन्छ
परीक्षाको नतिजा अनलाइनखबर डटकममा हेर्न सक्नुहुनेछ भने परीक्षा नियन्त्रणा कार्यालयले पनि तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले अघिल्ला वर्षहरुजस्तै यसपाली पनि आफ्नो, नेपाल टेलिकमको र अरु बिभिन्न निजी संघसंस्थाको वेवसाइट मार्फत एसएलसीको नतिजा थाहा पाउन सकिने व्यवस्था मिलाएको छ । नतिजा सार्वजनिक भए लगत्तै शिक्षा मन्त्रालयको www.moe.gov.np , शिक्षा विभागको www.doe.gov.np , परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np , नेपाल टेलिकमको slc.ntc.net.np बाट हेर्न सकिनेछ ।
यस्तै नेपाल टेलिकमको १४००, बिभिन्न संघसंस्थाको ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमस गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
नतिजा सजिलै थाहा पाउन सकिने वेवसाइट र एसएमस सेवा भएपनि विगतका वर्षहरुमा समयमै साइटमा नराख्ने र हृयांग हुने समस्या थियो ।

परीक्षाफल प्रकाशित

परीक्षाफल प्रकाशित
****************

काठमाडौ, जेष्ठ २८ - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय,
बल्खुद्वारा २०६९ सालमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ
तीन वर्षे स्नातक तह प्रथम वर्ष नियमित परीक्षाको
परीक्षाफल आज प्रकाशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल वेबसाइट
www.educationsansar.com मा हेर्न सकिने छ भने
Nepal Telecom को १६०२ मा डायल गरी प्राप्त
निर्देशानुसार थाहा पाउन सकिने छ ।
रासस
soce.gov.np
The Office of Controller of Examinations (OCE) is established under the Government of Nepal/Ministry of Education. Its main functions are to manage and conduct the School Leaving Certificate (SLC) Examinations. The first SLC examinations were held in 1934(1990BS). Since then several improvements hav...
 

Monday, June 10, 2013

SLC Result

Welcome to SLC Result Page!
SLC result 2069 has been published on मंगलबार, २०७० जेष्ठ २८ !
Visit :- http://tinyurl.com/slc2069

Saturday, June 8, 2013

Peru's cable cars to promote tourism and integration, says Humala


Lima, May 27 (ANDINA). Peru’s President Ollanta Humala launched Monday the Cable Car Program, which is aimed at promoting tourism and integration in Peruvian regions.
Photo: ANDINA/Prensa Presidencia
Photo: ANDINA/Prensa Presidencia
The program seeks to build a cable car in each region in order to integrate communities and promote trade.

"The idea is to work two concepts: integration and tourism,” Humala said. “Many communities have that problem of getting their produce off the field.”

The President said that it is necessary to "face the challenge imposed on us by nature," and cable cars are one of the most viable means to this end.

"The goal is to have a cable in each region, so we intend to work with regional governments and mayors to see where (cable cars) are needed and we’ll do it.”

(END) JCC/MVF/LOG/MOC   

Monday, June 3, 2013

नेपालीमा लेख्‍न इच्छुक मित्रहरूको लागि

१. http://www.supremecourt.gov.np/ मा जाने,
२. पानाको तल, पुछारमा पुग्ने । त्यहाँ Download Nepali Unicode को मुन्तिर [Nepali Unicode Romanised] [Nepali Unicode Tradtional] लेखिएको छ । पहिलोबाट, Romanised पारामा, अर्थात् k =क , K = ख , g = ग , G = घ आदि टाइप गरिन्छ। पछिल्लोबाट, 'कान्तिपुर', 'प्रिति' आदिको पारामा टाइप गरिन्छ । यी २ मध्ये आफूलाई मन पर्ने Download and Install गर्ने ।
३. Install भएपछि, Taskbar मा, (मनिटरमा तल दाहिने) Eng लेखेको देखिन्छ । अंग्रेजीमा लेख्‍न सोझै टाइप गर्न थाल्ने ।
सो Eng मा माउस क्लिक गर्दा नेपालीमा लेख्‍न रोज्ने विकल्प (Windows 8 मा 'नेपा') आउछ । त्यही रोजेर नेपालीमा टाइप गर्नथाल्ने ।
४ [Nepali Unicode Romanised] र [Nepali Unicode Tradtional] दुवैबाट, नेट नहुदा पनि नेपालीमा टाइप हुन्छ । यसबाट Word र Open Office मा पनि नेपालीमा लेख्‍न सकिन्छ ।
५. माथिका कुरा Windows 7 र 8 का लागि हुन् ।
६. नेपालीमा लेख्न शुरूमा केही असहज होला । Word मा एउटा पानामा की बोर्डका सबै कीहरू पहिले Lower Case मा र त्यसपछि Upper Case हानेर त्यसलाई Print गरेर राख्दा शंका लागेको बेलामा हेर्न सकिन्छ । गर्दैजादा, पछि त सबै सम्झना भैहाल्छ ।
७.. Android Mobile र Tab को लागि छुट्टै व्यवस्था छ ।

Thursday, May 30, 2013

भारतले सहयोग गरेर गणतन्त्र आएको होइन

कपिलवस्तुदेखिकै कुरा गर्ने हो भने नेपालमा २५ सय वर्षदेखि राजतन्त्र थियो । एकीकृत केन्द्रीकृत सत्ता बनेदेखिको कुरा गर्ने हो भने करिब अढाइ सय वर्षदेखिको राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना नगरिकन नेपालमा वास्तविक लोकतन्त्र संस्थागत हुन सक्दैनथ्यो । यही कुरालाई मध्यनजर गरेर हामीले जनयुद्धको पूर्वसन्थ्यामा प्रस्तुत गरेको ४० सूत्रीय मागमा पनि गणतन्त्रात्मक संविधान बनाउने मुद्दालाई प्रमुख रुपमा उठायौं । जनयुद्ध शुरु भएपछि मूख्यरुपमा ०५७ सालपछि हामीले गणतन्त्रलाई कार्यनीतिक नाराका रुपमा अगाडि सार्यौं ।

प्रारम्भिक प्रयास

विसं. ०५८ साल जेठ १९ गते जुन दरबार हत्याकाण्ड भयो, त्यसपछि नेपालमा वस्तुतः गणतन्त्र आउने आधार तयार भयो भन्ने निश्कर्षमा हामी पुग्यौं । यसैलाई केन्द्रमा राखेर मैले लेखेको एउटा लेख कान्तिपुरमा निकै चर्चित पनि भयो । त्यसपछि हाम्रो पार्टीले नेपालमा वस्तुतः गणतन्त्रको उदय भैसक्यो, यसलाई संस्थागत गर्नुपर्छ भन्ने नारा अगाडि सार्यो । त्यसपछि गणतन्त्रलाई केन्द्रमा राखेर अरुपक्षसँग पनि छलफल गर्नुपर्छ भन्ने हामीले नीति तय गर्यौं र यही सिलसिलामा हामीले चर्चित सिलिगुडी वार्ता आयोजना गर्यौं । पहिलो वार्ताकालमा यही विषयलाई केन्द्रमा राखेर युद्धविराम गरी देउवा सरकारसँग वार्ता गर्न आयौं । तर, त्यतिबेला कांग्रेस र एमालेले गणतन्त्रमा जान मानेनन् र ०५८ सालको पहिलो वार्ता भंग हुन पुग्यो । त्यसपछि सेना परिचालन भएपछि देश अर्को ठाउँमा पुग्यो ।

ज्ञानेन्द्रलाई फकाउने असफल प्रयत्न

ज्ञानेन्द्रले ०५९ असोज १८ मा शेरबहादुर देउवालाई बर्खास्त गरेर शासन आफ्नो हातमा लिए । त्यसपछि पुरानो सत्ता राजा ज्ञानेन्द्रंका हातमा केन्दि्रत हुन पुग्यो । यो अवस्थामा हामीले अर्को एउटा प्रयत्न के गर्यौं भने नेपालको भूराजनीतिक अवस्तामा सकेसम्म संसदवादी शक्ति र राजा स्वयंलाई सहमतिमा ल्याएर गणतन्त्रमा जान पाए राष्टियताको संरक्षण एवं राष्ट्रिय एकताको प्रवर्द्धन हुन्थ्यो र कम क्षतिसहित उपलब्धी हासिल हुन सक्थ्यो भन्ने सोच बनायौं । किन एकचोटि सिधै राजासँग कुराकानी गरेर राजालाई नै स्वेच्छिक ढंगले गद्दी त्याग र गणतन्त्रमा आऊ, हामी तिमीलाई नै पहिलो राष्ट्रपति बनाउँछौं भन्ने प्रस्ताव किन नलाने भन्ने हामीले ठान्यौं । यसो गर्न सकियो भने कम क्षतिमा बाह्य हस्तक्षेपविना गणतन्त्र आउन सक्छ र नयाँ ढंगले राष्ट्रिय एकता कायम हुन सक्छ भन्ने सोच पनि हामीमा पलायो ।

मलाई एकदमै याद छ अध्यक्ष कामरेड प्रचण्ड र मैले पटक-पटक ०५९ सालद मंसिर/पुसमा लामो छलफल गरेर हामी एकचोटि प्रयत्न गरौं भन्ने निश्कर्षमा पुग्यौं । ०५९ साल माघमा युद्धाविराम गरेर राजासँग नै वार्ता गर्ने भनेर मेरै नेतृत्वमा दोस्रो वार्ताटोली गठन गरेर हामी नेपालमा आयौं । इतिहासमा कतिपय राजाहरुले बुझेर बेलैमा गद्दी छाडेको कयौं उदाहरणहरु पनि छन् । पछिल्लो उदाहरण क्याम्बोडियाका राजा सिंहानुकै थिए । त्यसैले नेपालका राजा पनि यदि सिंहानुक बन्न तयार हुन्छन् भने हामीले त्यो प्रयत्न गर्नुपर्छ भनेर हामी आयौं । यही म्यान्डेटसहित मेरो नेतृत्वमा वार्ता टोली आयो । तर, दुभाग्य के भैदियो भने त्यतिबेलाका ज्ञानेन्द्रका सल्लाहकारहरुले हाम्रो सन्देशलाई शायद ठीक ढंगले ज्ञानेन्द्रमा सम्प्रेषण गरेनन् । अथवा ज्ञानेन्द्रलाई यो कुरा मन परेन । उनले वार्ताटोलीको प्रमुख मसँग वार्ता गर्नै इन्कार गरे । वार्ता टोलीको प्रमुखसँगै वार्ता गर्न इन्कार गरेपछि यो कुरा सीधै उनीसँग राख्ने अवसरै हामीलाई प्राप्त भएन । त्यसपछि हामी के निश्कर्षमा पुग्यौं भने ज्ञानेन्द्र वार्ताबाट गद्दी छाडेर गणतन्त्रमा जान तयार छैनन् र अब क्याम्बोडियाको तरिकाले नेपालमा गणतन्त्र ल्याउने सम्भावना रहेन । त्यसपछि हामी फेरि अर्को युद्धको तयारीमा लाग्यौं ।

ज्ञानेन्द्रले नमानेपछि अर्को चक्कर

हामीले राजा र संसदवादीहरुको सहमतिले नै गणतन्त्र ल्याउने सोचेका थियौं । तर, त्यो असफल भयो र त्यसपछि अर्को चक्कर शुरु भयो । त्यसपछि हामीले संसदवादी शक्तिहरुसँग मिलेर, अन्तर्राष्ट्रिय शक्तिहरुलाई पनि सन्तुलनमा ल्याएर गणतन्त्र ल्याउनुपर्छ भन्ने नयाँ नीतिपटि्ट हामी लाग्यौं । त्यही साल माघ १९ मा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिइसकेपछि संसदवादी दलहरुसँग उनको दूरी झन् बढ्यो । त्यसपछि हाम्रो पार्टी संसदवादी शक्तिहरुलाई साथमा लिएर लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिमा अघि बढ्नुपर्छ भन्ने निश्कर्षमा पुग्यो । ०६२ सालको असोजमा चुनवाङ बैठकले औपचारिक ढंगले यो नीति पारित गर्यो । त्यसपछि हामीले संसदवादी शक्तिहरुसँग घनिभूत छलफल शुरु गर्यौं । त्यसभन्दा अघि ०६२ जेठमा नै हामीले गिरिजाप्रसाद कोइरालालाई भित्री रुपमा भेटेर हामी बहुदलीय प्रतिश्पर्धामा आउँछौं, तपाई गणतन्त्रमा आउनोस् भन्ने कुरा खुलस्त ढंगले राख्यौं । कोइरालाको थोरै बोल्ने बानी, उहाँले सीधै हुन्छ त भन्नुभएन, तर उहाँले मलाई अहिल्यै भन्न नलगाउनोस् भन्दै त्यतातिर जाने संकेत चाँहि गर्नुभयो । त्यसपछि कांग्रेसले आफ्नो विधानबाट संवैधानिक राजतन्त्र हटायो । त्यसको वरिपरि एमाले पनि त्यस्तै निर्णय गर्यो । त्यसपछि दिल्लीमा मंसिर ३ गते बाह्रबुँदे सहमति बन्यो र ७ गते काठमाडौंबाट घोषणा भयो । यसरी राजाबाटै गणतन्त्र ल्याउने हाम्रो प्रयत्न असफल भैसकेपछि यो नयाँ कोर्सबाट ०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा हुन पुगेको हो ।

भारतले सहयोग गरेर गणतन्त्र आएको होइन

गणतन्त्रमा ल्याउनमा भारतको भूमिका के रह्यो भन्ने कतिपय मान्छेले प्रश्न गर्छन् । भारतको त संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था भन्ने दुई खम्बे नीति नै थियो । र, माओवादी नेपालको मुख्य समस्या हो भन्ने भारतको बुझाइ थियो । त्यसैले राजा र संसदवादी दुईवटा शक्तिलाई साथमा लिएर माओवादीलाई निषेध गर्नुपर्छ भन्ने भारतीय सरकारको घोषित नीति नै थियो । यो स्थितिमा भारले हामीलाई सहयोग गर्ने र समर्थन गर्ने भन्ने कल्पनै गर्न सकिँदैन ।

तर, जब हामी संसदवादी शक्तिसँग मिलेर गणतन्त्रमा जानुपर्छ भन्ने स्थितिमा पुग्यौं, त्यो अवस्थामा भारत र संसदवादी शक्तिको निकट सम्बन्ध हुनुको नाताले भारतलाई पनि मुख्यतः कांग्रेसमार्फ्त सकारात्मक सन्देश पुगोस् भन्ने सोच थियो । हाम्रो विश्वास के थियो भने नेपाली कांग्रेससँग कुरा गरिसकेपछि अन्तरराष्ट्रिय शक्ति केन्द्रहरुमा पनि तत् तत् ठाउँमा यी कुराहरु पुग्छन् । हामीसँग त कसैको सम्बन्ध र सम्पर्क थिएन, तर बाह्रबुँदे समझदारीपछि नेपाली कांग्रेसमार्फत् भारत र पश्चिमाहरुसँग एकप्रकारको समझदारी बनेको हुनुपर्छ भन्ने हाम्रो अनुमान थियो । पछि भारतले पनि घोषितरुपमा आफ्नो दुईखम्बे नीतिलाई परिवर्तन गरेको संकेत बाहिर ल्यायो । त्यसैले भारत नेपाली जनमतलाई मानेर अगाडि बढेको हो, भारतको चाहनाले नेपालमा गणतन्त्र आएको होइन । भारत बाध्य भएर नेपालको गणतन्त्रलाई स्वीकार्ने अवस्थामा पुगेको हो ।

गणतन्त्र : ऐतिहासिक द्वार

हामीले यसरी बाह्रबुँदे समझदारी र संविधानसभा हुँदै ०६५ जेठ १५ गते नेपालमा गणतन्त्रको स्थापना गर्यौं । यो नेपालको इतिहासको एउटा कोसेढुंगा हो । यसबाट अग्रमनको एउटा ठूलो द्वार खुलेको छ । व्यक्तिगतरुपमा म पहिले कम्युानिष्ट भएर गणतन्त्रवादी भएको होइन, पहिले गणतन्त्रवादी भएर कम्युनिष्ट भएको हो । त्यसैले मैले यो दिनलाई आफ्नो जीवनको सबैभन्दा धेरै खुशीको क्षण ठानेको छु । किनभने पछौटे सामन्ती उत्पीडनमा जकडेर राख्ने संस्थालाई अन्त्य गरिसकेपछि नेपाली समाजको समग्र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै तरिकाले लोकतान्त्रिक मार्ग प्रशस्त बनेको छ ।

नेपालमा राजतन्त्र र्फकने आधार छैन

राजतन्त्र पुनस्थापना हुने सम्भापना म देख्दै देख्दिँन । यो त उल्टो गंगा बगाउने भनेजस्तो कुरा हुन्छ । इतिहासको प्रवाहलाई पछाडि फर्काएर देश र जनताको हित हुँदैन । २५ सय वर्षको राजतन्त्र अन्त्य हुँदा त्यो शक्तिले पुनस्थापनाको इच्छा गर्नु स्वाभाविक हो । तर उनीहरुको शक्ति यथि क्षीण र सानो छ कि यसले नेपालमा राजतन्त्रको पुनस्थापना गर्न सक्छ जस्तो मलाई लाग्दैन । फेरि नेपाली जनताको चेतना यति माथि उठेको छ कि यसले पनि पुनःस्थापना सम्भव छैन ।

संघीयता, जातीय, क्षेत्रीय, लैङ्गकि उत्पीडनको जुन मुद्दा छ, यसका निम्ति पनि राजतन्त्रको उन्मूलन जरुरी छ । सामन्तको नाइके राजतन्त्रले जुन एकात्मताको पक्षपोषण गर्यो, त्यो संघीयताको विरोधी थियो । संघीयता चाहनेले राजतन्त्र स्वीकार्न सक्दैनन् । महिला मुक्ति चाहनेले पनि पुरुष प्रधान राजतन्त्र स्वीकार्न सक्दैनन् । हिन्दू वर्ण व्यवस्थाको पक्षपोषण गर्ने राजतन्त्रलाई दलितहरुले स्वीकार्न सक्दैनन् । मधेस र कर्णालीका उत्पीडितले पनि काठमाडौं केन्दि्रत राजतन्त्रलाई स्वीकार्न सक्दैनन् । त्यसैले नेपालमा राजतन्त्र पुनस्थापनाको वस्तुगत आधार छैन ।

(पूर्वप्रधानमन्त्री भट्टराईसँग अनलाइनखबरका लागि धर्मराज भुसाल र अरुण बरालले गरेको कुराकानीमा आधारित)