Saturday, July 6, 2013

पुलवाट बस खस्दा १२ यात्रुको मृत्यु




पोखरावाट मुग्लिनतर्फ आउँदै गरेको यात्रुवाहक वस शनिबार मादी नदीमाथिको पुलवाट तल खस्दा ५ महिलासहित १२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा १० जना घाइते भएका छन् ।

ना ३ ख ४६८४ नम्वरको उक्त वस दुर्घटनालगत्तै करिव ३ सय मिटर टाढा रहेको केवलजंग गुल्मका नेपाली सेना, प्रहरी र स्थानियले उद्धार गरेका थिए । दुर्घटनाग्रस्त वस मादी नदीको विच भागमा खसेकाले उद्धार कार्यमा कठिनाई भई रहेको प्रहरी उपरिक्षक देववहादुर वोहराले वताए । उनले सेना, प्रहरी र स्थानियको पहलमा उद्धार भएको जानकारी दिए । उद्धार राति अबेरसम्म पनि जारी छ ।

दुर्घटनामा परेका यात्रुको उद्धारका लागि प्रहरी उपरिक्षक देववहादुर वोहरा र केवलजंग गुल्मका गुल्मपति राजाराम वस्नेत सहितका नेपाली सेना र प्रहरी गरी करिव १ सय जना र दमौलीवासी खटिएका थिए । चालक र सहचालक समेत घाइते भएका छन् ।

वस दुर्घटना भएको स्थानमा पुग्न करिव ७० मिटर मादी नदीको वहाव तर्नु पर्ने भएकाले डोरीको सहयोगले घाइतेको उद्धार गरिएको प्रहरी उपरीक्षक वोहराले वताए । दुर्घटनाग्रस्त वस मादी नदीको विच भागमा करिव आधाभन्दा वढी डुवेको अवस्थामा छ ।

मादी नदी माथि ३ सय ७० मिटर लामो पुलको करिव विचभागवाट वस तल खसेको हो । वस र नदीको दुरी करिव २५ मिटर रहेको प्रहरीले जनाएको छ ।

पुल छेउमा घर भएकी १५ वर्षीया सुमित्रा अच्छामीले पुलको विच भागमा हिडिँरहेको वालकलाई वचाउने क्रममा वस खसेको प्रत्यक्ष देखेको वताइन् । उनले मानिसहरु चिच्याउँदै नदीमा वजारिएको वताइन् ।

'पुल नजिकै वसी हरेकी थिएँ,' उनले भनिन्, 'गुड्दै गरेको वसका यात्रुहरु चिच्याउँदै गरेका थिए । एकै चोटी वस नदीको विच भागमा खस्यो ।'

उनले वस खस्नु लगत्तै सेना, प्रहरी र स्थानिय वासीले उद्धार कार्यमा जुटेको वताईन् । दुर्घटनास्थल दमौली वजारवाट करिव ५ सय मिटर पश्चिममा पर्छ । दुर्घटनाका कारण अनुसन्धान पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment