Tuesday, May 21, 2013

सुरुङमार्ग निर्माण कार्य एक महिनाभित्र सुरु गरिने


‘सुरुङमार्ग निर्माण कार्य एक महिनाभित्र सुरु गरिने’

हेटौंडा, ७ जेठ । हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्गको निमाणकार्य  एक महिनाभित्र सुरु हुने भएको छ । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष एवम् सुरुङमार्ग निर्माणका सञ्चालक जयराम लामिछानेले सो सुरुङमार्ग एक महिनाभित्र निर्माण प्रक्रियामा जाने बताए ।

नेपाल सरकारले वैशाख ३० गते निजीक्षेत्रको स्वमित्वमा रहेको नेपाल पूर्वाधार विकास कम्पनीलाई स्वीकृति दिएपछि सुरुङमार्ग निमार्णको बाधा फुकेको भन्दै सञ्चालक लामिछानेले सरकारले गत मङ्गलबार हेटौडा–कुलेखानी–काठमाडौ सुरुङमार्ग बनाउने अनुमति दिएको भएपनि अनुमतिपत्र भने मङ्गलबारसम्म दिने बताए ।

उनले भने, “आगामी हप्ता अनुमतिपत्र पाउनेबित्तिकै हामी कानुन विभागको कम्पनी ऐनअन्तर्गत सर्वसाधारणहरुमा सेयरको लागि आह्वान गछौं, त्यसबाट नपुग रकम हामी बैंकबाट ऋण लिन्छौं र जसरी भएपनि समयावधीमा नै निर्माणकार्य पूरा गरिछाड्छौं ।”

स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टले सरकारले जिविस मकवानपुरलाई संस्थागत सदस्यमा जान र आफैंले कमाएको रकमबाट सुरुङमार्गमा लगानी गर्न पाउने अनुमति दिएकाले यसअघिकै जिल्ला परिषद्बाट रु २० लाख छुटयाइएको बताए । सो सुरुङमार्ग निर्माणका लागि जिविस मकवानपुरसहित संस्थागतरुपमा एक सय उनन्साठी र २०० जना सर्वसाधारणले नेपाल पूर्वाधार विकास कम्पनीको सेयर खरिद गरिसकेको कम्पनीले जनाएको छ । रासस

No comments:

Post a Comment