Saturday, February 13, 2016

कालिञ्चोक भगवतीको दर्शन गर्न जाँदा (फोटो कथा)

यस्तो देखियो दोलखाको सुन्दरता 

kalinchok_650
शब्द/तस्वीर- राम गोपाल तमखु
२ कात्तिक । कालिञ्चोक भगवती दोलखा जिल्लाको रमणीय एवं धार्मिक हिसाबले महत्वपूर्ण स्थानका रुपमा परिचित छ । काठमाडौंदेखि कालिञ्चोकको धार्मिक पर्यटकीय यात्रा छोटो एवं रमणीय छ ।
काठमाडौबाट चरीकोटसम्म अरनिको यातायातमा बस चढेर जान सकिन्छ । चरीकोटमा केहीबेर चियापान र आराम गरी पैदल बाटो लाग्नुपर्छ । चरीकोटबाट करीब एक घण्टाको हिँडाइपछि देउराली भञ्ज्याङ पुगिन्छ ।
देउरालीमा ३/४ वटा पसल मात्रै छन् । त्यहाँबाट माथि उक्लिएपछि कुरी नपुगेसम्म बाटोमा पसल भेटिँदैनन् । त्यहाँबाट घना जङ्गलको बाटो हिँड्नु पर्छ ।
करीब ५ घण्टाको उकालो चढेपछि बल्ल कुरी पुगिन्छ । कुरी बास बस्ने ठाउँ हो । यहाँ धेरैवटा होटलहरु खुलिसकेका छन् ।
मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँसम्म जान सकिन्छ । तर, बाटो निकै जोखिमपूर्ण छ । ढुंगा बिछ्याएको बाटो धेरै ठाडो छ । गाडीबाट पनि ३ घण्टा लाग्ने भएकाले यो ठाउँमा हिँडेरै जानुको बेग्लै मज्जा छ ।
kalinchok_650-1
जङ्गलको बाटोबाट देखिने हिमालले थकानको महसुस नै हुँदैन । जति माथि गयो, त्यति हिमालले बोलाइरहेको प्रतीत हुन्छ ।
कुरीमा बास बसेर बिहान ५/६ बजे कालिञ्चोक डाँडा उक्लिन सकिन्छ । घाम लागेपछि ठाडो उकालो चढ्न गाह्रो हुन्छ ।
कुरीबाट करीब ४५ मिनेट उकालो चढेपछि बल्ल स्वर्गमा पुगेजस्तो आनन्द आउँछ । कालिञ्चोक माताको आँगनमा उभिएर पूर्वदेखि पश्चिमसम्म हिमाल नै हिमालको लाइन देख्दा यहाँ पुग्ने सबैले स्वर्ग पुगेको अनुभूति गर्छन् । नहोस् पनि किन ? यस्तो रमाइलो ठाउँमा ।
करीब आधा घण्टाको बसाइपछि तल झर्दा २० मिनेमै कुरी पुगिन्छ । त्यहाँ खाना खाएर ९ बजेतिर तल झर्न सकिन्छ । बाटामा बास बस्नका लागि चौंरीगोठ जस्तै छाप्रा भेटिन्छन् ।
हिमाल हरेर तल झर्दै गर्दा करीब ३ घण्टाको हिँडाइपछि देउराली आइपुगिन्छ । देउरालीमा चिया खाएर करीब २५ मिनेटमा चरीकोट आइपुगिन्छ । त्यहाँबाट २५ मिनेटमा दोलखाको भीमसेनस्थान पुगिन्छ ।
दोलखा भीमसेनको दर्शन गरेर २ बजेको काठमाडौं जाने बस चढ्न भ्याइन्छ ।
kalinchok_960 (1)
धेरै हिँड्ने बानी नभएकाहरुका लागि काठमाडौं र्फकने बेलामा निकै थकान महसुस हुन थाल्छ । तर, कालिञ्चोक माताको आँगनदेखिने मनोरम दृश्यले त्यो थकान बिर्साउँछ ।
कालिञ्चोकमा विशेष गरी जनैपूणिर्मामा ठूलो धार्मिक मेला लाग्छ । यसबाहेक अन्य पूणिर्मामा पनि दर्शनका लागि भक्तजन कालिञ्चोक जाने गर्छन् ।
यो क्षेत्रलाई धार्मिक पर्यटनका हिसाबले प्रचार प्रसार एवं व्यवस्थि तगर्न सकिएमा दोलखालाई मात्रै नभई देशलाई नै राम्रो आर्थिक योगदान पुग्न सक्ने देखिन्छ ।
kalinchok_960 (2)kalinchok_960 (3)kalinchok_960 (4)kalinchok_960 (5)kalinchok_960 (6)kalinchok_960 (7)kalinchok_960 (8)kalinchok_960 (9)kalinchok_960 (10)kalinchok_960 (11)kalinchok_960 (12)kalinchok_960 (13)kalinchok_960 (15)kalinchok_960 (16)kalinchok_960 (17)kalinchok_960 (19)kalinchok_960 (20)kalinchok_960 (21)kalinchok_960 (22)kalinchok_960 (23)

No comments:

Post a Comment