Saturday, July 12, 2014

रोमाञ्चक र प्रेरणादायी फाइनलको आशा

रोमाञ्चक र प्रेरणादायी फाइनलको आशा
जेरे लङम्यान, साओ पाउलो-जर्मनीले पछिल्ला खेलमा गरेको प्रदर्शनलाई लिएर उसलाई विश्वकपको दाबेदारका रूपमा हेरिएको छ । बलियो मिडफिल्ड, उत्कृष्ट फिनिसिङ र टिम गेमले उसलाई बलियो बनाएको छ ।
विश्वकपको सुरुआतमा नेदरल्यान्ड्सलाई विश्वकपको दाबेदारका रूपमा हेरिएको थियो । उसले समूह चरणमा गोल गरेको थियो । तर उसले अन्तिम १६ यता पहिलेको जस्तो खेल पस्कन छाड्यो । सेमिफाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा हारेको डच टिमले गोल गर्न नसक्नु तथ्यांक हेर्दा सन् १९६६ विश्वकपयताकै खराब हो ।
लियोनल मेसीले चार गोल गर्दै समूह चरणमा अर्जेन्टिनालाई अन्त्यमा जित दिलाएका थिए । तर उनले नकआउट चरणमा भने गोल गर्न सकेका छैनन् । उनले बुधबार सेमिफाइनलमा पनि गोल गरेनन् । नेदरल्यान्ड्सविरुद्ध त एक सय २० मिनेट नै गोलरहित बराबरीमा सकियो । त्यो खेलमा उनले खेलको पूरै
अवधि पेनाल्टी किकबाहेक पेनाल्टी एरियामा त बल पनि छुन पाएनन् ।
'हामीले मेसीलाई मात्र हेरेनौं,' नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले भने । यो विश्वकपको गोल औसत २ दशमलव ६९ छ । सन् १९८२ को विश्वकपपछि सबैभन्दा बढी गोल भएको हो । तर जर्मनीले सेमिफाइनलमा ब्राजिललाई ७-१ ले हराउनुबाहेक अन्य नकआउट चरणका खेलमा गोल देख्न गाह्रो परेको छ । प्रतियोगिताको सुरुआतमा भने गोलको वषर्ा भएको थियो, नेदरल्यान्ड्सले स्पेनलाई ५-१ र जर्मनीले पोर्चुगललाई ४-० ले हराउँदै । 'जर्मनी र ब्राजिलबीचको खेललाई छाड्ने हो भने क्वाटरफाइनल र सेमिफाइनल खेलमा मात्र ५ गोल भएका छन् । प्रतियोगिता निराशाजनक बनेको छ,' अमेरिकी सकर बेवसाइटका लेखक पल केनेडीले भने ।
त्यसो भए, हामी आइतबार रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा कस्तो किसिमको फाइनलको अपेक्षा गर्न सक्छांै ? इतिहासलाई हेर्ने हो भने त्यहाँ केही फरक र अनौठो हुन सक्छ । जसलाई धेरैले सोचेका छैनन् । ठूला स्टार दबाबबाट घट्न सक्छन् ।
सन् १९९४ को विश्वकपमा इटालीलाई स्टार खेलाडी रोबर्टो बाजियोले फाइनलसम्म पुर्‍याए । तर उनले फाइनलमा भने पेनाल्टीलाई सदुपयोग गर्न सकेनन् । र, टिम विश्वकपको उपाधि चुम्नबाट चुक्यो । उनले अन्त्यमा अपराधी जस्तै गरी आफ्नो टाउको लुकाउनु पर्‍यो । सन् १९९८ को फाइनलमा रोनाल्डोको हालत पनि त्यस्तै रह्यो । सन् २००६ को विश्वकपमा प|mान्सका स्टार जिनेदिन जिदान विपक्षी खेलाडीलाई छातीमा प्रहार गरेपछि रातो कार्ड खाँदै बाहिरिए ।
आसा गरौं, आइतबारका हिरो शान्त खेलाडी हुनेछन्, जसले ठूलो खुसियाली ल्याउनेछन् । सन् २०१० को विश्वकपको फाइनलमा आन्दे्रस इनिस्टाले अतिरिक्त समयमा गोल गर्दै स्पेनलाई च्याम्पियन बनाए । यस पटकको विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाका लागि गोलकिपर सर्जियो रोमेरोले त्यस्तै भूमिका निर्वाह गरे । उनी प|mेन्स लिगमा मोनाकोबाट खेल्दा र्फममा थिएनन् । तर उनले नेदरल्यान्ड्सका दुई खेलाडीको पेनाल्टी बचाउ गरे र एक पटक पन्जामा किस खाए र अर्को पटक छाती पिट्दै खुसियाली मनाए ।
आशा गरौं, आइतबारको फाइनल अन्तिम पटक अर्जेन्टिना र जर्मनीले खेलेको विश्वकप फाइनलभन्दा राम्रो हुनेछ । यी दुई टिमले रोममा सन् १९९० को फाइनल खेलेका थिए । त्यो खेल विश्वकपको फाइनलका रूपमा भन्दा पनि ठूलो नाटक र तनावपूर्ण रूपमा थियो । पश्चिम जर्मनीले फाइनलमा १-० को जित दर्ता गर्‍यो । त्यो पनि ८४ औं मिनेटमा पाएको पेनाल्टीको
सहयोगमा । त्यसबेला भएको ट्याकल फल थियो कि थिएन विवादकै कुरा छ । अर्जेन्टिनाका चार खेलाडी प्रतिबन्धमा थिए र दुई खेलाडी चोटका कारण पहिलो हाफमा गुमाएको थियो । र, पछि उसका दुई खेलाडीले रातो कार्ड पनि पाए । अर्जेन्टिना खेललाई टाइब्रेकरमा लान चाहन्थ्यो ।
'हामीले राम्रो खेल खेल्यौं,' जर्मनीका प्रशिक्षक प|mान्ज बेकेनबाउरले भनेका थिए,'खराब कुरा के हो भने अर्जेन्टिनाले खेल खेल्न चाहेन । खेललाई ध्वस्त पार्न चाह्यो । उनीहरूले खेल खेलेनन् ।' हारपछि डिएगो म्याराडोना रोए । उनले प्रतियोगितामा एक गोल पनि गर्न सकेनन् । चार वर्ष पछिको विश्वकपमा उनी लागूऔषध सेवनका कारण प्रतिबन्धमा परे । 'म जनताका लागि रोएँ, मेरी छोरीका लागि रोएँ र मेरा लागि रोएँ,' म्याराडोनाले भनेका थिए ।
होइन, आइतबारको फाइनलमा राम्रो प्रदर्शन होस् । जसले म्याराडोनाले अर्जेन्टिनालाई मेक्सिकन सिटीमा सन् १९८६ मा विश्वकप जिताउँदा जस्तो । उनले क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध गरेका दुई गोल अहिलेसम्म पनि विश्वकपकै सबैभन्दा रोचक गोलका रूपमा हेरिन्छ । उनले पहिलो गोल हातले गरेका थिए, पछि उनले त्यसलाई आफ्नो हात नभई 'ह्यान्ड अफ गड' को उपनाम दिए । त्यसपछिको गोल उत्कृष्ट थियो । त्यसमा उनको कला थियो । सेन्टरबाट एक्लै बल लगेर ६ खेलाडीलाई छक्याउँदै उनले विश्वकपकै उत्कृष्ट गोल गरेका थिए । त्यो विश्वकपमा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई फाइनलमा ३-२ ले हराएर उपाधि जितेको थियो । ३० वर्षपछि फेरि एक पटक विश्वकपको फाइनलमा जर्मनी र अर्जेन्टिना भिड्दै छन् । जर्मनीमा उत्कृष्ट खेलाडी छन् । अर्जेन्टिनालाई रोक्न नेदरल्यान्ड्सले गरे जस्तै मेसीलाई मार्क गर्नुपर्ने हुन्छ ।
'हामी आफ्नै केही नयाँ सरप्राइजसाथ आउनुपर्छ,' जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजले भने,'मैले रोमाञ्चक खेलको आशा गरेको छु । जहाँ रणनीति र बठ्याइँका बारेमा चर्चा हुन्छ ।' हामी पनि प्रेरणादायी खेलको आशा गरौं ।  
-न्युयोर्क टाइम्स

No comments:

Post a Comment