Monday, July 14, 2014

जर्मनी चौथोपटक विश्वकप विजेता

उपाधिका साथ जर्मनी खेलाडी। तस्बिरहरु : एपीउपाधिका साथ जर्मनी खेलाडी। तस्बिरहरु : एपी
अर्जेन्टिनालाई हराउँदै जर्मनी चौथोपटक विश्वकप विजेता बनेको छ। रियो दी जेनेरियोमा सोमबार बिहान भएको फाइनल खेलमा अर्जेन्टिनालाई १-० गोलले पराजित गर्दै जर्मनीले उपाधि जितेको हो। जर्मनीका लागि गोएत्जेले अतिरिक्त समयको २३औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। अन्तिम समयसम्म अर्जेन्टिनाले गोल गर्न नसकेपछि जर्मनीले उपाधि कब्जा गरेको हो।
final-13
यसअघि जर्मनी १९५४, १९७४ र १९९० मा विश्वकपको उपाधि जितेको थियो। पछिल्लो समय १९९० मा जर्मनीले यही प्रतिद्वन्द्वी अर्जेन्टिनालाई १-० गोलले पराजित गर्दै उपाधि जितेको थियो।

गोल्डेन बुट भने कोलम्बियाका जेम्स रोड्रिग्वेजले जितेका छन्। उनले सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका हुन्।
final-11
......
निर्धारित समयमा कुनै गोल नभएपछि ब्राजिलको माराकानामा भइरहेको जर्मनी र अर्जेन्टिनाबीचको फाइनल खेल अतिरिक्त सयमा धकेलिएको थियो। अर्जेन्टिनाका स्टार मेसीले खेलमा गोल गर्न चुकेका थिए। पाएको केही अवसरलाई उनले गोल गर्न सकेका थिएनन्। तीन पटक ‍विश्‍कप विजेता जर्मनीका खेलाडीले गरेको प्रहारसमेत अर्जेन्टिनी गोलरक्षकले बचाएका थिए। ३० मिनेटको अतिरक्त खेलमा २३ औं मिनेटमा जर्मनीका मारिओ गोजले गोल गरेका थिए।
final-9
final-6......
ब्राजिलको माराकानामा भएको फाइनलमा मध्यान्तरसम्म कुनै पक्षले गोल गर्न सकेनन्। उपाधि जित्ने लक्ष्यका साथ मैदान छिरहेका दुबै टिमका खेलाडीहरु पहिलो हाफमा गोल गर्न चुकेका थिए। दुबै तर्फका खेलाडीलाई गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेका थिएनन्। पहिलो हाफमा दुबै टिम खेल आक्रामक थियो।
final-8
shakira
समापन कार्यक्रममा आफ्नो गीत प्रस्तुत गर्दै कोलम्बियन पपस्टार साकिरा।


final-7
final-4
Brazil Soccer WCup Ge nagr-1
......
जर्मनीले आयोजक ब्राजिललाई ७-१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। अर्जेन्टिनान भने नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गरी उपाधि जित्ने दौडमा आफ्नो स्थान पक्का गरेको थियो। यसअघि जर्मनीले ३ पटक विश्वकप उपाधि जितिसकेको छ भने अर्जेन्टिनाले दुई पटक उपाधि जितेको छ।
खेलको प्रिभ्यू पढ्नुस्:
मेसीलाई रोक्ने जर्मन लक्ष्य
final-2
final-1
final-3

No comments:

Post a Comment