Saturday, July 12, 2014

ब्राजिलको अर्को लज्जास्पद हार, नेदरल्यान्ड्स तेस्रो

ब्राजिलको अर्को लज्जास्पद हार, नेदरल्यान्ड्स तेस्रो
ब्रासिलिया-विश्वकप फुबटलको सेमिफाइनलमा जर्मनीसँग इतिहासकै सबैभन्दा खराब ७-१ ले हारेको आयोजक ब्राजिल तेस्रो स्थानको लागि आइतबार भएको खेलमा पनि पराजित भएको छ । उसलाई ३-० ले हराएर नेदरल्यान्ड्स तेस्रो हुदै विश्वकपको यात्रा टुग्यायो ।
ब्राजिलले पछिल्ला दुई खेलमा १० गोल बेहोर्‍यो । घरेलु मैदानमा सन् १९४० यता पहिलोपल्ट लगातार दुई खेल हारेको हो । उसले सेमिफाइनलमा जर्मनीसँग बेहोरेको हार घरेलु मैदानमा ३९ बर्षपछिको असफलता थियो ।
एक खेलको  प्रतिबन्धपछि मैदानमा फर्केका कप्तान थियागो सिल्भाले आर्जेन रोबेनलाई पेनाल्टी क्षेत्रनजिक तानेर लडाएपछि रेफ्रि अल्जेरियन रेफ्रि डिजामेल हाइमोउडीले नेदरल्यान्ड्सलाई पेनाल्टी प्रहार गर्ने अवसर दिएको थियो । त्यसमा लसकिट प्रहार गर्दै कप्तान रोबिन भान पर्सीले तेस्रो मिनेटमै नेदरल्यान्ड्सलाई १-० को अग्रता दिलाए । उनले गरेको गोल ब्राजिलले विश्वकपमा बेहोरेको १ सयौं गोल हो ।
नेदरल्यान्ड्सका सर्बाधिक गोलकर्ता भान पर्सीले अन्तर्राष्ट्रिय फुटबलमा ४७ औं गोल गरेका हुन् । यो विश्वकपमा उनको व्यक्तिगत चौथो गोल हो यो । रोबेनलाई गरेको फलमा सिल्भा रातो कार्डको हकदार थिए । तर, उनलाई रेफ्रिले पहेलो कार्ड मात्र दिए ।
सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा हारेको डच टिमले आयोजक ब्राजिलले अग्रता दोब्बर पार्न धेरै बेर कुर्नुपरेन । डाली ब्लिन्डले १५ यार्डबाट बललाई पोष्टको दिशा दिएपछि नेदरल्यान्ड्स २-० ले अगाडि बढ्यो । उनको ब्राजिलियन डिफेन्डर डेविड लुईजको गम्भीर गल्तीमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।
ब्लिन्डले गरेको गोल पाँचपल्टको च्याम्पियन ब्राजिलले यो विश्वकपमा बेहोरेको १३ औं गोल हो । सबै विश्वकप (२० संस्करण) मा सहभागी एकमात्र देश ब्राजिलले एकै संस्करणमा बेहोरेको यो नै सबैभन्दा धेरै गोल हो ।
डच टिमको तेस्रो गोल सब्स्टिच्युट जर्जिनियो विज्नाल्डमको नाममा रह्यो । उनले डारेल जानमाटको क्रसमा इन्ज्युरी टाइममा गोल गरेपछि नेदरल्यान्याल्ड्स ३-० ले विजयी भयो ।
जर्मनीसँग सेमिफाइनलमा ७-१ को स्तब्धपूर्ण हार बेहोरेको ब्राजिली टिममा प्रशिक्षक लुईस फेलिप स्कोलरीले ६ खेलाडी परिवर्तन गर्दै नेदरल्यान्ड्सविरुद्ध तेस्रो स्थानको प्रतिस्पर्धामा उतारेका थिए ।
डच टिमसँगको अन्तिम खेलमा प्राप्त फराकिलो जितमा प्रशिक्ष्ाक लुईस भान गाल खुशी देखिएका छन् । अब उनले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड सम्हाल्नेछन् ।

No comments:

Post a Comment