Saturday, August 22, 2015

नवलपुरलाई प्रदेश ४ मा राखिएपछि र्‍याली

नवलपुरलाई प्रदेश ४ मा राखिएपछि र्‍याली
नवलपरासी । साउनसंघिय सिमाङ्कन पछि दिपावली मनाएका नवलपुर बासीले आईतबार बृहत सद्भाव र्‍याली निकालेका छन् । नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश ४ मा राखिएपछि हर्सिंत भएका स्थानीयले आईतबार नवलपुर क्षेत्रको गैंडाकोट, रजहर, दलदले, कावासोती, चोरमारा, दुम्किबास लगाएतका स्थानमा बृहत सद्भाव र्‍याली निकालेका हुन् ।
यसक्षेत्रका नवलपुर उद्योग वाणिज्य संघ, देवचुली उद्योग वाणिज्य संघ र गैंडाकोट उद्योग वाणिज्य संघको आह्वानमा निकालिएको ¥यालीमा स्थानीय राजनितिक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योगी व्यवसायि, स्थानीय सर्वसाधरणको उल्लेखनिय उपस्थिति थियो । र्‍यालीमा सहभागीहरुले नवलपरासी जिल्लाको नवलपुर क्षेत्रलाई प्रदेश ४ मा राख्नु स्वागत योग्य भएको धारणा राखेका थिए ।
प्रशासनिक र भौगलिक कारणले नवलपरासी जिल्लाको नवलपुर क्षेत्रलाई बिभाजन गर्न आवश्यक रहेको माग गर्दै आएका यहांका स्थानीय नवलपुर क्षेत्र प्रदेश ४ मा राखिएपछि निकै खुशि छन् । त्यस्तै नवलपूर उद्योग वाणिज्य संघले कावासोतीमा निकालेको सद्भाव र्यालीकावसोती गगर परिक्रमा गरेको छ भने देवचुलि नगरपालीका देवचुलिले पनि नवलपरासीको दलदलमा सद्भाभ र्‍याली निकालेका थिए ।
संघिय सिमाङ्कनको बिरोधमा जिल्लाको परासी खण्डमा भइरहेको प्रर्दशन अराजक र अनियन्त्रित बन्दै गएपछि नवलपुर बासीले बृहत सद्भाव र्‍याली निकालेका हुन् । उनिहरुले संघिय सिमाङ्कनको बिरोध गरिरहेका बिभिन्न समुदायहरुलाई समेत समाजिक सद्भाव कायम गर्न आग्रह गरेका छन् । जिल्ला टुक्रदा नवलपुर बासी खुशि भएको बेला अरु ठाउँकाले बिरोध गर्नुको कुनै औचित्य नभएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश पौडेलले वताए ।
बिभिन्न स्थानमा निकालिएका सद्भाव ¥यालीले सो क्षेत्रको बजार परिक्रमा गरेको थियो । नवलपरासी जिल्लाको दाउन्नेपूर्व २७ गाविस र ३ नगरपालिकालाई प्रदेश चारमा राखिएका छन ।

No comments:

Post a Comment