Saturday, August 22, 2015

यस्तो छ संघिय नेपालको प्रदेश चित्रण

राजनीतिक दलका शिर्ष नेताले शनिवार राती हस्त्ताक्षर गरेर सीमांकनसहितको ६ प्रदेशको खाका टुंगो लगाएका छन । यसपछि यी प्रदेशको अवस्थाका वारेमा वहस सुरु भएको छ । ६ प्रदेश मध्ये ४ वटाले उत्तर चीन र दक्षिण भारत दुवैतर्फका अन्तर्रािष्ट्रय सीमा छोएका छन् भने २ प्रदेश दक्षिणतर्फ मात्रै जोडिएका छन् । प्रदेशको सीमा निर्धारण सम्बन्धी थप काम संघीय आयोग मार्फत हुनेछ ।

new-siiiiiiiiiiiii-copy-636x433
विशेष समितिले नवलपरासी, बागलुङ र रुकुम जिल्लालाई मात्र एकभन्दा बढी प्रदेशमा समावेश गरेको छ । बाँकी जिल्ला र धेरैजसो अञ्चल एकै प्रदेशमा छन् । प्रदेश नं. १ मा पूर्वका झापा, मोरङ, सुनसरीसहित मेची र कोसी अञ्चलका सबै जिल्ला, सगरमाथा अञ्चलका सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुरसहितको प्रदेश प्रस्तावित छ । प्रदेश नं.२ मा सप्तरीदेखि पर्सासम्मका ८ जिल्ला समेट्ने मधेस प्रदेशको सीमा दक्षिणतर्फ मात्र जोडिन्छ । प्रदेश नं. ३ राजधानी क्षेत्रमा वागमतीका सबै, नारायणीका मकवानपुर र चितवन तथा जनकपुर अञ्चलका सिन्धुली, दोलखा र रामेछाप जिल्ला समेट्ने प्रदेश बन्नेछ । प्रदेश नं. ४ गण्डकी र धौलागिरी अञ्चल मिलाएर निर्माण हुने पश्चिम प्रदेशलाई दक्षिण सीमासँग जोड्न गरी नवलपरासीको बर्दघाट सुस्तापूर्वको भाग एकीकृत गरिएको छ । प्रदेश नं. ५ नवलपरासीको पश्चिमी भागदेखि बर्दियासम्म समेट्ने प्रदेशमा लुम्बिनी र राप्तीका सबै पहाडी जिल्ला पर्छन् । यसले दक्षिण सीमा मात्रै छुन्छ ।
प्रदेश नंं. ६ सेती, महाकाली र कर्णालीका अतिरिक्त भेरीका सुर्खेत, दैलेख र जाजरकोट जिल्ला समेटिने सुदुरपश्चिम प्रदेश भौगोलिक रूपमा सबैभन्दा ठूलो छ । यसमा रुकुमको पश्चिम क्षेत्र सुदुरपश्चिम र पूर्वी भाग लुम्बिनीतर्फ राखिएको छ भने बागलुङको पुर्वीभाग गण्डकी धौलागिरीतर्फ र पश्चिम भाग लुम्बिनीतर्फ जोडिएको छ । प्रस्तावित ६ प्रदेशको सीमा परिमार्जन गर्न‘पर्ने अडान राखेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान निर्माणको प्रक्रियामा बाधा नगर्न फरक मतसहित हस्ताक्षर गरेको वताएका छन् । उनले थारू बहुल पश्चिमको कैलाली सुदुरपश्चिमको पहाडी प्रदेशमा नगाभ्न र पूर्वको सप्तरीलाई झापा, मोरङ, सुनसरीबाट अलग नगर्न अन्तिम समयसम्म जोड गरेका थिए । सप्तरीलाई पूर्वमा जोड्ने र कैलाली, कञ्चनपुरसहितको प्रदेशमा दाङदेखि बाँके र बर्दियालाई जोडेर एकै प्रदेश बनाउने उनको प्रस्तावमा कांग्रेस–एमाले सकारात्मक भए पनि एमाओवादीले नमानेको वताइएको छ । क्षेत्रफलका आधारमा प्रदेश नं. ६ सवैभन्दा ठूलो छ । यसले मुलुकको ३२ प्रतिशत भूभाग ओगटेको छ । देशको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ बर्ग किमीमा ४८ हजार ५ सय १२ बर्ग किमी यही प्रदेशले ओगटेको छ । अन्य प्रदेशको तुलनामा यो झण्डै दोब्बर रहेको छ । प्रदेश नं. २ उधोगमा समपन्न देखिएको छ । यो प्रदेशमा ८ सय १२ उधोग भएको तथ्यांक छ । सवैभन्दा कम क्षेत्रफल ९ हजार ६ सय ६१ क्षेत्रफल भएको यो प्रदेशमा ५४ लाख ४ हजार १ सय जनसंख्या छ । राजधानी रहेको तेस्रो प्रदेश सवैभन्दा बढि समपन्न मानिन्छ । यसमा ९ सय ७९ वटा उधोग छन । ३८ वटा जलविधुत छन । यसको क्षेत्रफल २० हजार ६ सय १२ बर्ग किमी छ ।
पहिला,े चौथो र पाँचौ प्रदेश समान जस्ता देखिन्छन । पहिलो प्रदेशको क्षेत्रफल २५ हजार ९ सय ५ बर्ग किमी र जनसंख्या ४५ लाख ३४ हजार ९ सय छ  । चौथो प्रदेशको क्षेत्रफल २० हजार ६ सय १२ बर्ग किमी छ । यो प्रदेश सवैभन्दा कम जनसंख्या भएको प्रदेश हो । यसको जनसंख्या २२ लाख ७९ हजार ६ सय १ छ । यस क्षेत्रमा ३ सय ८७ उधोग र २९ वटा जलविधुत छन । पाँचौ प्रदेशको जनसंख्या ४९ लाख १६ हजार ९ सय छ । यसको क्षेत्रफल २२ हजार १ सय ९२ बर्ग किमी छ । यसमा ८ सय ८४ वटा उधोग छन ।
प्रदेश संख्या र प्रदेशका जिल्ला, जनसंख्या, क्षेत्रफल र चर्चित नेताहरुको नामः pp

No comments:

Post a Comment